नेप्सेमा सीईओको पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।
अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
अछाम । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय, अछामको समन्वयमा उद्धार गरिएको हो ।
संसदमा बाँस्कोटाको माग- अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्छ
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन-कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोको बारेमा प्रतिवेदन बनाउनुपर्ने जरुरी भएको बताए । ‘अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । नेपालको अन्तरराष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पुर्याउनुपर्ने काम कहीं कतैबाट हुनु हुँदैन,’ सांसद बाँस्कोटाले भने, ‘नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको हो ? सोबारे स्पष्ट हुनु जरुरी छ ।’ उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकामा जोड दिए । नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ । सांसद बाँस्कोटाले सन् २००२ देखि सन् २०२१ सम्म करिब २१ खर्ब र सन् २०२२ देखि २०२७ सम्म छ सय ६९ मिलियन अमेरिकी डलर नेपालले सहयोग प्राप्त गर्ने भन्ने विषयबारे सरकारले अध्ययन गरी एउटा प्रतिवेदन बनाउनुपर्ने भन्दै त्यो प्रतिवेदनमा कति–कति रकम कहाँ खर्च भयो ? भन्ने स्पष्ट आउनुपर्ने सरकारसँग माग गरे । ‘कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ,’ सांसद बाँस्कोटाले भने, ’प्राप्त सहयोग र खर्चसम्बन्धी सम्पूर्ण जानकारी सांसद् र आमनागरिकले थाहा पाउनुपर्छ ।’ उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकलाई समृद्ध बनाउन आपसी सहकार्य र समन्वयको आवश्यकता औंल्याए ।
‘फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न सुझाव दिएका छन् । आइतबारको बैठकको विशेष समयमा उनले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको बताए । ‘नेपाली जनताले जनआन्दोलनको बलमा राजा हटाएर बहुदलीय व्यवस्था ल्याएका हुन्’, उनले भने, ‘पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातन्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस् ।’ सांसद झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारले संसद्लाई छलेर ल्याएका अध्यादेश भूमाफिया, कालोबजारी, राजस्व छली, स्वार्थ समूहको हितमा रहेको आरोप लगाउँदै आमजनताको पक्षमा नरहेको अध्यादेश पास गर्न नुहुने धारणा व्यक्त गरे । सांसद नारायणदत्त मिश्रले कृषि अनुदान अपचलन गर्नेलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै मल बीउ र खनजोतका लागि वडा कार्यालयमार्फत अनुदान दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । ‘एकातर्फ मलबीउ छैन, अर्कातर्फ सीमा क्षेत्रमा सुरक्षाकर्मीको ज्यादती छ, एक कट्टा मल र १० किलो बीउ ल्याउनेलाई कारबाही गर्छन्’, उनले भने, ‘मलबीउ, खनजोत र सिँचाइका लागि सबैभन्दा बढी अनुदान हुनुपर्छ, अन्य क्षेत्रका अुनदान कटौती हुनुपर्छ ।’ सांसद युवराज शर्माले आर्थिक समृद्धि र जनजीविकाको सबाल सम्बोधन गर्न राजनीतिक दलहरु चुक्न नहुनेमा जोड दिँदै सङ्घ र प्रदेशको संरचनामा व्यापाक सुधार गरेर जानुपर्ने खाँचो औँल्याए । सांसद डा बेदुराम भुसालले संसदीय प्रक्रिया र अन्तरवस्तुको दृष्टिकोणबाट अध्यादेश समर्थन गर्न नसकिने बताए । भूमिहीन, सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि विद्यमान ऐन पर्याप्त रहेको जनाउँदै उहाँले स्वार्थ समूहको हितमा भूमिसम्बन्धी अध्यादेश अघि बढाउन नहुने धारणा राखे । सांसद मोहम्मद खालिदले भारतको उडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु सम्बन्धमा नेपाल सरकारले चालेको कूटनीतिक पहल र त्यसको परिणामबारे सदनलाई जानकारी गराउन माग गरे ।
द्वन्द्वकालको बाध्यता, बेल्जियमको सङ्घर्ष र स्वदेशमा औद्योगिक सफलता
काठमाडौं । हरियाली जङ्गल, कतै गमक्क परेका बाक्ला ठुला रुखहरू । कतै स(साना झाडीहरू । हेर्दै सुन्दर देखिने पहाडको फेँदीमा छस तीन तले आधुनिक डिजाइनको ठुलो भवन । हरियाली जङ्गलको बिचमा सेतो रंगले छुट्टै आकर्षण थपेको छ । वरिपरि स-साना केही भवन, नजिकै बगिरहेको खोलाले झन् सुन्दरता थपेको छ । सहरको भीडभाडभन्दा केही पर जहाँ शान्त स्वच्छ र सफा वातावरण छ । यही दृश्य हो ( ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड’ को । चितवन जिल्लाको जुगेडीमा अवस्थित यस कम्पनीले नेपाली स्वास्थ्य क्षेत्र तथा फार्मा इतिहासमा पहिलो पटक सर्वसाधारण जनताको लगानी स्वामित्व सुरक्षित गर्ने कामको इतिहास रच्यो । वर्षौं पहिलेदेखि स्थापित नेपाली औषधी उद्योगहरू धरासायी बन्दै गर्दाको समयमा औषधी उद्योगका क्षेत्रबाट अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्याउने, नेपाललाई औषधीमा आत्मनिर्भर गराउने र विदेशमा समेत औषधी निर्यात गर्ने दृढ अठोटका साथ स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्पू मूल मन्त्रबाट सञ्चालित उद्योग हो- ओम मेगा श्री । अत्याधुनिक प्रविधिसहित सुरु भएको यो उद्योग जुन ठाउँमा स्थापित छस यसले स्वच्छता, नवीनता र औद्योगिक उत्कृष्टताको सङ्केत गर्छ । उद्योगसम्म पुग्ने घुमाउरो नागवेली बाटो र वरपरको हरियाली वातावरणले त्यहाँ उत्पादित औषधीहरू पनि उच्च गुणस्तरको छ भन्ने झल्को दिलाउँछ । भवनको पूर्व दक्षिणको भागमा गेट र सेक्युरिटी कोठा छ । त्यसैको दायाँपट्टि तीन लाख क्षमताको ‘वाटर ट्याङ्क’ छ । जुन कहिलेकाँही पानीको आवश्यकता पर्दा पानीलाई प्रशोधन गर्नका लागि विकल्पमा राखिएको हो । त्यसपछि लाम्चो देखिने भवन तत्कालका लागि क्यान्टिनको रूपमा सञ्चालित छ । यो पुरै भवन २२ हजार ६ वर्ग फिटको प्लिन्थमा बनेको छस जसले ओगटेको जमिन झण्डै ५६ हजार वर्गफिटमा रहेको छ । पृष्ठभूमिमा लेखिएका हरफका मुख पात्र हुन् उद्योगका सञ्चालक अर्जुनकुमार श्रेष्ठ । जसले स्नातकोत्तर पढ्दैगर्दा औषधी क्षेत्रमा काम गर्ने अवसर पाए । त्यही अवसरमा थाहा थियो कि नेपालमा औषधीको मूल्यमा कति मनलाग्दी थियो । उनलाई काम गर्दै जाँदा लाग्थ्यो दोब्बर तेब्बर होइन, तोकिएकै मूल्यमा नागरिकले गुणस्तरीय औषधी पाउनुपर्छ । उनले वि।सं २०५१ देखि नै यसका लागि आफै केही गर्नुपर्छ भन्ने दृढ सङ्कल्प गरेका थिए । त्यही सङ्कल्प सुरु गर्न श्रेष्ठले सुरु गरेको व्यवसाय हो- ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड । स्वदेश हुँदै विदेशमा समेत विभिन्न व्यवसाय गरिरहेका उनले यो औषधी उत्पादनलाई मुख्य व्यवसायका रूपमा अगाडि बढाएका छन् । ‘मैले जबदेखि औषधीको विषयमा थाहा पाएँस आफै काम गर्न सुरु गरेँ, त्यो दिनदेखि नै प्रण गरेको थिएँ,’ श्रेष्ठ भन्छन्, ‘मैले प्रण गरेको कुरा आज आएर यथार्थमा परिणत हुँदा निकै खुसी लागेको छस अब स्वदेशमा मात्र होइन, हामीले उत्पादन गरेको औषधी विदेशमा समेत पठाउने उद्देश्य हो ।’ ६ दर्जन औषधी उत्पादन औषधी उत्दापनका लागि तीन सयभन्दा बढी सर्ट लिस्ट गरी झन्डै ६ दर्जन उत्पादन अनुमित लिई अगाडि बढेको यस कम्पनीले हाल कार्डियो, डाइबिटिज र जनरल गरी ३७ औषधीको बजारीकरण गरिसकेको छ । प्रारम्भमा कार्डियो-डाइबिटिज हुँदै हाल जेनरल प्रडक्टमा काम गरिरहेको ओम मेगाश्रीका अध्यक्ष एवम् सञ्चालक श्रेष्ठ भन्छन्, ‘कार्डियो डाइबिटिज औषधी बजारमा आउँदै गर्दा फाइनान्सियल रूपमा अप्ठ्यारो हुन सक्छ भन्ने थाहा थियो किनकि चिकित्सकले प्रिस्काइब गरिसकेपछि मात्र यो औषधी बिक्ने हो । तथापि हामीले यसैमाध्मबाट यात्रा आरम्भ गर्यौँ ।’ नेपालमा हाल ७० देखि ८० औषधी उद्योग छन् । तीमध्ये कतिपय उद्योगको अवस्था निराशाजनक छ । धेरै उद्योग बन्द हुने अवस्थामा छन् । नेपालमा अहिले ५५ प्रतिशत बढी औषधी विदेशबाट आयात हुन्छ । नेपाली उत्पादनले बजारको मात्र ४५ प्रतिशत औषधी धान्दै आएका छन् । आयातित औषधीको प्रयोगको गुणस्तर र चर्को मूल्यको मारमा अहिले पनि नागरिक परेका छन् । अर्जुन अहिले आयात भइरहेका जति पनि औषधी छन्, ती औषधी स्वदेशी फर्मास्युटिकल्सले उत्पादन गर्न सक्यो भने आयतित औषधीलाई प्रतिस्थापन गर्न सकिने धारणा राख्छन् । उनी भन्छन्, ‘आर्थिक हिसाबले कुरा गर्ने हो भने २९ देखि ३० अर्बको औषधी मात्र नेपाली फार्मा उद्योगहरूले कभरेज गरेका छन्स बाँकी वैदेशिक औषधीले ।’ उनले ओम मेगाश्री फर्मास्युटिकल्सले आयातलाई कम गर्ने र आगामी दिनमा निर्यात गर्ने उद्देश्य राखेको बताए । कर्मका यात्री अर्जुन अर्जुन श्रेष्ठको घर पर्वत जिल्लाको देवीस्थान हो । ७ जना दाजुबहिनीमध्ये श्रेष्ठ सबैभन्दा कान्छा हुन् । उनले कक्षा १० सम्म पर्वतकै जनता मा।वि।मा पढे । पढाइमा उनी अब्बल थिए । कक्षामा कहिल्यै दोस्रो भएनन् । उनलाई पढाउने शिक्षकले एसएलसीमा बोर्ड १० भित्र पर्ने दाबी गरेका थिए । तर, गुरुले सोचे जस्तो उनको एसएलसीको नतिजा राम्रो आएन । वि।सं २०४६ सालमा एसएलसी पास भइसकेपछि उनी काठमाडौं आए । उनको योजना काठमाडौं आएर विज्ञान विषय पढ्ने थियो । यो कुरा उनका बुवालाई समेत थाहा थिएन । विगतको कुरा स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘म काठमाडौं आउँदा बुवालाई समेत थाहा थिएन, कसैलाई नभनी एक्लै हिँडें ।’ श्रेष्ठका माइला बुवा सर्वोच्च अदालतमा रजिष्ट्रार थिए । उनका कान्छा बुवा पनि काठमाडौंमै थिए । उनी माइला कान्छाबासँगै काठमाडौंमा बसेर त्रिचन्द्र कलेजमा आइएस्सी भर्ना भए । त्यो बेला आइएस्सीको ट्युसन फी जम्मा १९ रुपैयाँ थियो । त्यो पनि उनले तिर्न पर्दैन थियो । उनी भन्छन्, ‘त्यो बेला पर्वत दुर्गममा पर्थ्योस कक्षामा पनि जेहेनदार र दुर्गमको विद्यार्थी हुँदा मलाई छुट हुन्थ्यो ।’ उनलाई पढ्दा आर्थिक समस्या भएन । उनले त्रिचन्दमा आइएस्सी पास गरिसकेपछि बिएस्सीका लागि तानसेन फर्किए । यी र यस्ता आरोह-अवरोहको नालीबेली अर्जुनद्वारा लिखित ‘अर्जुनदृष्टि’ जीवनका पाँच दशकु पुस्तकमा लिपिबद्ध भएका छन् । म्याग्दी पुग्दा लिएको सङ्कल्प स्नातकोत्तर पढ्दैगर्दा श्रेष्ठलाई विदेश जान मन लाग्यो । उनले अष्ट्रेलिया जाने तयारी गरे । विदेश जान ठिक्क परिरहेको बेला उनले काठमाडौं पोस्टमा एउटा विज्ञापन देखे । विज्ञापन थियो ‘एस ल्याब्रोटिज’ कम्पनीको, जसले चार जना मेडिकल रिप्रेजेन्टेटिभ मागेको थियो । उनीसँग केही समय अझ बाँकी थियो । उनी विज्ञापनलाई पच्छयाउँदै अन्तर्वार्ता दिन गए । चार जना माग गरिएको ठाउँमा ७२ जना उम्मेदवार थिए । अन्तर्वार्ता दिँदा जम्मा दुई जना उत्तीर्ण भए । जसमा एकजना श्रेष्ठ थिए । ७२ जनामध्ये उनी छनोट भए पनि उनलाई आफूमा विशेष केही गर्न सक्ने क्षमता छ भन्ने अनुभव भयो । श्रेष्ठले तत्काल अष्ट्रेलिया जाने योजना रद्द गरे । तलब पनि राम्रै थियो । उनले करिब डेढ वर्ष उक्त कम्पनीमा काम गरे । त्यसपछि उनले आफ्नै व्यवसाय सुरु गरे । उनले मेडिकल रिप्रेजेन्टेटिभको रूपमा काम गर्दै जाँदा नागरिकले औषधीको चर्को मूल्य कति तिर्नुपर्छ र उनीहरूले कति गुणस्तर औषधी पाउँछन् भन्ने थाहा पाए । त्यसपछि श्रेष्ठले अब नेपालमै औषधी उत्पादन गर्नुपर्छ ताकि नेपाली नागरिकले उचित मूल्यमा गुणस्तरीय औषधी पाउन् भन्ने सङ्कल्प गरे । त्यो समयमा भारतबाट ल्याइने कुनै औषधीको मूल्य १० रुपैयाँ छ भने त्यसको ४० रुपैयाँमा बेच्ने चलन थियो । उनले त्यही बेला म्याग्दीमा औषधी पसल सुरु गरे । उनले जुन मूल्य तोकिएको छ, त्यही मूल्यमा १० रुपैयाँमा बेच्न सुरु गरे । ‘मलाई लाग्थ्यो उचित मूल्य अथवा न्यायोचित मूल्यमा औषधी नागरिकले पाउनुपर्छ,’ उनी भन्छन्, ‘योबाहेक विभिन्न समयमा औषधीमा गुणस्तरको कुरा पनि आइरहन्थ्यो । मलाई यी कुरा सुन्दै गर्दा लाग्थ्यो, म कुनै न कुनै दिन गुणस्तरीय औषधी उचित मूल्यमा ल्याउँछु, जसले उपभोक्तालाई सजिलो हुने छ ।’ म्याग्दीमा औषधी पसल सञ्चालन गरेको ठिक १ वर्षपछि श्रेष्ठले आफ्नो व्यवसाय कुश्मामा पनि विस्तार गरे । त्यो बेला उनले २३ वटा औषधी पसलमा औषधी वितरण गर्थे । औषधी व्यवसाय सुरु गरिसकेपछि उनले वि।सं २०५६ सालमा कुश्मामा पहिलो नर्सिङ होम बनाउने योजना बनाएका थिए । तर, सुचारु गर्न सकेनन् । उनले व्यवसाय फराकिलो बनाउँदै लगे । श्रेष्ठ उद्योग वाणिज्य सङ्घ पर्वतका महासचिव पनि बने । विभिन्न सङ्घसंस्थामा आबद्ध हुँदै गए । देशमा द्वन्द्व चलिरहेको थियो । गाउँमा बसेर काम गर्ने वातावरण थिएन । विद्रोही र सरकारपक्ष दुवैबाट धम्की आउन थाल्यो । अन्ततः द्वन्द्वको चपेटाले उनलाई विदेशी भूमितिर हानिए । बाध्यताले देश छोड्दा श्रेष्ठको व्यापार राम्रो चलिरहेको थियो । उनलाई परदेश जाने सोच त्यति बेला थिएन । तर, स्वदेशमा बस्ने वातावरण भएन । उनी श्रीमती र छोरासहित बेल्जियम पुगे । त्यो बेला नेपालबाट विदेश पुग्नेहरूलाई जुनसुकै देशले वातावरण सहज बनाइदिन्थ्यो । श्रेष्ठको मनमा विदेश गए पनि नेपालमै फर्केर औषधी उद्योग सञ्चालन गर्ने थियो । ‘मेरो तन विदेशमा थियो तर, मन यहीँ थियो,’ उनी भन्छन्, ‘मैले फर्केर पहिले गरिरहेको कामलाई निरन्ता दिनुपर्छ भन्ने थियो ।’ उनी बेल्जियम पुग्दा त्यहाँ रहेको ओमेगा ल्याब्रोटरिजसँग कुराकानी गरे । यो कम्पनीलाई नेपालमा ज्वाइन्ट भेन्चरमा ल्याएर आउने भन्ने उनको योजना थियो । त्यहीअनुसार तयारी भइरहेको थियो । उनले नेपालमा ‘ओम मेगाश्री फर्मास्युटिकल्स नाम पनि मिल्दोजुल्दो हिसाबले दर्ता गरिसकेका थिए । तर, ओमेगा ल्याब्रोटरिजलाई फ्रान्सको ठुलो ग्रुपले अपनायो । त्यसपछि त्यो यात्रा त्यही टुङ्गियो । अहिले पनि अर्जुनले बेल्जियमको फार्मास्युटिकलसँग प्राविधिक सल्लाह लिइरहेका छन् । बेल्जियममा जर्मन रेस्टुरेन्ट खोल्ने पहिलो नेपाली श्रेष्ठले बेल्जियम पुगेर पनि व्यवसाय नै सुरु गरे । सुरुमा भाषा फरक रहनसहन सबै फरक थियो । उनले सबैभन्दा सहज धेरै मान्छेसँग धेरै बोल्न पनि नपर्ने हुनाले सजिलो व्यवसाय रेस्टुरेन्ट रोजे । उनी बेल्जियममा जर्मन रेस्टुरेन्ट खोल्ने पहिलो नेपाली थिए । उनको व्यवसाय राम्रो चल्दै गयो । श्रेष्ठले त्यहाँ रहेका नेपालीलाई पनि व्यवसायमा लाग्न आग्रह गर्दै काम गर्दै गए । उनले ३० महिना त्यहाँ काम गरिसकेपछि उनलाई गैरआवासीय नेपाली सङ्घमा आबद्ध हुनुपर्छ भन्ने लाग्यो । सन् २००९ देखि उनले नेपाली व्यवसायी सङ्घ बेल्जियमको अध्यक्ष बनेर काम गरे । उनीसँग १२ वर्ष गैरआवासीय नेपाली सङ्घमा काम गरेको अनुभव छ । उनी २१ वर्ष विदेश बसे । तर, अहिले स्वदेश फर्किएका छन् । श्रेष्ठले नेपालमा व्यवसाय गरिरहँदा अहिले पनि उनको परिवार भने बेल्जियममै छ । उनको उतै पनि व्यवसाय छ । बेल्जियमको व्यवसाय श्रीमतीले हेरिरहेकी छन् । उनको जेठो छोरा पनि आफै काम गर्दै व्यवसाय गरिरहेका छन् । दोस्रो पटक नागरिकता नेपाली नागरिकता त्यागेर बेल्जियममा २१ वर्ष बिताएका श्रेष्ठले विश्वका धेरै देश बेल्जियम नागरिक बनेर घुमिसकेका छन् । उनलाई नेपाली पासपोर्ट लिएर विश्व भ्रमण गर्दा र बेल्जियमको पासपोर्ट लिई भ्रमण गर्दाको अनुभव छ । बेल्जियमको नागरिकता लिँदा उनले १ सय ६४ देशमा अनअराइभल भिषा पाउँथे भने नेपाली पासपोर्ट हुँदा यो भिषा पाइँदैन । भन्छन्, ‘नेपाली पासपोर्टबाट विदेश जाँदा पनि भिषाकै लागि लामो समय कुर्नुपर्छ , फेरि निश्चित हुँदैन, बेल्जियमको पासपोर्टले सबै काम एकैचोटि समयमै हुन्छ ।’ श्रेष्ठ आफूलाई दोस्रो पटक नागरिकता लिँदा सारै खुसी लागेको बताउँछन् । ‘पहिलो पटक नागरिकता लिँदा १६ वर्षको थिएँ, केही थाहा नै भएन,’ उनी भन्छन्, ‘दोस्रो पटक लिँदा आफ्नो गुमेको पहिचान पाए झैं भयो । त्यो बेला मलाई सारै नै खुसी लागेको थियो ।’ २८ कम्पनीमा लगानी श्रेष्ठको लगानी हरेक व्यवसायमा छ । औषधी, अस्पताल, हाइड्रो, होटल, रेस्टुरेन्टलगायत व्यवसायमा उनले लगानी गरेका छन् । तर, उनी आफ्नो मुख्य व्यापार औषधी उद्योग रहेको बताउँछन् । उनले पोखरामा स्वीस(नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर सञ्चालनमा ल्याउँदै छन् । जुन अस्पतालले स्वीटजरल्याण्ड युनिभर्सिटी हस्पिटलसँग साझेदारी गरेर विदेशमा बसेका चिकित्सकलाई जोडेको छ । अहिले पनि नेपालका क्यान्सर बिरामीले भारतमा गएर उपचार गरिरहेको पाइन्छ । नेपालमा पनि यसका बिरामीहरू बढिरहेका छन् । यस्तो अवस्थामा अस्पतालमा लगानी गरेको उनले बताए । कावासोतीमा जनरल अस्पताल बन्ने तयारीमा छ । जसको भवन तयार भइरहेको छ । उनी भन्छन्,‘ जस्तो परिस्थिति आयो, त्यहीअनुसार काम गरियो तर, मेरो मुख्य व्यवसाय भनेको औषधी हो ।’ उनले २८ वटा कम्पनीमा लगानी गरेका छन् । तीमध्ये अहिले उनले ७ वटा व्ययसायमा काम गरिरहेका छन् । २०५४ सालदेखि आजसम्म उनको एकल लगानी भएको एउटा व्यवसाय पनि छैन । उनी भन्छन्, ‘जुनजुन ठाउँमा म गएँ त्यहाँको एकजना साथी लिएर व्यवसाय गर्दै आइरहेको छु । म मिलेरै काम गर्नुपर्छ भन्ने मान्यतामा अडिग छु र यसरी नै सफल भएको छु ।’ औषधी निर्यात गर्ने लक्ष्य श्रेष्ठले त्यो बेला देशविदेश घुमेको अनुभवले नेपालमा औषधी उत्पादन गरी निर्यात गर्ने लक्ष्य बनाएका छन् । यसका लागि उनले काम सुरु गरिसकेका छन् । ‘यो यो औषधी निर्यात गर्छौं भन्ने छैन तर त्यहाँको बजार त्यहाँका स्थानीय राज्यको, स्थानीय विभागको नीतहरू के के छन् भन्ने कुरामा हामी अध्ययन गरिरहेका छौँ, कुन राज्यमा कुन औषधी जान सक्छ भन्ने सन्दर्भमा केही समय लाग्न सक्छ,’ श्रेष्ठले प्रस्ट पारे । उनको उद्देश्य अधिकतम औषधी बाहिर जान सकोस् भन्ने रहेको छ । उनले यो फार्मा उद्योगमा बनाउँदाखेरि पनि युरोपियन स्ट्यान्डर्ड पनि मेन्टेन गर्ने तरिकाले गरेको बताए । केही औषधी गुणस्तरहीन आजभोलि गुणस्तरीय स्वास्थ्यको कुरा गर्दा कतिपय व्यक्ति औषधी आफैमा गुणस्तर हुने भन्दै गुणस्तरीय भनिराख्न नपर्ने बताउँछन् । औषधी उत्पादनको क्षेत्रमा काम गर्दै आएका श्रेष्ठ भने केही औषधी गुणस्तरहीन हुने बताउँछन् । औषधी पनि गुणस्तरहीन हुन्छ रु भन्ने विकासन्युजको प्रश्नमा उनी भन्छन्, ‘अहिले यो प्रश्न धेरैले गर्छन्, तर म ठोकुवाका साथ भन्छु– कतिपय औषधी गुणस्तरहीन हुन्छ ।’ ‘यदि औषधी गुणस्तरहीन हुँदैन भने एउटै औषधी कुनै कम्पनीकोले राम्रो काम गर्ने, कुनैले गर्दैन भने यसलाई के भन्ने रु,’ श्रेष्ठ थप्छन् । उनी प्रिन्सिपल र प्राक्टिकल रूपमा औषधीमा फरक पर्ने दाबी गर्छन् । उत्पादन सुविधा, प्याकेजिङ सुविधा, स्टोरिङलगायत विभिन्न कारणले गुणस्तरमा फरक पार्ने उनी बताउँछन् । औषधीको गुणस्तर कति छ भन्ने कुरा सबैले एउटा प्रक्रिया प्यारामिटर पुर्याएर काम गर्नुपर्ने हुन्छ । तर जहाँ औषधी उत्पादन गर्ने ठाउँ कति सुरक्षित छ र औषधी बनाउँदा प्रयोग गरिने कच्चा पदार्थ कस्तो छ भन्ने कुराले पनि औषधीको गुणस्तर आउँछ । श्रेष्ठ यो कुरामा ओम मेगाश्रीले निकै ध्यान दिने गरेको दाबी गर्छन् । उनले आफ्नो कम्पनीमा औषधी प्याकेजिङबाहेक अन्यमा मानव संशाधनबाट काम नगरेको बताए । उनी भन्छन्, ‘यसका लागि हामीसँग नवीनतम प्रविधि र पूर्ण स्वचाचित मेसिनहरू छन्, सबै काम मेसिनबाटै हुन्छ ।’
हिमालयन लाइफको साधारण सभाबाट १.१२ अर्ब रुपैयाँ बोनस सेयर पारित, कर सेयरधनीले तिर्नुपर्ने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस सेयर अनुमोदन गरेको छ । आइतबार सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले बोनस सेयर अनुमोदन गरेको हो । सभालेआर्थिक वर्ष २०७७९/८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस सेयर अनुमोदन गरेको हो । सभामा बोनस सेयरमा लाग्ने कर भने स्वयं सेयरधनीहरूले नै तिर्नुपर्ने विशेष प्रस्ताव पनि पारित भएको छ । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलवपछिको भिन्न अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । यसैगरी, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधनका लागि निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । त्यस्तै, सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै सोही वर्ष हिमालयन लाइफमा मर्ज भएको साविक गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आव २०७९/८० को (मर्जअघिसम्मको) लेखापरीक्षक प्रतिवेदन, वासलात तथा नाफा-नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा, बोनस डेटा, टक टाइमसँगै उपहार
काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् । आइतबार (फागुन ११)बाट सुरु भई चैत्र ९ सम्म सञ्चालनमा रहने यो अफरअन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरूमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् । यसरी छानिएका प्याकहरुमा सधैं अनअन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् । सधैं अनका प्याकहरूका प्याकअनुसार ग्राहकहरुले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रुपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् । सुरुवातमा एनसेल एपको विषेश अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरुलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो । उदाहरणका लागि, खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल-नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल-नेट एसएमएस बाहेक ग्राहकहरूले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् । खल्तीसँगको यो साझेदारीले ग्राहकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरुका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ । यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमा संचालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ । एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।
कालिञ्चोक दर्शनले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा साविकका सेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको ६० लाख कित्ता बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालयमा आइतबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।