
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष मंगलबार उनले राजीनामा बुझाएका हुन् ।
कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । कार्यकाल सकिन अगाडि २१ महिना काम गरेर राजीनामा बुझाएका थानीले राजीनामाको कारण भने खुलाएका छैनन् । उनी २०७८ फागुनमा निगमको कार्यकारी निर्देशक पदमा तीन वर्षे कार्यकालका लागि नियुक्ति भएका थिए ।