विकासन्युज

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो, दर्जनौं गम्भीर, सयौं घाइते

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचनाअनुसार प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ ।  ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना जनाको मृत्यु भएको हो । दर्जनौंको अवस्था गम्भीर रहेको छ भने सयौं बढी घाइते भएका छन् । 

यी हुन् राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५० जना घाइते (नामसहित)

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा घाइते भएका राष्ट्रिय ट्रमा सेन्टरमा ५० जना उपचाररत रहेका छन् । अस्पतालले सार्वजनिक सूचीमा ५०जना जेनजी प्रदर्शनकारी घाइते भएका हुन् ।  उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका प्रदर्शनकारीको नामसहित सूची सार्वजनिक गरेको हो ।         

यी हुन् ट्रमा सेन्टरमा मृत्यु भएका ६ प्रदर्शनकारी

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ ।  ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरका अनुसार वर्ष २३ का श्रीयाम चौलाईं, बाँकेका वर्ष २१ का सुलभ राज श्रेष्ठ, किर्तिपुरका ४२ वर्षीय बुद्धी तामाङकाृ मृत्यु भएको छ । अस्पतालका अनुसार अन्य तीन जनाको पहिचान खुल्न सकेको छैन् ।

पोखरामा निषेधाज्ञा जारी

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।  पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।  उनका अनुसार सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट ९बैदाम०, उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक ९दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड० सम्मलाई  निषेधित क्षेत्र घोषणा गरिएको हो ।  ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।  

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो, घाइतेले अस्पताल भरिभराउ

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ ।  उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । यस्तै, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक÷एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । ट्रमा सेन्टरमा पुगेका हाम्रा सम्वाददाताका अनुसार ट्रमामा ५० जनाको उपचार भइरहेको छ ।  

जेनजीको प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि खटाइयो नेपाली सेना

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सोमबार बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो । नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो । प्रदर्शनकारी अराजक भई संसद् भवन प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । प्रदर्शनका क्रममा एक प्रहरी नायब उपरीक्षक, एक प्रहरी निरीक्षकलगायत ३० भन्दा बढी प्रहरी र दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । सुरक्षाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।  

दमकमा कजारियाको नयाँ अत्याधुनिक शोरूम उद्घाटन

दमक । टाइल ब्रान्ड कजारियाले झापाको दमक, बेलडाङी रोडमा नयाँ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गरेको छ । न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्सद्वारा सञ्चालित यो शोरूमले उच्चस्तरीय टाइलको बढ्दो माग पूरा गर्ने र ग्राहकलाई डिजाइन केन्द्रित आधुनिक खरिद अनुभव उपलब्ध गराउने उद्देश्य लिएको छ । उद्घाटन समारोहमा दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको उपस्थिति रहेको थियो । मेयर थापाले रिबन काट्दै शोरूमको औपचारिक उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै मेयर थापाले नयाँ शोरूम सञ्चालनले दमकमा आन्तरिक सजावटका समाधानलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, 'यो शोरूम सञ्चालन गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो ।' त्यसैगरी, निर्देशक हिमांशु अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृष्टिकोणलाई जोड दिँदै भने, 'हाम्रो लक्ष्य अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो । यो शोरूमले दमकका ग्राहकलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत छनोटसँग प्रत्यक्ष जोड्नेछ ।'

ट्रमामा घाइते प्रदर्शनकारी खचाखच, ओपीडी बन्द गरियो (तस्बिर)

काठमाडौं । जेनजी प्रदर्शनीमा घाइते भएका ५० भन्दा बढीको ट्रमा अस्पतालमा उपचार भइरहेको छ । ट्रमा सेन्टरको अवस्था अस्तव्यस्त रहेको फिल्डमा खटिएकी विकासन्युजकी पत्रकार इन्द्रसरा खड्काले जानकारी दिइन् । उनका अनुसार इमर्जेन्सीमा निकै भीड रहेको छ । ओपीडी बन्द गरेर प्रदर्शनकारीको उपचार भइरहेको छ ।  तस्बिरहरू : @bikashnews यस्तो छ ट्रमा सेन्टरको अवस्था#bikashnews ♬ original sound - BikashNews