प्रभु बैंकमा प्रभु ग्रुपले घटाउँदै आफ्नो सेयर, एसियन लाइफले बढाउँदै स्वामित्व
काठमाडौं । प्रभु बैंक लिमिटेडबाट प्रभु ग्रुपले आफ्नो सेयर स्वामित्व घटाउँदै आइरहेको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा प्रभु ग्रुपको नाममा २८ लाख ५१ हजार ९७८ कित्ता सेयर रहेको थियो । गत आव ०८०/०८१ मा आइपुग्दा बैंकमा ग्रुपको नाममा २३ लाख ५४ हजार कित्ता सेयर रहेको छ । अघिल्लो आवमा बैंकमा ग्रुपको स्वामित्व १.२१ प्रतिशत रहेको थियो भने गत आवमा ग्रुपको स्वामित्व ०.९९ प्रतिशतमा सिमित भएको छ । यता, एसियन लाइफ इन्स्योरेन्सले भने आफ्नो स्वामित्व बढाउँदै लगेको छ । अघिल्लो आवमा एसियन लाइफको नाममा ८० लाख ३७ हजार ९२२ कित्ता सेयर थियो । गत आवमा आइपुग्दा इन्स्योरेन्सको नाममा १ करोड ७५ लाख ९ हजार कित्ता सेयर रहेको छ । इन्स्योरेन्सले ३.४१ प्रतिशतबाट आफ्नो स्वामित्व वृद्धि गरेर ४.९९ प्रतिशत पुराएको छ । एसियन लाइफ सो बैंकको सबैभन्दा ठुलो सेयरधनी हो । दोस्रो ठुलो सेयरधनीमा गौरभ अग्रवाल रहेका छन् । उनको नाममा ६३ लाख ७९ हजार कित्ता सेयर तथा २.७१ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, नागरिक लगानी कोषको नाममा ५९ लाख ५१ हजार कित्ता सेयर रहेको छ । बैंकमा नागरिक लगानी कोषको २.५३ प्रतिशत स्वामित्व रहेहो छ । यसैगरी, चौथो ठुलो सेयरधनीमा प्रभु ग्रुप रहेको छ भने पाँचौ ठुलो सेयरधनीम मिजास भट्टचन रहेका छन् । मिजासको ०.८० प्रतिशत स्वामित्व रहेको छ । सुदिप आचार्यको र अम्बिका शर्मा लामिछानेको स्वामित्व समान ०.६० प्रतिशत रहँदा ज्यानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचन र स्वरुप गुरुङको समान ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्टको ०.५२, शिवम् सिमेन्टको ०.५१ र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यी हुन् हिमालयन बैंकका १६ ठुला सेयरधनी, कसको स्वामित्व कति ?
कठमाडौं । हिमालयन बैंकमा लागानी गर्ने ठुला सेयरधनीहरुको संख्या १६ रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व रहेका सेयरधनीको संख्या १६ रहेको छ । ठुला सेयरधनीहरुमा ९ वटा संस्था र ७ जना व्यक्तिहरु रहेका छन् । बैंकमा सबैभन्दा धेरै सेयर हबिब बैंकको रहेको छ । हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ भने कर्मचारी सञ्चयक कोषको १२.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसैगरी, नेशनल ट्रेडिङ कम्पनीको ८.२६, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६, आभा इन्टर्नेशनलको ७.४६, छाँया इन्टर्नेशनलको ५.७८, प्रदिप जंग पाण्डेको १.९८, सशिकान्त अग्रवालको १.७१, इच्छाराज तामाङको १.३६, नेशनल लाइफ इन्स्योरेन्सको १.२५, एसियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको ०.७७ र रिता मल्लको ०.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, प्रभा गोइन्का भिमसरीयाको ०.६८ प्रतिशत, अम्बिका शाहको ०.६१, विजया इन्टर्नेशनलको ०.५४ र अनजु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको विवरणमा उल्लेख छ ।
तराई क्षेत्रमा चिसो हावासँगै शीतलहर, जनजीवन कष्टकर
सर्लाही । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो । खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरूले बताएका छन् । सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । कुहिरोका कारण किसान खेतीपातीका काममा जान नसक्दा कृषि गतिविधिसमेत प्रभावित भएका छन् । कुहिरोका कारण हिउँदे बालीनालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवले जानकारी दिए । कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका, वृद्धवृद्धा र ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल डा अविनाश सिंहले जानकारी दिए । चिसोबाट प्रभावित बिरामीको चाप स्थानीय स्वास्थ्य संस्थामा बढेको स्तुति सौम्य हेल्थ केयर चिकित्सक डा गुणेश्वर झाले बताए । प्रशासन कार्यालयले कुहिरो र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आह्वान गरेको छ । न्यानो कपडा लगाउन, बिहान(बेलुका घरभित्रै बस्न र चिसोबाट जोगाउन बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको छ । विभिन्न ठाउँमा न्यानो कपडा वितरण र काठ, दाउरा बाल्ने व्यवस्था समाजसेवी संस्थाले गरेका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका-३ र ४ मा चिसोबाट प्रभावित अनिविपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका-१, बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार दुवैपक्षमा खुलापन आवश्यक : विज्ञ
काठमाडौं । ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवैपक्षमा खुलापन आवश्यक रहेको विज्ञहरुले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को २५ औं रजतजयन्तीको अवसरमा आयोजित ‘ड्राइभिङ इकोनोमिक एण्ड सोसियल ट्रान्सफर्मेसन थ्रो इनर्जी’ विषयक प्राविधिक सत्रमा धारणा राख्ने जानकारहरुले निजी क्षेत्र र सरकार दुवैमा खुलापन भए मात्रै यस क्षेत्रको बृत्तर विकास हुने बताएका हुन् । इप्पानका उपाध्यक्ष भरत बहादुर खत्रीले निजी क्षेत्रले २६०० बढी मेगावाट बराबरका आयोजना बनाएर सञ्चालनमा ल्याएको बताउँदै उनले निजी क्षेत्रकै उत्पादनका कारण मुलुक अन्धकारमुक्त भएको बताए । खत्रीले निजी क्षेत्रले जलविद्युत उत्पादनको काम गरिरहदा ३ हजार ५०० किलोमिटर सडक, २ किमी सडक टनेल, ११०० किमी टनेल , १५० स्वास्थ्य केन्द्र, २२० बेलिबृज, ५२ वटा सिँचाई आयोजना, ३५ एम्बुलेन्स र २३० शिक्षक/शिक्षिकाहरु विद्यालयका लागि उपलब्ध गराएको विवरण प्रस्तुतीकरणमार्फत सार्वजनिक गरेका थिए । अर्थशास्त्री डा.गोविन्द नेपालले क्षेत्रगत विद्युत खपत समेत व्यापक बढिरहेको बताए । उनले विकास निर्माणको विद्युत्को प्रयोग बढिरहेको बताए । उनले हाउस होल्डमा खपत बढाउन नसकिएको भन्दै हाउस होल्डमा खपत बढाउनु पनि कार्ययोजना ल्याउनुपर्ने बताए । लोडसेडिङको समयमा गरिएको एक अध्ययनले २० प्रतिशतले इनर्जी सप्लाइ कम हुँदा सेवा क्षेत्रमा माइनस ४ प्रतिशत , यातयात र सञ्चारमा माइनस ६.६ प्रतिशत, निर्माण क्षेत्रमा माइनस ३२.४ प्रतिशत, विद्युतमा माइनस २० प्रतिशत, उत्पादनमा माइनस ८.४ प्रतिशत, फुडमा माइनस २ प्रतिशत, माइनिङ र खानीमा माइनस २६.८ प्रतिशत र कृषि तथा वनमा माइनस ०.९ प्रतिशत असर हुने उल्लेख छ । उनले सबैले मिलेर २८५०० मेगावाटको लक्ष्य पूरा गर्न काम गर्नुपर्ने पनि बताए । योजना आयोगकी पूर्वसदस्य डा.संगिता सिहले सूचना प्रविधिको क्षेत्रमा ऊर्जाको खपत बढ्दै जाने बताइन् । उनले ऊर्जा विकास मार्गचित्रमा महिला र समावेशीकरणको विषय उल्लेख नभएको बताइन् । मार्गचित्र कार्यान्वयन गर्दा जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि हेर्नुपर्ने बताइन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू अर्थमन्त्री हुँदा १७ घण्टा लोडसेडिङ भएको बताए । त्यतिबेला १२० मेगावाट बराबरको मात्रै प्रसारणलाइन क्षमता रहेको र एक अर्कोमा इन्टरकनेक्सन नरहेको पनि पाण्डेले सम्झिए । ‘मैले त्यतिबेला दुई काम गरे । ढल्केबर-मुजफ्फरपुरको काम अघि बढाएर अहिले आयात र निर्यात भइरहेको छ । दोस्रो माथिल्लो तामाकोसी अघि बढाए । निजी क्षेत्रलाई प्रोत्साहन गरे ।’ उनका अनुसार नेपालको बिजुली दुईवटा हिसाबले महत्वपूर्ण छ । एउटा बिजुली र अर्को पर्यटन । ‘दैलेखमा पेट्रोलियमको अनुसन्धान भइरहेको छ । व्यवसायिक रुपमा त्यो सम्भव छ कि छैन् भन्ने मलाई थाहा छैन् । त्यो व्यवसायिक रुपमा सम्भव भयो भने देशका लागि त्यो रिसोर्स हुन्छ,’ उनले भने, ‘रेमिट्यान्स खाएर बाँचेका छौं भनेर राजनीतिज्ञलाई गाली गर्छन् । २० हजार मेगावाट उत्पादन र बिक्री गर्ने हो भने यो भनाई उल्टिन्छ ।’ उनका अनुसार २८५०० मेगावाट उत्पादनका लागि विदेशी लगानी चाहिन्छ । उक्त लक्ष्य पूरा गर्न व्यवसायी र सरकार दुवैको खुलपान चाहिने उनले बताए । ‘नेपालीले सक्ने नेपालीले गर्ने र नसक्नेमा विदेशी ल्याएर सहकार्य गर्न सकिन्छ,’ उनले भने । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रमा २८ हजार ५०० मेगावाट लक्ष्य अनुसारको उत्पादनको सम्भावना रहेको बताए । उनका अनुसार उपभोगका हिसाबले पनि सम्भव छ । आन्तरिक खपत पनि बढिरहेको छ । आन्तरिक खपतको लक्ष्य १३ हजार ५०० मेगावाटको छ । ग्रीन इनर्जीको एडभान्टेज छ । बाह्य लगानी भित्र्याउन सक्ने हो भने सम्भव रहेको उनको दाबी छ । पूर्वाधार विकास समितिका सभापति दीपक सिंहले सरकारलेभन्दा ७५ प्रतिशत बढी उत्पादन गरेर अन्धकार हटाएर निर्यातसम्मको अवस्थामा पुर्याएको निजी क्षेत्रलाज्ञ बधाई दिए । उनले विद्युत विधेयक समितिमा अन्तिम चरणमा छलफल भइरहेको र त्यो निजी क्षेत्र मैत्री विधेयक भएरै आउने दाबी गरे ।
ट्राफिक प्रहरीको अभियान : मोटरसाइकल चालकलाई शुभयात्रा
चितवन । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरू गरेको छ । भरतपुर महानगरपालिका-१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्प्रेरित गर्ने उद्देश्यले अभियान सुरू गरिएको हो । अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई शुभयात्रा मात्रै नभनी ‘नमस्कार, आरामै हुनुहुन्छ, पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईंहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईंहरूको विवरणसमेत राख्छौँ, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी नचलाउनुहोला, जीवन अमूल्य छ, शुभयात्रा’ जस्ता शब्दहरू भन्ने गर्दछन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार लामो तथा छोटो दूरीमा यात्रा गर्ने हरेक मोटरसाइकल चालकलाई सडक छेउमा रोकेर यो सन्देश प्रवाह गर्नेछन् । जिल्लामा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये ५८ दशमलव ६७ प्रतिशत मोटरसाइकल हुने गरेको प्रहरीको भनाइ छ । चालु आर्थिक वर्षमा भएका चार सय छवटा दुर्घटनामा छसय सातवटा सवारी साधन दुर्घटनामा परेकामा तीनसय ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन छन् । ती दुर्घटनामा परी जिल्लामा ६३ जनाको मृत्यु भएको छ भने सात सय १८ जना घाइते भएका छन् । कार्यक्रममा वडाध्यक्ष खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतमले दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताए । सवारी दुर्घटनामा अत्यधिक सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधन पर्ने गरेको बताउँदै उनीहरूले दुईपाङ्ग्रे सवारीसाधनको चालक बढी सतर्क हुन आवश्यक रहेको बताए ।
नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न मन्त्री पाण्डेको आग्रह
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्। शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटमा मन्त्री पाण्डेले यस्तो आग्रह गरेका हुन्। मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कुटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे। उनले भने, ‘नेपाल र ईयूबीच सन् करीब पाँच दशक अघि कुटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कुटनैतिक सम्बन्ध रहेको छ। ईयू नेपालको प्रमुख विकास साझेदार हो। हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं।’ उनले ईयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिवन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गरे। राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिवन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रुपमा सक्षम बन्नु पर्नेमा जोड दिए। उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताए। राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानविन समितिबारे समेत उच्च सोच का साथ हेरिरहेको बताएका थिए।
सुजुकीको पहिलो इलेक्ट्रीक स्कुटर सावर्जनिक, यस्ता छन् फिचरहरु
नयाँदिल्ली। सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर ‘ई-एक्सेस’ सावर्जनिक गरेको छ । कम्पनीले भारतको नयाँदिल्लीमा सुरू भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा ‘ई-एक्सेस’ स्कुटर सार्वजनिक गरेको हो । स्लिकर डिजाइनमा तयार भएको सुजुकी ई-एक्सेसमा म्याक्सिमम १५ एनएम टर्क जेनेरेट गर्ने ४.१ किलोवाटको मोटर र ३.०७ किलोवाट आवरको एलएफपी फिक्स्ड ब्याट्रीप्याक दिइएको छ । आइडीसी रेन्ज अनुसार यस ब्याट्रीले एक पटकको फुलचार्जमा ९५ किलोमिटरको रेन्ज दिने बताइएको छ । यस स्कुटरको म्याक्सिमम टप स्पीड ७१ किलोमिटर प्रतिघण्टा रहेको छ । यस स्कुटरमा प्रयोग भएको ब्याट्रीलाई ०-८० प्रतिशत चार्ज हुन पोर्टेबल चार्जरबाट करिब ४ घण्टा ३० मिनेटको समय लाग्छ भने फास्ट चार्जरको माध्ययम बाट ०-८० पुग्न मात्रै १ घण्टा १२ मिनेटको समय लाग्ने छ । कम्पनीले यसको फ्रन्टमा टेलिस्कोपिक क्वेल स्प्रीङ सक र रियरमा स्वीङ आर्म टाइपको क्वेल स्प्रीङ सस्पेन्सन सेटअप दिएको छ । यसको फ्रन्ट टायरमा डिस्कब्रेक र रियरमा ड्रमब्रेकसँगै अलोय ह्वील सहितको ट्युबलेस टायर रहेको छ । फिचर लोडेड पूरा डिजिटल कलरफुल टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको ई-एक्सेसमा स्मार्ट किलेस फङसन, एलईडी हेडलाइट र टेललाइट, हेलोजन बल्ब, भर्टिकल एलईडी बार र डीआरएल जस्ता अत्याधुनिक फिचरहरू पाउन सकिन्छ । त्यस्तै, कम्पनीले जानकारि दिए अनुसार सुजुकी ई-एक्सेस अझै पनि रोड परीक्षणको क्रममा रहेको छ ।
ललितपुरका विभिन्न स्थानमा आज २ बजेसम्म बत्ती जाने
ललितपुर । ललितपुरका विभिन्न स्थानमा आज सनिबार बिजुली कटौती हुने भएको छ । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले बिजुली कटौती गर्ने जनाएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ। प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ। बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।