निर्माण सामाग्रीको उत्खनन् समस्या हुँदा राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा निर्माण नै रोकिने अवस्था देखिएको छ । निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने गरी आईईइमार्फत स्थानहरुको तय गरिएको थियो । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको २९ असार २०७८ को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उत्खनन्मा रोक लगाएका थिए । उक्त नदीको प्राकृतिक बवावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्नेलगायतका प्राकृतिक बहाव र पर्यापरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरु नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो । अनुगमनमा निर्माणस्थलमा शनिबार पुगेका ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीलाई आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीहरुले सर्वोच्च अदाललको अन्तरिम आदेशका कारण नदीजन्य सामग्री नदीबाट झिक्न रोक लागेपछि त्यसको अभावमा निर्माणमा असर परिरहेको जानकारी गराएका छन् । मन्त्री बस्नेतले आयोजनाको पछिल्लो समयमा निर्माण प्रगति सन्तोषजनक नै रहेको बताउँदै नदीजन्य सामाग्री उत्खनन्मा देखिएको समस्या समाधान गर्न माथिल्लो तहबाट आवश्यक पहल, समन्वय र सहजीकरण गरिने बताए । निर्माण सामग्रीहरुको अभाव हटेमा आगामी १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत छ । बाँध, मुख्य सुरुङ, विद्युत्गृहलगायतका संरचनाहरुको निर्माण भइरहेको छ । ६.३ किलोमिटर मुख्य सुरुङमध्ये ५।६ किलोमिटर खनिसकिएको छ । सुरुङलाई पूर्ण रुपमा कंक्रिट लाइनिङ गर्नु पर्ने छ । विद्युतृगृहको सिभिल निर्माण कार्यसँगै उपकरणहरु जडान पनि भइरहेको छ । कंक्रिट लाइनिङ, बाँध क्षेत्रका संरचनाहरु निर्माणका लागि करिब साढे एक लाख घनमिटर ढुङ्गा, गिट्टी, बालुवा आवश्यक पर्छ । तर, अहिले करिब १० घनमिटर प्राप्त गर्ने ठाउँ मात्र उपलब्ध रहेको आयोजनाको प्रवर्धक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए । नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र भारतीय निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा प्राधिकरणको पूर्ण स्वामित्वको रघुगंगा हाइड्रोपावर मार्फत आयोजनाको निर्माण भइरहेको छ । ८ करोड १९ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ । दैनिक ६ घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक रुपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने छ । सिभिल संरचना र हाइड्रो मेकानिकलका कामहरु इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचा जयप्रकाश एसोसिएटस् लि.,भारतले, इलेक्ट्रोमेकानिकलका कार्यहरु भारत हेभ्वी इलेक्ट्रिकल लि.ले र निर्माण सुपरीवेक्षण वाप्कोस् लि, भारतले गरिरहेका छन् ।
बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए । उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन् । गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष एक लाखको पनि बिक्री नभएको बताए । ‘बीउ, गोडमेल, औषधिलगायतमा करिब तीन लाख जति खर्च भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करिब रू छ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।’ इन्द्रबहादुर पुरीले गतवर्ष तीन सय क्रेट बेच्दा रू दुई लाख १० हजार नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे। उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ थियो । गतवर्ष दुई लाख २३ हजारको गोलभेँडा बेचेका खिनकुमारी बस्नेतले यस वर्ष झण्डै रू एक लाख घाटा व्योहर्नुपरेको सुनाए। वैदेशिक रोजगारीबाट फर्किएर गोलभेँडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिए । नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए । उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताए । रासस
सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ५० प्रतिशत अर्थात ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सूचीकृत भएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
एक घण्टा खुलेको बजारमा ३० कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । आइतबारको सेयर बजार करिब सवा एक घण्टा मात्रै खुल्यो । बजार अस्वभाविक रुपमा बढेसँगै बिहान ११ बजे खुलेको बजार मध्यान्न १२ बजेर ९ मिनेटमा बन्द भयो । नियमित कारोबार खुलेलगत्तै सर्किट लागेको बजारमा करिब सवा एक घण्टामा तीन पटकसम्म सर्किट लाग्यो । र, सो दिनको लागि कारोबार स्थगित हुन पुग्यो । सेयर मूल्य मापक नेप्से परिसूचक पहिलो पटक ४ प्रतिशतले बढ्यो, दोश्रो पटक ५ प्रतिशतले बढ्यो र तेश्रो पटक पुनः ६ प्रतिशतले बढेपछि नेप्सेको व्यवस्था अनुसार कारोबार रोकिएको हो । सर्किट लागेको बजारमा ३० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, शुभम् पावर र कालिञ्चोक दर्शनको १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, इग्वा हाइड्रोपावरको ९.९९ प्रतिशतले र त्रिशुली जलविद्युत् कम्पनी, यूनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर कम्पनी, नेपाल एसबिआई बैंकको ९.९७ प्रतिशतले बढेको छ । चन्द्रागिरी हिल्सको ९.९६ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.९६ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.९१ प्रतिशत, समता घरेलु लघुवित्तको ९.८७ प्रतिशतले, न्यादी ग्रुप पावर र सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । त्यसैगरी, हिमालयन पावर पार्टनर र आशा लघुवित्त वित्तीय संस्थाको ९.८४ प्रतिशतले, राधी विद्युत कम्पनीको ९.८२, चिलिमे हाइड्रोपावर कम्पनीको ९.८१ प्रतिशत, पाँचथर पावर कम्पनीको ९.७६ प्रतिशत, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ९.७६, मौलुङ्ग हाइड्रोपावर कम्पनीको ९.७५ प्रतिशत, अप्पर तामाकोशी हाइड्रोपावरको ९.७४ प्रतिशत, हिमालयन हाइड्रोपावरको ९.६९ प्रतिशत, दोर्दी खोला जलविद्युत् कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ९.६३ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, ९.५ प्रतिशत बढीले सेयर मूल्य बढ्नेमा स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ९.५९ प्रतिशत, रिडी पावर कम्पनीको ९.५४ प्रतिशत र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयर मूल्य ९.५३ प्रतिशतले बढेको छ । आइतबार कुल २४४ वटा स्क्रीप्स कारोबारमा आएकोमध्ये २३० वटा कम्पनी थिए । जसमध्ये अधिकांश अर्थात २२७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, २ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी एक कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य घटेको कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था रहेका छन् । जसमध्ये उपकारको ०.४२ प्रतिशत र कालिका लघुवित्तको ०.०५ प्रतिशतले सेयर मूल्य घटेको छ । कुन कम्पनीको कति ?
तेस्रो सर्किट लागेसँगै बन्द भयो सेयर बजार
काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको छ । सेयर बजारमा निरन्तर तेस्रो सर्किट अर्थात् ६ प्रतिशतले बढेसँगै बजार बन्द भएको हो । आइतबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १११.२० अंकले बढेर १९६३.९८ अंकमा पुगेर बन्द भएको हो । साथै, एक घण्टाको अवधिमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ७ हजार १४ पटक खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज विभिन्न ३० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
भिभो वाई २७ एस सार्वजनिक, प्रयोगकर्ताहरुलाई एम्बेसेडर बन्ने अवसर
काठमाडौं । भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई२७एस नेपालमा सार्वजनिक गरेको छ । यसमा आकर्षक डिजाइन, शानदार पर्फमेन्श र उत्कृष्ट क्यामेरा क्षमताहरू रहेको भिभोले जनाएको छ । जसले समग्र स्मार्टफोन अनुभवलाई पुन: परिभाषित गर्दछ । अल्ट्रा–स्लिम डिजाइनमा आउँने वाई २७ एस दुई निकै आकर्षक रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध हुनेछ । यस स्मार्टफोनको लञ्च संगै भिभोले नयाँ स्मार्टफोनको अनुभव लिने मौका बाहेक भिभो कुल एम्बेसेडर अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्नेछ । वाई२७ एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ जसले सहज ट्रान्जिशन डिस्प्लेको अनुभव प्रदान गर्दछ । साथै विस्तारित र प्रभावकारी उपयोगका लागि यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ । यसबाहेक, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । फाइल र डकोमेन्टरू राख्न पर्याप्त ठाँउ उपलब्ध गराउन यसमा २५६ जीवी रोम पनि रहेको छ भने स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । त्यस्तै भिभो कुल एम्बेसेडर अभियानले प्रयोगकर्ताहरुलाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भभो वाई सिरिजको कूल एम्बेसेडर बन्न सक्नेछन् । सहभागीहरु मध्ये सबैभन्दा बढि मनपराईएको भिडियोबाट पहिलो विजेताले भिभो वाई२७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोसुट गर्ने अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो विजेताले फोटोसुट गर्ने अवसर सहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन् । यस बाहेक, वाई२७एस खरिद गर्ने पहिलो ५००० ग्राहकहरुले नि:शुल्क इयरबडहरू प्राप्त गर्नेछन् । यो अभियान ११ डिसेम्बर २०२३ देखि शुरु भएर २७ डिसेम्बर २०२३ सम्म उपलब्ध रहनेछ ।
डबल सर्किट लाग्दा पनि यी ४ लघुवित्तको सेयर मूल्य घट्यो
काठमाडौं । सेयर बजारमा डबल सर्किट लागेर ४० मिनेट बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारमा आएका २२३ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये विभिन्न ५ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । नेप्सेका अनुसार ११ बजारे २७ मिनेटसम्म हिमालयन हाइडोपावर, त्रिशुली जलविद्युत कम्पनी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र पाँचथर पावकर कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतभन्दा बढी बढेको हो । तर, नेप्सेमा २११ कम्पनीको सेयर मूल्य बढेर हरियाली छाउँदा विभिन्न ४ कम्पनीको सेयर मूल्य भने घटेको छ । ग्लोबल आइएमई लघुवित्तको २ प्रतिशत, उपकार लघुवित्तको ०.४२ प्रतिशत, आशा लघुवित्तको ०.२८ प्रतिशत र कालिका लघुवित्तको ०.००५ प्रतिशतले सेयर मूल्य घटेको छ । दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् ९२.७३ अंकले बढेर १९४५.५१ अंकमा पुगेको हो । यस्तै, २२३ कम्पनीको सेयर खरिद बिक्री हुँदा २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
के हो सर्किट ब्रेक ? यस्तो छ नेप्सेको पछिल्लो व्यवस्था
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बजारको उतारचढावलाई नियन्त्रण गर्नको लागि सर्किट ब्रेक लगाउने व्यवस्था शुरु गरेको हो । उक्त व्यवस्था २०६४ देखि शुरु भएको हो । २०६४ सालदेखि शुरु भएको व्यवस्थामा केही बुँदाहरु परिमार्जित भएका छन् । पछिल्लो समय २०७५ चैत १९ गतेदेखि लागू भएको नयाँ व्यवस्था अनुसार नेप्सेमा सर्किट ब्रेक लागिरहेको छ । स्टकको नयाँ व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ । सोही अनुरुप आज आइतबारको बजारमा दुई पटक सर्किक ब्रेक लागि सकेको छ । पहिलो पटक कारोबार शुरु भएको केही मिनेटमै ४ प्रतिशतले बढेर र अर्को पटक ५ प्रतिशतले बढेर हाल सेयर कारोबार ४० मिनेटको लागि बन्द भइको छ । अब दुई पटक सर्किट लागेर खुलेपछिको बजार पनि ६ प्रतिशतले घट्यो वा बढ्यो भने आजको पुरै कारोबार स्थगित हुने छ ।