विकासन्युज

सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकको नारायणहिटीपथ स्थित प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहकाबीच सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त साझेदार मनमोहन राज काफ्लेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षण सम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानून तथा स्वीकृत लेखा परीक्षण मापदण्ड भित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले सम्पादन गर्ने भएको बैंकले जनाएको छ । बैंकले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

मान्छेले मासु खान छाडेका हुन् ?

काठमाडौं । पूर्वी पहाड धनकुटाबाट काठमाडौंमा बस्दै आएका नितेश राईको चुलोमा अहिले महिनाको बल्लतल्ल दुई/तीन दिन मासु पाक्छ, त्यो पनि कुखुराको । श्रीमतीसँगै कीर्तिपुरमा बस्ने उनको चुलोमा पहिले दिनको एक छाक अनिवार्य मासु हुन्थ्यो । खसी, राँगा, बंगुरको मासु त महिनाको पाँच/छ पटक अनिवार्य नै हुन्थ्यो । तर, आजभोलि त्यस्तो छैन । किन भान्छामा मासु पाक्न छोड्यो भनेर जिज्ञासा राख्दा उनी भन्छन्, ‘काम पनि छैन खानुपनि छैन, दाम भए पो मिठो माम हुन्छ ।’ नितेश काठमाडौँमा ज्यालामजदुरीको काम गर्छन् । दुई महिना भयो अहिले काम नपाएर खाली बस्नु परेको छ । ‘पहिले कतै घर बन्थे, कतै भवन बन्थे, खाली बस्न पर्दैन्थ्यो, आजभोलि काम खोज्न जाँदा पनि काम पाइँदैन, भाडा त कसरी तिर्ने भन्ने भएको बेला कसरी मासु खान पाउनु,’ उनले भने । नितेशकी श्रीमती पनि ज्याला मजदुरी गर्छिन् । दुवैजनाको कमाईले खानबस्न पुगेर घर खर्च पठाउन समेत हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । ‘पहिले दुवैजनाले एक दिनमा एक हजारभन्दा बढी कमाउँथ्यौं, खानबस्न सजिलो थियो । तर, अहिले काम नै पाउन छोड्यो,’ उनले भने । ६ वर्षदेखि यही काम गर्दै आएका नितेश र उनकी श्रमतीलाई काम नपाएर बस्नुपरेको यो पहिलो वर्ष हो । पहिले कहिले घर, कहिले सडक कतै न कतै काम पाइन्थ्यो । तर, आजभोलि काम पाउन पाइँदैन । कामै नहुँदा भान्छामा मासु पाक्न छोडेको उनको भनाइ छ । तपाईं मासु खानुहुन्छ ? उसो भए मासु किन्न जाँदा व्यापारीको गुनासो पनि सुन्नु भएको होला, ‘आजभोलि व्यापार नै कम हुन थाल्यो ।’ छैन भने एक पटक सोध्नुस् सायद जवाफ यही पाउनु हनेछ । व्यापारीहरू मान्छेले मासु नै खान छोडेको सुनाउँछन् । नितेशको चुलोमा मासु पाक्न छुटेजस्तै बजारमा व्यावसायीहरूको पनि व्यापार हुन छोडेको छ । त्रिशुलीका सानोभाइले काठमाडौँको कलंकीमा मासु पसल खोलेको करिब १० वर्ष भयो । उनी बंगुरको मासु बेच्छन् । मासिक ४० हजार भाडा तिरेर मासु व्यवसाय गरेका उनी अहिले पसल बन्द गर्ने कि के गर्ने भन्ने विषयमा दोधारमा छन् । व्यापार पहिलेको जस्तो हुन छोडेपछि उनी यस्तो अवस्थामा पुगेका हुन् । ‘अहिले व्यापार आधाले घटेको छ, पहिले दैनिक ९० किलो मासु बिक्री हुन्थ्यो, अहिले ४० किलो पनि मुस्किलले हुन्छ, डेढ वर्षयता व्यवसाय सुस्ताएको छ,’ उनी निराश हुँदै भन्छन्, ‘ मासु किन्न आउनेले पैसा छैन भन्छन्, काम नपाएको गुनासो गर्छन्, पहिले मासिक ४० हजार कमाउेहरू अहिले १५/१६ हजार मात्रै कमाइ भइरहेको बताउँछन् ।’ कंलकीमै मासु व्यापार गरिरहेका निलमप्रकाश शाहीको भनाइ पनि सानोभाईकोजस्तै छ । १२ वर्षदेखि मासु पसल सञ्चालन गर्दै आएका उनी केही वर्षयता व्यापार आधाले घटेको बताउँछन् । उनी भन्छन्, ‘देशको राजनीतिक अवस्था, आर्थिक मन्दी, खोइ के–के कारण हो, व्यापार त हुनै छोड्यो ।’ पाँच वर्ष पहिले निलमप्रकाशदिनमै एक खसीको मासु बेच्थे । तर, अहिले २०/२५ केजी मासु बिक्री गर्न पनि उनले तीन/चार दिन समय कुर्नु पर्छ । अहिले कुखुराको मासु पनि दैनिक २५ केजी मात्र बिक्री हने गरेको उनको भनाइ छ । ‘मुख्य विषय त व्यापार नै हुँदैन, अर्को, बंगुर नै पाउन गाह्रो छ, पसलको भाडा बढेको बढ्यै छ, बालबच्चा पढाउनै पर्‍यो, खाना खानै पर्‍यो, व्यापारको अवस्था यस्तो छ, के गर्नु टिक्नै गाह्रो छ,’ उनले दुखेसो गर्दै भने । माछा मासुको व्यापार ५० प्रतिशत घट्यो नेपाल माछामासु व्यवसाय संघका अध्यक्ष रमेश खड्गी अहिले ५० प्रतिशतले मासु खपत घटेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै खसीको मासु खपत हुन छोडेको छ भने बंगुर र रागाँको मासुको व्यापार पनि घटेको छ । ‘कुखुरा अलि सस्तो हुँदा प्रायले खाएकै पाइन्छ नभए मासुको बजार ओरालो लागि सक्यो, खसीको मासु खानेहरू कमै भेटिन्छन्,’ उनले भने । उनका अनुसार नेपालभर दैनिक ५ लाख कुखुरा बिक्री हुने गरेकोमा अहिले मुस्किलले ३ लाख मात्रै बिक्री हुने गरेको छ । यस्तै, माछा पनि देशभर ३ लाख खपत हने गरेकोमा अहिले डेढ लाख मुस्किलले बिक्री हुन्छ । यस्तै, राँगा दैनकि १ हजार खपत हुने ठाउँमा चार सय र बगुंर ४ सय खपत हुने ठाउँमा दुई सयमा झरेको छ । खड्गी भन्छन्, ‘मासु खानेसँग पैसा छैन, पैसा हुनेसँग मासु खान मिल्ने अवस्था छैन ।’ खसीबोका बिक्री संघ खसीबजार व्यवस्थापन समितिका व्यवस्थापक जीवन खतिवडाले विगत एक/डेढ वर्ष यता माछा मासुको व्यापार घटेको बताए । खसी बोकाको मासुको व्यापार ३० प्रतिशत घटेको छ । पहिले दिनको हजारका दरले महिनामा ३० हजार खसीबोका बिक्री हुन्थे । तर, आजभोलि संख्या घटेर मासिक १५/२० हजारमा झरेको छ । ‘बजारमा मासु नजाँदा यसको असर किसानलाई प¥यो, दशैंको बेला पनि खसीबोका बिक्री नहँदा किसानले फिर्ता लिनु पर्‍यो ।’ अहिले खसीको मासुको बजार मूल्य १३ सय बढी छ । ‘एक छाक खाना खान धौधौ परिरहेको बेला यत्रो पैसा तिरेर खान कसले सक्छ,’ उनी भन्छन्, ‘कमाइ नहुँदा खानामा यसको असर परेको हुन सक्छ ।’ पसुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल पहिले भन्दा अहिले नेपालमै उत्पादन हुने मासु बढेको बताउँछन् । उनका अनुसार नेपालमा अहिले १ करोड ४२ लाखको हाराहारीमा खसी बाख्रा छन् भने ५/६ करोडको हाराहारीमा कुखुरा छन । यस्तै, १५ लाखको हाराहारीमा बंगुर र ८ लाखको हारहारीमा भेडा छन् । यी सबै जनावरबाट दुध, मासु अण्डा, माछा उत्पादन हुन्छ । नेपालमा एक वर्षमा ५ लाख १२ हजार मेट्रिक टन मासु उत्पादन हुने गरेको उनी बताउँछन् । १ लाख १४ हजार मेट्रिक टन माछाको मासु उत्पादन हुन्छ । नेपालमा यति मासु उत्पादन हुन्छ भन्दैमा सबैले किनेर खान सक्ने अवस्था नरहेको उनी बताउँछन् । बजारमा पाउँदैमा सबैले खानसक्ने अवस्था हुँदैन । ‘बजारमा पाइन्छ भन्दैमा सबै कुरा सबैले खान सक्दैन, कसले कति खान्छ र खाँदैन भन्ने कुरा व्यक्तिको आर्थिक अवस्था हेरेर हुन्छ, जसको कारण पनि मासु खानेको संख्या घटेको हुन सक्छ,’ उनले भने । किन घट्यो खपत ? नेपाली बजारमा मासुको खपत किन घट्यो भन्नुको एउटै जवाफ नभएको विज्ञहरू बताउँछन् । अहिले सबै क्षेत्रमा आर्थिक सुस्तता छ । विकास निर्माणका काम ठप्प भएका छन् । ज्याला मजदुरी, लेबरी काम गर्नेहरूले काम पाएका छैनन् । यस्ता विभिन्न कारण पनि मान्छेले मासु खान छोडेको उनीहरूको भनाइ छ । नेपाल माछामासु व्यवसाय संघका अध्यक्ष रमेश खड्गी मासु खाने भनेको युवाहरूको जमात देशभन्दा बाहिर हुँदा पनि मासुको बजार ओरालो लागेको बताउँछन् । ‘माछा मासु धेरै खाने भनेको युवाहरू हो, उनीहरूलाई देशमा भेट्नै गाह्रो छ, स्वदेशमा रहेका वृद्धवृद्धालाई स्वास्थ्यले नै मासु खान साथ दिँदैन, नेपालमा मासुको खपत घट्नुको एउटा कारण यो पनि हुन सक्छ,’ उनले भने । अहिले धेरै मान्छे बेरोजगार छन् । रोजगारीमा भएकाहरूको पनि तलब बढेको छैन । धेरै मान्छेलाई हातमुख जोर्न नै समस्या भइरहेको बेला मासु खान सक्ने अवस्था नभएको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसी बताउँछन् । आर्थिक प्रभाव मुख्य कारण मान्छेको हरेक सम्बन्ध अर्थसँग जोडिएको छ । देशको अर्थतन्त्र नकारात्मक अवस्थामा हुँदा त्यसको असर मान्छेको पेटमा पर्छ । अहिले बजार महँगिएको छ । बजार महँगिदा त्यसको असर भान्छामा पर्‍यो । पहिले १७ सय पाइने २० किलो चामल अहिले २४ सय रुपैयाँ पर्छ । यसले आर्थिक स्तर न्यून भएका व्यक्तिमा ठूलो मार परेको छ । नेपालीको आयस्तर नै घटेपछि धेरैजसोले मासु खान छोडेको जानकारहरू बताउँछन् । सचेतना पनि जाग्यो अहिले नेपाली समाज धेरै सचेत भइसकेको छ । धेरै जसोले माछा मासु खान नै छोडेका छन् । मांसाहारीभन्दा साकाहारी बन्नेको संख्यान बढ्न थालेको छ । धेरै मानिसमा माछा मासुको सट्टा फलफूल, हरियो सागपात, गेडागुडी खानुपर्छ भन्ने चेत धेरैमा जागिसकेको छ । पछिल्लो समय स्वास्थ्यकर्मीले पनि माछामासुले स्वास्थ्यमा पर्ने प्रभावका विषयमा पनि सल्लाह दिन थालेका छन् । यसले पनि एक जमात मासु छोड्नतिर लागेको छ । अर्को, मुख्य विषय भनेको खाने इच्छा भएकाहरू खान सक्ने अवस्थामा छैनन् । पोषणविद् डाक्टर अरुणा उप्रेती स्वस्थ रहन मांसाहारीभन्दा साकाहारी रहन सल्लाह दिन्छिन् । उनी आफ्ना हरेक लेखमार्फत् नेपालीहरूलाई कस्ता खानेकुरा खाँदा स्वस्थ रहन्छ भन्नेबारे सल्लाह दिरहेकी हुन्छन् । उनी सकेसम्म आफ्नै बारीमा आफै उम्रिने, साग, सिस्नो हरियो सागपात खान जोड दिन्छिन् । ‘मासु खानु स्वस्थकर हो कि होइन भन्ने प्रश्नको जवाफ एउटै नहोला, मांसाहारीले शाकाहारीलाई प्रोटिन नै पुग्दैन । तर, शाकाहारीहरूलाई प्रोटिन पुग्दैन भन्ने तथ्यचाहिँ ठीक होइन, म आफैं शाकाहारी भएको २६ वर्ष भयो, उनी भन्छिन्, ‘मलाई प्रोटिनको कमी छैन ।’

मेट लाइफले नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीसँग गर्यो साझेदारी

काठमाडौं । मेटलाइफले एक परिवर्तनकारी प्रयासमा क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटी सँग साझेदारी गरेको छ । कम्पनीका अनुसार यस सहकार्यले चेतनामूलक कार्यक्रमहरूदेखि लिएर परामर्श सहयोगको सुविधा र जीविकाको विकासलाई प्रवर्द्धन गर्दै लगभग २,५०० जना सर्वाइभर्सहरुको दिगो जीविकाको लागि मद्दत गर्नेछ । यस साझेदारीको मुख्य उद्देश्य मेटलाइफले नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीलाई ७००,००० रूपैयाँ भन्दा बढीको आर्थिक सहयोग पुर्याउनु हो । जसले यस संस्थालाई विभिन्न कार्यक्रमहरु जस्तै काठमाडौं र झापा क्षेत्रका शैक्षिक संस्थाहरूमा प्रभावकारी क्यान्सर सचेतना कार्यक्रम सञ्चालन गर्न सशक्त बनाउँछ । यी कार्यक्रमहरूले युवा पुस्तालाई क्यान्सरका जटिलताहरूबारे शिक्षा दिन, रोकथामका उपायहरू, प्रारम्भिक पत्ता लगाउने र रोग वरपरका प्रचलित मिथकहरूलाई हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यी सचेतना अभियानहरूको साथसाथै, मेटलाइफको सहयोगले क्यान्सरसँग लडिरहेका व्यक्तिहरूलाई डाक्टरहरू र चिकित्सा पेशेवरहरूसँग परामर्शको लागि जोड्ने काम गर्दछ । यसबाहेक, यस पहलले मानसिक स्वास्थ्य र कल्याणको महत्त्वलाई स्वीकार गर्दै बाँचनलाई बहुआयामिक प्रकृतिलाई मान्यता दिन्छ । उनीहरूको निरन्तर हेरचाहको लागि महत्त्वपूर्ण सकारात्मक मानसिकतालाई बढावा दिन र मानसिक स्वास्थ्य परामर्शको सुविधा दिएर, उनीहरूलाई मनोबल बढाउन आवश्यक भावनात्मक समर्थन र मार्गदर्शन प्राप्त गर्न मद्दत गर्दछ । क्यान्सर पीडितहरूले उपचार पछि आफ्नो जीवन पुनः निर्माण गर्न सामना गर्ने चुनौतीहरूलाई स्वीकार गर्दै, कार्यक्रममा जीविकोपार्जन विकास कार्यक्रमहरूमा सहयोग समावेश छ । यी पहलहरूमा अचार र मिठाईहरू बनाउने, परम्परागत नेपाली खानाको तयारी (सेलरोटी, अरसा, अनारसा र खाजा) जस्ता सीपहरू, र गुणस्तर नियन्त्रण र मार्केटिङमा गहिरो निर्देशनहरू समावेश छन् । यी सीपहरूका साथ सर्वाइभर्सहरूलाई सशक्तिकरण गर्ने उद्देश्य आर्थिक स्वतन्त्रता र आत्म–स्थायित्व प्रदान गर्ने, उनीहरूको समग्र पुनः प्राप्तिको लागि महत्त्वपूर्ण कदम हो । यस सहकार्यले क्यान्सर समर्थनको लागि एक समग्र दृष्टिकोणको उदाहरण दिन्छ, जसले चिकित्सा आयामहरूलाई मात्र होइन, बाँच्नलाई फराकिलो पक्षहरूलाई पनि सम्बोधन गर्दछ । यस बहुआयामिक पहलले क्यान्सरबाट प्रभावित व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव सिर्जना गर्ने साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ, जहाँ सर्वाइभर्सहरूले शारीरिक चुनौतिहरू पार गर्नका साथै उनीहरूको क्यान्सरपछिको यात्रामा पनि उन्नति गर्न सक्ने एउटा समुदायलाई प्रोत्साहित गर्छ ।

एडिबीले जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई दियो ३ करोड २० लाख डलर ऋण

काठमाडौं । एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ । देशका विभिन्न प्रान्तका कृषक समुदायको जीविकोपार्जनमा सुधार ल्याउँनका लागि मङ्गलबार तीन करोड २० लाख अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ । एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ । एडिबीका अनसुार परियोजनाले उच्च मूल्यका तथा बजारमुखी बालीहरू विस्तार गरेर आर्थिक विविधीकरणलाई प्रवर्धन गर्न एवं अतिरिक्त कृषि जनशक्तिलाई रोजगारी उन्मुख बनाउने लगायतका कार्य गर्ने छ । साथै व्यापार वृद्धि गर्दै कृषि निर्यात विस्तारको माध्यामबाट विदेशी मुद्रा तथा कर राजस्व आर्जन गर्ने लक्ष्य पनि लाओसले अगाडि बढाएको छ। खडेरी, बाढी तथा मौसमी जोखिमको हिसाबले लाओस उच्च जोखिममा रहेको एडीबीले जनाएको छ । पछिल्ले समय मौसमी जोखिमका कारण लाओसको कुल ग्रार्हस्थ उत्पादनमा करिब दुई प्रतिशत कमी आएको अनुमान गरिएको छ । अत्यधिक गर्मीका कारण बाली उत्पादन घट्दै गहिरहेको समयमा सिञ्चाइको उच्च आवाश्यकता रहेको तथा माटोको स्वस्थ्यमा पनि कमी आएका कारण सुख्खा मौसमी धानको उत्पादन भने स्वात्तै बढ्दै गएको छ । त्यहाँस्थित १०४ वटा सौर्य ऊर्जाबाट चल्ने बोरहोल बढ्दो तापक्रमसँग अनुकूलन बनाउन अपर्याप्त छ । रासस

सरकार आगामी माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताएका हुन् । मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र संघीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आग्रह गरे । उनले १६ औं योजनाको दस्तावेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए । मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरूको ध्यानाकर्षण गराए । उनले भने, ‘माघदेखि हामी नयाँ बजेटको तयारीमा लाग्छौं । सरकारको नयाँ नीति तथा कार्यक्रम आउँछ। र, सरकारले अहिले तयार गर्दै गरेको १६ औं योजनाको दस्तावेजलाई पूरा गर्ने योजना पनि भएको छ । १६ औं योजनाका लागि सुझावहरू दिने काम गरियो भने त्यसलाई राष्ट्रिय योजना आयोगले समेट्ने छ । हामीलाई नीति तथा कार्यक्रममा र अर्थ मन्त्रालयलाई बजेटमा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संघीयता कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन सकिन्छ ।’ मुख्यसचिव अर्यालले संघीयतासम्बन्धि कानून निर्माणको काममा सरकार लागेपनि सोचेअनुसार काम हुन नसकेको स्विकार गरे ।

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार, बिक्री नभए गाउँपालिकाले खरिद गर्ने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहेका छन् । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ । यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पुर्याउन कठिनाइ भएको उनले बताए । आँबुखैरेनी गाउँपालिका–३ मा हाटबजार सञ्चालनमा ल्याएपछि यस क्षेत्रका कृषकलाई कृषि उपजहरु बजारीकरणका लागि सजिलो भएको गुरुङले बताए । उनले भने, ‘गत वर्षको फागुनदेखि हाटबजार सञ्चालनमा आएपछि कृषि उपज सामग्री बजारीकरणको माध्यम हाटबजार बनेको छ । हाटबजारबाटै कृषि उपज सामग्री बिक्री गर्न पाउँदा उपभोक्तालाई पनि सजिलो भएको छ ।’ छिम्केश्वरीमा उत्पादित सामग्रीको माग उच्च हुन थालेपछि यहाँका कृषक हर्षित भएको उनको भनाइ छ । मह उत्पादक कृषक शेरबहादुर गुरुङले उत्पादित महले बजार नपाउने हो कि भन्ने समस्याको अन्त्य भएको बताए । उनले भने, ‘मह कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन, हाटबजारबाटै छोपाछोप हुन्छ । कृषकका लागि हाटबजार कृषि सामग्री बेच्ने माध्यम बनेको छ ।’ स्थानीय कृषक सङ्गीता गुरुङ, तिलबहादुर गुरुङ, आयमान गुरुङ र डिलकुमारी भुजेलले उत्पादित कृषि सामग्री बिक्री नभए गाउँपालिकाले खरिद गरिदिने निर्णय गरेपछि आफूहरु झन् उत्साहित भएको बताए । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि सञ्चालन गरेको हाटबजार कृषकको सहयोगी बनेको त छ नै उपभोक्तालाई पनि एकैठाउँमा फरक फरक कृषि सामग्री खरिद गर्न सजिलो भएको छ । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । वार्षिक दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए । किसानले उत्पादन गरेका सामग्री नुभएको छ निर्णय गरेको उनको भनाइ छ । उनले भने, ‘गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा छिम्केश्वरीका सामग्रीको माग उच्च भएको पाएका छौँ । किसानले ल्याएको सामग्री बिक्री नभए हामी खरिद गरिदिन्छौँ ।’ यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ । हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखिन्छ । स्थानीयस्तरमा उत्पादित कृषि सामग्री सहज रुपमा बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यसहित हाटबजार सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । हाटबजारमा छिम्केश्वरीमा उत्पादित उपजहरु यहाँका सर्वसाधारणको रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित साग, मह, गुन्द्रुक, दाललगायत सर्वसाधारणको रोजाइमा परेको हो । छिम्केश्वरीका कृषकले हाटबजारबाट एकै दिन एक लाख ७८ हजार छ सयको कृषि सामग्री बिक्री वितरण गरेका छन् । सो वडाका अध्यक्ष सन्तोष गुरुङका अनुसार साग, मह, गुन्द्रुक, केराउ, सिमी, दाल, फर्सी, सखरखण्डाको माग उच्च रहेको छ । उनले भने, ‘यहाँ उत्पादित साग र गुन्द्रुकको माग बढी छ । मागअनुसार पुर्याउनै सकिएको छैन । यहाँको हावापानीका कारण साग र गुन्द्रुक सर्वसाधारणको रोजाइमा परेको हो ।’ रासस

एक महिनामै ३९ प्रतिशतले घट्यो बीमा पोलिसी त्याग्नेको संख्या

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी त्याग्नेको संख्या घट्दो क्रममा छ । गत असोजको तुलनामा कार्त्तिकमा बीमा पोलिसी त्याग्नेको संख्या करिब ४ हजारले घटेको छ । नेपाल बीमा प्राधिकरणको अनुसार असोजमा बीमा पोलिसीको संख्या र रकम दुबै घटेको छ । कार्त्तिकमा ६ हजार ९१ जनाले ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । जबकी गत असोज एक महिनामा मात्रै ९ हजार ९३६ जनाले एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो । प्रतिशतको आधारमा हेर्ने हो भने पोलिसी त्याग्ने बीमितिको संख्या ३८.७० प्रतिशत र बीमालेख रकम ३२.७९ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये नेपाल लाइफको सर्वाधिक रकमको बीमापोलिसी सरेन्डर भएका छन् भने सबैभन्दा कम रिलायबल नेपाल लाइफको छ । नेपाल लाइफको २६ करोड ४३ लाख र रिलायबल नेपाल लाइफको ४० लाख ८७ हजार रुपैयाँ बराबरको सरेन्डर भएका छन् । प्रतिशतको आधारमा आइएमई लाइफको सबैभन्दा बढी घटेको छ । कम्पनीमा बीमा पोलिसी सरेन्डर रकम एक महिनामै ६८.११ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा एशियन लाइफको मात्रै सरेन्डरदर बढेको छ । इन्स्योरेन्सले एक महिनामा ८७ लाख २३ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर बढेको हो । संख्या पनि ३०.२१ प्रतिशतले बढेर ९८७ पुगेको छ । कुन कम्पनीको कतिले घट्यो ? 

नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ । सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको बैंकले जनाएको छ । सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।