उपत्यकामा बाढीको वितण्डा, एक जनाको मृत्यु, ७० को उद्धार

<p>काठमाडौं । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौं उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना [&hellip;]</p>

काठमाडौं । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौं उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ ।

यस्तै, भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिका गरी २८ जनाको उद्धार भएको मैनालीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरूप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो ।

प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरिएको छ । गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो ।

Share News