नरैनापुर आगलागीबाट ५० लाखको क्षति
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् । नरैनापुर–४ जयरामपुर्वामा मङ्गलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरुलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिए। हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् ।
बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख दीपक कुमार गौतम पक्राउ
काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता गरिएको छ । उनले भने ‘गौतमलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धान भइरहेको छ ।’ काभ्रेपलाञ्चोक जिल्लामा पनि उनीविरुद्ध तीनवटा थप जाहेरी परेको जानकारी प्राप्त भएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता र अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष गौतमलाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । प्रहरी स्रोतका अनुसार गौतमको विषयमा थप अनुसन्धान जारी छ ।
अधिक तरलता भएपछि ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले बुधबार ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१र८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६७ खर्ब ६५ अर्ब माथि पुगेको छ । निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ वैशाख ०३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
इटहरी । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ । भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्यले अहिले नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।
ट्रम्पको ट्यारिफ असर : क्यानडामा टेस्लाका लागि सबै छुट भुक्तानीहरू रोक्का
काठमाडौं । क्यानडाले टेस्लाका लागि सबै छुट भुक्तानीहरू रोक्का गरेको छ र भविष्यका विद्युतीय सवारीसाधन (ईभी) छुट कार्यक्रमहरूबाट यसलाई प्रतिबन्ध लगाएको छ । यातायात मन्त्री क्रिस्टिया फ्रील्यान्डले मंगलबार यस्तो जानकारी दिएकी हुन् । फ्रील्यान्डका अनुसार प्रत्येक दावीलाई व्यक्तिगत रूपमा अनुसन्धान गरी वैध ठहरिएपछि मात्र छुट भुक्तानी गरिनेछ । यो कुरा उनले आफ्ना कार्यालयबाट साझा गरिएको इमेल विज्ञप्तिमा उल्लेख गरेकी छन् । फ्रील्यान्डले यातायात विभागलाई भविष्यका आईजेईभी कार्यक्रमहरूको लागि योग्यताहरू पुनः परिभाषित गर्न निर्देशन दिएकी छिन् ताकि ‘क्यानडाविरुद्ध अवैध र गैरकानुनी अमेरिकी ट्यारिफ’ लागू भइरहँदासम्म टेस्ला सवारीहरू योग्य नहोस् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने अधिकांश सामानहरूमा २५ प्रतिशतको दरमा उच्च कर लगाउने गरी अप्रिलको सुरुमा लागु हुने नयाँ ट्यारिफहरूको घोषणा गरेका छन् । ट्रम्पले सोमबार अटोमोबाइल ट्यारिफहरू चाँडै लागू हुने बताएका छन्, यद्यपि उनका सबै धम्कीपूर्ण करहरू अप्रिल २ मा कार्यान्वयन हुने छैनन् । क्यानडाले टेस्लाका लागि ३०.११ मिलियन डलरको छुट भुक्तानी रोक्का गरेको छ । टोरन्टो स्टारका अनुसार भुक्तानी रोक्ने आदेश क्यानाडाली प्रधानमन्त्री मार्क कार्नीले अप्रिल २८ मा आम चुनावको घोषणा गर्नु अघि आएको थियो । टोरन्टो स्टारले यस महिनाको सुरुमा रिपोर्ट गरेअनुसार जनवरीमा कार्यक्रमको अन्तिम दिनहरूमा टेस्लाले असाधारण रूपमा धेरै ईभी छुट दावीहरू दर्ता गर्यो । एकमात्र टेस्ला डिलरशिपले क्युबेक सिटीमा सार्वजनिक सब्सिडीबाट लगभग १४.०१ मिलियन दाबी गर्दै एकै सप्ताहन्तमा ४ हजारभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरेको कागजात पेश गर्यो । यस महिनाको सुरुमा अमेरिकी व्यापार तनावका कारण टोरन्टोले ट्याक्सी वा राइड-सेयरको रूपमा खरिद गरिएका टेस्ला सवारीसाधनहरूका लागि वित्तीय प्रोत्साहनहरू प्रदान गर्न रोक लगाएको थियो । टेस्लाका सीईओ एलन मस्कले सरकारी दक्षता विभागको प्रमुखका रूपमा संघीय सरकार र बजेट घटाउने ह्वाइट हाउस प्रयासको नेतृत्व गरिरहेका छन् । उनी ट्रम्पका निकट सल्लाहकार पनि हुन् । मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै बीवाईडीले ल्यायो सुपर चार्जिङ ईभी प्रविधि, ५ मिनेटको चार्जमै ४०० किलोमिटर यात्रा
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए । ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो । यस वर्षको वर्ष पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । ‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ ।’ सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न स्थानीय तहहरुसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिछण्म्मेवारीसमेत तोकेको छ । ‘स्थानीय तहहरुसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चालक समिति सदस्य सापकोटाले भने, ‘सहकार्य गर्ने गरी गृहकार्य शुरु गरेका छौं ।’ नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।
माओवादीको आरोप : कुलमानको बर्खास्ती जलमाफियाको स्वार्थ पूरा गर्न र प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिने खेल
काठमाडौं । नेपालको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारको निर्णयको आलोचना गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलाई जलमाफियाहरुको स्वार्थ पूरा गर्ने र विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने रणनीति भएको आरोप लगाएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले यस कदमलाई ‘स्वार्थपूर्ण र जनविरोधी’ भन्दै कडा आलोचना गरे । उनले भने, ‘सरकारले कुलमान घिसिङको बर्खास्ती गरेर विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल खेलिरहेको छ। यसको उद्देश्य जलमाफियाको स्वार्थ पूरा गर्नु हो ।’ बस्नेतले वर्तमान सरकारलाई स्वार्थ समूहको पृष्ठपोषण गर्ने र सार्वजनिक संस्थामा दमन प्रदर्शन गर्ने आरोप पनि लगाएका छन् । ‘सरकार आफ्नो दुई तिहाई बहुमतको शक्ति राष्ट्रसेवक कर्मचारीको अपमान गर्न र सार्वजनिक संस्थामाथि दबाब बनाउन प्रयोग गर्दैछ,’ उनले भने । उनले थपे, ‘सरकार स्वार्थ समूह र विचौलियाहरुको हित र रक्षाका लागि समर्पित भएको देखिन्छ । यसले लोकतन्त्रको मूल्यमान्यतामा ठूलो धक्का पुर्याएको छ ।’ यस विवादास्पद मुद्दामा, माओवादी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी समेत दिएको छ ।
सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार, सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा अब सलिको इन्स्योरेन्सले गर्नेछ । सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कवि राज पौडेल र सेती महाकाली ट्रक यातायात व्यवसायी संघका अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका हुन् । यस अवसरमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु र शाखा प्रमुख हेमन्त लामिछाने लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो । सम्झौताले सेती महाकाली ट्रक यातायात व्यवसायी संघका सवारी साधनहरूको बीमा प्रक्रियालाई थप सरल, सहज र शीघ्र बनाउने वाचा गरेको छ । भविष्यमा कुनै दाबी परेमा, बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया सरल बनाउनेछ ।