घाइतेले अस्तव्यस्त सिभिल, बेड नै पाइएन (तस्बिरहरु)
काठमाडौं । जेनजी प्रदर्शनमा सयौं जना प्रदर्शनकारी घाइते भएका छन् । सिभिल अस्पतालमा मात्रै सय बढी घाइते भर्ना भएको जानकारी प्राप्त भएको छ । अस्पतालका अनुसार अहिले घाइतेलाई राख्ने बेड पनि नहुँदा अस्तव्यवस्त भएको छ । अस्पतालका एक कर्मचारीका अनुसार घाइतेलाई राख्नका लागि बेड पनि नहुँदा समस्या भएको छ ।
दशैं-तिहार लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले ‘क्रोमसन दशैं–तिहारको ठूलो हर्ष’ योजना सार्वजनिक
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै आकर्षक अफर घोषणा गरेको छ । ‘क्रोमसन दशैं–तिहारको ठूलो हर्ष’ नाम दिइएको यस योजनाअन्तर्गत क्रोमसनका उत्पादन खरिद गर्ने ग्राहकले उपहारसँगै पुरस्कार जित्ने अवसर पाउने भएका छन् । योजनाको मुख्य आकर्षणमा बम्पर लक्की ड्रमार्फत माइडिया ४८२ लिटर एसबीएस रेफ्रिजेरेटर, मन्थली लक्की ड्रमार्फत माइडिया १०० सिरिज ८ केजी वासिङ मेसिन, वीक्ली लक्की ड्रमार्फत क्रोमसन मिक्सर ग्राइन्डर उपलब्ध हुनेछन् । साथै, सजिलो इएमआई सुविधा, निःशुल्क डेलिभरी, निःशुल्क इन्स्टलेसन र प्रोडक्टअनुसार ६० महिनासम्मको वारन्टी जस्ता थप सुविधा पनि योजनामा समावेश गरिएको छ । ग्राहकले खरिदपछि उपलब्ध क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेर योजनामा सहभागी हुन सक्नेछन् । क्रोमसन भारतको ८५ वर्षभन्दा पुरानो विश्वासिलो ब्रान्ड हो, जसले घरायसी विद्युत् उपकरण तथा होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ । नेपालमा यसका उत्पादन रिलायबल इन्टरनेशनल मार्फत वितरण हुँदै आएका छन् । उपभोक्तालाई विश्वस्तरीय ब्रान्ड सहज रुपमा उपलब्ध गराउँदै आएको कम्पनीले यस चाडपर्व घर–घरमा खुशी, सहजता र उत्कृष्टता पुर्याउने उद्देश्य लिएको छ ।
जेनजी प्रदर्शनीमा मृत्यु हुनेको संख्या ५ पुग्यो
काठमाडौं । जेनजी प्रदर्शनीमा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रदर्शनमा दर्जनौंलाई गोली लागेको छ भने सयौं घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन । ट्रमामा ५० जना घाइतेहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरको अवस्था अस्तव्यस्त रहेको फिल्डमा खटिएकी विकासन्युजकी पत्रकार इन्द्रसरा खड्काले जानकारी दिइन् । उनका अनुसार इमर्जेन्सीमा निकै भीड रहेको छ । ओपीडी बन्द गरेर प्रदर्शनकारीको उपचार भइरहेको छ।
सेयर बजारमा ५ अर्बको कारोबार, हिमस्टार ऊर्जामा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोराे अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७५ बिन्दुमा झरेको छ । आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २४ करोड, युनिभर्सल पावर कम्पनीको २३ करोड, हिमालयन रिइन्स्योरेन्सको २१ करोड र युनाइटेड मोदीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कर्फ्यूमा खटिएका नेपाली सेनासँग सडकमा भिडन्त गर्दै जेनजी प्रदर्शनकारी
काठमाडौं । जेनजी प्रदर्शनकारीहरू नेपाली सेनासँग सडकमा भिडिरहेका छन् । विकासन्युजका संवाददाता नरेश बोहराले कर्फ्यूमा खटिएका नेपाल आर्मी (नेपाली सेना)सँग दोहोरो भीडन्त गरिरहेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश जारी लगत्तै नेपाल आर्मी सो क्षेत्रमा खटिएका छन् । तर, कर्फ्यूको बेवास्ता गर्दै प्रदर्शन जारी राखेपछि नेपाल आर्मी र जेनजी प्रदर्शनकारीहरू बीच भिडन्त जारी रहेको बोहराले बताए । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । साथै प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको छ । जेनजीले प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् भने संसद भवनभित्र छिरेर आगजनी समेत गरेका छन् ।
जेनजी प्रदर्शन : सिभिल अस्पतालभित्रै फायर
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले सिभिल अस्पतालभित्रै अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सिभिल अस्पताल परिसरमै अश्रुग्यास फायर भएको हो ।
अपडेट : जेनजी प्रदर्शनमा तीन जनाको मृत्यु
काठमाडौं । जेनजी प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ । प्रदर्शनमा उपस्थित हाम्रा सम्वाददाताका अनुसार प्रदर्शनमा तीनको गोली लागेर मृत्यु भएको हो । यसअघि दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनमा दर्जनौंलाई गोली लागेको छ भने सयौं घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन ।
ब्रेकिङ : अर्का एक जना विद्यार्थीको गोली लागेर मृत्यु
काठमाडौं । जेनजी प्रदर्शनमा अर्का एक जनाको मृत्यु भएको छ । प्रदर्शनमा उपस्थित हाम्रा सम्वाददाताका अनुसार प्रदर्शनमा सहभागी भएका एक जना विद्यार्थीको पनि टाउकोमा गोली लागेर मृत्यु भएको हो । स्कूल ड्रेसमा रहेका ती विद्यार्थीको टाउकोमा गोली लागेर मृत्यु भएको हो । यसअघि एक जनाको पनि मृत्यु भएको थियो । ८ जनालाई गोली लागेको छ । @bikashnews जेनजी प्रदर्शनः प्रहरीको गोली लागेर एकजनाको मृत्यु, १०० भन्दा बढी घाइते #bikashnewshd #bikashnews #short #genzvoice #genz ♬ original sound - BikashNews