काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुने भएको छ । प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुने प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ । काठमाडौं उपत्यकामध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य गरिरहेको र भूमिगतकार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।
अमेरिकी डलरको मूल्य बढ्यो, शनिबारका लागि विनिमयदर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । शनिबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ २० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
मेवा किलोको ७० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८५, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु २८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५८ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १७०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु १३०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ३५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ११०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु २००, गाँठकोभी प्रतिकिलो रु १२०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १६०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४४०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ४००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २५०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १०००, काक्रो (लोकलक्रम) प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।
पत्रकार विक्रम रत्न सिन्धुली-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट पत्रकार विक्रम रत्नको नाम उम्मेदवार सिफारिस भएको छ । नेपाली कम्युनिस्ट पार्टीको सञ्चार (सांस्कृतिक महाशाखा (पार्टी जिल्ला कमिटी) को शुक्रबार बसेको बैठकले उनको नाम सिफारिस गरेको हो । महाशाखाका अध्यक्ष बुद्ध लोप्चनको अध्यक्षता तथा उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा महाशाखा इन्चार्ज निर्मल ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले रत्नको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको अध्यक्ष लोप्चनले जानकारी दिए । कमलामाई नगरपालिका-१२ का स्थायी बासिन्दा रत्न बिगत डेढ दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् । सिन्धुलीस्थित रेडियो सिद्धबाबाबाट २०६९ सालमा पत्रकारिता सुरु गरेका उनी १० वर्षदेखि मुलधारको पत्रकारितामा क्रियाशील छन् । एबीसी टेलिभिजन, न्यूज एजेन्सी नेपाल लगायतका आधा दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव रहेका उनी हाल सौर्य दैनिक पत्रिकामा आबद्ध रहेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको सचिव रहेका पत्रकार रत्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सहसचिव रहेका छन् । पत्रकारिताको अलावा सामाजिक तथा राजनीतिक अभियानमा संलग्न पत्रकार रत्न भ्रष्टाचार तथा कुशासन विरुद्धको अभियान समेत सञ्चालन गर्दै आएका छन् । आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले देशभरबाट उम्मेदवार सिफारिस गरिरहेको छ । पत्रकार रत्नले आफूलाई उम्मेदवार सिफारिस गर्ने निर्णयको स्वागत गर्दै आफू निर्वाचन लड्न तयार रहेको बताए । ‘राजनीतिमा नव युवापुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको छ । र त्यसका निम्ति हामी तयार हुनुपर्ने भएको छ,’ उनले भने, ‘म सिन्धुली २ मा उम्मेदवारी दिन तयार छु ।
एनपीएलमा हानेका छक्का र चौकाबापत ५ हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
काठमाडौं । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले झण्डै ५ हजार कफीको बिरुवा रोप्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर रहेकाे यस कलेजले एनपीएलमा प्रहार भएका चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने निर्णय गरेको थियो । कलेजले एक छक्का बराबर ६ वटा र एक चौका बराबर ४ वटा कफीको बिरुवा रोप्ने घोषणा गरेको थियो । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार २०८२ को एनपीएलमा ४२७ वटा छक्का र वटा ६०७ चौका प्रहार भएको छ । सोही अनुसार कलेजले छक्का बराबर २ हजार ५६२ र चौका बराबर २ हजार ४२८ विरुवा रोप्दा जम्मा ४ हजार ९९० वटा विरुवा रोप्ने भएको हो । ‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,’ कलेजका अध्यक्ष लक्ष्मण केसीले भने । यो वर्ष रोपाइँका लागि स्थान भने अझै निश्चित गरिएको छैन । उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ । कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो । कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले ल्याएको छ । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी थरीका बिरुवा रोपेको थियो । त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुइवटा विरुवा रोपिने दर कायम गरिएको थियो । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।
विज्ञ भन्छन्– विदेशी क्रिम नेपाली छालाका लागि उपयुक्त छैन
काठमाडौं । छाला विशेषज्ञ, उत्पादक र सौन्दर्यकर्मीहरूले नेपालीहरूको छाला हेरचाह गर्ने तरिका र बजारमा उपलब्ध उत्पादनहरूमाथि पुनर्सोंच गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् । नेपालको पहिलो ब्युटी एक्स्पो कस्मेटिकामा बोल्दै उनीहरूले यस्तो आवश्यकता औंल्याएका हुन् । उनीहरूका अनुसार नेपालको शैक्षिक पाठ्यक्रम र हाम्रो संस्कृतिमा स्वास्थ्य र सरसफाइलाई समेटिए पनि छालाको सुरक्षालाई कहिल्यै प्राथमिकता दिइएन । छाला विज्ञ डा. विज्ञान जोशीले कोरिया वा जापानजस्ता देशहरूमा सानै उमेरदेखि छालाको सुरक्षाबारे पढाइ हुने जानकारी दिए । छालाको सुरक्षासम्बन्धी जानकारी नभएर नै नेपालमा ३०/३५ वर्ष पुगेपछि समस्या देखिन थाल्ने र उमेरभन्दा अगाडि नै बुढो देखिने गरेको उनको भनाइ छ । नेपालमा उपलब्ध ९० प्रतिशतभन्दा बढी कस्मेटिक उत्पादनहरू विदेश (कोरिया, जापान, अमेरिका, टर्की आदि) बाट आउँछन् । ती उत्पादनहरू त्यहाँको जनसंख्या, हावापानी र छालाको प्रकृतिमा अनुसन्धान गरेर बनाइएका हुन् । छलफलमा एउटा उदाहरण दिइएको थियो– सगरमाथा चढ्न बनाइएको याकको ऊनको ज्याकेट काठमाडौंको गर्मीमा लाउनुको कुनै अर्थ छैन । त्यसैगरी विदेशको चिसो र कम यूभी किरण भएको ठाउँका लागि बनेको क्रिमले नेपालको उच्च यूभी रेडिएसन र प्रदूषण भएको वातावरणमा काम नगर्न सक्छ । त्यसैले नेपाली छाला र यहाँको वातावरणलाई ध्यानमा राखेर अनुसन्धान गरिएका उत्पादनहरू प्रयोग गर्नु आवश्यक छ । नेपाली महिला र पुरुषहरूमा चायापोतो एउटा ठूलो समस्याको रूपमा रहेको छ । यसका मुख्य तीन कारणहरू छलफलमा औंल्याइएको छ । विशेषगरी गर्भावस्था वा अन्य औषधिहरूको सेवनले गर्दा हर्मोनल गडबडीमा हुन जान्छ जसले गर्दा चायापोतो देखिने गर्छ । नेपालमा घामको नकारात्मक किरणको प्रभाव उच्च छ । जसले मेलानिन बढाउँछ । बजारमा पाइने सस्तो र तत्काल गोरो बनाउने दाबी गर्ने स्टेरोइडयुक्त क्रिमहरूले छालाको माथिल्लो पत्र नष्ट गरिदिन्छन् । जसले पछि झन् भयानक चायापोतो निम्त्याउँछ । सनस्क्रिनलाई लिएर नेपाली समाजमा धेरै भ्रमहरू छन् । विज्ञहरूका अनुसार धेरैले जाडोमा घाम ताप्दा सनस्क्रिन लगाउँदैनन् । तर जाडोको घाम झन् हानिकारक हुन सक्छ । सनस्क्रिन बिहान एक पटकमात्र लगाएर पुग्दैन । यसलाई दिनको तीन पटक प्रयोग गर्नुपर्छ । विज्ञका अनुसार सनस्क्रिम बिहान ८ बजे, दिउँसो १२ बजे र २ बजे गरी दिनको तीन पटक लगाउनु पर्छ । अनुहारका लागि कम्तीमा एक चिया चम्चा बराबरको मात्रा अनिवार्य छ । सौन्दर्यकर्मी निरम बस्नेत भन्छिन्, ‘अरूले प्रयोग गरेको वा महँगो भएकै भरमा उत्पादनहरू नकिन्नुहोस् । आफ्नो छालाको प्रकृति बुझेर मात्र उत्पादन रोज्नुपर्छ । अरूको सल्लाहमा भन्दा पनि विशेषज्ञको परामर्शमा र आफ्नो छालाले कसरी रियाक्ट गरिरहेको छ भन्ने कुरामा ध्यान दिएर स्किन केयर रुटिन बनाउनुपर्छ ।’ विज्ञका अनुसार नेपाली छालाका लागि अब कपीपेस्ट स्किन केयरले पुग्दैन । यहाँको उचाइ, सूर्यको प्रकाशको तीव्रता र हाम्रो खानपान अनुसारका स्थानीय उत्पादन र बानीहरूको विकास गर्न जरुरी छ ।
रोहित पौडेललाई एसपीजी अटोमोबाइल्सको सम्मान, जे फाइभ ईभीसहित ब्रान्ड एम्बासडर घोषणा
काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ । नेपाली क्रिकेटमा ऐतिहासिक सफलता दिलाउँदै पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले हालै एनपीएल सिजन-२ को उपाधि जित्न सफल भएको थियो । उक्त उल्लेखनीय उपलब्धिको सम्मानस्वरूप एसपीजी अटोमोबाइल्सले पौडेललाई अत्याधुनिक जे फाइभ ईभी गाडी प्रदान गरेको छ । कम्पनीले गाडी मात्र होइन, गाडीमा लाग्ने सम्पूर्ण करसमेत स्वयं व्यहोर्ने घोषणा गर्दै पौडेलप्रतिको सम्मान र विश्वासलाई अझ बलियो बनाएको छ । यस अवसरमा एसपीजी अटोमोबाइल्सले यसअघि ब्रान्ड एम्बासडरको भूमिका निर्वाह गरेका राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पनि विशेष सम्मान गरेको छ । एसपीजी अटोमोबाइल्सले खेलकुद क्षेत्रसँगको सहकार्यमार्फत युवा पुस्तालाई प्रेरणा दिने र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्य रहेको जनाएको छ ।
मैदानमै सिकाइसँगै गणित : क्वालिटी काठमाडौं स्कुल्सको पाँचौं एथलेटिक्स सम्पन्न
काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) ले आयोजना गरेको पाँचौं वार्षिक एथलेटिक्स प्रतियोगिता राजधानीमा सम्पन्न भएको छ । राजधानीका विभिन्न विद्यालयका सयौं विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न प्रतियोगितालाई इम्बार्क अनम्याथले मुख्य प्रायोजकको रूपमा साथ दिएको थियो । यस वर्षको प्रतियोगितालाई विशेष बनाउने पक्ष खेलकुदसँगै गणितको व्यावहारिक प्रयोग हो । विद्यार्थीहरूले दौड, हामफाल र रिलेजस्ता खेलमा सहभागी हुँदै समय, दूरी, औसत गति तथा चक्रको गणना स्वयं गरेर खेल र पढाइबीचको प्रत्यक्ष सम्बन्ध अनुभव गरे । कक्षाकोठामा सिकेका सूत्र र अवधारणालाई मैदानमै प्रयोग गर्न पाउँदा विद्यार्थीहरूमा सिकाइप्रतिको रुचि थप बढेको क्यूकेएसले जनाएको छ । कार्यक्रमका क्रममा बोल्दै इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले खेल र शिक्षाको संयोजनले सिकाइलाई अझ प्रभावकारी बनाउने बताए । रिले दौडमा विद्यार्थीहरूले गणितीय तर्क र विश्लेषण प्रयोग गरी टोलीको रणनीति तयार गरेका थिए । मुख्य प्रायोजक इम्बार्क अनम्याथले शारीरिक तन्दुरुस्तीका साथै विश्लेषणात्मक र समस्या समाधान क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रमलाई समर्थन गरेको जनाएको छ । प्रतियोगिताका विभिन्न विधा र वर्गका विजेताहरूलाई पुरस्कृतसमेत गरिएको थियो ।