विकासन्युज

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार जेनजी प्रदर्शनको बारेमा छलफल गर्न बैठक बोलाइएको हो । जेनजी प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६ जनालाई गोली लागेको छ । त्यसैगरी दर्जनौं घाइते भएका छन् ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको हो । यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ । 

जेनजी प्रदर्शनमा पत्रकारलाई लाग्यो गोली

काठमाडौं । जेनजी प्रदर्शनमा पत्रकारलाई पनि गोली लागेको छ । प्रदर्शन स्थलमा रहेका हाम्रा सम्वाददाताका अनुसार कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले टेलिभिजनको लाइभमा भनेका छन् ।   

जेन जी प्रदर्शन : संसद भवनमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् ।  प्रदर्शनकारी भवनभित्र छिरेर आगजनी गरेका हुन् । प्रदर्शन स्थलमा सहभागी हाम्रा संवादाताका अनुसार भवनभित्रै आगजनी गरिएको हो।  

जेनजी प्रदर्शन : १ जनाको मृत्यु, ६ जनालाई गोली लाग्यो, दर्जनौं घाइते

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सोमबार भएको जेनजी प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६ जनालाई गोली लागेको छ । त्यसैगरी दर्जनौं घाइते भएका छन् ।  प्रदर्शनकारीले संसद भवनमा आगो लगाएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको हो । यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ । 

एकै वर्षमा ८ अर्ब ५० करोड रूपैयाँ वैदेशिक लगानी भित्रियो

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी क्रमशः बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ५० करोड रूपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा उक्त वर्ष ३६.१ प्रतिशतले वैदेशिक लगानी वृद्धि भएको हो । सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७९/८० मा वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । त्यसअघिको वर्ष हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो । नेपालले हालसम्म ६० भन्दा बढी मुलुकबाट वैदेशिक लगानी आकर्षित गर्दै आएको छ । सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको कुल ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको देखिन्छ । कुन देशबाट बढी लगानी ?  विदेशी लगानीमध्ये सबैभन्दा धेरै आउने देश भारत रहेको छ । हाल भारतको मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ, जुन ३२.२ प्रतिशत बराबर हो ।  त्यस्तै चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ अर्थात १०.२ प्रतिशत, सिंगापुरबाट २७ अर्ब ६६ करोड अर्थात् ८.३ प्रतिशत, आयरल्याण्डबाट २३ अर्ब १४ करोड अर्थात् ७ प्रतिशत, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड अर्थात ६.१ प्रतिशत तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड अर्थात ५.९ प्रतिशत लगानी प्राप्त भएको छ ।  क्षेत्रगत रुपमा वैदेशिक लगानी सबैभन्दा बढी उद्योग क्षेत्रमा भएको छ । यो क्षेत्रको हिस्सा सबैभन्दा धेरै ५९.४ प्रतिशत छ भने सेवा क्षेत्रमा ४०.५ प्रतिशत लगानी पुगेको छ । सर्वेक्षण अवधिसम्म देशमा कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानी कायम छ । राष्ट्र बैंकले २०१२÷१३ देखि नियमित रूपमा वैदेशिक लगानीको सर्वेक्षण गर्दै आएको छ ।  दक्षिण एशियाको अवस्था के छ ? दक्षिण एशियामा गएको वर्षको तुलनामा वैदेशिक प्रत्यक्ष लगानी ठूलो मात्रामा घटेको छ ।  सन् २०२४ मा दक्षिण एशियामा कुल वैदेशिक लगानी ३४.६ अर्ब अमेरिकी डलर मात्र भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८.८ प्रतिशत कम हो ।  सबैभन्दा ठूलो गिरावट भारतमा देखिएको छ । भारतमा वैदेशिक लगानी २०२३ मा २८.१ अर्ब डलरबाट घटेर २७.६ अर्ब डलरमा झरेको छ, जुन ४३.१ प्रतिशत कमी हो । तर नेपालले भने लगानी आकर्षणमा सुधार देखाएको छ । नेपालमा सन् २०२४ मा  ६० करोड डलर वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशत वृद्धि हो । यसैगरी पाकिस्तानमा त्यस्तो लगानी ४०.१ प्रतिशतले बढेर २.६ अर्ब डलर पुगेको छ भने माल्दिभ्समा पनि ४.८ प्रतिशत वृद्धि भएको छ । यस्तै, बंगलादेश, भूटान र श्रीलंकामा लगानी घटेको छ ।   

राष्ट्रपति र प्रधानमन्त्री निवासलगायत क्षेत्रमा पनि कर्फ्यू जारी, बानेश्वरमा सेना परिचालन

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको छ । यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो ।  जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन गेट नजिक आगजनी गरेका छन् । अहिलेसम्म त्यहाँ दमकल जान सकेको छैन । अहिले बानेश्वर क्षेत्रमा सेना पनि परिचालन भएको छ । ‍भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ । 

सानिमा बैंक र दराजबीच दशैं धमाका योजनामा सहकार्य

काठमाडौं । सानिमा बैंक लिमिटेडले बडादशैंको अवसरमा अनलाइन शपिङ प्लेटफर्म दराजसँग सहकार्य गर्दै 'दशैं धमाका योजना' सार्वजनिक गरेको छ । यस सहकार्यअन्तर्गत योजना अवधिभर दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्ने भएका छन् । यस योजना अनुसार, डेबिट कार्ड प्रयोग गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि दराजमार्फत बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । साथै, योजना अवधिभर 'पहिलो आउनेलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना भाद्र २४ गतेदेखि आश्विन ७ गतेसम्म लागू हुनेछ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीप्रति आकर्षित गराउन निरन्तर रुपमा विभिन्न छुट तथा अफरहरु प्रदान गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

जेनजी प्रदर्शन : संसद भवनको गेटमै आगजनी, दमकल जान सकेन

काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन गेट नजिक आगजनी गरेका छन् । प्रदर्शनकारीहरु उग्र बनेर आगजनी गरेका हुन् ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरे पनि सो क्षेत्रमा अहिले पनि प्रदर्शन भइरहेको छ ।  प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएको आगो फैलिइरहेको छ । अहिलेसम्म त्यहाँ दमकल जान सकेकाे छैन ।