विकासन्युज

चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा सेयर सूचीकृत गर्दै १४.३ अर्ब हंगकंग डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ । कम्पनीले सेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको हो । आइतबार जारी गरिएको स्टेटमेन्ट अनुसार चोंगकिंगमा अवस्थित र हुवाए टेक्नोलोजिज कम्पनी लिमिटेडको ईभी साझेदार कम्पनी सेरेसले करिब १०८.६ लाख कित्ता सेयर प्रति सेयर १३१.५० हंगकंग डलरमा बिक्री गरेको बताएको छ । यसमा अतिरिक्त ८.४ लाख सेयर पनि समावेश छन्, जसले प्रस्तावित सेयर संख्यामा करिब ८.४५ ले वृद्धि गर्‍यो । लिस्टिंग मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५.१९ युआनभन्दा २२५ कम रहेको छ, जहाँ सेरेसका शेयर पहिले नै कारोबार भइरहेका छन् । सेरेसका हङकङमा सूचीकृत भएका शेयरहरूको ट्रेड बुधबारबाट सुरु हुनेछन् । यो वर्ष हङकङमा सूचीकृत भएका १ अर्ब डलरभन्दा बढी रकम उठाउने यो आठौँ कम्पनी हो । हङकङमा भएको कुल लगानी संकलन २०२५ का लागि ब्लूमबर्ग इन्टेलिजेन्सले अनुमान गरेको २६ अर्ब डलरभन्दा बढी भइसकेको छ । सेरेसको स्थापना सन् १९८६ मा भएको हो । सुरूमा यसले स्प्रिङ र शक अब्जर्भर उत्पादन गर्थ्यो, पछि मोटरसाइकल र अन्ततः यसले आफूलाई इलेक्ट्रिक सवारी साधनतर्फ विस्तार गर्‍यो । हुवाएसँगको साझेदारी सेरेसका लागि महत्वपूर्ण मोड साबित हुँदैछ । ब्लूमबर्गका अनुसार विश्लेषकहरूको अनुमानमा, यस वर्ष सेरेसको नाफा ७२५ ले बढेर १०.२ अर्ब युआनको रेकर्डसम्म पुग्ने अपेक्षा छ । सेरेसको सूचीकृत प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनीले संयुक्त रूपमा सम्हालेका छन् ।   

प्रधानाध्यापकलाई व्यवस्थापन समिति अध्यक्षले कुटे, आँखासहित अनुहारमा चोट

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिका समिति सदस्य अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश (खाम्सोङ) तामाङले बैठककै क्रममा कुटपिट गरेका छन् । नेपाल शिक्षक महासंघ इन्द्रावतीले जानकारी दिएअनुसार मंगलबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीमाथि अभद्र व्यवहार गर्दै गाली–बेइज्जती मात्र होइन, शारीरिक आक्रमण समेत गरेका थिए । उक्त आक्रमणका क्रममा भण्डारीको आँखा र गालामा चोटपटक लागेको महासङ्घले जनाएको छ । घटनापछि नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिका समितिले विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति घोर आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'यो निन्दनीय घटनामा संलग्न रमेश तामाङलाई तुरुन्तै कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही होस् । ढिलासुस्ती भए महासंघ आवश्यक मूल्य चुकाउन तयार छ ।' महासंघले प्रधानाध्यापक भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालयमा शिक्षामैत्री वातावरण कायम राख्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।   

सफारी लगेजको पहिलो शोरूम काठमाडौंमा सञ्चालन, ४० प्रतिशतसम्म छुट

काठमाडौं । जगदम्बा मोबाइल्सले विश्वप्रसिद्ध लगेज तथा ट्राभल एक्सेसरीज ब्रान्ड ‘सफारी’को पहिलो एक्सक्लुसिभ शोरूम काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । सफारी ब्रान्डका लागि नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स नै हो । करीब ३५० वर्गफुट क्षेत्रमा फैलिएको नयाँ शोरूमले नेपाली यात्रुहरूलाई आधुनिक डिजाइन, सहज बोक्न मिल्ने, टिकाउ र स्टाइलिश लगेज, ब्याकप्याक तथा ट्राभल एक्सेसरीज उपलब्ध गराउने उद्देश्य राखेको छ । आकर्षक रङ, बलियो बनावट र बहुउपयोगीताका लागि परिचित सफारी ब्रान्डले हार्ड र सफ्ट लगेजदेखि ब्याकप्याक र अन्य यात्रा सामग्रीसम्मका विविध कलेक्सन प्रस्तुत गरेको छ । शोरूम उद्घाटन समारोहमा शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाले भने, 'काठमाडौंमा हाम्रो पहिलो एक्सक्लुसिभ शोरूम खोल्न पाउँदा निकै खुशी लागेको  छ। हामी विश्वास गर्छौँ कि यसले नेपाली यात्रुहरूलाई विश्वस्तरीय, आकर्षक र टिकाउ ट्राभल सोलुसन छनोट गर्न अझ सहज बनाउनेछ। सबै मानिस जन्मजात यात्रु हुन् भन्ने मान्यताका साथ, हामी स्टाइलिश, आरामदायी र भरपर्दो लगेज तथा ब्याकप्याकमार्फत प्रत्येक यात्रुको भरोसायोग्य साथी बन्न प्रतिबद्ध छौँ ।' जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारी सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले भने, 'काठमाडौंमा सफारीको पहिलो एक्सक्लुसिभ स्टोर उद्घाटन हुनु हाम्रो यात्राको महत्वपूर्ण माइलस्टोन हो । गुणस्तर र नवीनतालाई केन्द्रमा राख्दै, हामी प्रत्येक यात्रुको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित अघि बढिरहेका छौँ ।' शोरूम उद्घाटनको अवसरमा सीमित समयका लागि सम्पूर्ण सफारी उत्पादमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सिटी सेन्टरमा सुरू गरिएको यो शोरूमले सफारीको टिकाउपन, आकर्षक डिजाइन र उचित मूल्यमा आधारित यात्रु-मैत्री लगेज उपलब्ध गराउने प्रतिबद्धतालाई अझ सबल बनाएको छ ।

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल अब कार्तिक २८ गते हुने

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' अभियानअन्तर्गत ग्राहकहरूले कार्तिक २७ गते सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुनसक्ने भएका छन् । योजनाअनुसार खरिदको समयमा नै अधिकतम एक हजार रुपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । प्रारम्भिक जानकारीअनुसार कार्तिक २१ गते लक्की ड्र रिभिल गर्ने भनिए पनि, ग्राहकहरूको उत्साह, सहभागीता र सहजतालाई मध्यनजर गर्दै ग्राण्ड लक्की ड्र कार्यक्रमलाई सारेर कार्तिक २८ गते सार्वजनिक गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रबाट छनोट भएका विजेताहरूको नाम सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । यस अभियानअन्तर्गत उपहारका रूपमा बम्पर उपहारमा बजाज पल्सर १५० सीसी मोटरसाइकल, दोस्रो मुख्य उपहारमा टीभीएस एनटीओआरक्यु १२५ स्कुटर, तथा अन्य उपहारमा स्मार्ट टिभी र स्मार्टफोनहरू राखिएका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी गरिएको यस अफरले नेपालभरिका टाटा सवारीसाधन प्रयोगकर्ताबाट उल्लेखनीय उत्साह र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको कम्पनीको दाबी छ । सिप्रदी अटोपार्ट्सले सबै ग्राहकलाई कार्तिक २७ भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ । कम्पनीका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरका, टाटाद्वारा प्रमाणित र सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्ने तथा गाडीको प्रदर्शन सुदृढ बनाउने गुणले सम्पन्न छन् । यही कारणले टाटा जेन्युइन पार्ट्स नेपालभरका व्यावसायिक एवं निजी सवारी प्रयोगकर्ताबीच विश्वासिलो ब्रान्डका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ । नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले सदैव सक्कली पार्ट्स र भरपर्दो बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वास कायम राख्दै आएको जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टी : संयोजक बने प्रचण्ड, २३ बुँदे घोषणा पत्र जारी गरेर गरेर ९ बुँदे प्रस्ताव पारित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा एउटा बृहत कार्यक्रमको आयोजना गर्दै एकताको घोषणा गरिएको हो ।  नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वटा दलहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो । पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् भने सहसंयोजक माधव कुमार नेपाल बनेका छन् ।  नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो । एकता घोषणा कार्यक्रममा पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । यस्तै पार्टीकाे पहिलाे वरियता प्रचण्ड, दाेस्राेमा नेपाल, तेस्राेमा झलनाथ खनाल, चौथोमा बामदेव गौतम र पाँचौंमा नारायणकाजी श्रेष्ठको रहने बताइएको छ ।  यस्तै, एकता सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पनि पारित गरेको छ ।  यस्ता छन् पारित भएका ९ प्रस्ताव १. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ। २. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ। ३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ । ४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ । ५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ । ६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।  ७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ । ८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ । ९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ ।  

नेप्सेमा दरमखोला हाइड्रो इनर्जीको आईपीओ सूचीकृत

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडका साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।  १०० रुपैयाँ अंकित मूल्यका यी सेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३ प्रतिशत) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) कम्पनीका संस्थापक लगानीकर्ताहरूको स्वामित्वमा रहेको नेप्सेले जनाएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा काम गरेको थियो । नेप्सेले कार्तिक १६ गतेको निर्णयअनुसार सूचीकरण प्रक्रिया सम्पन्न गरी  कार्तिक १९ गते औपचारिक रूपमा सूचना प्रकाशित गरेको हो ।  दरमखोला हाइड्रोका सेयरहरू दोस्रो बजारमा आगामी कार्तिक २० गते बाट कारोबार हुन सुरु गर्नेछन् । कम्पनीको प्रधान कार्यालय बागलुङको गाल्कोटमा रहेको छ भने सेयरधनी अभिलेख सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंले प्रदान गर्नेछ ।  

नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी खनाललाई तेस्रो वरियता, केही नेता अलग्गिए

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन भृकुटीमण्डपमा जारी छ । जहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीचको एकता प्रक्रिया निर्णायक मोडमा पुगेको छ । बुधबार घोषणा हुँदै गरेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता दिने सहमति भएको छ । उक्त पार्टीमा पहिलो वरीयतामा पुष्पकमल दाहाल र दोश्रो वरीयतामा माधव कुमार नेपाल रहेका छन् । एकता अभियानको सबैभन्दा ठुलो दल माओवादी केन्द्रबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू अलग्गिएका छन् भने एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा सम्मेलनमा सहभागी भएका छन् । यद्यपि, एकीकृत समाजवादीका नेता घनश्याम भूसाल र रामकुमारी झाँक्री भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन्। 

१४९ कम्पनीको सेयर मूल्य बढ्यो, माबिलुङ इनर्जीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले बढेर २६०७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३१२ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । युनियनको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै हिमालयन डिस्टीलरीको ३२ करोड, राधी विद्युत कम्पनीको ३१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशतले बढेको छ । बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशतले बढेका छन् । होटल तथा पर्यटन समूह ०.४५ प्रतिशत घटेको छ ।