विकासन्युज

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

रसुवा । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् । आयोजनाले ठूला तथा साना सवारी साधन हाक्ने प्रशिक्षण, विविध सवारीसाधनको मर्मत, ‘वायरिङ, वेल्डिङ’, सिलाइकटाई, शृङ्गार र कोरियाली तथा जापानी भाषा प्रशिक्षणको व्यवस्था गरेर आयोजना क्षेत्रका स्थानीयको जीवनस्तर सुधारमा सघाइरहेको छ । जलविद्युत् आयोजना निर्माण भइरहेको स्थान उत्तरगया – १ का अध्यक्ष मारसिंह तामाङ सीपमूलक तालिमसहित विकास निर्माणका कामबाट रसुवावासी लाभान्वित भएको बताउँछन् । जिल्लाको करिब बीच भागमा रहेको सो आयोजनाले शिक्षा, स्वास्थ्य, रोजगार, सडक, बाटो, वातावरणका क्षेत्रमा गरेको सहयोग रसुवावासीले कहिल्यै बिर्सन नसक्ने र रसुवाको विकास निर्माण तथा रोजगारीका क्षेत्रमा आयोजनाबाट सहयोग प्राप्त भइरहने विश्वास उनको छ । अध्यक्ष तामाङले भने, ‘काठमाडौँबाट नजिक रहे पनि दुर्गम तथा पिछडिएका बासिन्दाका रुपमा सदैव उपेक्षित थियौँ, हाम्रो भाग्य नै भन्नुपर्छ, खै कहाँबाट, कसरी यो प्रोजेक्ट आयो, अपेक्षा नगरेको सहयोग गर्‍यो, स्थानीयवासीका तर्फबाट आयोजनालाई सहयोग गर्ने प्रतिबद्धतासहित धन्यवाद भन्न चाहन्छु ।’ प्रभावित स्थानीय जनतालाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रमअन्तर्गत रु ८१ लाख ४३ हजार खर्च गरी निर्माण कार्यमा संलग्न मजदूरमध्येबाट एक सय २१ जनालाई सीप एवं रोजगारमूलक तालिम उपलब्ध गराएको आयोजनाले जनाएको छ । सो जलविद्युत् आयोजनाअन्तर्गत करिब एक हजार स्थानीय मजदूर संलग्न रहेकामा अहिले एक सय ५४ जनाले क्षमताअनुसारको काम गरिरहेका छन् । बाँकी जनशक्तिको चहना एवं स्रोत साधनलाई समेत दृष्टिगत गरी सीपमूलक तालिम कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । आयोजनाका महाप्रबन्धक गिरिराज अधिकारीले रसुवामा निर्माणाधीन ‘अप्पर त्रिशूली–वान’ ले सामाजिक उत्तरदायित्व वहन कार्यक्रमअन्तर्गत तामाङ बाहुल्य क्षेत्रका प्रभावित जनताको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था उकास्न सक्दो सहयोग गर्दै आएको बताए । महाप्रबन्धक अधिकारीका अनुसार धार्मिक, संस्कृतिक तथा वातावरण संरक्षण, खानेपानीको व्यवस्था, विद्यालय तथा छात्राबास निर्माण, स्वास्थ्य शिविरसहित चेतनामूलक कार्यक्रम, सडक–बाटो तथा पुल निर्माण गरी प्रभावित जनताको माग सम्बोधनका पक्षमा अधिकतम प्रयास गरिएको छ । सो आयोजनाले स्थानीय आदिवासी जनजाति समुदायको जीवनस्तर सुधार कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाख खर्च भइसकेको र कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । विसं २०७२ को भूकम्पबाट प्रभावित सो जलविद्युत् आयोजना आसपासका स्थानीय बासिन्दालाई आयोजना निर्माण हुनअघि नै राहत सामग्री प्रदान गरी मानवीय सेवा उपलब्ध गराएको जनाएको छ । स्थानीयवासीबाटै छनोट भएका कार्यक्रम सञ्चालन गर्ने क्रममा हालसम्म रु दुई करोड खर्च भइसकेको आयोजनाले स्पष्ट गरेको छ । यसैगरी आयोजनाले स्थानीय बासिन्दाको सुविधाका लागि हाकुबेँसीस्थित त्रिशूली नदीमा पहिलो ‘मोटरेवल बेलीब्रिज’ तथा सडकमार्ग, धुञ्चेमा छात्रावास भवन निर्माण गरेको छ भने शान्तिसुरक्षा अमनचयन कायम गर्न सघाउ पुर्‍याउने उद्देश्यले हाकुबेँसी प्रहरीचौकी भवन निर्माणका लागी शून्य दशमलव १६ हेक्टर आफ्नो स्वामित्वको जमिन उपलब्ध गराएको महाप्रबन्धक अधिकारीले जानकारी दिए । निकुञ्जको आधार इलाका प्रयोग गरेबापत लाङटाङ राष्ट्रिय निकुञ्जलाई एक थान मोटर (जिप) सहित रु ५५ लाख रकम उपलब्ध गराएको सो आयोजनाले सुरक्षा व्यवस्था सुनिश्चित गरेबापत जिल्ला प्रहरी कार्यालय रसुवालाई चार लाख ९७ हजार, स्थानीय धार्मिक सङ्घसंस्थालाई १३ लाख, खानेपानी सुधारमा छ लाख १५ हजार, स्थानीय समुदायले छनोट गरेका योजना कार्यान्वयनतर्फ दुई करोड ५० लाख रुपैयाँ, शैक्षिक, सीपमूलकजस्ता जनता केन्द्रित कार्यक्रम सञ्चालनका लागि १७ करोड खर्च गरेको जनाएको छ । कूल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको दुई सय १६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण २०७८ पुसमा सुरु भएको हो । भूमिगत संरचना निर्माणबाट सुरु भएको आयोजनाको ५२ प्रतिशत प्रगति भएको महाप्रबन्धक अधिकारीले बताए । सम्बद्ध प्राविधिकका अनुसार आयोजनाको नौ दशमलव एक किमी ‘हेडरेस’ सुरुङमध्ये करिब आठ किमी निर्माण पूरा गरेको छ । त्रिशूली नदीमा बाँधबाँधी मैलुङमा विद्युत् उत्पादनगृहको संरचना निर्माण जारी छ । विसं २०८३ मङ्सिर महिनाभित्र विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाबाट सुक्खायाममा एक सय चार र वर्षायाममा २१६ मेगावाट विद्युत् उत्पादन हुने महाप्रबन्धक अधिकारीले जानकारी दिए । कोरियाली कम्पनी ‘डुसान’ले ४५ करोड ३२ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको सो आयोजना निर्माणमा नौ वटा अन्तरराष्ट्रिय कम्पनी संलग्न छन् । ‘डुसान’का कार्यकारी अधिकृत बायङ सु मीनले सरकारी, निजी तथा स्थानीयको सहयोगमा तोकिएको समयभित्र विद्युत् उत्पादन गरी नेपालको अर्थतन्त्र गतिशील बनाउन आयोजना सफल हुने विश्वास व्यक्त गरे । रासस

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् । यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन् । साथै फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउनेछन् । अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनुपर्दछ । यदि एनसेल एप नभएमा, उनीहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्छन् । एप डाउनलोड गरेपछि, एनसेल नम्बर प्रयोग गरी लगइन वा साइन अप गर्न पर्दछ । अफरको दिन, अर्थात् फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकहरू मध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन् । सूचीमा १ दिन समयावधि रहेको रु. ५० को अनलिमिटेड डेटा देखि ३० दिन समयसीमा रहेको रु. १,४९९ सम्मको प्याकहरु रहेका छन् । उदाहरणका लागि, १ दिनको अनलिमिटेड डेटा प्याकमा ग्राहकहरूले बोनस रूपमा ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्न सक्छन्, भने रु. १५० को ७ जीबी पाइने डबल मज्जा प्याकमा थप २ जीबी बोनस डेटा पाइन्छ । त्यस्तै, रु. ५९९ पर्ने २८ दिनको समयवधि भएको ४२ जीबीको होम एन्ड अवे प्याकमा ग्राहकहरूले थप ५ जीबी बोनस पाउँछन् । यो फ्ल्यास सेलअन्तर्गत, रु. ५९९ देखि रु. १४९९ सम्मका सधैं अन प्याकमा ग्राहकहरूले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्छन्, जसले उनीहरूलाई अनलाइन पहुँचको भरपुर फाइदा प्रदान गर्नुका साथै सधै अन रही सम्पर्कमा रहन मद्दत गदैछ । भ्यालेन्टाइन डे फ्ल्यास सेल अफरले ग्राहकहरूलाई अझ सुलभ शुल्कमा डेटा कनेक्टिभिटीको फाइदा दिने र आफूले माया गर्ने व्यक्तिका साथै आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहीरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ । यो भ्यालेन्टाइन डे विशेष अफरका अतिरिक्त, ग्राहकहरूले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर त्यहाँ उपलब्ध हुने प्याकहरू लिई र बोनस डेटा तथा टक टाइमको फाइदा लिन सक्छन् ।

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख ११ गतेदेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।  बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, र ८१ हुने परीक्षार्थी) एवम् प्राविधिक धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७९,८० र ८१ हुने) विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् । परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।

काठमाडौंमा गुड्ने अधिकांश सवारीसाधन प्रदूषण मापदण्ड विपरीत, सरकारी कार्यालय नै अटेरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले गत पुस २९ देखि सुरु गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा ५७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो । ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाँग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुँवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुसिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रकलगायत छन् ।

म्यानुफ्याक्चर कम्पनी : सर्वोत्तमको नाफा ६८९ प्रतिशत बढ्यो, यी ४ कम्पनी घाटामा

काठमाडौं । पुँजी बजारमा उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चर एण्ड प्रोसेसिङ) क्षेत्रका विभिन्न ९ कम्पनी सूचीकृत छन् । थोरै कम्पनी सूचीकृत भएपनि यो क्षेत्रमा लगानीकर्ताको भने आकर्षण बढ्दो छ । उत्पादन तथा प्रशोधन कम्पनीले दिने प्रतिफल अन्य क्षेत्रको भन्दा धेरै र सेयर मूल्य पनि उच्च भएकाले यो क्षेत्रप्रति सबैको चासो रहन्छ । पुँजी बजारमा सूचीकृत ९ वटा उत्पादन तथा प्रशोधन कम्पनीमध्ये चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा रिलायन्स स्पिनिङ्ग मिल्स, हिमालयन डिष्टिलरी, सर्वाेत्तम सिमेन्ट, नेपाल ल्यूव आयल र युनिलिभर नेपालको नाफा बढेको छ । तर, समीक्षा अवधिमा घोराही सिमेन्ट, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र सोनापुर मिनरल्स एण्ड आयलको नाफा ऋणात्मक छ । घोराही सिमेन्टको चालु आव २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ६६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको नाफा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.१३ प्रतिशत बढेर १ अर्ब ७३ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७१ करोड २४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । तर, यस अवधिमा कम्पनीको बिक्री लागत १ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुसमा कम्पनीको बिक्री लागत १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ ऋणात्मक थियो । कम्पनीको कुल नाफा ३९.६८ प्रतिशत घटेर ११ करोड ७४ लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा १९ करोड ४७ लाख रुपैयाँ थियो । ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ५४.०२ प्रतिशत घटेर १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ र सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.६० रुपैयाँ रहेको छ । कम्पनीका अनुसार सिमेन्ट उद्योगको बजारमा माग भन्दा बढी उत्पादन भएको र प्रतिस्पर्धात्मक अवस्थामा बिक्रीमा अपेक्षा अनुसार वृद्धि नभएको, बिक्री दरमा केही वृद्धि भएको तर अपेक्षा गरे अनुरुप नबढेको, लागतमा भएको वृद्धि, यस अवधिमा युनिट १ को ब्याज खर्चमा लेखांकन गरेको र सो युनिटको ह्रास खर्चलाई नाफा नोक्सानमा लेखिएकोले यस संस्थाका दोश्रो त्रैमासिकमा आम्दानी घट्न गएको हो । आगामी अवधिमा भौतिक संरचनाहरुको निर्माण कार्यमा पनि वृद्धि आउने हुँदा सिमेन्टको मागमा वृद्धि आउने समय रहेको विगतको अनुभवबाट अनुमान गर्न सकिन्छ । सो समयमा सिमेन्टको मागमा वृद्धि आउने भएकोले बिक्री बितरणमा पनि वृद्धि आउने अपेक्षा कम्पनीले गरेको छ । क्षमता विस्तारबाट धेरै सहज हुने, नयाँ प्लान्टमा लाग्ने प्रत्यक्ष खर्चमा कटौती हुने र उत्पादन लागत समेत घट्ने र निर्यात व्यापारमा पनि सुधार आउने कम्पनीको व्यवस्थापक आशावादी बनेको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २७४.८९ प्रतिशत बढेर १८ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी ४७.३८ प्रतिशत घटेर ४ अर्ब ८४ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको कुल नाफा २४ प्रतिशत घटेर ६५ करोड ७३ लाख रुपैयाँ, सञ्चालन नाफा २०.४४ प्रतिशत घटेर ४५ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कुल नाफा ८६ करोड ५० लाख रुपैयाँ र सञ्चालन नाफा ५७ करोड २७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५९.६३ प्रतिशत घटेर २ करोड ३३ लाख रुपैयाँ गरेको छ । तर, कम्पनीको प्रशासन खर्च १३ करोड ५५ लाख रुपैयाँ र वित्तीय खर्च २४ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ । १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३.५३ प्रतिशत बढेर ५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ बढेर २२.१९ रुपैयाँ पुगेको छ । बोटलर्स नेपाल (बालाजु) को पुस मसान्तसम्ममा नोक्सानी रकम बढेर २४ करोड ५० लाख रुपैयाँ पुगेको छ । जबकि गत वर्षको पुसमा कम्पनीको नाफा १५ करोड १५ लाख रुपैयाँ मात्रै ऋणात्मक थियो । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.७७ प्रतिशत घटेर ४ अर्ब ३६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको पुसमा कम्पनीले ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पुसमा कम्पनीको कुल नाफा २२.२१ प्रतिशत घटेर ९१ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ८३ लाख रुपैयाँ कुल नाफा गरेको थियो । कम्पनीको अन्य सञ्चालन आम्दानी ५.१० प्रतिशत बढेर १ करोड ६४ लाख रुपैयाँ गरेको छ भने वित्तीय आम्दानी ३४.६८ प्रतिशत घटेर ७ लाख ९१ हजार रुपैयाँ गरेको छ । १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५.१५ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४० रुपैयाँ ऋणात्मक छ । बोटलर्स नेपाल (तराई) को पुस मसान्तमा खुद नाफा ११ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुसमा कम्पनीको नाफा ७ करोड ४१ लाख रुपैयाँ मात्रै ऋणात्मक थियो । यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी १९.५१ प्रतिशत घटेर २ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ, वित्तीय आम्दानी २३ प्रतिशत घटेर ४० हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ सञ्चालन आम्दानी र ५२ हजार रुपैयाँ वित्तीय आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २७ प्रतिशत घटेर ६० करोड ३२ लाख रुपैयाँ मात्रै गरेको छ भने अन्य सञ्चालन आम्दानी २५८.२६ प्रतिशत बढेर ३ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड ७५ लाख रुपैयाँ कुल नाफा र ९९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ६.६९ प्रतिशत बढेर ३ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९७ रुपैयाँ ऋणात्मक छ । हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४७.४२ प्रतिशत बढेर ४० करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ८९ करोड ८८ लाख रुपैयाँ गरेको थियो । कम्पनीको कुल नाफा ६४.६८ प्रतिशत बढेर ९१ करोड १४ लाख रुपैयाँ गरेको छ भने सञ्चालन खर्च १३१.९६ प्रतिशत बढेर ५३ करोड ४५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ५५ करोड ३४ लाख रुपैयाँ र सञ्चालन खर्च २३ करोड ४ लाख रुपैयाँ थियो । ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १४.९१ प्रतिशत बढेर ५५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ बढेर २६.३५ रुपैयाँ पुगेको छ । सोनापुर मिनरल्स एण्ड आयलको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड ५२ लाख रुपैयाँ नोक्सानी छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीको नोक्सानी घटेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २९.७७ प्रतिशत बढेर ८१ करोड ५८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको कुल नाफा ९.०२ घटेर ८ करोड ६५ लाख रुपैयाँमा झरेको छ । गत वर्षको पुसमा कम्पनीको कुल नाफा ९ करोड ५१ लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४२.६६ प्रतिशत घटेर ३० लाख रुपैयाँमा झरेको छ ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४३.९८ प्रतिशत बढेर ९४ करोड ७ लाख रुपैयाँ र सेयर प्रिमियममा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७.९४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.३६ रुपैयाँ रहेको छ । सर्वोत्तम सिमेन्टले चालु आवको दोस्रो त्रैमासमा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ५ लाख रुपैयाँमात्र नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा ६८९.२४ प्रतिशत बढी नाफा आर्जन गरेको हो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४८.७४ प्रतिशत बढेर ६५ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँ कुल नाफा गरेको थियो । कम्पनीको वित्तीय खर्च ३१.९५ प्रतिशत घटेर १५ करोड ६२ लाख रुपैयाँ र कुल खर्च ०.७६ प्रतिशत घटेर ४१ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ९६ लाख रुपैयाँ वित्तीय खर्च र ४२ करोड ८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । साथै कम्पनीको अन्य आम्दानी २८३.४२ प्रतिशत बढेर ७ करोड १८ लाख रुपैयाँ गरेको छ । ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३३ करोड ६८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ९७ करोड ४७ लाख रुपैयाँ छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ८.२८ रुपैयाँ बढेर ९.७० रुपैयाँ पुगेको छ । पुस मसान्तमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ । शिवम् सिमेन्ट्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको पुसमा कम्पनीले १४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको ६ महिनामा सञ्चालन आम्पानी ११.८८ प्रतिशत घटेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब ५१ करोड ९९ ला रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेर ४० करोड १ लाख ८६ हजार रुपैयाँ, अन्य आम्दानी २७.९७ प्रतिशत घटेर १२ करोड २६ लाख रुपैयाँ र कुल खर्च १२.३७ प्रतिशत घटेर ४४ करोड ६८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले ५० करोड ४२ लाख रुपैयाँ कुल नाफा, १७ करोड २ लाख रुपैयाँ अन्य आम्दानी र ५० करोड ९४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८.६५ प्रतिशत घटेर ३ अर्ब १५ करोड ३२ लाख रुपैयाँ र सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पुसमा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १३.४९ प्रतिशत बढी नाफा आर्जन गरेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५.४१ प्रतिशत बढेर १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानी ३.०१ प्रतिशत बढेर १ अर्ब ९८ करोड रुपैयाँ र कुल खर्च १.०८ प्रतिशत घटेर १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्ममा कम्पनीले १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १०.५७ प्रतिशत बढेर ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ बढेर ५१९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ छ । नेपाल ल्यूव आयलको पुस मसान्तसम्ममा खुद नाफा १७९.२३ प्रतिशत बढेर २ करोड १९ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पुसमा कम्पनीले ७८ लाख ६५ हजार रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६.१८ प्रतिशत बढेर ५४ करोड ९६ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी ६० प्रतिशत बढेर २६ लाख ९० हजार रुपैयाँ, कुल नाफा ९.५० प्रतिशत बढेर १६ लाख ५४ हजार रुपैयाँ र सञ्चाल नाफा ४६.३५ प्रतिशत बढेर ४ करोड १३ लाख ४४ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको सञ्चालन आम्दानी ५१ करोड ७६ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी १६ लाख ८१ हजार रुपैयाँ, कुल नाफा १४ करोड ६१ लाख रुपैयाँ र सञ्चाल नाफा २ करोड ८२ लाख रुपैयाँ गरेको थियो । चालु आवको पुससम्ममा कम्पनीको चुक्ता पुँजी २०.१४ प्रतिशत बढेर ७ करोड २८ लाख रुपैयाँ, अन्य इक्विटी २६.९३ प्रतिशत घटेर ६ करोड ९१ लाख रुपैयाँ र सञ्चित नाफा १७.२९ प्रतिशत घटेर २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ३४ रुपैयाँ बढेर ६०.२९ रुपैयाँ पुगेको छ ।

सलिको र इनड्राइभबीच सम्झौता, इनड्राइभ प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । उक्त बीमा योजनाले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहित सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । सम्झौतामा इनड्राइभ नेपालका कम्पनी प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुर्घटनाबाट मृत्यु भएमा ८ लाख  रूपैयाँ क्षतिपूर्ति हुनेछ भने  पूर्ण स्थायी अशक्तता भएमा ८ लाख भुक्तानी हुनेछ। त्यस्तै औषधोपचार खर्चका लागि ८० हजारसम्म सहयोग हुनेछ भने  नाबालिग यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत भुक्तानी हुनेछ । यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन् । उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

आम्दानीको माध्यम बन्दै सुर्तीखेती, कम लगानीमा मनग्य आम्दानी हुने

जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपम सुर्तीखेती गर्न थालेका छन् । सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेका बताउँछन् । गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनले बताए । उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् । एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेको बताए । उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु दुई लाख आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताए । रासस