एसएमई र कृषि कर्जामाथि गभर्नरको प्रश्न
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना तथा मझौला (एसएमई र कृर्जामाथि प्रश्न गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को छैठौं साधारणसभामा आफ्नो धारणा राख्दै उनले राष्ट्र बैंकले बैंकहरुमाफर्त एसएमई र कृषि कर्जा प्रवाहमा प्राथमिकता दिए पनि त्यसको सदुपयोगको विषयमा प्रश्न गरेका हुन् । उनले अहिले बैंकको खराब कर्जा अनुपात बढेको बताउँदै त्यसको एउटा कारण ऋणको सदुपयोगको विषय रहेको उल्लेख गरे । ‘एसएमई कर्जाले चाहेको जस्तो काम गरेको छकि छैन ? कृषि कर्जा कृषिमा माटो खेलाउनका लागि गएको छ कि अन्य ठाउँमा प्रवाह भएको छ ? कृषि लोन भनेर विदेश गइरहेको छ कि कागज खेलाउन कर्जा लगानी भइरहेको छ कि भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने । यी दुवै क्षेत्रमा भएको कर्जाले राम्रो पफर्मेन्स दिनुपर्ने भए पनि त्यस्तो नभएोले यस विषयमा अध्ययन गर्न आवश्यक रहेको सुनाए । कृषि कर्जा सदुपयोग भएो भए उद्यमशिलता बढ्थ्यो, रोजगारी बढ्थ्यो । तर, त्यस्तो भएको छैन । यसमा लघुवित्तको भूमिका के छ ? कर्जा दिने बैंकका म्यानेजरले कस्तो भूमिका खेलेका छन् । यो विषय अध्ययन गर्न आवश्यक छ,’ उनले भने । यस्तै, उनले लोन लस प्रोभिजनको विषय अहिलेको समस्याका रुपमा रहेको सुनाए । उनका अनुसार पछिल्लो समय चेक बाउन्स र कालोसूचीको विषय पनि समस्याको रुपमा देखिएको छ । ‘१९ लाख ऋणी छन् । डेढ लाख ऋणी कालोसूचीमा पर्नु भनेको ठूलो समस्या हो । उनीहरु कालोसूचीमा पर्दा ऋण प्रवाह नभएको होकि भनेर पनि बुझ्नुपर्छ,’ उनले भने । उनले बैंकको शाखाको संख्याको विषयमा पनि अध्ययन गर्न आवश्यक रहेको सुनाए । सबै शाखा प्रभावकारी रुपमा चलिरहेका छन् कि छैनन भनेर विश्लेषण गर्न आवश्यक रहेको सुनाए ।
होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने
काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ । यस अभियानअन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ । यो ुसेफ्टी रिकलु अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो । ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो । यस अभियान अन्तर्गत ज्याज, अकर्ड, सीआर-भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश गरिएका छन् । कम्पनीले यी गाडीहरूको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरूद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ । स्याकार ट्रेडिङले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपाविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । कार्त्तिक १९ गते विभिन्न १० वाम घटकबीचको एकतापछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । नवगठित पार्टीले सोही दिन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । यही प्रक्रिया विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कार्त्तिक २६ गते आयोगमा उजुरी दिएका हुन् । उनी नेतृत्वको दल पहिले नै नेकपा नाममा दर्ता भइसकेकोले सोही नाम प्रयोग गर्दै नवगठित दलले पनि उस्तै नाम तथा छोटकरी अपनाएको दाबी उजुरीमा गरिएको छ । सुवेदीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ६ को ख उद्धृत गर्दै नाम र संक्षिप्त रूप मिल्ने भएकाले मतदातामा भ्रम सिर्जना हुने तथा दलको स्पष्ट पहिचान नदेखिने भन्दै नवगठित दल दर्ता नगर्न आयोगलाई अनुरोध गरेका छन् । उजुरीमा भनिएको छ, ‘नाममा सामान्य मात्रको हेरफेर गरेर वा बाई मात्राको प्रयोग गरेर पहिचान छुट्टिन्छ भन्ने दाबी अस्वाभाविक छ, किनकि छोटकरीमा नेकपा र अंग्रेजीमा सीपीएन दुवै पक्षमा उस्तै रूपमा प्रयोग हुन्छ जसले भ्रम पैदा गर्छ ।’ नेपालको संविधान २०७२ को धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ का दफा ३ र ५ अनुसार सुवेदी नेतृत्वको दल निर्वाचन आयोगमा विधिवत् दर्ता भइसकेको हुँदा उस्तै नाम वा संक्षिप्त नाम प्रयोग गर्ने अर्को दल दर्ता गर्नु कानुनविपरीत हुने समेत उजुरीमा उल्लेख गरिएको छ ।
नेपाली सडकका लागि उत्तम इलेक्ट्रिक एसयुभी हुन्डाईको क्रेटा
काठमाडौं । अहिले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति चासो र भरोसा दिनप्रतिदिन बढिरहेको छ । यतिबेला बजारमा उपलब्ध विभिन्न ईभीहरूमध्ये हुन्डाई क्रेटा इभी नेपाली ग्राहकहरूबीच सबैभन्दा विश्वसनीय र व्यावहारिक विकल्पका रूपमा उदाउँदै गएको छ। यसको डिजाइनदेखि प्रदर्शन, सुरक्षा र सेवा सबै पक्षले नेपाली भौगोलिक अवस्था तथा प्रयोगशैलीलाई ध्यानमा राखेर तयार गरिएको देखिन्छ । ह्युन्डाई क्रेटा इभीले २०० मिमि ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ, जसले गर्दा नेपालका असमान, खाल्डाखुल्डी र पहाडी सडकमा सहजै ड्राइभ गर्न सकिन्छ । ४२।२ किलोवाट आवर क्षमताको ब्याट्रीले ३०० किमिसम्मको ड्राइभिङ रेन्ज दिन्छ, जुन काठमाडौं–पोखरा मात्र होइन, देशका अधिकांश सहर तथा ग्रामीण मार्गहरूका लागि पनि पर्याप्त छ । क्रेटा इभीमा समावेश गरिएको रेजेनरेटिभ ब्रेकिङ प्याडल शिफ्टर यसको सबैभन्दा प्रमुख विशेषतिमध्ये एक हो । यो सुविधा विशेषगरी नेपालजस्तो पहाडी देशका लागि निकै उत्तम हुन्छ । यसबाहेक यो प्रणालीले ब्याट्री चार्ज पुनः प्राप्त गर्ने कार्यसमेत गर्ने हुँदा लामो यात्रामा ऊर्जा–दक्षता अझै बढ्छ । ह्युन्डाई नेपालले देशभर विस्तारित सेवा केन्द्र, दक्ष तथा तालिमप्राप्त प्राविधिक, जेनुइन पाट्र्सको सहज उपलब्धता र अत्याधुनिक मेन्टेनेन्स सुविधाहरूको मार्फत ग्राहकलाई अतिरिक्त भरोसा दिएको छ । इलेक्ट्रिक सवारीसँग सम्बन्धित सम्भावित प्राविधिक आवश्यकताहरूलाई हेर्दा यस्तो विश्वसनीय र छरितो सेवा सञ्जाल उपभोक्ताका लागि ठूलो लाभ मानिन्छ । ह्युन्डाई क्रेटा इभी नेपालमा उपलब्ध इलेक्ट्रिक गाडीहरूमध्ये सबैभन्दा सन्तुलित, सुरक्षित र प्रयोगमैत्री विकल्पका रूपमा स्थापित हुँदैछ ।
दिपल एस ०५ विर्तामोडमा सार्वजनिक
वीरगञ्ज । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा ईभी एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ । बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल विर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाले दिपल एस ०५ सार्वजनिक गरेका हुन् । नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिट भन्दा धेरै विक्री भइसकेको दिपल एस ०५ ले अब पूर्वी नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ । दिपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । दिपल एस ०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा आराम दिन्छ । साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ । यसैबीच विर्तामोडमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक इभीको विक्रीवितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ शनिबारबाट तीन दिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ । कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ । यो एक्सचेन्जमा ग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनेछन् ।
३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस १६.२७ रुपैयाँ
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको सञ्चालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ । कम्पनीको कर अगाडीको नाफा भने ४३ करोड ४७ लाख रहेको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ७६ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ बाट १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले हालै मात्र आर्थिक वर्ष २०८१/८२ को लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति सेयर आम्दानी १३.४९ रुपैयाँबाट बढेर १६.२७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा रहेको छ। कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।
एनएलजीको भुक्तानी ३७.९४ करोड रुपैयाँ, बीमा शुल्क आर्जन १७.५७ करोड
काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १० करोड १० लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिले गर्दा कम्पनीको नाफामा नकारात्मक असर परेको जनाएको छ । गत आवको असोजमा कम्पनीले ४ करोड ८९ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीले १७ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५१ लाख १९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३७ करोड ९४ लाख ३५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले १० करोड ४९ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । चालु आवको असोजसम्ममा कम्पनीले ३९ करोड ४० लाख ८८ हजार रुपैयाँ कुल आम्दानी गरी ५४ करोड २७ लाख १० हजार रुपैयाँ कुल खर्च गरेको छ । जबकि गत वर्ष कम्पनीले ३१ करोड १४ लाख ३६ हजार रुपैयाँ कुल आम्दानी गरी २३ करोड ८४ लाख ५५ हजार रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा २७ करोड १९ लाख १६ हजार रुपैयाँ, स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड २७ लाख २५ हजार रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ५७ लाख ३९ हजार रुपैयाँ सञ्चिति छ भने जगेडा कोष १५ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी १५.७६ रुपैयाँ ऋणात्मक छ ।
बोटलर्स नेपालका २ कम्पनीको नाफामा उछाल, बालाजुको २८१.२० र तराईको २३४.७५ प्रतिशत बढ्यो
काठमाडौं । बोटलर्स नेपालका २ कम्पनीले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमा उल्लेख्य नाफा बढाएका छन् । बोटलर्स नेपाल बालाजु र तराईको व्यापारमा बढोत्तरी भएसँगै नाफा पनि उल्लेख्य बढेको हो । बोटलर्स नेपाल बालाजुको चालु आवको पहिलो त्रैमासमा खुद नाफा २८१.२० प्रतिशत बढेर ३२ करोड १६ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजमा कम्पनीले ८ करोड ४३ लाख ८३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । चालु आवको ३ महिनामा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ११ लाख ८० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २४ लाख ६४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ६९ करोड ९९ लाख रुपैयाँ, सञ्चालन नाफा ४१ करोड १८ लाख ६४ हजार रुपैयाँ र कुल नाफा १ अर्ब १५ करोड ६८ लाख १२ हजार रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले ६३ करोड २९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी, १७ करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा र ७८ करोड ७५ लाख रुपैयाँ कुल नाफा गरेको छ । यस्तै, यस अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ बिक्री लागत, ५७ करोड ९९ लाख रुपैयाँ बिक्री वितरण खर्च र १७ करोड १९ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ । १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०५ गुणा रहेको छ । बोटलर्स नेपाल तराइको चालु आवको पहिलो त्रैमासमा खुद नाफा २३४.७५ प्रतिशत बढेर २७ करोड ३८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजमा कम्पनीले ८ करोड १८ लाख ७ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । चालु आवको ३ महिनामा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ६१ करोड ४८ लाख ९२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ८७ लाख २८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ७८ लाख ८७ हजार रुपैयाँ, सञ्चालन नाफा ३७ करोड ६९ लाख १६ हजार रुपैयाँ र कुल नाफा ९२ करोड ५१ लाख ३७ हजार रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले १ करोड ९८ लाख ३३ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी, १४ करोड ४६ लाख रुपैयाँ सञ्चालन नाफा र ५४ करोड ८४ लाख २ हजार रुपैयाँ कुल नाफा गरेको छ । यस्तै, यस अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ९७ लाख ५५ हजार रुपैयाँ बिक्री लागत, ४३ करोड ७९ लाख ६४ हजार रुपैयाँ बिक्री वितरण खर्च र ११ करोड ८१ लाख ४४ हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६८ करोड ६ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८ गुणा रहेको छ ।