शिक्षिकाले मर्मत गरे हुरीले उडाएको विद्यालयको छानो
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन् । यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेका हुन् । हुरीले छानो उडाउँदा पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँ अग्रसर भएर मर्मतमा जुटेका विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले जानकारी दिइन् । विद्यालयको दुईवटा भवनमध्ये एउटाको छानो हुरीले उडाएको थियो । दुवै भवन जीर्ण अवस्थामा रहेका उनले बताए । छानो नउडाएको अर्को भवनमा विद्यार्थी राखेर अध्यापन गराउँदै आइएको प्रधानाध्यापक भट्टराईले बताए । उनका अनुसार विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन् । छानो नहुँदा पानी परेर पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँले मर्मत थालेको उनको भनाइ छ । प्रधानाध्यापक भट्टराईका अनुसार यसबारेमा गाउँपालिकालाई खबर गरिएको थियो । पालिकाबाट छानो छाउन समय लाग्ने जानकारी पाएपछि पुरानै छाना मर्मत गरी पठनपाठन सञ्चालन गरिएको उनले बताए । विद्यालयमा सातजना शिक्षक छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हुरीले पालिकाभित्रका धेरै विद्यालय र घरहरुमा क्षति पुगेको बताए । आवश्यकताका आधारमा तत्काल त्रिपाल पठाइएको भन्दै विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने उनले बताए । रासस
बीमामा अग्लिँदै मल्लको कद, ५० लाखको सेयरमा ४३ करोडको ‘पोर्टफोलियो’
काठमाडौं । साढे दुई दशकअघि बीमा क्षेत्रमा सेयर सम्बन्धी कारोबार खासै हुन्थेन । त्यसमाथि बीमा कम्पनीको सेयरमा लगानी गर्नु भनेको एकखालको जोखिम मोल्नु नै मानिन्थ्यो । तर, उनले जोखिम मोलेरै बीमा कम्पनीमा लगानी गरे । अहिले मिठो फल पाइरहेका छन् राजेन्द्र मल्लले । प्रसंग २०५६ सालको हो । प्रभु इन्स्योरेन्स (तत्कालीन एलाइन्स इन्स्योरेन्स) ले सेयर लगानी खुला गर्यो । त्यतिबेला संस्थापक र साधारण सेयर दुवैमा लगानीको अवसर थियो । मल्लले साधारण सेयर किन्न आवेदन दिए । त्यतिबेला धेरै मानिसलाई सेयरमा लगानीबारे चासो थिएन । बीमा कम्पनीको सेयर भनेपछि झनै कम चासो थियो । मल्लले ५० हजार कित्ता सेयरको लागि आवेदन दिए । जति मागे, त्यति नै पाए । ‘त्यतिबेला मलाई पनि सेयर कारोबारबारे राम्रो ज्ञान थिएन, अग्रजहरूको सुझावसँगै संस्थापक सेयर छोडेर साधारण सेयरमा लगानी गरेको थिएँ,’ उनी सम्झन्छन् । त्यतिबेला कम्पनीको चुक्ता पुँजी ५ करोड रुपैयाँ थियो । अहिले कम्पनीको पुँजी करिब २९ गुणाले बढेर १ अर्ब ४४ करोड रुपैयाँ भएको छ । मल्लले ५० हजार कित्ता सेयर किन्दा ५० लाख लगानी गरेका थिए । मल्लसँग अहिले कम्पनीको करिब ५ लाख ३९ हजार २०० कित्ता सेयर छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ८०० रुपैयाँ छ । यस आधारमा उनको सेयर पोर्टफोलियो ५ लाख रुपैयाँबाट बढेर ४३ करोड १३ लाख रुपैयाँ नाघेको छ । अर्थात सुरुवाती लगानीको ८६ गुणा ठूलो पोर्टफोलियो भएको छ । ‘५० लाख मात्र लगानी होइन, नियामकले पुँजी बढाउन भनेको भन्यै छ, पटक पटक हकप्रद सेयरमा लगानी थप्नुपरेको छ, बोनस सेयर थपिँदै गएको छ,’ उनले भने, ‘अहिलेसम्म यस कम्पनीको एक कित्ता पनि सेयर बेचेको छैन, पैसा थपेको थप्यै छु ।’ बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि साढे २ अर्ब चुक्ता पुँजी तोकेको छ । तोकेअनुसार पुँजीवृद्धिका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ । ठूला लगानीकर्ताको ठूलै समस्या । पुँजीवृद्धि गर्दा कसरी पैसा जुटाउने भन्ने चिन्ता उनीमा पनि देखियो । ‘हकप्रद सेयर निष्कासन गरेर चुक्ता पुँजी साढे २ अर्ब बनाउँदैछौं । बजारमा मन्दी छ, यस व्यवसायमा मात्र होइन, अन्यत्र पनि मेरो लगानी छ, बजारको अवस्था भने पुँजी थपेको थप्यै गर्नुपर्ने तर नाफा आउने कहिले हो कहिले,’ मल्लले व्यथा सुनाए । २०७२ सालको भूकम्प, २०७७/७८को कोरोना महामारी जस्ता विपद्का बेला बीमा कम्पनीको नाफामा ठूलै धक्का लाग्यो । कोरोना बीमा, कृषि बीमामा सरकारको प्रतिबद्धता कार्यान्वयन नहुँदा पनि बीमा कम्पनी पीडित भएका छन् । यसले लगानीकर्ता बढी सशंकित बनाएको छ । कहिले नयाँ कम्पनीलाई लाइसेन्स दिने, कहिले मर्जमा जाउँ भन्ने सरकारको नीतिमा लगानीकर्ताले अस्थीरता अनुभव गरेका छन् । कम्पनीहरूको पुँजीवृद्धि ज्यादा हुनु तर बीमा बजारको विस्तार सुस्त हुनुले पनि लगानीकर्तामा केही चिन्ता छ । मल्ल यी सबै घटनाक्रमका साक्षी छन् । उनको चिन्तामा इतिहास साक्षी छ । एलाइन्स इन्स्योरेन्स कम्पनी स्थापना भएको एक दशकसम्म लगानीकर्ताले कुनै प्रतिफल पाएनन् । २०७२ सालको भूकम्प, २०७७/७८को कोरोना महामारी जस्ता विपद्का बेलामा बीमा कम्पनीको नाफामा ठूलै धक्का लाग्यो । कोरोना बीमा, कृषि बीमामा सरकारको प्रतिबद्धता कार्यान्वयन नहुँदा पनि बीमा कम्पनी पीडित भएका छन् । यसले लगानीकर्ता बढी सशंकित बनाएको छ । कहिले नयाँ कम्पनीलाई लाइसेन्स दिने, कहिले मर्जमा जाउँ भन्ने सरकारको नीतिमा लगानीकर्ताले अस्थीरता अनुभव गरेका छन् । कम्पनीहरूको पुँजी वृद्धि ज्यादा हुनु तर बीमा बजारको विस्तार सुस्त हुनुले पनि लगानीकर्तामा केही चिन्ता छ । मल्ल यी सबै घट्नाक्रमका साक्षी छन् । भन्छन्, ‘लगानीकर्तालाई पुँजी जुटाउन जति गाह्रो छ, भविष्यमा लगानीको प्रतिफलबारे पनि त्यत्तिकै गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।’ पछिल्लो समय बीमा बजार सही दिशामा अगाडि बढेको तर सरकारको नीतिमा स्थीरता जरुरी रहेको उनी बताउँछन् । ‘पहिला मानिसलाई बीमाबारे बुझाउनै हम्मे परेको थियो, त्यसैले गर्दा कम्पनीले पनि लामो समयसम्म उचित प्रतिफल दिन सकेन, जब सन् २०१५ मा भूकम्पको महामारीमा देश फस्यो, त्यसपछि मात्रै मानिसहरूले बीमाबारे बुझ्न थाले, भविष्यका लागि बीमा गर्नुपर्छ भन्ने बुझे, बीमाको फाइदाबारे बुझ्न थाले, बजार विस्तार हुँदैछ, बीमा कम्पनीहरू पनि प्रतिफल दिन सक्ने अवस्थामा पुगेका छन्, मुलुकको अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि बीमाले राम्रो योगदान गरेको छ, सरकारको राजस्वमा पनि धेरै ठूलो योगदान छ, यस क्षेत्रको महत्वलाई बुझेर सरकारले पनि सकारात्मक नीति लिनुपर्छ,’ मल्लले आफ्नो मत राखे । अग्ला पात्र पब्लिक सेयरधनीको तर्फबाट कम्पनीमा सुरुदेखि नै सञ्चालक समिति सदस्य बने मल्ल । करिब २५ वर्ष निरन्तर सञ्चालक बनेका मल्ल गत वैशाखमा सम्पन्न २८औं वार्षिक साधारणसभापछि कम्पनीको अध्यक्ष भए । बीमासहित बैंक, जलविद्युत, स्वास्थ्य, शिक्षा, उद्योग, उड्डयन, होटल लगायत धेरै क्षेत्रमा उनको लगानी छ । उनी नेपाल चेम्बर अफ कमर्शको निवर्तमान अध्यक्ष पनि हुन् । व्यावसायिक र सामाजिक क्षेत्रमा उनको अलग्गै छवि छ । साथै, बीमा क्षेत्रमा उनको अलग्गै छवि बनेको छ । मल्ल बीमा क्षेत्रको लगानीकर्ता एक लगानीकर्ता मात्र छैनन्, प्रभु इन्स्योरेन्सको अध्यक्ष मात्र पनि होइनन्, निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत हुन्, बीमा क्षेत्रको लामो अनुभव बोकेका एक अग्ला पात्र पनि हुन् । मल्लले इन्स्योरेन्स कम्पनीको सञ्चालक बनेर संस्थाको लागि नीति निर्माण गर्ने काम मात्र गरेनन्, संस्थाभित्र सुशासन कायम गर्न दरिलो भएर उभिए । व्यापार विस्तार गर्न आफ्नो नेटवर्क र क्षमतालाई कम्पनीको व्याकअप बनाए । आममानिसलाई बीमाको महत्व बुझाउन गाउँ-गाउँ, टोल-टोल पनि पुगे । ‘खासगरी, मैले नेपाल चेम्बर अफ कमर्समा २०६२ सालमा इन्ट्री गरेँ, त्यहाँ मलाई मोटामोटी १८ वर्ष सेवा गर्ने मौका मिल्यो,’ उनी भन्छन्, ‘चेम्बरको काममा देशभर घुम्ने मौका पनि मिल्यो, जहाँ म पुगेँ, त्यहाँ बीमा व्यवसायको कुरा गरेँ, बीमा सचेतनाका कुरा गरेँ, बीमाको लाभबारे कुरा गरेँ, धेरै व्यवसायी साथीहरुलाई प्रभु इन्स्योरेन्समा जोड्ने काम पनि गरेँ ।’ उनले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायतलाई जिल्ला बाहिर पनि शाखा खोल्नुपर्छ भनेर एउटा गाइडलाइन प्रदान गरे । प्रभु इन्स्योरेन्सको ६१ स्थानमा शाखा हुनु र सबै शाखा व्यावसायिक दृष्टिकोणले अत्यन्त राम्रो स्थानमा हुनुमा आफ्नो भूमिका रहेको उनी गर्वका साथ सुनाउँछन्। कम्पनीको मुख्यालय रहेका तीनकुनेको जग्गा किन्ने बेलामा कम्पनीले उनकै संयोजकत्वमा एक समिति बनायो । त्यतिबेला आनाको १२ लाख रुपैयाँमा जग्गा किनेर भवन निर्माण भयो । त्यतिबेलाको निणर्य कम्पनीका लागि दीर्घकालीन रूपमा धेरै राम्रो सावित भयो । अहिले अन्य प्रदेशमा पनि आफ्नै भवनमा शाखा खोलेर सेवा प्रवाह गर्नुपर्छ भन्नेतर्फ कम्पनी अगाडि बढेको मल्ल बताउँछन् । मल्ल कम्पनीमा धेरैजसो ‘दाबी भुक्तानी समिति’ मा बसे । दाबी भुक्तानीलाई सहज बनाउनेदेखि झुटो विवरण पेस गरेर बीमा दाबी रोक्नेसम्मका कार्यमा उनको निणर्यक भूमिका रहँदै आएको छ । ‘फेक क्लेम गर्नेको पहिचाहन गर्ने र त्यस्ता समूहबाट कम्पनीलाई जोगाउन मैले धेरै मिहेनत गरेको छु,’ उनी भन्छन्, ‘बजारमा फेक क्लेमको धन्धा चालाउनेहरू पनि छन्, यस विषयमा म कसैलाई पनि दोष दिन्नँ, त्यस्तो गलत मनसायले कुनै कम्पनी आउँदा त्यस्ता कम्पनीलाई बीमा सेवा नदिन मैले निर्देशन पनि दिएको छु ।’ उधारो बीमा हटाउन पनि उनले प्रभावकारी भूमिका खेलेको सुनाए । ‘कुनै बेला बीमा पनि उधारो हुने चलन थियो, उधारो बीमा गर्ने अवस्थाको अन्त्य हुनुपर्छ भनेर मैले धेरै काम गरेँ, बीमा प्राधिकरणको नेतृत्वसँग निरन्तर कुरा गरेँ, प्रभुले उधारोमा गरेको बीमा लागू हुने छैन भनेर संस्थाको छाप नै बनाएर काम गर्याैं । हाम्रो माग धेरै पछि नियामकबाट पनि सुनुवाइ भयो, अहिले उधारो बीमा बन्द भयो, यसमा मलाई खुसी लाग्छ,’ उनको छाती गर्वले फुरुंग भयो । संस्थाभित्रै संघर्ष २७ वर्षे इतिहासमा प्रभु इन्स्योरेन्समा धेरै सञ्चालक र अध्यक्ष भए, काम गरे, गए । उनीहरू सबैका साक्षी छन् राजेन्द्र मल्ल । बोर्डबाट होस् वा व्यवस्थापनबाट, गलत काम भए भने निर्भिकतासाथ औला उठाउने सञ्चालकको छवि बनाएका छन् मल्लले । पूर्व सहकर्मीहरू नै भन्छन्, ‘मल्ल सधैं कम्पनीको हितमा उभिए, व्यक्तिगत स्वार्थ व्यक्त गरेनन् ।’ ‘सुशानका लागि म यो कम्पनीको स्थापनाकालदेखि नै कटिबद्ध र प्रतिबद्ध छु,’ उनी भन्छन्, ‘यो कम्पनीलाई सही ट्र्याकमा हिँडाउनुपर्छ भन्ने विचारधारा बोकेर हिँडिरहेको छु ।’ सुशासनको विषयमा कुनै बेला कम्पनीको अध्यक्षसँग समेत संघर्ष परेको उनले स्मरण गरे । ‘जब प्रभु ग्रुपले लगानी गर्यो र एलाइन्स इन्स्योरेन्स प्रभु इन्स्योरेन्समा परिणत भयो, त्यसपछि यस कम्पनीमा कहिल्यै विवाद आएन,’ उनी सुनाउँछन्, ‘सबैले बिजनेस ग्रोथ कसरी गर्ने भन्नेतिर टिमवर्कका रूपमा काम गरियो, मैले जानेका कुरा अध्यक्षज्यूलाई सुझाव दिएर अगाडि बढियो ।’ ‘म कुनै पनि क्षेत्रमा एकेक खुड्किला पार गरेर सफलतामा पुग्न रुचाउने मान्छे, एकै पटक लिफ्ट चढेर माथि पुग्नेमा विश्वास गर्दिनँ,’ उनी भन्छन्, ‘संस्थामा जुन किसिमको सुशासन कायम हुनुपर्ने हो त्यो चाहिँ हुनैपर्छ भन्नेमा म अडिग छु ।’ दीर्घकालीन लगानी बैंकिङ क्षेत्र तथा बीमा क्षेत्रलाई दीर्घकालीन लगानीका रूपमा लिने गरिन्छ । त्यसैले बीमा क्षेत्रबाट छिट्टै प्रतिफल पाइँदैन भन्ने लगानीकर्ताको बुझाइ छ । २०५४ सालबाट सञ्चालन आएको प्रभु इन्स्योरेन्स अहिले २७ वर्षमा कुदिरहेको छ । पहिलो एक दशक शुन्य लाभांश दिएको यस कम्पनीले पछिल्लो दशक नियमित सेयरधनीलाई लाभांश दिन सफल भएको छ । ‘बीमा व्यवसायमा एकैपटक धेरै नाफा हुँदैन । यो भनेको एउटा सुन्तलाको बिरुवा रोपेको जस्तै हो,’ मल्ल थप्छन्, ‘त्यसलाई रोप्नुपर्यो, मलजल गर्नुपर्यो, हुर्काउनुपर्यो अनि न बल्ल फल दिन्छ त्यसले । पहिला बीमा क्षेत्रमा जसरी मलजल दिएर लगानीकर्ताले बिरुवा हुर्काउनुभएको छ, त्यसले केही न केही फल दिन थालेको छ ।’ यो क्षेत्रमा लगानी गर्नु भनेको रिटायर भएपछिको समयमा प्रतिफल सुनिश्चित गर्नु भएको उनको बुझाइ छ । अबको प्रभु इन्स्योरेन्स मल्ल अध्यक्षका रूपमा प्रभु इन्स्योरेन्समा केही समयअघि चार वर्षका लागि प्रवेश गरेका छन् । संस्था चलाउन एकजनाले मात्रै सम्भव नहुने र टिमवर्कले नै संस्थाको हित हुन सक्ने उनी बताउँछन् । एकअर्काको सुखदुःख बाँडेर नै कम्पनीलाई अगाडि बढाउँदै लैजाने उनी बताउँछन् । प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने मल्लले बताए । निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने उनी बताउँछन् । उनी आफ्नो कार्यकालमा कम्पनीको सम्पत्ति सातै प्रदेशमा पुर्याउनुपर्छ भनेर लागिरहेका छन् । ‘सातै प्रदेशमा एकैपटक पुर्याउन नसकिएला, एकपछि अर्को गर्दै जाने योजना छ,’ उनी भन्छन्, ‘बीमितहरूलाई छिटो छरितो सेवा प्रदान गर्नुपर्छ भन्ने पक्षमा म छु ।’ संस्थाका कर्मचारीलाई राम्रो गाइडलाइन दिँदै अगाडि बढ्ने उनी बताउँछन् । ‘मेरो काम संस्थाको नीतिगत निणर्य राम्रो गर्नेमा हुन्छ, व्यवस्थापनलाई उचित निर्देशन दिने भयो,’ उनी भन्छन्, ‘हाम्रो संस्थाको म्यानेजमेन्ट टिम चुस्त दुरुस्त छ, कतिपय संस्था मर्जर भएर गए, हामी भने आफ्नै ठाउँमा बसेर स्वपुँजी थपेर एक्लै कम्पनीलाई ठूलो संस्था बनाउँदैछौं, सबैभन्दा धेरै नाफा कमाउने कम्पनी पनि यही छ, यसमा हामी अझै मिहिनेत गर्नेछौं ।’ कति वर्ष काम गर्ने ? पब्लिक कम्पनीमा लामो समय सञ्चालक वा अध्यक्ष भएर कम्पनीलाई निजी स्वार्थअनुकुल चलाउने गरेको आरोप पनि लाग्दै आएको छ । यसै विषयलाई जोडेर नियामकहरुले व्यवसायिक सञ्चालक मात्र बोर्डमा जाने वा ठूला लगानीकर्तालाई सञ्चालक बन्न रोक लगाउने जस्तो नीतिगत विषयमा पनि वहस हुने गरेको छ बेलावखत । तर, लगानीकर्तालाई बोर्डमा बस्न दिनुहुन्न वा लामो समय एउटै व्यक्ति बोर्डमा रहनुहुन्न भन्ने मतको विपक्षमा छन् मल्ल । ‘विगतमा बीमा कम्पनी सञ्चालकले गल्ती पनि गरेका थिए, आफ्नो बीमा आफैं लिने पनि गर्थे, क्लेम बढी गर्थे भन्ने गुनासा सुन्नमा नआएका पनि होइनन्,’ उनी सुनाउँछन्, ‘अहिले त्यस्तो छैन, नियमन गर्न बीमा प्राधिकरण छँदैछ, केही त्रुटि भए सरकारले नियमनकारी भूमिका खेल्छ, यदि क्यापासिटी छ, अनुभव छ र लगानी छ भने आफ्नो कम्पनीमा कन्ट्रिब्युसन गर्न पाउनुपर्छ ।’ व्यावहारिक नीतिको खाँचो सरकारले नियम लाद्ने तर व्यवहारमा लागू नगर्ने परम्पराबाट उनी निराश छन् । कोभिड-१९ को समय सम्झिँदै मल्ल भन्छन्, ‘कोभिडको समयमा सरकारले महामारी बीमा गर्ने भनेर भन्यो, त्यो चाहिँ जबर्जस्ती बीमा कम्पनीहरूले मान्नैपर्ने भयो तर महामारीमा बीमा गर्ने भन्ने संसारमा कहीँ पनि अभ्यास छैन, त्यतिबेला अपुग रकम सरकारले पनि बेहोर्ने भन्ने सहमति भएको थियो, त्यहीअनुसार आश्वासन पनि दिइयो, काम पनि गराइयो तर सरकारले दिनुपर्ने कोभिड बीमाको रकम हालसम्म पाइएको छैन ।’ कोरोना बीमामा सरकारले भुक्तानी नदिँदा आमसर्वसाधारणमा बीमा क्षेत्रप्रति नराम्रो प्रभाव परेको अनुभव उनले सुनाए । ‘यो समस्यालाई बीमा कम्पनी र प्राधिकरण मिलेर चिर्न जरुरी छ,’ उनले भने, ‘सरकारले नीति नियम बनाउने, अंकुश लगाउने मात्र गर्ने होइन, सहजीकरण पनि गर्नुपर्यो । आर्थिक स्थायित्वका लागि नियामकहरूले पनि हितकारी नियमहरू बनाउनुपर्यो ।’ सम्बन्धित समाचार ‘व्यापारले हात्ती पाल्छ, जागिरले श्रीमती पनि पाल्न सकिदैन’
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा गरी आठवटा सरकार २३ पटक परिवर्तन भएको बताए । वरिष्ठ नेता कोइरालाले भने, ‘राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हासिल गर्न सकिँदन ।’ मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने उनको भनाइ छ । वरिष्ठ नेता डा कोइरालाले राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, ‘कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन ।’ सुशासन, पारदर्शिता र भ्रष्टाचारका विषय छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने बताउँदै वरिष्ठ नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनःविचार गर्न आवश्यक रहेको धारणा राखे । उनले सरकारी र निजी क्षेत्रको स्वामित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडको भविष्य उज्ज्वल रहेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले केही वर्षअघिसम्म पुरानो ढर्राबाट सञ्चालित नेपाल बैंक लिमिटेडले पछिलो समय अत्याधुनिक र समयसापेक्ष प्रविधिसहित सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउन सफल भएको प्रतिक्रिया दिए । सांसद सरिता प्रसाईंले मुलुकको लोकतन्त्र स्थापनामा वित्तीय सङ्घ/संस्थालगायत क्षेत्रमा कार्यरत कर्मचारीको योगदान रहेका घटना सुनाउँदै बैंकमा पुरानाको अनुभव र नयाँको उत्साहलाई संयोजन गरी सेवाप्रवाहलाई सरल, सहज र सुलभ तुल्याउन आवश्यक रहेको बताए । बैंकका महाप्रबन्धक तिलकराज पाण्डेले जनविश्वासका कारण बैंकको पूँजी १८ अर्ब रुपैयाँ रहेको, निक्षेप संकलन दुई सय ७० रुपैयाँ अर्ब पुगेको तथा दुई तीन अर्ब रुपैयाँ लगानी पुगेको जानकारी दिए । आयोजक संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष जीवराज ढकाल, महासचिव सुरेन्द्र विष्टलगायत विभिन्न ट्रेड युनियनका प्रमुख एवं पदाधिकारीले राष्ट्रिय पूँजी निर्माण गर्न र बैंकको संरक्षण गर्न युनियनले प्रतिपक्षका रुपमा खबरदारी गरिरहेको बताए । बैंकको निक्षेप बढे पनि लगानीको अवस्था कमजोर रहेको बताउँदै उनीहरुले स्थिरता र समृद्धिका लागि राजनीति नभई अर्थनीति पनि सुदृढ हुन आवश्यक रहेको धारणा राखे । अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्वक चयन गर्नेछ ।
नेपाल बैंक र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता
काठमाडौं । नेपाल बैंक र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता भएको छ । बैंक र रोल्पास्थित जल्जला बहुमुखी क्याम्पसबिच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई बैंकको सेवाग्राहि कर्जा उपलब्ध गराउने सम्बन्धमा सोमबार बैंकको रोल्पा शाखामा एक समारोह बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शुसिल कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले बैंकले प्रदान गर्दै आईरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरुबाट आफुहरु सन्तुष्ट र उत्साहित रहेको बताए । बैंकको तर्फबाट प्रदेश प्रमुख शुसिल कुमार नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोबारहरु बैंकको डिजिटल बैंकिंङ मार्फत् सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसंग वित्तीय सहकार्य गर्न पाउँदा खुसि व्यक्त गरे । साथै निजले आगामी दिनमा क्याम्पस र बैंकबिचको सम्बन्ध अनन्तकालसम्म रहने विश्वास व्यक्त गर्दै बैंकले क्याम्पस परिवारका साथै ग्राहकहरुलाई समयसापेक्ष बैंकिंङ सेवा सुविधाहरु थप प्रभाबकारी बनाउनका निमित्त बैंक निरन्तर लागिपरेको जानकारी समेत गराए । उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उप प्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक विष्णु पाण्डे, क्याम्पस उप.प्रा./संयोजक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।
भारत र चीनबीचको रणनैतिक बजारले नेपालमा लगानीको सम्भावना बढेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गरे । नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उनले जोड दिए । सम्बोधनका क्रममा उनले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आयआर्जनका थप अवसर सिर्जना गर्न सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । यसैगरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा नागरिकको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनको भनाइ थियो । अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योगलगायत उत्पादनमूलक क्षेत्रहरु नेपालमा तुलनात्मक रुपमा बढी लाभका क्षेत्र रहेका बारे विश्वका लगानीकर्तालाई जानकारी गराए । लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गिकारको योजनामा रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराए । अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताको अन्तर्राष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गरेको विज्ञप्तिमा जनाइएको छ ।
तेस्रो लेयरका नेतालाई पार्किङ गर्ने ठाउँ बन्यो प्रदेश : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताए । उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए । उनले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको उनको भनाइ छ । ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरू छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ कि बद्नाम गराउने काम गरेको छ’, उनले भने, ‘त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरू कता जानेभन्दा प्रदेशमा ।’ गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । उनले मिलेर जाउँ भन्ने चक्करमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे ।
मुलुकभर साढे १७ हजार गाउँ
काठमाडौं । मुलुकभर साढे १७ हजार बढी टोल बस्ती तथा गाउँ रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०६८ को सामुदायिक प्रश्नावलीका प्रमुख नतिजाहरूको प्रतिवेदन सार्वजनकि गर्दै नेपालमा १७ हजार ५९३ टोल बस्ती तथा गाउँ रहेको बताएको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी १० देखि २० वटा गाउँबस्ती रहेका वडाहरू २ हजार १९८ रहेका छन् । प्रतिशतका आधारमा कुल संख्याको ३२.६ प्रतिशत हो । देशभरि २० वटाभन्दा बढी गाउँबस्ती हुने वडाहरू १ हजार ६९१ रहेको र १ हजार ४७३ वडाहरूमा एकदेखि पाँचओटा वडाहरू मात्र रहेका प्रतिवेदनमा उल्लेख छ । प्रदेशगत रूपमा सबैभन्दा कम गाउँबस्तीहरू र सबैभन्दा बढी गाउँबस्ती भएको प्रदेश बागमती रहेको तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ । बागमति प्रदेशमा एकदेखि पाँचओटा गाउँबस्ती हुने वडाहरू ४९ ओटा (४.४ प्रतिशत) र २० भन्दा बढी (४६ प्रतिशत) गाउँबस्ती हुने वडाहरू ५१६ वटा छन् । समग्रमा सबैभन्दा बढी वडाहरू (१ हजार २७१) मधेस प्रदेशमा भएतापनि गाउँबस्तीको सङ्ख्याको आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी ३६४९ गाउँबस्ती रहेको कार्यालयको भनाइ छ ।
सत्ताका लागि लम्पसार पर्नेहरूले मलाई भारतीय दलाल देखे : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् । भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रवद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर सुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौं भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरुलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिर समेत गरे । उनले आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पारे । अध्यक्ष भट्टराईले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नका लागि पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए । अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढनुपर्ने प्रस्ताव समेत गरे । दलहरुले आफ्नो मान्छेलाई नियुक्त गर्ने भएकाले विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुले भ्रष्टाचारको अन्त्य गर्न नसक्ने उनको जिकिर थियो ।