अटोमेटिक गाडीको प्रवर्धनमा कम्पनीलाई संघीय सरकारको आवश्यकता, बाधा हटाउने ट्रम्पको चाहना
काठमाडौं । स्वचालित सवारीसाधन कम्पनीहरूको प्रतिनिधित्व गर्ने एक समूहले मंगलबार अमेरिकी सरकारलाई स्वचालित सवारीसाधनहरूको विकासलाई तीव्र बनाउन र अवलम्बनमा रहेका अवरोधहरू हटाउन थप कदम चाल्न आग्रह गरेको छ। स्वचालित सवारीसाधन उद्योग संघका प्रमुख जेफ फराहले भने, ‘सवारीसाधनको डिजाइन, निर्माण र प्रदर्शनको सन्दर्भमा संघीय सरकारले नेतृत्व गर्नुपर्छ र हामीले पछिल्ला वर्षहरूमा संघीय सरकारबाट पर्याप्त कार्य देखेका छैनौं।’ यस समूहमा भोल्क्सवागन, फर्ड, अल्फाबेटको वेमो, अमेजनको जूक्स, उबर लगायतका कम्पनीहरू समावेश छन् । समूहले अमेरिकी यातायात विभागलाई स्वचालित सवारीसाधनहरूको डिजाइन, निर्माण र प्रदर्शनमा आफ्नो जिम्मेवारी लिन र मुख्य क्षेत्रहरूमा आफ्नो प्रयासहरू बढाउन आग्रह गर्दै एक नीति रूपरेखा जारी गरेको छ। समूहले संघीय स्तरमा कार्यको अभावले नियामक अनिश्चितता सिर्जना गरेको र चीनले स्वचालित सवारीसाधन प्रविधिमा अमेरिकाको अग्रता लिन दृढ रहेको चेतावनी दिएको छ । फराहले भने, ‘हामी सुनिश्चित गर्न चाहन्छौं कि यी नयाँ पुस्ताका सवारीसाधनहरू सडकमा ल्याउन स्पष्ट मार्ग होस्। हामी प्रगतिमा भएको अभावबाट निराश छौं ।’ डिसेम्बर २०२३ मा समूह र अन्यहरूले अमेरिकी यातायात विभागलाई थप कार्य गर्न आग्रह गरेका थिए । यातायात सचिव पीट बुटिगिगले सोमबार एक अन्तर्वार्तामा सरकार स्वचालित सवारीसाधनहरू मानव चालकहरूभन्दा धेरै राम्रो बनाउन सुनिश्चित गरिरहेको बताएका थिए । अक्टोबर २०२३ मा जनरल मोटर्सको क्रूज सवारीसाधनले एक पैदल यात्री गम्भीर घाइते बनाएपछि उद्योगले निगरानीको सामना गरिरहेको छ । अमेरिकी यातायात विभागले क्रूज, वेमो, र जूक्सद्वारा सञ्चालित स्वचालित सवारीसाधनहरूको अनुसन्धान सुरु गरेको छ । स्वचालित सवारीसाधन समूहले युनाइटेड स्टेट कंग्रेसलाई प्रदर्शन मापदण्डहरू पूरा गर्ने स्वचालित सवारीसाधनहरूमा मानव नियन्त्रण आवश्यक नभएको स्पष्ट पार्न र कम्पनीहरूलाई स्वचालित सवारीसाधनहरूको म्यानुअल नियन्त्रणलाई निष्क्रिय गर्न अनुमति दिन चाहन्छ । यसले राज्य यातायात एजेन्सीहरूलाई उपलब्ध गराउन राष्ट्रिय स्वचालित सवारीसाधन सुरक्षा डाटा भण्डार सिर्जना गर्न पनि आह्वान गरेको छ । विभिन्न सञ्चारमाध्यमहरूले ट्रम्पले स्वचालित सवारीसाधनहरूको विकासका लागि बाधाहरू हटाउन चाहन्छन् भनेर रिपोर्ट गरेका छन् । ट्रम्पका निकट सल्लाहकारसमेत रहेका टेस्लाका सीईओ एलन मस्कले अक्टोबरमा अटोमेकरले २०२५ मा चालकविहीन राइड-हेलिङ सेवाहरू सुरु गर्ने बताएका थिए । होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
किमाथांका-खाँदबारी सडकलाई ऋणमा बनाउने वा अनुदानमा भन्ने अन्योल
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण (कोशी) सडक योजनाअन्तर्गत किमाथांका-खाँदबारी सडक तथा पुल परियोजना बीआरआई सम्झौतामा परेपछि यो परियोजनाप्रति धेरैको चासो बढेको छ । गत मंसिर १७ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झाैता भएको थियाे । यो आयोजना बीआरआई फ्रेमवर्कभित्र परे पनि स्तरोन्नतिको प्रक्रिया कसरी अघि बढ्छ, अझै टुंगिसकेको छैन । यसलाई नेपाल सरकारले अनुदानमा स्तरोन्नति गरिदिन चीनसँग आग्रह गर्दै आएको छ । यो परियोजनाले सार्थकता पाएमा अब दक्षिण नाका मोरङको रानी हुँदै विराटनगर-हिले-लेगुवा भएर संखुवासभाको किमाथांकासम्म जोड्ने दुई ठूला सडक करिडोर निर्माण हुनेछन् । यो कोशीका लागि निकै महत्त्वपूर्ण परियोजनाका रूपमा लिइएको छ । सीमानाकामा पक्की पुल निर्माण गर्ने र कोशी करिडोरलाई चिनियाँ सरकारले निर्माण गरिदिने गरी सम्झौता भएपछि कोशीबासीमा निकै उत्साह छाएको छ । सरकारले कोशी प्रदेशको समृद्धिलाई मध्यनजर गर्दै खाँदबारी-किमाथांका सडकलाई मुख्य प्राथमिकता दिएको छ । साथै यो करिडोरलाई प्रदेशकै मुख्य विकासको रूपमा पनि हेरिएको छ । करिडोरको अवस्था यस आयोजनालाई चीनले बनाउने भने पनि ऋण वा अनुदान के कसरी सहयोग गर्छ भन्ने कुराको एकिन नभएको सडक विभागका योजना तथा अनुगमन शाखाका इन्जिनियर सागर पन्थीले बताए । उनले भने, ‘यस आयोजनाबारे अझै यकिन भइसकेको छैन । चीनसँग उक्त सडक स्तरोन्नतिसँगै सीमानाकामा पक्की पुल बनाउन आग्रह गरिएको छ । हाल सरकारसँग पैसा छैन । चीनले सहयोग गर्ने भनेको छ । थप कुरा अगाडि बढेको छैन । बढे पनि जुन काम हाल भैइरहेको छ, त्यही कामलाई निरन्तरता दिइने छ ।’ हाल कोशी करिडोर सडक निर्माणको अवस्था सुस्त छ । जसमा अझै पनि ट्र्याक खोल्ने काम नसकिएको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी नरेश जिरेलका अनुसार यो आयोजना आर्थिक वर्ष २०६५/६६ सालदेखि सुरु भएको थियो । आयोजना निर्माणकाे झण्डै १६ वर्ष बितिसके पनि ग्राभेलस्तरमै सीमित छ । हाल लिभिङ हिलदेखि नुमसम्मको ५० किमि दूरीमा कालोपत्र गर्ने गरी ठेक्का भइसकेको सूचना अधिकारी जिरेलले जानकारी दिए । रानीदेखि खाँदबारीसम्मको सडकखण्ड कालोपत्रे भैसकेको छ भने हाल खाँदबारीदेखि च्याम्ताङ १३४ किमी सडकखण्ड स्तरोन्नतिको कार्य भइरहेको छ । जसमा भौतिक निर्माण प्रगति ३७ प्रतिशतमात्र छ । बल्ल कालोपत्रे गर्ने तयारी भइरहेको छ । उनले भने, ‘अब छिट्टै कालोपत्रेको काम सुरु हुन्छ । यो कालोपत्रेको काममा केही ढिलाइ भइरहेको छ । निर्माण व्यवसायीले समयमै काम गर्न सकेनन् । त्यसैले समस्या भयो ।’ यस्तै, यो सडकको लम्बाई १६२ किलोमिटर रहेको छ । दक्षिणको नाका मोरङको रानी हुँदै विराटनगर-हिले-लेगुवा भएर संखुवासभाको किमाथांकासम्म जोड्ने यो राजमार्गको कुल लम्बाइ ३४५ किमि छ । दक्षिणको नाका मोरङको रानी हुँदै विराटनगर-हिले-लेगुवा भएर संखुवासभाको किमाथांकासम्म जोड्ने यो राजमार्ग ३४५ किमि लामो छ । यस्तै, रानीदेखि खाँदबारीसम्मको सडकखण्ड कालोपत्रे भैसकेको छ भने हाल खाँदबारीदेखि च्याम्ताङ १३४ किमि सडकखण्ड स्तरोन्नतिको कार्य चालु अवस्थामा रहेको छ । जसमा उत्तर दक्षिण कोशी सडक योजना संखुवासभाबाट सुपरीवेक्षण तथा अनुगमन गरिन्छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार २३ पुलहरू आवश्यकता रहेकोमा हालसम्म १० वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । जसमध्ये असोजमा आएको अविरल वर्षाका कारण १ पुल (इकुवा पुल चेनेज ७०+४०० किमि ) पुलमा पूर्णरूपमा क्षति हुन पुगेको छ । यस्तै, हाल पुल बरुण खोला (चेनेज ८०+००० किमि ) पार गरी भोटखोला गाँउपालिका जोड्ने निर्माणाधीन अवस्थामा रहेको छ । उक्त पुल निर्माणका लागि निर्माण व्यवसायी हिमदुङ एण्ड ठोकर र एसएएस विवश जेभीबाट गत पुस १७ गतेसम्म निर्माण कार्य सम्पन्न हुने गरी प्रतिवद्धता गरेको थियो। त्यसैगरी, बाटोसम्बन्धि यस योजनाबाट खाँदबारी लभिङहिलदेखि नुम दोभानसम्म ४ वटा प्याकेज बनाइ कालोपत्रेसम्बन्धी ठेक्का व्यवस्थापन गरिएको छ । खाँदबारी लभिङ हिलदेखि थामसेर्कू (चेनेज ०+००० देखि १४+००० किमि) सम्मको ठेक्का निर्माण व्यवसायी श्री शर्मा/ शिवशक्ति जेभीबाट ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०८२/०३/१७ सम्म रहेकोमा हाल निर्माणाधीन अवस्थामा छ । यसको भौतिक प्रगति ६० प्रतिशत भइसकेको छ । यस्तै, हाल कालोपत्रेको काम वर्षसम्ममा गर्ने लक्ष्यसहितको कार्य तालिका रहेको छ । त्यस्तै, ११ किमिको ठेक्का सिंह एन्ड ब्रदर्स/ड्रागन/विवश इन्टरनेसनल जेभीले ५५ करोड २० लाखमा ठेक्का लिएको हो । तर उक्त खण्डमा निर्माण व्यवसायीले काम नगर्दा प्रगति छैन । विवश इन्टरनेसनलले कामको जिम्मा लिए पनि ठेकेदार सम्पर्कमा नरहेकाले ठेक्का तोड्ने स्थिति आएको कोशी करिडोर (खाँदबारी-किमाथांका) सडक योजनाका प्रमुख रामबहादुर गुरुङले बताए । ‘काम नगर्ने ठेकेदारको खोजी भइरहेको छ, चालु आर्थिक वर्षमा ३० किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘निर्माण सामग्री अभाव, छिटो र धेरै पानी पर्ने गरेकाले काम गर्न समस्या छ ।’ फाक्सिंगादेखि वरुणबजारको ३० किमिमा ग्राभेलस्तरमा सडक निर्माण गरिएको आयोजनाले जनाएको छ । यस खण्डमा कालोपत्रको काम सुरु हुन बाँकी छ । पहिला पनि यस सडक स्तरोन्नति गरिदिन चीन सरकारसँग आग्रह गरिएको थियो । तर कार्यान्वयनमा जाने भनेर हस्ताक्षर हुन सकेको थिएन। ‘वरुण बजारदेखि च्याम्ताङसम्म ५७.४९ किमि खण्डमा ग्राभेल गर्ने गरी ठेक्का भइसकेको छ,’ प्रमुख गुरुङले भने, ‘सडक चौडा गरेर यसको काम अघि बढाइन्छ ।’ च्याम्ताङदेखि घोङघप्पा खण्डमा ट्र्याक खोल्ने काम भने नेपाली सेनाले गरिरहेको छ । १ सय ६२ किमिमध्ये १०.५१ किमि खण्डमा सेनालाई ट्र्याक खोल्ने जिम्मा दिइएको थियो । अब १.४० किमि मात्र ट्र्याक खोल्न बाँकी छ । बाँकी ट्र्याक खोल्ने काम आगामी असारभित्र सक्ने सेनाको लक्ष्य छ । यस्तै, सेनाले च्याम्ताङदेखि घोङघप्पा सम्ममा १०.५ किमि सडकको ट्याक खोल्ने कार्य गरिरहेको र बजेट अभाव नभए आगामी चैत्रसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । घोङघप्पादेखि किमाथांकासम्मको १४ किमिमा भने ट्र्याक खोल्ने काम सकिइसकेको छ । कालोपत्रको ठेक्का गर्न बाँकी रहेको प्रमुख गुरुङले बताए । ‘यसको स्तरोन्नतिका लागि बीआरआई सहकार्य फ्रेमवर्कभित्र परेको छ, यो कसरी अगाडि बढाउने र कुन स्तरमा गर्ने भन्नेबारे पछि छलफल भएर र विस्तृत आयोजना रिपोर्ट बन्छ,’ उनले भने, ‘यसलाई डेटिकेटेड डबल लेनको सडक बनाउने हो ।’ व्यापारिक दृष्टिकोणले महत्वपूर्ण किमाथांका नाकासँग पूर्वी नेपाललाई जोड्ने यस सडकबाट आयात र निर्यातको व्यापारमा वृद्धि भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको हो । यो करिडोर सडक हुँदै अरुण तेस्रो, माथिल्लो अरुण, तल्लो अरुण विद्युतगृहसम्म आऊजाऊ गर्न सजिलो हुनेछ । यो सडक व्यापारिक दृष्टिकोणले धेरै महत्त्वपूर्ण रहेको छ । थामसेर्कुदेखि कप्ताने (चेनेज १४+००० देखि २६+००० किमि) सम्मको ठेक्का निर्माण व्यवसायी शर्मा /शिवशक्ति जेभीबाट ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०८२/०५/२६ सम्म रहेकोमा हाल निर्माणाधीन अवस्थामा रहेको र यसको भौतिक प्रगति ४५ प्रतिशत भइसकेको छ र हाल कालोपत्रेको काम यस साल गर्ने लक्ष्यसहितको कार्य तालिका रहेको छ । कप्तानेदेखि नुम (चेनेज २६+००० देखि ३९+००० किमि) सम्मको ठेक्का निर्माण व्यवसायी शर्मा/शिवशक्ति जेभीबाट ठेक्का सम्पन्न गर्नुपर्ने मिति आगामी वर्ष २०८२/०५/२६ सम्म रहेकोमा हाल निर्माणाधीन अवस्थामा रहेको छ । यसको भौतिक प्रगति ३५ प्रतिशत भइसकेको छ भने हाल कालोपत्रेको काम यस साल गर्ने लक्ष्यसहितको कार्य तालिका रहेको छ । नुमदेखि दोभान (चेनेज ३९+००० देखि ४९+००० किमि) सम्मको ठेक्का निर्माण व्यवसायी सिहं एण्ड ब्रदर्श/विवश/ड्रयागन जेभीबाट ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०८१/०७/२२ सम्म रहेकोमा हाल निर्माणाधीन अवस्थामा रहेको र यसको भौतिक प्रगति ५५ प्रतिशत भइसकेको छ र हाल कालोपत्रेको काम यस साल गर्ने लक्ष्य सहितको कार्य तालिका रहेको छ । त्यसैगरी, बरुणदेखि हुङहुङ (चेनेज ८०+००० देखि १०८+००० किमि) सम्म ग्राभेल सडकमा स्तरोन्नतिका लागि यस साल ठेक्का व्यवस्थापन भइ निर्माण व्यवसायी श्री स्वामी नारायण निर्माण सेवासँग ३ वर्षमा सम्पन्न हुने गरी सम्झौता भएको छ । हुङहुङदेखि च्याम्ताङ (चेनेज ११३+००० देखि १३४+००० किमि) सम्म ग्राभेल सडकमा स्तरोन्नतिका लागि यस साल ठेक्का व्यवस्थापन भइ निर्माण व्यवसायी श्री ओएसिस/मङ्गलादेवी सुवास/सुन्दरादेभी जेभी सेवासँग ३ वर्षमा सम्पन्न हुने गरी सम्झौता भएको छ । पौने १२ अर्बको लागत यो आयोजनाको प्रारम्भिक लागत ११ अर्ब ९३ करोड रहेको छ भने लागत बढेर १६ अर्ब २० करोड पुगेकाे छ। हालसम्म ५ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । २०८३/८४ भित्र सकिने भनिए पनि हालसम्म निर्माण प्रगति ५० प्रतिशत पनि भएको देखिँदैन । यस आयोजनालाई तीन प्याकेजमा विभाजन गरिएको छ । शिवशक्ति कम्पनीले सुरुमा काम गरिरहेको र पछि काम गर्न नसकेपछि यसको जिम्मा शर्मा एन्ड कम्पनीले पाएको थियो । हाल सोही कम्पनीले काम गरिरहेको छ । ६ सय बढी जनशक्ति परिचालन यस आयोजनामा ट्र्याक्टर, स्काभेटर, इन्धन ढुवानी गरेर काम अघि बढाइएको थियो । हाल उक्त आयोजनामा ६ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । सो आयोजनाले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । हिउँदमा हिमपात र बर्खायाम वर्षाका कारण सडक निर्माण तीव्र गतिमा हुन सकेको छैन। उक्त सडक बन्ने-नबन्नेमा भने स्थानीयहरू दुविधामा छन् । मोरङका रूपेश सुनार भन्छन्, ‘सडक बन्ने चर्चा चारैतिर छ । यो आयोजना बीआरआई पर्यो भनेर सुनेको दिन धेरै खुसी भएका थियौं । तर, यो सुनिएको एक महिनाभन्दा बढी भइसक्यो । जुन चर्चा सुरुमा थियो, हाल त्यस्तो चर्चा छैन । सरकारको यस्तो अवस्था देख्दा बीआरआईमा परेका सबै आयोजना त्यसमै सीमित हुन सक्छन् कि भन्न सकिन्नँ । ’
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो । कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो । सेवा थप भएसँगै चारपाङ्ग्रे सवारीसाधन कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्रयाक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए । कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ । यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागू भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताए । पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारीचालकले अनिवार्य अनुमतिपत्र लिएरमात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको छ ।
अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?
काठमाडौं । अहिले सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही युरोप अमेरिका गईरहेका छन् । राम्रो ठाउँ, गुणस्तरीय काम र बस्न खान लगायत पढ्नका लागि राम्रो ठाउँको खोजिमा सबै मानिसहरू भौताारिरहेका छन् । त्यसो त कुन कन्सल्टेन्सीबाट आफुले डकुमेन्ट पेश गरेर आवेदन दिने भन्ने पनि आम जनमानसमा आवश्यकताकै विषय बन्दै गएको छ । पछिल्लो समय कुन देश जादाँ राम्रो हुन्छ ? कसरी जाने ? के हुन्छ भिसा प्रक्रिया ? कति खर्च लाग्छ ? कसरी जाने ? कहाँ पढ्ने ? लगायतका यावत् कुराहरू हामी खोज्ने प्रयास गरेका छौँ । त्यसो त विगत लामो इतिहास बोकेको बानेश्वरमा अवस्थित माइल्स इन्टरनेसनल कन्सल्टेन्सी पनि यहाँहरूका लागि उत्कृष्ट रोजाई बन्न सक्छ । २०१५ मा स्थापना भएको कन्सन्टेन्सीले शरूवातमा नै अस्ट्रेलियामा काम गरेको थियो । हाल अस्ट्रेलिया, क्यानडा युएसए र युकेलाई फोकस गरेर अगाडि बढिरहेको माइल्स इन्टरनेसनल कन्सन्ट्रेन्सीको काठमाडौँ लगायत, देशभित्र दाङको तुलसीपुर, बुटवलको ट्राफिक चोकमा शाखा कार्यालय रहरू छन् भने देश बाहिर अस्ट्रेलियाको सिड्नि र क्याभेरा, भेतनाम र ब्राजिल कार्यालयहरू रहेको छ । अस्ट्रेलिया, क्यानडा, युके, युएसए, जापान, कोरिया लगायत युरोपका १० भन्दा धेरै देशहरूमा नेपालहरूको उत्कृष्ट गन्तव्य तय गर्दै आईरहेको माइल्स इन्टरनेसनल कन्सन्टेन्सीले उत्कृष्ट गन्तव्यतय गर्दै सयौं आम सर्वसाधारणहरूलाई विभिन्न देशमा उज्यालो भविष्य देखाईरहेको छ । आयल्स, पिटीई र जापानीज विषयहरू अहिले कन्सन्टेन्सी फोकस गरिरहेको छ । यसै विषयमा केन्द्रित रहेर पछिल्लो समय अस्ट्रेलियाको चौतर्फ चर्चा भईरहदाँ के कसरी यहाँ जाने ? के छ प्रक्रिया ? कति खर्च लाग्छ ? कुन भिसामा जाने ? कहाँ बस्ने खाने ? लगायतका विभिन्न विषयहरू समेटेर माइल्स इन्टरनेसनल कन्सल्टेन्सीका कार्यकारी निर्देशक रविन पराजुलीसँग गरेको कुराकानीको सम्पादित अंश : पछिल्लो समय अस्ट्रेलिया जान के कस्ता छन् झन्झटहरू ? अहिले अष्ट्रेलिया जान पहिला भन्दा केही हदसम्म गाह्रो भएको होकी भन्ने जनमानसमा परेको छ । विशेषगरी, आर्थिक अवस्था राम्रो रहेको, शैक्षिक क्षेत्रको डकुमेन्ट र बजारमा चलेकाहल्लाहरूले यहाँ जान गाह्रो अवस्था सिर्जना भएको हो । यदि डकुमेन्ट राम्रो भएका अस्ट्रेलिया जान आवश्यक प्रक्रिया पुरा गरेमा त्यति धेरै गाह्रो भने छैन । आयल्स र पिटिई गरेर राम्रो अंक सहित अस्ट्रेलिया जान सकिन्छ । फाइनासियल रूपमा आम्दानीको स्रोत बलियो र एक वर्ष अगाडिदेखि नै बैंक खातालाई राम्रोसँग मेन्टेनेन्स गरेर अगाडि बढ्नाले समस्या छैन । अस्ट्रेलियाले तोकेको निश्चित घेरा भित्र रहदाँ राम्रोसँग भिसा आइरहेको छ । पढ्नका लागि शैक्षिक क्षेत्रमा कति अंक ल्याउदा राम्रो देखिन्छ ? राम्रो शैक्षिक ब्याकग्राउन्ड भएको, २.९/३ भन्दा राम्रो अंक ल्याएका ब्याचलर र मास्टर्सको लागि ६० प्रतिशतभन्दा बढी अंक ल्याउन आवश्यक देखिन्छ । पढनका लागि विभिन्न सुविधाहरू उपलब्ध गराईरहेको छ । नेपालीहरूलाई कुन क्याटगोरिमा अस्ट्रेलियाले जान्दछ ? विशेषगरीर, अस्ट्रेलियामा काम गर्न जाने भन्दा पनि पढ्नका लागि जानेहरू धेरै संख्यामा रहेका छन् । अस्ट्रेलियाले अहिले राम्रोसँग यहाँ आएर पढ्नका लागि राम्रो बातावरण उपलब्ध गराउँदै आईरहेको छ । अहिले अस्ट्रेलिया जानको लागि कहिलेको इन्टेक लिन सकिन्छ? अहिलेको नेक्स इन्टेक भनेको २०२५ फेब्रुअरी/मार्च इन्टेक हो । अहिले २०२४ मा १२ कक्षा पास गरेर बसिरहेका विद्यार्थीहरूले अहिले अप्लाई गर्दा २०२५ को फेब्रुअरी/मार्च र जुलाई इन्टेक हुनेगरी गर्नुपर्ने देखिन्छ भने ब्याचलर र मास्टर्स पास आउटहरूलाई ग्यापले खासै समस्या रहँदैन । डिपेन्डेन्टमा लान पाइन्छ कि पाइदैन ? अहिले आफु पढ्नका लागि अस्ट्रेलिया जानेहरूले डिपेन्डेन्टमा पनि लान पाउँछन् ।त्यसो त अस्ट्रेलियामा गएर मास्टर्स पढ्न चाहानेहरूले डिपेन्डेन्टमा लान पाउने अवस्था रहेको छ । मास्टर्स वा सो भन्दा माथिको तहमा पढ्न चाहाने ब्यक्तिहरूले भने प्रक्रिया पुरा गरेर डिपेन्डेन्टमा लान पाउछन् । मास्टर्सभन्दा तल्लो तहमा पढ्न जाने विद्यार्थीहरूले अस्ट्रेलिया गएर एक सेमेस्टर पढिसकेपछि र नेपालको कानुन अनुसार २० वर्ष उमेर पुग्न जरुरी रहेको छ । विद्यार्थीहरूलाई पढ्दै काम गर्न कस्तो छ अस्ट्रेलियामा अवस्था ? विद्यार्थीहरूलाई अस्ट्रेलियाले राम्रो सुविधा दिएको छ । प्रत्येक हप्तामा २४ घण्टा काम गर्न पाउने अवस्था रहेको छ । केही नियम फरक रहेपनि विद्यार्थीहरूले आफ्नो समय अनुसार मिलाएर काम गर्न दिएको छ । सेमेस्टर विदाको दिन विद्यार्थीहरूलाई पुरा समय काम गर्न दिने गरेको छ । अस्ट्रेलिया पलायन हुनेहरूको लागि के छ अवस्था ? अहिले त्यहाँ बस्न जानेहरूका लागि भने अस्ट्रेलियाले अस्थायी बसोबासका लागि राम्रो सेवा सुविधा दिएको छ । आफुले पढेको विषयमा राम्रोसँग दक्षता हासिल गरेर त्यसै अनुरूपको काम विद्यार्थीले पाएमा स्थायी बसोबासको लागि पनि बाटो खुल्नेछ । बिरामी भएमा अस्ट्रेलियामा के छ अवस्था ? भिजा अप्लाई गर्दा नै (ओ. एस. एच. सी) गरेको हुन्छ । इन्स्योरेन्सले गरेकोले नै कभर गर्छ । कुनै कारणवश दुर्घटना भएमा वा केही भएमा त्यसैले कभर गर्छ । हेल्थ कभरका लागि अन्तराष्ट्रिय विद्यार्थीहरूलाई लागि दिएको राम्रो सुविधा हो । त्यहाँ बस्नका लागि (पिआर) का लागि के छ प्रक्रिया ? पिआरको लागि समयवधी हुदैन । तीन वर्षको ब्याचलर सकेर दुई वर्षको (पि.एस.डब्लू) पढ्दा पढ्दै आफ्नो विषय अनुसारको काम पायो भने पि आरको बाटो खुल्दछ । तर, आफुले पढेको विषय अनुसारको काम पाइएन भने अस्ट्रेलिया बस्न पिआर पाउन निकै गाह्रो छ । रिफन्डको के छ अवस्था ? भिसा त सबैको नै लाग्छ भन्ने हुदैन । यदि केही गरेर अप्लाई गरेपछि भिसा लागेन भने, अस्ट्रेलियाको शैक्षिक संस्थाले थोरै रकम काट्छ र बाकी पैसा बैंक खातामा नै फिर्ता गर्दिन्छ । उनिहरूले हामीले निवेदन दिएको २८ दिनभित्र रिफन्ड गरिदिन्छ । कति लाग्छ युनिभर्सिटी अनुसारको पैसा ? अस्ट्रेलियाको युनिभर्सिटी अनुसारको पैसा फरकफरक रहेको छ । विशेषगरी २०/२२ लाखदेखि ३० लाख भित्रको रकमा अस्ट्रेलियामा पढ्न सकिन्छ । केही गरेर युनिभर्सिटी बन्द भएमा वा विद्यार्थीले पढ्न चाहेको विषय पढ्न नपाएमा पैसा के हुन्छ ? यस्तो अवस्थामा कुनै कारणले विश्वविद्यालय बन्द भएमा त्यहाँको सरकारले समयवधि दिएर अर्को नयाँ युनिभर्सिटीमा पढ्नको लागि ब्यवस्था मिलाइदिन्छ । त्यहाँको सरकारले (ईएसओ इसएक्ट २०००) भन्ने्ने कानुन अनुसार यो कुराको सुनिश्चित पाउने गर्छन् । यहीँ कारणले विद्यार्थीहरूले आफ्नो पैसा फस्यो भन्ने वातावरण यहाँ सिर्जना हुने छैन । १८ वर्षभन्दा कम उमेरका विद्यार्थीको लागि कस्तो छ अवस्था ? आफु अस्ट्रेलिया जानका लागि युनिभर्सिटीको रूममा बस्ने कि आफन्तकोमा बस्न पनि पाउने अवस्था छ । विद्यार्थी १८ बर्ष भन्दा एप्प्रुभ होमिस्टेमा त्यहीँ बस्नुपर्ने हुन्छ र पछि आफुलाई इच्छा भएको ठाउँमा बस्न पाइन्छ । हालको अवस्था कस्तो छ ? जुनसुकै अवस्थामा पनि विद्यार्थीहरूका लागि अस्ट्रेलिया उत्कृष्ट गन्तव्यका रूपमा विकसित हुदैँ गईरहेको छ । अहिले विद्यार्थीहरूका लागि आर्थिक रूपमा बलियो भएको देखिदैन भने एक वर्ष अगाडिदेखि नै बैंक अकाउन्ट् राम्रोसँग बलियो बनाउँदै जादा राम्रो हुन्छ र कन्सल्टेन्सीका परामर्श दाताहरू सँग राम्रो बुझ्नु आवश्यक हुन्छ । किनभने, समय समयमा यहाँका नियमहरू परिवर्तन भईरहेको हुन्छ । बजारमा हल्ला भए अनुसार डिपेन्डेन्ट लान नपाईने हल्ला एकातिर छ भने मास्टर्समा पनि डिपेनडेन्ट लान पाइदैन भन्ने कुरा पनि छ नि ? अस्ट्रेलियान हाइकमिशनले कतैपनि डिपेन्डेन्ट लान पाइदैन भनेको अवस्था छैन । तर, युनिभर्सिटी अनुसार फरक फरक नियमहरू रहेको छ । कुनैले विद्यार्थीको र डिपेन्डेन्टमा जाने ब्यक्तिको पढाई उतिउति हुनुपर्छ भनेको छ भने, कुने युनिभर्सिटीले अल्लि कढा गरेको हो । कुनैले विवाहित केश नलिनेर, २५ बर्ष माथिका विद्यार्थीलाई मास्टर्समा नलिने भन्ने कुरा पनि रहेको छ । यो भन्दाभन्दै पनि (जिएस रिक्वारमेन्ट )ले गर्दा आफ्नो असिस्टमेन्ट लेवल बचाउन कढा नियम लिएको हो । डिपेन्डेन्टमा लानै नपाइने भने होइन, आफ्नो युनिभर्सिटीको चेकलिस्ट मान्ने हो भने लान पाइन्छ । काम आफुले गर्नुपर्ने हो कि युनिभर्सिटीले काम खोजिदिने हो ? काम आफैले खोज्ने हो र विद्यार्थी भिसाको नियम अनुसार काम गर्ने हो । युनिभर्सिटीले काम खोजेर लगाइदिने होइन । अस्ट्रेलियाको भिजा शुल्क कति छ ? यो विश्वकै सबैभन्दा धेरै भिसा शुल्क हो हुन केही महिना अगाडि सात सय डलर थियो भने अहिले ह्वात्तै बढेर सोह्र सय डलर पुगेको छ। नयाँ विद्यार्थीहरूले अस्ट्रेलिया जान के के गर्नुपर्छ त ? सबैभन्दा पहिला आफ्नो शैक्षिक स्तर बढाउन आवश्यक रहेको छ । त्यसपछि आयल्स, पिटिईमा राम्रो नम्बर ल्याउन आवश्यक छ । आम्दानीको स्रोतलाई बलियो बनाउँन आवश्यक रहेको छ । त्यस्तै, बैंक स्टेटमेन्टलाई एकदमै बलियो बनाउन बैंकिक कारोबार गर्न आवश्यक रहेको छ र करको कागजपत्र सरकारदलाई बझाउनु पर्छ । यसले गर्दा अस्ट्रेलियाको भिसाको लागि केही समस्या आउने छैन । थप केहि आवश्यकता भएमा माइल्स इन्टरनेसनल कन्सल्टेन्सी आएर बुझ्न सकिन्छ । थप जानकारीका लागि माइल्स इन्टरनेसनल कन्सल्टेन्सीमा बुभ्न सक्नुहुन्छ ।
केनेल क्लबको आयोजनामा तेस्रो ‘बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ माघ ५ मा हुने
काठमाडौं । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो च्याम्पियनसीप डग शो’आयोजना गर्ने भएको छ। क्लबका सचिव विवेश श्रेष्ठले आउँदो माघ ५ गते ललितपुरको जाउलाखेल फुटबल ग्राउन्डमा उक्त शोको आयोजना हुने बताएका छन् । यो पहलले उच्च गुणस्तरका कुकुरहरूको उत्पादन, नस्ल सुधार, र कुकुर पालकहरूको प्रोत्साहनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । श्रेष्ठका अनुसार यस पटकको च्याम्पियनसिप शोमा पहिलो र दोस्रो शोको तुलनामा सहभागी कुकुरहरूको संख्या बढ्ने अनुमान गरिएको छ। अघिल्लो दुई शोमा ३५ जातका कुकुरहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा १५३ उच्च गुणस्तरका कुकुरहरूले भाग लिएका थिए। यस पटकको प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेशियन, सेन्ट बनोर्ड, इंग्लिश ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियन जस्ता थुप्रै प्रजातिका कुकुरले सहभागी हुने आयोजकले जनाएको छ भने कुकुरका लागि अनिवार्य रूपमा भ्याक्सिन लगाइएको हुनुपर्नेछ। साथै, कुकुरको स्वास्थ्य अवस्था दक्ष पशु चिकित्सकद्वारा परीक्षण गरिनेछ, र केवल तीन महिनाभन्दा माथिका उमेरका कुकुरहरूलाई मात्र शोमा सहभागी गराइने आयोजकले जनाएको छ । यसमा एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त जज सञ्जय गुरुङ रहेका छन् । सहभागी कुकुरहरूले पहिले आफ्नो जातभित्र प्रतिस्पर्धा गर्ने र जसमा उत्कृष्ट ठहरिएका कुकुरहरूले अर्को चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् र त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त जजहरूको टोलीले उत्कृष्ट कुकुरको छनोट गर्ने क्लबका सचिव श्रेष्ठले जानकारी दिए । कुकुरको नस्ल सुधार गर्ने र उन्नत जातको कुकुर उत्पादन गर्न सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सचिव श्रेष्ठले बताए । ‘डग शो’ बाट कुकुर च्याम्पियन भएपछि वर्ल्ड केनल युनियनमा आबद्ध भएका सबै देशमा उक्त कुकुरले प्रतिस्पर्धा गर्न पाउँछ र साथै उसको बच्चासमेत च्याम्पियनको उपाधिले चिनिन्छ । त्यस्तो च्याम्पियनको बच्चा अन्य कुकुर भन्दा महँगोमा बिक्री हुन्छ । उक्त शोले कुकुरहरूको पुर्खा, रोग प्रतिरोध क्षमता, र उत्पादन क्षमताको रेकर्ड राख्ने उद्देश्यले ब्रिड क्लबको स्थापना गरेको छ। यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि कुकुर नस्ल सुधार र पशु व्यवस्थापनको क्षेत्रमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। विश्वव्यापी रूपमा कुकुर च्याम्पियनसिप शोको परम्परा सन् १७७३ बाट सुरु भएको मानिन्छ। नेपालमा यस प्रकारका शोहरूको निरन्तर आयोजना हुनु देशको कुकुर नस्ल सुधारमा मात्र नभई पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न पनि महत्त्वपूर्ण मानिएको छ । यो च्याम्पियनसिप शोले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न र भविष्यमा गुणस्तरीय नस्लका कुकुरहरूको उत्पादनमा मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ।
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात, तीर्थयात्रीको सङ्ख्या घट्यो
काठमाडौं । सामान्य वर्षासँगै ताप्लेजुङ जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । ३ हजार ७९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिनुभयो । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए । यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् । केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।
चिसो बढेसँगै विद्यालय तीन दिन बन्द
काठमाडौं । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए । ‘बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न/गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशानुसार अनुरोध छ,’ उनले भने । त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए ।
नारायणी डेभलपमेन्ट बैंक, सपोर्ट लघुवित्त र महुली लघुवित्तको सेयर बिक्रीमा
काठमाडौं । विभिन्न तीन संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । नारायणी डेभलपमेन्ट बैंक, सपोर्ट लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको हो । यी तीनै संस्थाका संस्थापक समूहका सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । नारायणी डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले ९४ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । यस्तै, सपोर्ट लघुवित्तको सस्थापक समूहको ६ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयरमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै, महुली लघुवित्तको संस्थापक समूहको ४ हजार ६४१ कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका संस्थापक सेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको सेयरमा ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।