विकासन्युज

महानगरमा ३३ जनाले लिए निशुल्क उपचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको लक्षित वर्ग उपचार सेवाबाट अहिले सम्म ३३ जना बिरामीले सेवा लिएका छन् । तीन महिनाअघिबाट महानगरले सुरू गरेको उपचार सेवाबाट ३३ जनाले सेवा लिएको महानगरले जनाएको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये १५ जनाको मिर्गौला डायलाइसिस भइरहेको छ  । यस्तै १२ जना बिरामी डिस्चार्ज भएका छन् । जसमा तीनजना दम, क्षयरोगजस्ता छातीसम्बन्धी (पल्मोलोजी), दुईजनाले सर्जरी (शल्यक्रिया), दुईजनाले आकस्मिक सेवा, एकजनाले स्त्री तथा प्रसूति रोग सेवा, एकजनाले पेटसम्बन्धी, एकजनाले आँखासम्बन्धी सेवा लिएको महानगरले जनाएको छ । यस्तै उपचार सेवा लिँदालिँदै दुईजना बिरामीको मृत्यु भएको छ ।

काठमाडौं महानगरले देशभरका विपन्न प्रहरीको निशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विपन्न, असहाय बिरामीको उपचार गर्ने भएको छ । देशभरका कुनैपनि पालिकाको भएपनि महानगरका अस्पतालमा गरिने महानगरले जनाएको छ । विपन्न, असहाय बिरामीले आफ्ना पालिका बाट सिफारिस लिएर आएमा निशुल्क उपचार हुने महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । महानगरले ५२ अस्पतालका ३ सय ७४ बेडबाट निशुल्क सेवा दिदै आएको छ । महानगर प्रमुख बालेनले कसैको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा रहेको भएपनि जानकारी गराइदिन आग्रह गरेका छन् । यस्तै उनले आफ्नो फेसबुक मार्फत यो सेवा पाउनका लागि ११८० मा फोन गर्न वा महानगरको स्वास्थ्य विभागमा सम्पर्क राख्न शाहले आग्रह गरेका छन् ।

उपनिर्वाचन : बझाङमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा, इलाममा सुहाङको अग्रता

काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा फेरि नेकपा एमालेले अग्रता कायम गरेको छ । कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहँदा अहिले एमालेका उम्मेदवारले अग्रता कायम गरेका हुन् । पछिल्लो परिणाम अनुसार एमालेका दमन भण्डारीले ९ हजार ८ सय ८९ मत पाएर ९ मतले अगाडि छन् भने काँग्रेसका अषिशेक बहादुर सिंह ९ हजार ८ सय ८० मतले पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६सय ६३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत पाएका छन् । कुल ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ । यस्तै, प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा अगाडि छन् । सुहाङले १० हजार ४ सय १९ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहेका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ७ सय ५३ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४ सय ५१ मत पाएका छन् । इलाममा रास्वपाको चर्चा बढी थियो । तर, रास्वपाले इलामा खासै प्रभाव देखाउन सकेन । हालसम्म रास्वपा चौथो स्थानमा छ ।

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले रुचाएका छन् । कम्पनीका स्टिलहरू प्रति एक्स्पोमा सहभागीहरूको विशेष चासो देख्न सकिन्छ । हाइड्रो एक्स्पोमा कम्पनीले विशेष गरी जलविद्युत परियोजना निर्माणका क्रममा आवश्यक पर्ने स्टिलहरूलाई प्रदर्शन गरेको थियो । नेपालमा जलविद्युतलाई दीर्घकालसम्म विकास गर्न सबैभन्दा राम्रो स्टिल प्रयोग गर्नुपर्ने भएकाले प्रिमियर स्टिलको प्रयोग गर्न सुझाव दिइएको स्टलमा रहेका कम्पनीका प्रतिनिधिहरू बताउँछन् । जलविद्युतको विकासले नेपालको आर्थिक विकासमा फड्को मार्ने भएकाले त्यसका लागि गुणस्तरीय र भरपर्दो स्टिल प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ । प्रिमियर स्टिल एनएस सर्टिफाईड कम्पनी हो । यसले ८ एमएमदेखि ३६ एमएमसम्मका स्टिलहरू बनाउने गरेको छ । जुन नेपालमै पहिलो भएको कम्पनीको दाबी छ । स्थापना २०७५ मा स्थापना भएको यस स्टिल उद्योगले घर, आवास, पुल, हाइड्रो लगायतका सबै क्षेत्रमा रड वा स्टिल हुने भएकाले प्रदर्शनीमा सहभागी भएको कम्पनीका प्रतिनिधिहरू बताउँछन् । प्रिमियर स्टिल नै किन ? ३६ एमएम समूह (क्याटोगरी)मा नेपाल गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गर्न सफल प्रिमियर स्टिल पहिलो नेपाली कम्पनी हो प्रिमियर स्टिल कम्पनी । ३६ एमएमको छड ठूला परियोजना हाइड्रोपावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरेको ब्रान्ड म्यानेजर सजल राउतले अर्थ कागजलाई बताए । यसअघि, ३६ एमएमको छड छिमेकी मुलुक भारत वा अरु देशहरुबाट आयात गर्ने गरिएको र नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै विदेशबाट आयात गर्नुपर्ने अवस्था तोडिएको ब्रान्ड म्यानेजर राउतले सुनाए । कम्पनीका अनुसार प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन । त्यसमा पनि एनएस स्ट्याण्डर्डको मान्यता पाउने भएकाले कम्पनीका उत्पादनहरू उत्तम विकल्प भएको सन्देश एक्स्पोमा दिइएको छ । ३६ एमएमको स्टिलमा एनएस सर्टिफाइड पाउने यो कम्पनी नेपालकै पहिलो कम्पनी हो । जसकारण पनि स्टिलमा यस कम्पनीको छुट्टै महत्व रहेको ब्रान्ड म्यानेजर राउत बताउँछन् । अर्थतन्त्र सुस्ताउँदा पनि समग्र बजारको करिब १० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको कम्पनीले जानकारी दिएको छ । पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा प्रिमियर स्टिलका उत्पादनहरु सधैँ उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैँ एकनासको प्राप्त गर्न सकिने बताइएको छ ।

संजय महासेठले एकल बनाए एम बैंक, नयाँ सुविधा सहित सेवा दिने अठोट

काडमाडौं । सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंकलाई संजय महासेठले एकल स्वामित्वमा ल्याएका छन् । आठ वर्षअघि साझेदारीमा सञ्चालन भईरहेको एम बैंकलाई संस्थापक सदस्य महासेठको एकल स्वामित्वमा लिएका हुन् । बजारको आवश्यकता अनुसार एम बैंकलाई नयाँ ढंगले अगाडी बढाउन खोजिएको संस्थाका प्रबन्ध निर्देशक महासेठले बताए । “समयको मागलाई हेरेर नै हामीले यो चुनौतीपुणर् निणर्य गरेका हौँ, एम बैंकलाई थप प्रतिस्पर्धी बनाउनकै लागि पूणर् स्वामित्व लिएर नयाँ सेवासहित आउँन लागेको हो, नयाँ वर्षमा हाम्रा सदस्य सहकारीहरुले मोबाइल बैङ्किङ्गको साथै नयाँ सेवा र फिचर पनि पाउनुहुनेछ’’ महासेठले भने, “बैङ्किङ्ग क्षेत्र तुलनात्मक रुपमा पूणर् रुपमा डिजिटाईजेसनमा गएको समयमा अर्थतन्त्रकै एउटा खम्बा मानिएको सहकारी पनि डिजिटलमैत्री हुनुको विकल्प छैन, हामि त्यो ’ग्याप’ पुरा गर्नेगरि काम गर्छौ।’ अहिलेसम्म आफ्ना सदस्य सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने मात्र काम भएकाले यसलाई थप विस्तार गर्दै नयाँ नयाँ सेवा सुविधा पनि थपेर अगाडी बढिने उनले बताए । ईआरपी, भिडियो केवाईसी , लोन म्यानेजमेन्ट सिस्टम जस्ता नयाँ नयाँ सुविधा थपेर एम बैंकलाई नयाँ ढंगले अगाडी लगिने महासेठले बताए । एम बैंक एपमा अब मल्टिपल रेमिटान्स सेवा, कस्टमर हेल्प , इ-कमर्स साथै अरु थुप्रै सेवा नयाँ भर्जनमा समेटीएको उनले बताए। आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्ने, त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, माई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने , बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, भिभिन्न सरकरी सेवाको पेमेन्ट गर्ने लगायतका सेवाहरु बिगत लामो समय बाट एम बैंकले दिदै आएको छ । बैंक अहिले ६०० बढी सहकारी र सहकारीका लाखौं सदस्यहरुलाई मोबाइल बैंकिंङको सेवा दिएर देशैभर पुग्ने कम्पनी बनेको छ ।

सिजीले ल्यायो बिएलडिसि सिलिंङ फ्यान बजारमा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सि जी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिंङ फ्यान पहिलो पटक बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच ट’ बिएलडिसि फ्यान टुडेू भन्ने नाराको साथ बजारमा आएको यो सिलिंङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दाबी गरेको छ । उक्त सिलिंङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ । नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अबस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अबस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ । रिमोटको सुबिधा युक्त यो सिलिंङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

तातो हावाको लहर अझै बढ्ने, बच्न के गर्ने ?

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ । ‘तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ’, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो । सूचनामा भनिएको छ, ‘तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।’ सम्भावित असर तथा सुझाव तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ । महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ । रासस

८.९९% व्याजमा घर कर्जा, १२ करोडसम्म ऋण सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । इको-फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण-मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूणर् योगदान पुर्‍याउँदै आइरहेको छ ।