चिनियाँ अर्थतन्त्र संसारकै ठूलो, चिनिया अर्थतन्त्रको आधार ११ हजार अर्ब डलर
काठमाडौं ३, कात्तिक । अमेरिकालाई पछाडि पार्दै चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार १ सय ४४ वर्षपछि अमेरिका दोस्रो स्थानमा पुगेको हो। चीनको अर्थतन्त्र ११ हजार अर्ब अमेरिका डलरबराबर पुगेको समाचार बुधबारको नागरिक दैनिकमा समाचार छापिएको छ । प्रतिस्पर्धी अमेरिकाको अर्थतन्त्र भने १० हजार ८ सय अर्ब डलरमा अडेको छ । कोषले चीनको अर्थतन्त्र सन् २०१९ सम्ममा बढेर १६ हजार ७ सय अर्ब डलर पुग्ने अनुमानसमेत गरेको छ । कोषका अनुसार सन् १८७२ मा अमेरिकाले बेलायतलाई उछिनेर संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो । त्यसयता निरन्तर अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पहिलो पटक अमेरिकी अर्थतन्त्र दोस्रो स्थानमा झरेको हो । पछिल्ला दशक चीनमा तीव्र गतिले वृद्धि भएको औद्योगिकीकरणले अर्थतन्त्र मजबुत हुँदै आएको छ । तीन वर्षपछि चिनियाँ अर्थतन्त्र अमेरिकाको दाँजोमा २० प्रतिशतले ठूलो हुने कोषको प्रक्षेपण छ । त्यसबेला चिनियाँ अर्थतन्त्र १६ हजार ७ सय अर्ब डलरबराबर पुग्ने छ भने अमेरिकी अर्थतन्त्र १३ हजार ८ सय डलरबराबर मात्र हुने कोषको तथ्यांकले उल्लेख गरेको छ । कोषले तयार पारेको तथ्यांक ‘सर्वसाधारणको क्रय शक्ति’ मा आधारित छ । यसको अर्थ अमेरिकामा भन्दा चीनमा उपभोग्य सामान सस्तो रहेको बुझिन्छ । तर, निर्वाह खर्चलाई आधार मान्ने हो भने चीनको अर्थतन्त्र अझै पनि अमेरिकाको भन्दा सानो रहेको कोषको भनाइ छ । यसबाट हेर्दा चिनियाँ अर्थतन्त्र ६ हजार ४ सय अर्ब डलरबराबर मात्र रहेको छ ।
नयाँ कम्पनीमा ३८ जनाका लागि जागिर, सिइओदेखि जुनियर एसिसटेन्टलाई अवसर
काठमाडौं, ३ कात्तिक । अनलाईन पेमेन्ट गेटवे तथा मर्चेण्ट बैंकिङ र रेमिट्यान्स सम्बन्धी नयाँ कम्पनीमा ३८ जनाका लागि जागिर खुलेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सिइओ)देखि जुनियर एसिसटेन्टसम्मका लागि आवेदन मागेको हो । एक जना सिइओ, एक जना जनरल तथा अपरेशन मेनेजर, एक जना चिफ मार्केटिङ अफिसर, १० जना बिजनेश डेभलपमेन्ट एक्सक्युटिभ तथा २५ जना जुनियर एसिसटेन्टका लागि जागिर खुलाएको हो । कम्पनीले सात दिन भित्र बायोडाटासहित [email protected] मा इमेल पठाउन आग्रह पनि गरेको छ ।
अपार्टमेन्ट मास्दै होटल बनाउँदै, पर्यटकस्तरदेखि पाँचतारेसम्मका अपार्टमेन्ट होटल
काठमाडौं ३, कात्तिक । राजधानीमा अधिक मात्रामा बढ्दै गएका लिभिङ हाउस तथा अपार्टमेन्ट निर्माण सम्पन्न भइसकेपछि पनि संचालन हुन नसेका कारण भटाभट होटलमा परिणत हुन थालेका छन् । सानादेखि ठूला हाउजिङ तथा अपार्टमेन्ट होटलमा संरचनालाई परिवर्तन गर्नथालेपछि पर्यटक स्तरदेखि पाँचतारेसम्मकै होटल बन्ने भएका छन् । हाउजिङ भनेर निर्माण गरेपनि संचलान भने अहिले होटल तथा आपार्टमेन्ट होटल हुन थालेका छन् । तीन वर्ष अगाडि नै कालिकास्थानको सिल्भर सिटि अपार्टमेन्ट होटलमा परिणत भइसकेको छ । होटल संघ नेपाल (हान)कै पूर्व अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले ललितपुरमा निर्माण गरेको एक हाउजिङ संचलान नभएपनि एल्लो हाउस होटलमा परिणत गरेका छन् । होटल व्यवसायी योगेन्द्र शाक्यकै ताहाचलको हाउजिङमा एम्बेस्डर आपर्टमेन्ट होटल संचालन भइरहेको छ । शाक्यको लाजिम्पार्टको एम्बेस्डर होटल सडक विस्तारका क्रममा भत्किएपनि उनले आफैं हाउजिङमा एम्बेस्डर अपार्टमेन्ट होटल भनेर संचलान गरे । अहिले लामिम्जाटमै उनको सुविधासम्पन्न होटल निर्माण सम्पन्न भइसकेको भएपनि अब ताहाचलको होटल पनि संचालन भइरहने उल्लेख छ । घरजग्गा व्यवसायी इच्छाराज तामाङको सुन्धारमा निर्माण भएको सिभिल होम्स अपार्टमेन्ट होटलमा परिणत हुने भएको छ । ११ तले यो अपार्टमेन्टमा एक सय वटा भन्दा बढी कोठा रहने र आधुनिक सुविधासम्पन्न भएकोले पाँचतारे बनाउँन आवश्यक प्रक्रिया अगाडि सारिएको सिभल ग्रुपका बरिष्ठ कानुनी प्रवन्धक हेमलाल अधिकारीले बताए । उनका अनुसार सुन्धारको एक अपार्टमेन्टलाई भने होटल संचालन गर्न आवश्यक प्रक्रिया अगाडि सारिएको छ । पाँचतारे स्टरको होटलका लागि आवश्यक सेवा र सुविधा सबै हाउजिङले मिट गरेकोले पाँचतारेकै तयारीमा अगाडि बढिएको पनि अधिकारीले बताए । उनका अनुसार हाउजिङको अवधारणमा निर्माण भएको भवन भएपनि स्तरीय होटल बनाउन कुुनै समस्या नहरेकोले सोही अनुुसाको आवश्यक कागजात तयार पार्न थालिएको छ । सिभिल होम्सलाई सीधै होटलमा परिणत गर्न नमिल्ने भएकोले सिभिल होम्सद्वारा संचालित होटल हुने गरी आवश्यक प्रक्रिया आगडि बढाउन थालिएको उनले जानकारी दिए । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार हाउजिङलाई होटलमा परिणत गरेर सेवा दिने धेरैवटा कम्पनी भएपनि उद्योग विभागबाटै नयाँ कम्पनी बनाएर आउने भएकोले कुन हाउजिङ होटल भयो भन्ने तथ्यांक नभएको जानकारी दिएको छ । उद्योग विभागका अनुसार अपार्टमेन्ट संचालन नभएपछि उद्देश्य र कम्पनीको नामै परिवर्तन गरेर होटल संचलान गर्ने क्रम बढेको छ । विभागएका एक कर्मचारीका अनुसार २०७२ को भूकम्पपछि कमजोर भएका कतिपय आपार्टमेन्ट तथा संचालनको तयारीमा पुुगिसेका अपार्टमेन्टले पनि होटल संचालनको रुची देखाएका छन् । कतिपयले भने आवश्यक प्रक्रिया मिलाउँन थालिसकेको पनि उल्लेख छ । के हो अपार्टमेन्ट होटल ? लिभिङ हाउसमा रुपमा बनाएका अपार्टमेन्टलाई होटलमा परिणत गर्ने र नामै आपर्टमेन्ट होटल बनाइने गरिएको छ । हाउजिङलाई सीधै होटलमा र अपाटेन्टलाई होलमा परिवर्तन गरेर अपार्टमेन्ट होटल भन्न थालिएको छ । छाउनी अपार्टमेन्ट होटलको फाइल तस्बिर पर्यटकले एउटा फ्ल्याटनै लिन पाउँने, ठूला कोठा हुने र पर्यटक लामो समयसम्म बस्न चाहे आफैंले पकाएर खाने तथा ठूलो र फराकिला कोठा भएको होटल नै अपार्टमेन्ट होटल हो । आपटेन्टमा पर्यटकको इन्छा अनुसार आर्फैं पकाएर खान पनि पाउँछन र होटलकै सेवा लिन पनि पाँउछन् । नेपालको पहिलो अपार्टमेन्ट होटल ललितपुरको शालिग्राम होटल हो । यस्तो अपार्टमेन्ट होटल युरोपेली युनियन, विश्व खाद्य कार्यक्रम, विभिन्न गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय उडानका वायुसेवाका विदेशी कर्मचारी तथा कर्पोरेट क्षेत्रका कर्मचारी र दुईसातादेखी पाँच ५ महिना तथा एक वर्षसम्म नै बन्न चाहनेको प्रमुख रोजाइमा पर्ने पर्छ ।
फष्ट माइक्रोफाइनान्सले कमायो एक करोड ५० लाख
काठमाडौं, ३ कात्तिक । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले पहिलो त्रैमासिकमा एक करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिनामा कमाएको भन्दा ४० लाखले बढि हो । अघिल्लो आवको सोही अवधीमा बैंकले जम्मा एक करोेड १० लाख मात्रै नाफा कमाएको थियो । २६ करोड ४५ लाख चुक्ता पुँजी रहेको बैंकका जगेडा कोषमा ५ करोड ६९ लाख रुपैंयाँ रहेको छ । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको प्रति सेयर नेटवर्थ १२१ रुपैंयाँ ५४ पैसा रहेको छ भने प्रति सेयर आम्दानी २२ रुपैंयाँ ७४ पैसा रहेको छ । बैंकको सेयर १५०३ रुपैँयामा कारोबार भैरहेको छ ।
टिम्बर कर्पाेरेशनमा ४० जनालाई जागिर खुल्यो
काठमाडौं, ३ कात्तिक । द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेडमा ४० जनाका लागि जागिर खुलेको छ । नेपाल सरकारको पुर्ण स्वामित्वमा सञ्चालित कर्पाेरेशनमा खुला तथा समावेशी समुहका लागि सो मात्रामा जागिर खुलेको हो । कर्पाेरेशनले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आव्हान गरेको छ । कर्पाेरेशनले सहायक प्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आव्हान गरेको हो । एसएलसी उतिर्ण गरेकादेखि स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन् । कर्पाेरेशनको केन्द्रिय कार्यालय बबरमहल, शाखा कार्यालय बिराटनगर, हेटौडा, भरतपुर, नेपालगंञ्ज तथा धनगढीबाट दरखास्त बुझाउन सकिनेछ ।
कृषि विकास बैंकको एक करोेड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन
काठमाडौं, ३ कात्तिक । कृषि विकास बैंकले २ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले कात्तिक ३ गते(आज) देखि देशभरका शाखा कार्यालयहरुबाट हकप्रद सेयरका लागि आवेदन दिन सकिने व्यवस्थासहित एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
त्रिवेणी विकास बैंकले ४१ लाख कित्ता हकप्रद निष्कासन गर्दै, ४१ करोड रुपैयाँ लगानी अवसर
काठमाडौं ३, कात्तिक । त्रिवेणी विकास बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अकिंत ४१ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै छ । यो बैंकले यहि कत्तिक २३ गतेदेखि निष्कासन खुला हुने गरी सूचना जारी गरेको छ । बैंकले विद्यमान साधारण सेयर पूँजी ८२ करोड चुक्ता पूँजीमा २ सेयर बराबार १ सेयरको अनुपात एक सय रुपैयाँ अंकित दरका ४१ लाख ७६ कित्ता सेयरको हप्रद निस्कासन गर्ने भएको छ । यो बैंकले यही २०७३ असोज ३० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साविक सेयरधनिको लागि हकप्रद निष्कासनको सूचना जारी भएको बैंकले जानकारी दिएको छ । यो बैंकको प्रतिशेयर बजारमा ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
१० कक्षाको परीक्षा पनिकाले लिने, यसै वर्षदेखि कार्यान्वयन गरिदै
काठमाडौं ३, कात्तिक । १० कक्षाको अन्त्यमा लिइने परीक्षा यसवर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनको लागि आवश्यक तयारी सुरु गरेको छ । फाइल तस्बिर शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा दिने बताइएको थियो । तर बोर्डको केन्द्रीय संरचनाले पूर्णता नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन सकेको छैन । यस वर्ष कक्षा दशको परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पनिकालाई दिइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएको समाचार बुधबारको अन्नपूर्ण पोस्टमा छापिएको छ ।