आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
अझै घट्यो बैंकहरूको ब्याजदर, चैतमा १६ बैंकले स्थिर राख्दा ४ बैंकले चलाए ब्याजदर
काठमाडौं । चैतमा वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । आज चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएके बैंकको ब्याजदर सामान्य घटेको हो । चैतमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९८ प्रतिशत र संस्थागततर्फ ४.४३ प्रतिशतमा झरेको छ । जबकी गत फागुनमा व्यक्तिगततर्फ औसत ब्याजदर ६ प्रतिशत र संस्थागततर्फ ४.४९ प्रतिशत थियो । यसआधारमा बैंकहरूको ब्याजदर चैतमा व्यक्तिगततर्फ औसत ०.०२ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटेको देखिन्छ । चैतमा अधिकांश बैंकहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएपनि विभिन्न ४ बैंकले भने सामान्य परिवर्तन गरेका छन् । कुमारी बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएका छन् भने नेपाल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् । कुमारी बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएका छन् । तर, नेपाल बैंकले ०.१ प्रतिशत र हिमालयन बैंकले ०.७५ प्रतिशत ब्याजदर घटाएका छन् ।
स्कूस प्रतिकिलो ४० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेडा ठूलो (नेपाली) प्रतिकिलो २५, गोलभेडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ३४, आलु रातो (भारतीय) प्रतिकिलो ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६०, गाजर (लोकल) प्रतिकिलो ४०, गाजर (तराई) प्रतिकिलो २५, बन्दा (लोकल) प्रतिकिलो १२, बन्दा (नरिवल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो २०, मूला रातो प्रतिकिलो ४०, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ५० तथा भन्टा डल्लो प्रतिकिलो ६० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो ५०, घिउ सिमी (लोकल) प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४०, घिउ सिमी (राजमा) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो ११०, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो १२०, परबर (तराई) प्रतिकिलो १६०, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ तथा भिण्डी प्रतिकिलो ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो १००, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ४०, मेथीको साग प्रतिकिलो ६०, प्याज हरियो प्रतिकिलो ३०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १००, च्याउ (डल्ले) प्रतिकिलो ३०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो ४०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १६०, कोइराला प्रतिकेजी ४००, रातो बन्दा प्रतिकिलो ५०, जिरीको साग प्रतिकिलो ५०, सेलरी प्रतिकिलो १५०, सौफको साग प्रतिकिलो ८०, पार्सले प्रतिकिलो ३००, पुदिना प्रतिकिलो ३००, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १६०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १५०, कागती प्रतिकिलो २५०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, सुन्तला (भारतीय) प्रतिकिलो १२०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो १५०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, रुख कटहर प्रतिकिलो १३०, निबुवा प्रतिकिलो ७०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ११०, लप्सी प्रतिकिलो १००, खरबुजा प्रतिकिलो ४५, स्ट्रबेरी प्रतिकिलो २००, किबी प्रतिकिलो ४००, अमला प्रतिकिलो १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ३२५, खुर्सानी हरियो प्रतिकिलो १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ११०, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो ५०, हरियो धनिया प्रतिकिलो ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो २८०, लसुन सुकेको नेपाली प्रतिकिलो २३०, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो ७०, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रुख टमाटर प्रतिकिलो १८०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ८०० तोकेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, मूल्य ४५० रुपैयाँ र ६५५ रुपैयाँ
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी ललित उपाध्याय बास्कोटाले आफ्नो स्वामित्वमा रहेको १० हजार ९८२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यस्तै, गोबिन्द चापागाईंले आफ्नो स्वामित्वमा रहेको ५ हजार ४ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
२५ जनाले तिरेनन् हिमालयन बैंकको क्रेडिट कार्ड कर्जा
काठमाडौं । हिमालयन बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने २५ जनाको नाम सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । बैंकले उनीहरूलाई पटक-पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकालेको बैंकले जनाएको छ । सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप, अस्पतालमा क्षमताभन्दा बढी बिरामी
काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताए । उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । ‘अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ,’ शेर्पाले भने । ओपिडीका बिरामीलाई पनि अक्सिजन अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । ‘अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ,’ डा रामबाबु जोशीले भने । भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताए । स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ । दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ । भवन सुविधासम्पन्न, जनशक्ति अभाव साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताए । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उनको भनाइ छ । हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताए । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताए । सोलुदूधकुण्ड नगरपालिका-४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता छ । जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनीमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने, सुदूरपश्चिम र कर्णालीमा राति बदली हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ । त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
बसन्तपुुरमा लाग्यो केपी ओली मुर्दावादको नारा, बालेनको प्रशंसा
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने अधिकांश कार्यक्रममा उनी विरुद्दका नारा लाग्ने गरेका छन् । प्रधानमन्त्री ओली सहभागी हुने अधिकांश कार्यक्रममा सर्वसाधारण तथा युवाहरुले केपी ओली मुर्दावादको नारा लगाउँदै उनको विरोध गर्ने गरेका छन् । ओली सार्वजनिक कार्यक्रममा सहभागी हुने वित्तीकै युवाहरुले उनी विरुद्दका नारा घन्काउने गरेका छन् । यसअघि काठमाडौंको दशरथ रंगशालामा भएको केपी ओली कप मात्रै होइन ओली विदेशमा गएको बेला समेत अमेरिकामा उनीविरुद्द नारा लागेको थियो । त्यस्तै नारा बिहीबार बसन्तपुरमा पनि लाग्यो । होली मनाउन बसन्तपुर पुगेका युवाहरुको समूहले ओली सहभागी नभए पनि केपी ओली मुर्दावाद भन्दै उनको विरोध गरे । होली मनाइरहेका युवाहरुले केपी ओली मुर्दावाद, बालेन शाह जिन्दावाद भन्दै नारा लगाएपछि बसन्तपुरको माहोल तातेको थियो । युवाहरु नारा लगाउँदै उफ्रिएपछि बसन्तपुरमा खटिएका सुरक्षाकर्मी सक्रियमात्रै बनेनन्, अन्य ठाउँमा खटिएका सुरक्षाकर्मी पनि बसन्तपुरमै आइपुगे । सुरक्षा व्यवस्थामा कडाइ भएपछि युवाहरुले प्रधानमन्त्री ओली विरुद्दका नारा लगाउन रोकिएका थिए । यसरी ओली पुगेका विभिन्न सार्वजनिक कार्यक्रम र उनी सहभागी नै नभएको ठाउँमा समेत उनको आलोचना गर्दै उनीविरुद्द नारा लाग्न थालेपछि धेरैले ओलीको लोकप्रियता घट्दै गएको र सरकारको कामप्रति सर्वसाधारण असन्तुष्ट बनेको बुझ्न सकिन्छ ।