विकासन्युज

केल्भिनेटर एसी अब नेपाली बजारमा

काठमाडौं, ४ कात्तिक । नेपालको एक मात्र आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्र्तगत इ.ओ.एल. कम्पनीले केल्भिनेटर (अमेरिकन प्रविधि) एसी नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले पहिलो पटक नेपाली ग्राहकहरुको माझमा उक्त ए.सी. भित्र्याएको हो । कम्पनीले यसअघि चेष्ट फ्रिजर, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन जस्ता घरायसि सामाग्री भित्र्याएको थियो । ग्राहकहरुको मन जित्न सफल केल्भिनेटर ब्राण्डले फेरिपनि ग्राहकहरुको मन जित्न ए.सी भित्राएको हो । कम्पनीका अनुसार यो ए.सी १.० टन र १.५ टन गरी दुई वटा मोडलहरुमा उपलब्ध छन् । अमेरिकन प्रविधिबाट निर्मित उक्त ए.सीमा इन्स्ट्यान्ट हिट (तुरुन्तै तातो गर्ने), टुर्बो कुल (तुरुन्तै चिसो गर्ने), गोल्ड फिन, एन्टी ब्याक्ट्रियल तथा सिल्भर लोन फिल्टर, लोयूभर स्टेप कन्ट्रोल (हावा को दिशा लाई कन्ट्रोल गर्न सकिने) तथा रिमोट मा नाइट ग्लो बटम र सबै भन्दा महत्वपूर्ण कम भन्दा कम विद्युत खपत गर्ने जस्ता विशेषता रहेका छन् । यस ए.सी बजारमा पाईने अरु ए.सीहरु भन्दा भिन्न रहेको कम्पनीको दाबी छ ।

स्ट्याण्डार्ड चाटर्ड बैंकले ३५ प्रतिशत लाभांश दिने, एफपिओ पनि जारी गर्ने

काठमाडौं, ४ कात्तिक । स्ट्याण्डार्ड चाटर्ड बैंकले सेयरधनीलाई ३५ दशमबल ८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३३ दशमलब ३३ प्रतिशत बोनसका साथै कर प्रयोजनको लागि १ दशमलब ७५ प्रतिशत नगद लाभांश सहित सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निणर्य बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३ अर्ब ७३ करोड रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब ३ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । साथै बैंकले प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने निणर्य गरेको छ । तर बैंकले अहिले सम्म कति अनुपातमा एफपिओ जारी गर्ने भनेर खुलाएको छैन । बैंकको एफपिओ जारी गर्ने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिनु पर्ने जनाइएको छ ।

ठूला प्रसारण लाइन बनाउँदै सरकार, ४ सयदेखि ७६५ केभीसम्म क्षमताका लाइन निर्माण गरिने

काठमाडौं, ४ कात्तिक । सरकारले साना तथा मझौला क्षमताका प्रसारण लाइनको सट्टामा ४ सय केभीदेखि ७ सय ६५ केभी क्षमताका ठूला प्रसारण लाइन निर्माण गर्ने भएको छ । अबको एक दशकभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना भएकाले ठूला क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । नदीको क्षमता अनुसार उत्तर–दक्षिण जोड्ने उच्च भोल्टेज क्षमताका प्रसारण लाइनको निर्माण कार्य थालनी गर्ने र मध्य पहाडी राजमार्गको निश्चित खण्डमा पनि उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गरिने सरकारको लक्ष्य रहेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेको बताए । सरकारले उत्पादित उद्योगको उपयोग गर्न मेची–काली प्रसारण लाइन, कर्णाली, गण्डकी र कोशी कोरिडोर प्रसारण लाइन निर्माण कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाउने भउको छ । हाल नेपाल विद्युत् प्राधिकरणले ११ केभीदेखि ४ सय केभी क्षमतासम्मका प्रसारण लाइन निर्माण गरिरहेको छ । सरकारले हाल भएको ऊर्जा संकटलाई समाधान गर्न चालू आवमा हाल भएको ८ सय २९ मेगावाट विद्युत् उत्पादन क्षमतालाई २ सय मेगावाटले बढाएर १ हजार २९ मेगावाट विद्युत् उत्पादन उत्पादन गर्ने लक्ष्य लिएको छ । आगामी दुई वर्षभित्र एक हजार ४ सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । विद्युत् अभावको असर पूर्वाधार निर्माणदेखि उद्योग कलकारखाना एवम् चौतर्फी रुपमा पर्न थालेपछि सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो । प्राधिकरणले निर्माण गरिरहेको ३२ मेगावाट क्षमताको चमेलिया र कुलेखानी तेस्रो आयोजनालाई आगामी माघसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको हो । सरकारले निजी कम्पनीमार्फत अगाडि बढाइएका आयोजनालाई पनि छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिने भएको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना जस्ता आयोजनालाई छिटो सम्पन्न गर्न सरकारले सहजीकरणको भुमिका खेलिदिने भएको छ । तामाकोशीको आउँदो मङ्सिरदेखि वाँध वाध्ने देखि अन्य भौतिक पूर्वाधारको काम अगाडि बढाउने भएको छ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको सो आयोजनाको निर्माण हाल सुरु भइसकेको छ । यस्तै चिलिमे जलविद्युत् आयोजनाका सहायक कम्पनीमार्फत अगाडि बढेका साञ्जेन, माथिल्लो साञ्जेन, रसुवागढी आयोजनाको निर्माणलाई पनि गति दिने भएको छ । घिमिरेले माथिल्लो त्रिशुली थ्री ए निर्माणमा भइरहेको ढिलाइ छिट्टै अन्त्य हुने बताए । उनले प्राधिरकण र यसका सहायक कम्पनीमार्फत जलविद्युत् आयोजनाबाट ८ सय ५० मेगावाट, निजी प्रवद्र्धकबाट ४ सय मेगावाट तथा सौर्य, जैविकलगायत स्रोतबाट २ सय मेगावाट गरी कुल एक हजार ४ सय ५० मेगावाट विद्युत् आन्तरिक ग्रीडमा थप गरिने जानकारी दिए । त्यस्तै सरकारले ढल्केबर सवस्टेशन निर्माण कार्यलाई तिव्रता दिएको छ । उक्त सवस्टेसनको स्तरोन्नति गर्ने काम यहि मङ्सिर अन्त्यसम्म सक्ने गरी हालदुई सिफ्टमा निर्माण कार्य अघि बढाएको छ । चिनियाँ ठेकेदारले दैनिक ३ सयभन्दा बढी मजदुर परिचालन गरेर हाल दुई सिफ्टमा काम गरिरहेको मन्त्रालयले बताएको छ । सो सवस्टेसन निर्माण सम्पन्न भएपछि भारतबाट थप विद्युत् आयात गर्न सहज हुने बताइएको छ । २ सय २० केभी क्षमताको सो सवस्टेसनबाट थप विद्युत् आयात गरी मुलुकमा जारी ऊर्जा समाधान गर्ने सरकारको लक्ष्य छ । यस्तै ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

एक्सीएमजीको एक्साभेटर बजारमा

काठमाडौं, ४ कात्तिक । एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा भित्रिएको छ । आईडिएमसी प्रालिले एक्सीएमजीको एक्साभेटर नेपाली बजारमा ल्याएको हो । गणतन्त्र चिनको एक्सीएमजी ब्राण्डकोे यो २१ दशमलब ५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जीनका साथै जापानीज कावाशाकी कम्पनिद्धारा निर्मित हाईड्रोलिक्स जडान गरिएको छ । नेपालमा यो मेशिन बिक्री शुभारम्भको अबसरमा सबै खरिदकर्ताहरुको एक जोडीलाई कम्पनीको प्mयाक्ट्री अवलोकन सहित ५ रात ६ दिनको चीन भ्रमणको अवसर समेत उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुबेदीले जानकारी दिए । यो योजना १५ नोभेम्बर २०१६ सम्म लागु हुने जनाइएको छ । यो एक्साभेटरको बजार मुल्य ८५ लाख रुपैंयाँ रहेको छ । विश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक हो भने चाईनामा सबैभन्दा धेरै बिक्री हुने नं. १ हेवी ईक्वीपमेन्ट ब्राण्ड हो । बिक्री पछिको सेवा संभारका लागि कम्पनिले भक्तपुरको सानोठिमी स्थित आप्mनै मर्मत संभार केन्द्रको स्थापना गरी चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराएको छ । एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।

महासंघमा अध्यक्ष चुन्ने मताधिकार खोसिदै, विशेष साधारणासभा पूर्व अध्यक्षहरुले बहिस्कार गरे, पत्रकारलाई पनि निषेध

काठमाडौं, ४ कात्तिक । निजी क्षेत्रको सबैभन्दा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चुन्ने मताधिकार महासंघका सदस्यहरुले गुमाउने भएका छन् । महासंघको आज बसेको विशेष साधारणसभाले विधान संशोधन गरि वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव पारित गर्दैछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने बैधानिक बाटो खुला गर्ने प्रमुख उदेश्यसहित बोलाईएको विशेष साधारणसभामा अधिकांश पूर्वअध्यक्षहरुले बहिस्कार गरेका छन् । पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मूल्मी, प्रदीप कुमार श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, कुशकुमार जोशीले विशेष साधारणसभा वहिस्कार गरेका घोषणा गरेका छन् । उनीहरुले विधान संशोधनको विषयमा आफूसँग परामर्श नै नगरेको बताएका छन् । निर्वतमान अध्यक्ष सुरज बैद्यले पनि विशेष साधारणसभा वहिस्कार गरेका छन् । पूर्वअध्यक्ष विनोद कुमार चौधरी महासंघका कार्यक्रममा जादैनन् । ‘निजी क्षेत्रको छाता संगठनमा अध्यक्ष चयन गर्ने मताधिकार खोस्ने उदेश्यले आयोजना गरिएको विशेष साधारणसभामा किन जान ?’ एक पूर्व अध्यक्षले भने–‘हामी प्रत्यक्ष निर्वाचनबाट चुनिएर अध्यक्ष बनेका थियो, महासंघका सदस्यको अध्यक्ष चुन्ने अधिकार खोस्ने प्रयास अप्रजातान्त्रिक छ । अप्रजातान्त्रिक कदमका साक्षी बस्न किन जाने ?’ विधान संशोधन संमितिको संयोजक रहेका पूर्व अध्यक्ष चण्डिराज ढकाल र रविभक्त श्रेष्ठ मात्र विशेष साधारणसभामा सहभागी भएका छन् । मुलुक संघीयतामा गएपछि महासंघलाई पनि संघीय संरचनामा लैजान, महासंघको सदस्यता वृद्धिसँगै निर्वाचन पद्धतिलाई पनि सुधार गर्दै संस्थालाई बलियो बनाउन विधान संशोधन जरुरी भएको ढकालले बताए । विधान संशोधनको विषयमा चर्को विवाद हुने देखिएपछि महासंघले विशेष साधारणसभालाई बन्द सत्रमा सीमित गरेको छ । महासंघ भित्रको विवाद वाहिर सार्वजनिक हुने डरले विशेष साधारणसभामा पत्रकारहरुलाई निषेध गरिएको छ । रिपोटिङका लागि विशेष सधारणसभामा स्थल आर्मी क्लब पुगेका पत्रकारलाई सभाहलमा प्रवेश गर्न दिइएन । याे पनि पढ्नुहाेसःमहासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने

मञ्जुश्री फाइनान्सले कमायो ९० लाख

काठमाडौं, ४ कात्तिक मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ९० लाख नाफा कमाएको छ । फाइनान्सले गत आवको सोही अवधीमा पनि ९० लाख नै नाफा कमाएको थियो । फाइनान्सले तीन महिनामा २ अर्ब ६३ करोड निक्षेप संकलन गरेर २ अर्ब ३२ करोड कर्जा तथा लगानी गरेको छ । २५ करोेड चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १२ करोड रुपैंयाँ रहेको छ । फाइनान्सको प्रति सेयर आम्दानी १४ रुपैंयाँ ४८ पैसा छ भने प्रति सेयर नेटवर्थ १५१ रुपैंयाँ २१ पैसा रहेको छ । फाइनान्सको सेयर प्रति कित्ता ४२० रुपैंयाँमा कारोबार भैरहेको छ ।

नेपालभरका पर्यटकीय प्याकेज बनाइदै, एक वर्षभित्र सबै पर्यटकीय गन्तव्यको भ्रमण प्याकेज

काठमाडौं ४, कात्तिक । नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीको संयुक्त पहलमा नेपालभरका सबै पर्यटकीय गन्तव्यमा भ्रमण प्याकेज बनाइने भएको छ । पर्यटकीय गन्तव्यको घुमघाम र भ्रमणका लागि न्युनतम एक दिनदेखिको पर्यटकको रुची अनुसारको महिना दिनसम्मकै पर्यटकीय प्याकेज बन्ने भएको छ । घुमफिर वर्ष २०७३ संचालमा रहेको र आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पनि यस्तो प्याकेज बनाउन लागिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिए । उनका अनुसार हाल जुनसुकै गन्तव्यमा जान पनि स्वतन्त्र रुपमा जाने गरिएकोमा त्यसलाई ट्राभल एजेन्सीमार्फत जाने र पर्यटकीय प्याकेजका रुपमा विक्री गरिने पनि बताए । ‘पहिले नेपालमा जहाँ जे मेला लाग्यो त्यही दौडले नेपाली प्रचलनलाई आन्तरिक पर्यटकीय प्रोडक्टको रुपमा व्यवस्थित बनाउने काम ट्राभल एजेन्सीले गर्छ’, आचार्यले भने । नेपालका पर्यटकीय गन्तव्य कहाँ कत्तिको डिमाण्ड छ र कति पर्यटक जान सकिन्छ भनेर नबुझीकन गोसाइकुण्ड गएजसरी जानु भएन । भौगोलिक अवस्था, हावापानी, बस्ने, खाने व्यवस्था, भैपरि आउनसक्ने यात्राका समस्या तथा आवश्यक खर्चको बारेमा लिने जानकारी र सोही व्यव्सथामा बनेको प्याकेज नै आन्तरिक भ्रमणको उपयुक्त माध्यम हुन सक्ने बुझाई आचार्यको छ । स्थानिय निकायसँगको समन्वयमा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) मै कारोबार गर्ने विषयमा पनि आवश्यक समन्वय हुने भएको छ । यसका लागि सम्बन्धित मन्त्रालय र निकायसँग पनि समन्वय गर्न पर्यटन मन्त्रालयले चासो देखाएको आचार्यको बुझाई छ । आन्तरिम पर्यटन भ्रमणको प्याकेजका रुपमा एउटा व्यवसायीक संस्थाले बनाएको प्याकेजलाई अर्को निकायसँग समन्वय हुने भएको छ । जसका कारण सबै क्षेत्रका पर्यटन व्यवसायी र संस्थाको एकतामा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र घुमफिर बर्षको औचित्य पनि हुने बुझाई नाट्टाको छ । नाट्टा ट्राभल व्यवसायीको सबैभन्दा पुरानो संस्था भएकोले यसले अन्य व्यवसायीसँग पनि समन्वय गर्ने भएको छ । नाट्टा, टान, हान, सोट्टो, नाटोसहितका सबै पर्यटन व्यवसायीको समन्वयमा पर्यटकीय प्याकेज एक वर्षभित्र नेपालभरका सबै पर्यटकीय गन्तव्यको तयार हुने भएको छ । पोखरा, चितवन, लुम्बिनीसहतिका परिचित पर्यटकीय गन्तव्यको प्याकेज अहिले नै तयारी अवस्थमा रहेको र विक्री पनि भइरहेकोले नयाँ गन्तव्यलाई मात्रै आगामी एक वर्ष भित्रमा उजागर गरिसक्ने पनि नाट्टाको भनाइ छ । सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेर्स नेपाल (सोट्टो)ले पनि विभिन्न पर्यटकय गन्तव्यको स्थलगत भ्रमण गरेरै पर्यटकीय प्याकेज सार्वजनिक गरिरहेको छ । सोट्टोले हरके वर्ष विभिन्न स्थानमा पुगेर वार्षिक रुपमा दुईतीन वटासम्म यस्तो प्याकेज बनाउन थालेको छ । सोटोका अनुसार खप्तड, रारा, लुम्बीनीदेखि स्वर्गद्वरी, पूर्वाञ्चलका पर्यटकीय गन्तव्यसम्को औपचारिक रुपमै प्याकेज सार्वजनिक भैसकेको छ । यो अभियानलाई साथ दिन र ट्राभल एजेन्सीमार्फत घुम्ने कल्चरको विकास गराउँन व्यवसायीको सक्रियता अझै बढ्ने सा्ेट्टा्े नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए । सरकारले हाल घुमफिर वर्ष मनाइरहेकोले पर्यटकीय प्रवद्र्धन र व्यवसायीक सहजिकरणको लागि पर्यटन बोर्डले सम्वन्धित निकासँग सहकार्य गर्दै आएको छ । बोर्डका अनुसार एक वर्ष भित्रै पर्यटन क्षेत्रको प्रवद्र्धन र आवश्यक तयारीका लागि बोर्डले १ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट पनि बनाएको छ । आन्तरिक पर्यटनलाई ब्राण्डिङ गर्न, पर्यटन मन्त्रालयबाट सुरु भएको विदा पर्यटनलाई अन्य सरकारी निकायसहित निजी क्षेत्रसम्म पुर्याउन पनि बोर्डले सहजिकरणको भूमिका निर्वाह गर्न थालेको उल्लेख छ ।

कसमस डेभलपमेन्ट बैंकले १७ हजार कित्ता हकप्रद सेयर लिलामी गर्दै

काठमाडौं, ४ कात्तिक । कसमश डेभलपमेन्ट बैंकले १७ हजार २५ कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै शिलबन्दी गरेर सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । गत साउन ११ देखि भदौ २९ गतेसम्म निष्काशन गरिएको हकप्रद सेयर मध्ये बिक्रि नभएका सेयर लिलाम गर्न लागिएको बैंकले जनाएको छ । बैंकले संस्थापक समुहको ४८१९ कित्ता र साधारण समुहको १२०७ कित्ता सेयर बिक्रि खरिदका लागि कात्तिक १७ गतेभित्र सिभिल क्यापिटलमा आवेदन दिन सकिने जनाएको छ । न्युनतम १०० रुपैंयाँ मुल्य राखेर आवेदन दिन सकिने बैंकले जनाएको छ ।