हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बाटो खुला
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो । मंगलबार भएको सुनुवाईले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यससँगै अब कम्पनीले भोलि अर्थात मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गर्न लागेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।
इसेवामार्फत भुक्तानी गरेका धादिङका निरज थापाले पाए ३५० सीसीको मोटरसाइकल
काठमाडौं । इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गरेका धादिङका निरज थापा मगरले ३५० सी सी को मोटरसाइकल जित्न सफल भएका छन् । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै विजेता थापा मगरलाई उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् । मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी तथा मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
भूकम्प प्रभावितलाई ८०० थान टेन्ट उपलब्ध गराउँदै सेभ द चिल्ड्रेन
काठमाडौं । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि इयुका राजदुत भेरोनिक लोरेन्जोले सो टेन्ट भूकम्प पीडितका लागि वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको जीवन सुरक्षाका लागि अस्थायी आवासस्वरुप सो टेन्ट वितरण गर्न लागेको पनि बताए । राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भने- ‘विनाशकारी भूकम्पका कारण विशेषगरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपांगताभएका व्यक्ति अन्य व्यक्तिहरुभन्दा बढी प्रभावित भएका छन् । भूकम्प प्रभावितक्षेत्रमा अत्याधिक चिसोका कारण धेरै व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँका अति प्रभावित घरपरिवार र सीमान्तकृत समुदायको संरक्षण सुनिश्चित गर्न अत्यावश्यक छ । युरोपेलीसंघद्वारा प्रदान गरिएका टेन्टले प्रभावित घरपरिवारलाई अस्थाई बासस्थान र संरक्षण प्रदान गर्नेछ, साथै उनीहरुको जीवन रक्षा गर्न सहयोग गर्नेछ ।’ सो टेन्ट राष्ट्रिय विपद् जोखिम न्यूूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्याइने र स्थानीय तहको रोहवरमा वितरण गर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । टेन्टमा ३ वटा कोठा हुने र त्यसले चिसोबाट बच्नका लागि सुरक्षा प्रदान गर्ने इयुले जनाएको छ । टेन्टमा खाना पकाउनका लागि स्टोभको पनि व्यवस्था छ । यस्तै, सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको निरन्तरताको तीन सय वटा बढी अस्थायी सिकाई केन्द्रको निर्माण गर्ने कार्य अघि बढाएको बताएको छ । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा विनाशकारी भूकम्प गए पश्चात बढ्दो चिसोका कारण हालसम्म ३ बालबाललिकासहित ३२ जनाको मृत्यु भइसकेको छ ।
वायुसेवा निगमका अधिकृत पोखरेल पक्राउ
काठमाडौं । नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउनमा सहयोग गरेको आरोपमा अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो । यो प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको जानकारी गराइएको छ ।
भारतीय सञ्चारमाध्यममा ‘नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरूको शोरुम सञ्चालन’ बारे चर्चा
काठमाडौं । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनलले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगैै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रबिन्दु बनेको छ । भारतको प्रेस ट्रस्ट अफ इन्डिया नामक अनलाइन सञ्चारमाध्यमले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्दै केडिया अर्गनाइजेसनले नेपालमा एम्पीयर इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको बिक्री, मार्केटिङ, वितरण र बिक्रीको लागि विशेष आधिकारिक वितरक हुने उल्लेख गरेको छ । त्यस्तै अन्य ७३ वटा सञ्चारमाध्यमहरूले पनि केडिया इन्टरनेशनल प्रा।लिले नेपालमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याई विश्व बजारमा प्रवेश गरेको घोषणा गरेको छ। ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा।लिले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको बुकिङ खुला गरिसकेको छ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले दुई इलेक्ट्रिक स्कुटर मोडल, एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस इएक्सका लागि बुकिङ खुल्ला गरेको हो । हाल एम्पीयरका विद्युतीय स्कुटरहरू टेकु शोरुममा सहज रूपमा उपलब्ध रहेका छन् । कम्पनीले चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा विस्तार गर्ने जनाएको छ । ग्राहकहरूले टेस्ट ड्राइभिङका लागि एम्पीयरको सोसिएल मिडिया प्लाटफर्म माफर्त स्कुटर बुक गर्न सक्छन, बुक गरेपछि टेस्ट ड्राइभिङका लागि कम्पनीका प्रतिनिधि स्कुटर घरमै लिएर आउनेसक्ने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरूलाई नेपालमा विद्युतीय सवारी साधनको नयाँ युगको सुरुवात भएको बताउँदै एम्पियरको साथ दिगो, कुशल र स्टाइलिश यातायातको यात्रा सुरु अनुरोध गरेको छ ।
प्रभु बैंकका ग्राहकलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट
काठमाडौं । प्रभु बैंकका ग्राहकलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट हुने भएको छ । काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ॐ अस्पतालले तीन दशक अघिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ । निःसन्तान दम्पतिहरुलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पतालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत शुल्क सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि ॐ अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३”’को उपाधिबाट सम्मानित प्रभु बैंकका देशभर रहेका ३०१ शाखामा ३१ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले ७१ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, ३१० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा तथा ॐ हस्पिटलका व्यापार प्रवर्धन व्यवस्थापक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।
आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष मंगलबार उनले राजीनामा बुझाएका हुन् । कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । कार्यकाल सकिन अगाडि २१ महिना काम गरेर राजीनामा बुझाएका थानीले राजीनामाको कारण भने खुलाएका छैनन् । उनी २०७८ फागुनमा निगमको कार्यकारी निर्देशक पदमा तीन वर्षे कार्यकालका लागि नियुक्ति भएका थिए ।
धुलिखेल जीपलाइनमा ‘विन्टर अफर’, कति लाग्छ शुल्क ?
काठमाडौं । नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालनमा ल्याएर देशभर जिपलाइनको माहोल सिर्जना गर्न सफल भएको धुलिखेल जिपलाइनले ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत सबैखाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ । नेपालमा जिपलाइन सुरू भएको करिब एक दशकसम्म जिपलाइन खेल्नकै लागि झन्डै १० हजार छुट्याउनुपर्ने समयमा धुलिखेलमा ३ हजारमा फोटो, भिडिओसहित जिपलाइन नै खेल्न पाइने भएपछि यसप्रति आकर्षण ह्वात्तै बढेको हो । राजधानी नजिकै भएकाले पनि धुलिखेल यसको सहज गन्तव्य बनेको छ । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बन्यो । क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्न) जिपलाइन वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ । करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरू गरेका हुन् । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले ढुक्कसँग जिपलाइनको मज्जा लिन सकिने सञ्चालक बताउँछन् । कति लाग्छ शुल्क ? क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिन्छ । सुपरम्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइन्छ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा जीपलाइनको मज्जा लिन सकिन्छ । यो अफर डिसेम्बर २८ सम्म उपलब्ध रहेको सञ्चालकले जानकारी दिए । कसरी पुग्ने ? काठमाडौंको बानेश्वरदेखि ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जिपलाइन पुग्न सार्वजनिक सवारीसाधन सहजै पाइन्छ । धुलिखेल बजारबाट पाँचखालतर्फ तीन किलोमिटर अगाडि थाक्लेमा जिपलाइनको टेकअफ स्टेशन रहेको छ । जिपलाइन गरिसकेपछि ल्याण्डिङ स्टेशनबाट टेकअफ स्टेशनसम्म कम्पनीकै गाडीले फिर्ता ल्याइदिन्छ । सुकुटे, कालिञ्चोक, तातोपानी क्षेत्र यात्रा गर्दै हुनुहुन्छ भने धुलिखेल जिपलाइन बाटोमै पर्छ । केही मिनेट रोकिएर जिपलाइनको मज्जा लिएर जान सकिन्छ ।