सहकारी ठगी : समितिले जेलमा रहेका भीआईपी सञ्चालकसँग छलफल गर्ने, ‘फरारहरु पनि सम्पर्कमा’
काठमाडौं । सहकारी संस्थाहरूमा सर्वसाधारणको बचत हिनामिनाबारे अनुसन्धान गर्न गठित संसदीय समिति जेल तथा हिरासतमा रहेका सहकारीका सञ्चालकसँग पनि छलफल गर्ने भएको छ । बचतकर्ताको बचत फिर्ताको उपाय र सहकारीको वर्तमान अवस्था बुझ्न समितिले जेलमा रहेका सहकारीका सञ्चालकसँग पनि छलफल गर्ने भएको हो । यसका लागि उनले गहृमन्त्रालयसँग समन्वय गर्नेछ । समितिका सभापपति सूर्य थापाले छलफलका क्रममा अब आफूहरू अन्तिम चरणमा रहेको र अब छिट्टै पुर्पक्षमा अभियोजनका क्रममा रहेका र जेलमा रहेका व्यक्तिहरूसँग छलफल गरी प्रतिवेदन तयार गर्ने बताए । उनका अनुसार अहिले समस्यामा परेका अधिकांश सहकारीका सञ्चालहरु जेलमा रहेकोले उनीहरुसँग छलफल गर्न आवश्यक छ । उनीहरुसँग छलफल गरिसकेपछि मात्रै प्रतिवेदन लेखनको तयारी गर्ने उनको भनाइ छ । एमाले सांसद समेत रहेका छानबिन समितिका सभापति थापाले १८ जना फरार रहेकोले उनीहरुमाथि पनि छानबिन हुने र विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास भइरहेको बताए । उनका अनुसार केही व्यक्तिहरु विभिन्न माध्यमबाट अनौपचारिक रूपमा अहिले पनि सम्पर्कमा छन् । ती १८ जनाको नाम तथा विवरण प्रहरीलाई पनि उपलब्ध गराएको उनको भनाइ छ । उनीहरुले आफ्नो सुरक्षाको सुनिश्चितता हुने भएमा संस्थाले बचत फिर्ताको काम गर्न सक्ने धारणा राखिरहेको उनको भनाइ छ । उनले आफूहरुको जोड बचतकर्ताको बचत फिर्ता सुनिश्चितताको आधार खोजी गर्ने नै रहेको उनले बताए । उनीहरु छानबिनको दायरामा रहे पनि उनीहरू विदेशमा भएको हुँदा सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको उनले बताए । सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतमलाई स्वदेश झिकाउन निर्देशन दिएको बताए । यस्तै, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिमका सुवास केसी, कान्तिर सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको उनले बताए । ‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ, यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं, यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ,’ उनले भने ।
दमौलीमा ४०० केभी क्षमताको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग ठेक्का सम्झौता
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता बुधबार सम्पन्न भएको घोषणा गरेको छ । यो सम्झौतासँगसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग गत जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ । उक्त नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, एमसिए–नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, नेपाल विद्युत प्राधिकरण, एमसीसी र एमसिए–नेपालका अधिकारीको समुपस्थितिमा आज आयोजित एक समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे । समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, ‘यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसिए–नेपालले गरेका निरन्तर प्रयासको राम्रो संकेत हो, नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्त्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ ।’ अमेरिकी राजदूत थम्प्सनले भने, ‘आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसिए–नेपालसँग काँधमाकाँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु ।’ उनले अगाडि थपे, ‘समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पु¥याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अंग बन्दैछ ।’ एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनै वटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोसेढुंगा हो, यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्वपूर्ण सरोकारवाला निकाय अर्थ मन्त्रालय, एमसिए–नेपाल सञ्चालक समिति, नेपाल विद्युत प्राधिकरण तथा एमसीसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु ।’ एमसीसी नेपाल कम्प्याक्टले विद्युत प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन कार्य भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसैवर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसिए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । रासस
उपत्यकामा बाढीको वितण्डा, एक जनाको मृत्यु, ७० को उद्धार
काठमाडौं । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौं उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ । यस्तै, भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिका गरी २८ जनाको उद्धार भएको मैनालीले जानकारी दिए । उनका अनुसार काठमाडौंमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरूप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो । प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरिएको छ । गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो ।
वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित
वीरगञ्ज । औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरायसी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आजित भएका हुन् । अत्यधिक गर्मीका बेला पटक–पटक हुने लोडसेडिङले सर्वसाधारणको दिनचर्या अस्तव्यस्त बनेको छ । वीरगञ्ज महानगरको बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मीमा बस्न बाध्य छन् । वीरगञ्ज महानगरपालिका–५ रेशमकोठीका परशुराम कलवारले गर्मीयाममा छिन–छिनमा विद्युत कटौती हुने समस्याले हैरानी खेप्नुपरेको गुनासो गरे । ‘वीरगञ्ज जस्तो अत्यधिक गर्मी हुने ठाउँमा पटक–पटक लोडसेडिङ हुँदा बाफिएर बस्नुपरेको छ’, उनले भने, ‘प्राधिकरणले कुनै ठाउँमा नियमित बिजुली दिने कतै नदिने समस्या छ ।’ विशेष गरी मिनाबजार–गहवामाइमन्दिर रेशमकोठी बिर्ता एरियामा विद्युत कटौती नभएको दिनै हुँदैन । वीरगञ्ज आसपासमा बुधबार बिहान केही समय पानी परेको थियो । त्यस बाहेक यहाँ नियमित पानी नपर्दा गर्मी बढ्दो छ । विद्युत नियमित आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण वीरगञ्ज महानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्न सकिने अवस्था छैन । वीरगञ्जसहित पर्साभरि विद्युत आपूर्तिका समस्यालाई मध्यनजर गर्दे नेपाल तरुण दल पर्साले मङ्गलबार नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको थियो । तरुण दल पर्साका सभापति विकास तिवारी नेतृत्वको टोलीले विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरुले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्कालै सम्बोधन गर्न माग गरेका थिए । सर्वसाधारणको घरमा मात्रै होइन, बारा–पर्साको औद्योगिक क्षेत्रमा पनि विद्युत कटौतीको समस्या उस्तै छ । औद्योगिक क्षेत्रका ग्राहकले विद्युत् नियमित पाउन सकिरहेका छैनन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बारा–पर्सा औद्योगिक क्षेत्रमा अहिले विद्युत्को नियमित आपूर्ति हुन नसकेको बताए । ‘अहिले पनि औद्योगिक क्षेत्रमा अघोषित रुपमा दैनिक तीन देखि चार घण्टा बिजुली कटौती भइरहेको छ’, उनले भने, ‘बरु लोडसेडिङ भनेर विद्युत् कटौती गरे कम्तीमा यति समयपछि आउँछ भनेर ढुक्क हुने अवस्था हुन्थ्यो ।’ नियमित र भरपर्दो विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसाय धरासायी भएको उनको भनाइ छ । उनले बारा–पर्सा औद्योगिक क्षेत्रमा दैनिक तीन–चार सय मेगावाट भए पनि पर्याप्त मात्रामा प्रसारणलाइन नहुँदा बारम्बार विद्युत कटौती हुने समस्या भोगिरहेको बताए । ‘वीरगञ्जको बजार क्षेत्रमा अधिकांशले एसी र पङ्खा प्रयोग गरिरहेका छन् । अर्कोतर्फ विद्युतीय सवारीसाधन पनि चार्जिङ गर्ने भएकाले घरासयी बिजुलीको खपत बढिरहेको छ । तर, माग अनुसार विद्युत् आपूर्ति गर्ने वितरण प्रणालीको विकास नगर्दा विद्युत् कटौती हुने समस्या व्याप्त छ’, उनले भने, ‘अहिले विद्युत् प्राधिकरणमा राम्रोसँग लोड व्यवस्थापन गर्न नसक्दा लोडसेडिङ हुने समस्या कायम छ ।’ नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अबधेशकुमार दुबेले ‘भोल्टेज डाउन’ भए पनि करेन्ट बढेकाले समस्या आएको बताए । ‘बेला–बेलामा बिजुलीको मुख्य लाइन, बिजुलीको तार वा ट्रान्सफर्मरलगायतमा हुने आगजनीका कारण मर्मतसम्भार गर्न विद्युत् कटौती गर्नुपरेको छ’, उनले भने, ‘अहिले अधिकांश तराई क्षेत्रमा विद्युत आपूर्तिमा समस्या छ ।’ प्रमुख दुबेले वीरगञ्ज आसपासमा अत्यधिक गर्मी बढेसँगै विद्युतको माग बढ्दा सोहीअनुरूप पूर्वाधार नहुँदा आपूर्तिमा केही असहज भएको बताए । ‘गर्मी बढेसँगै यस क्षेत्रमा विद्युतकाे लोड ह्वातै बढेको छ । लोड बढेको अवस्थामा कुनै ठाउँमा आगलागी हुन्छ । कुनै ठाउँमा तार जल्ने गर्छ । सो ठाउँमा मर्मतसम्भारका लागि केही समय लाग्ने गर्छ’,’ उनले भने, ‘हामी पनि सुरक्षित हुँदै विद्युत् मर्मतसम्भार गरिरहेका छौं ।’ वीरगञ्ज आसपासमा अव्यवस्थित रहेका केबल तथा अन्य इन्टरनेट सेवाप्रदायक कम्पनीका तारमा बारम्बार आगजनी हुने हुँदा समस्या भइरहेको उनको भनाइ छ । प्रमुख दुबेले विद्युत कटौती भएका स्थानमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर काम गरिरहेको दाबी गरे । ‘वीरगञ्ज आसपासमा माग अनुसारकै विद्युत्को आपूर्ति भइरहेको छ । यसमा कुनै समस्या छैन’, उनले भने, ‘बारा र पर्सा करिडोरमा करिब तीन सय मेगावाट विद्युत माग छ ।’
स्थानीय पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम हुनुपर्छ : उपप्रधानमन्त्री सिंह
ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्नेगरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिएका छन् । मंगलबार यहाँ स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिएपछि उनले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिएका हुन् । ‘स्थानीय पूर्वाधार विकासका क्षेत्रमा प्रभावकारी रूपमा काम गरौँ, केही अप्ठ्यारा भए मन्त्रालय समन्वय गर्न तयार छ । जनताको प्रत्यक्ष चासोसँग जोडिएका झोलुङ्गे पुल, ग्रामीण सडक, प्रशासकीय भवनजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईंहरूकै काँधमा छ, त्यसैले कामको गतिसँगै गुणस्तर बढाउनु लाग्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने । त्यस अवसरमा हालसम्म विभागले देशभरि तीन सय ६४ पालिकाका प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको र १ सय ४९ भवन निर्माणाधीन अवस्थामा रहेका जानकारी दिइएको थियो । यस्तै, आर्थिक वर्ष ०८१/८२ मा विभागले ६८ स्थानीय तहका प्रशासकीय भवन, तीन सय झोलुंगे पुल, ४० वटा सडक पुल र एक सय किलोमिटर पक्की सडक र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको विभागले जनाएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई नियुक्त
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बिहीबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरण लगायत सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङबाट हुनेछ । यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड मिति २०६९/०५/३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्बन्धी कामरकारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक सेयरधनीहरु विद्युत, बैंकरवित्तीयक्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापाररव्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
इप्पान र बीमक संघबीच सहमति, बीमा पोलीसी जारी गर्दा ‘डि ट्यारिफ’ मा जाने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था (इप्पान) र नेपाल बीमक संघ जलविद्युत आयोजनाहरुको बीमा पोलीसी जारी गर्दा ‘डि ट्यारिफ’मा जान सहमति भएको छ । नेपाल बीमा प्राधिकरणले मिति २०७८ असार ६ गते जारी गरेको निर्देशिका ‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ रेट इन्सुरेन्स’ जारी गरेपछि इप्पान त्यस विरोध गर्दै आन्दोलनमा नै उत्रिएको थियो । निर्देशिका कार्यान्वयनपछि आयोजनाहरुको लागत बढ्न जाने तथा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउँदा बीमक र बीमित बीचमा विवाद बढ्ने भन्दै फिर्ता लिनुपर्ने इप्पानको भनाई छ । बीमा प्राधिकरणले इप्पान र बीमक संघलाई यसबारे सहमतिमा आउन निर्देशन दिएपछि इप्पानको तर्फबाट अध्यक्ष, गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी र उपाध्यक्ष उत्तम भ्लोन तथा नेपाल बीमक संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्री, उपाध्यक्ष बीरेन्द्र वैदवार र महासचिव अशोककुमार खड्का भएको समिति गठन गरिएको थियो । लामो छलफलपछि डि ट्यारिफमा जाँदा उपयुक्त हुने ठहरसहित सर्वसम्मत रुपमा निणर्य गरी २०८१ साउन १३ गते नेपाल बीमा प्राधिकरणमा आधिकारिक रुपमा समितिको तर्फबाट इप्पान उपाध्यक्ष उत्तम भ्लोनले पत्राचार समेत गरिसकेको छन् । यसैगरी इप्पान र बीमक संघको संयुक्त समितिले नेपाली पुर्नर्बीमा कम्पनीहरुलाई न्यूनतम बीमा भार प्रतिशत छुट्याउने बिमा प्राधिकरणको कदमलाई साथ दिँदै सो प्रतिशत बराबर नै जलविद्युत क्षेत्रको पनि बीमा गर्नुपर्ने बाध्यकारी नीति अवलम्बन गर्नुपर्ने निणर्यसहितको पत्र पनि बीमा प्राधिकरणमा पठाएको छ । डि ट्यारिफ मा जाने र बीमा प्राधिकरणले छुट्याएको नेपाली पुर्नर्बीमा कम्पनीहरुलाई न्यूनतम बीमा भार प्रतिशतकै आधारमा जलविद्युत क्षेत्रको पनि बीमा गर्नुपर्ने बाध्यकारी नीति अवलम्बन गर्नुपर्ने सम्बन्धमा दुवै पक्षबीच भएको सहमति अनुसार यथाशिघ्र कार्यान्वयनका लागि गर्नुपर्ने इप्पानले बताएको छ । ‘यसलाई कार्यान्वयन गरेर बीमा सम्बन्धमा अहिले देखिएको विवाद समाधान गरी दाबी भुक्तानीलाई सरलीकरण र सहजीकरण गर्ने वातावरण निर्माणका लागि पनि बीमा प्राधिकरणलाई हार्दिक अनुरोध गर्दछौ,’ इप्पानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
ब्याजदर वृद्धिपछि जापानमा येनको मूल्य बढ्यो
हङकङ । बैंक अफ जापानले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएपछि बुधबार डलरको तुलनामा येनको भाउ बढेको छ भने एसियाको सेयर बजारमा अमेरिकी ऋण लागत घट्ने आशा बढेको छ । एक दशकभन्दा बढी समयदेखि अस्थिर अर्थतन्त्रलाई चलायमान बनाउन र मुद्रास्फितिलाई स्थिर बनाउन अति–शिथिल मौद्रिक नीति अपनाएको बैंक अफ जापानले बैंकहरूको लक्ष्यभन्दा माथिको दरमा मूल्य वृद्धि भइरहेको अवस्थामा यस वर्ष आफ्नो ध्यान ब्याजदर वृद्धिमा केन्द्रित गरेको छ । सन् २००७ पछि पहिलो पटक गरिएको यो वृद्धि मार्चमहिनामा शून्यदेखि ०.१ प्रतिशतको हाराहारीमा पुगेको छ । जापान ऋणात्मक दरको लामो समयदेखि चलेको अभियानबाट पछि हटेको हो । बुधबारको निर्णयले यो ०.२५ प्रतिशतमा झरेको छ । धेरै टिप्पणीकारहरूले यस महिना बैंक धराशायी हुने भविष्यवाणी गरेका थिए, तर जापानका नवनियुक्त शीर्ष विदेशी विनिमय अधिकारीले कमजोर येनको फाइदा अवगुणभन्दा बढी भएको बताएका हुन् । ‘येनको हालैको अवमूल्यनको फाइदा र बेफाइदा दुवै छ, तर अवगुणहरू अझ उल्लेखनीय हुँदै गएका छन्,’ उच्च ऊर्जा र खाद्य मूल्यहरूको साथसाथै आयातकर्ताहरूमा प्रभावलाई संकेत गर्दै विदेशी विनिमय अधिकारी अत्सुशी मिमुराले सोमबार एक साक्षात्कारमा ब्लुमबर्गसँग भने । अग्रिम जुलाईको सुरुमा येनको एकाइले लगभग चार दशकको सबैभन्दा कम प्रतिडलर १६२ को नजिक पुगेको केही हप्तापछि आएको हो । एजेन्सी