बुमबाट पठाएको रेमिट्यान्स सिद्धार्थ डेभलपमेन्ट बैंकले भुक्तानी दिने
काठमाडौं, ७ कात्तिक । बुम रेमिट्यान्स प्रालि र सिद्धार्थ डेभलपमेन्ट बंैक लिमिटेडबिच रेभिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम रकम सिद्धार्थ डेभलपमेन्ट बंैकका शाखाहरु मार्फत भुक्तानी दिईनेछ । साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक रुपमा समेत विप्रेषणको भुक्तानी गर्ने कार्य गर्नका लागि सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३१५० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । सो सम्बन्धी सम्झौता पत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिद्धार्थ डेभलपमेन्ट बंैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले हस्ताक्षर गरेका हुन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, मालदिभ्सस, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्ब कम
काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १२ दशमलब शुन्य ८ अंकले घटेर १७८२ दशमलब ३९ अंकमा आइपुगेको हो । सो दिन होटल विकास बैंक समुह बाहेक सबै समुहका परिसूचकमा ओरालो लागेका छन् । बैंक समुह १७ दशमलब ९९ अंक, उर्जा २८ दशमलब ७६, फाइनान्स ४ दशमलब शुन्य ८, इन्स्योरेन्स १२ दशमलब १५ र अन्य समुह ९ दशमलब २५ अंकले घट्दा होटल समुह भने १५ दशमलब ८४ अंकले बढेको छ । विकास बैंक समुह पनि ८ दशमलब ७३ अंकले बढेको आइतबार १२६ कम्पनीको १० लाख कित्ता सेयर ९६ करोड ४५ लाख रुपैंयाँमा किनबेच भएको हो ।
बैंकले निक्षेपकर्तालाई ८ प्रतिशत व्याज दिन थाले, निक्षेपको व्याजदर मुद्रास्फिति दर नजिक
काठमाडौं, ७ कात्तिक । बैंकका बचतकर्ताले करिव ६ वर्षपछि निक्षेपको व्याज दर मुद्रास्फिति दरको हाराहारी पाउन थालेका छन् । व्यक्तिगत बचतकर्तालाई मुद्दती खातामा बैंकले ७.५ प्रतिशत व्याज दिन थालेका छन् । सिद्धार्थ बैंकले ६ महिने अवधिको मुद्दतीमा ७.५ प्रतिशत व्याज दिने योजनासहित निक्षेककर्तालाई बचत गर्न आह्वान गरेको छ । अन्य धेरै बैंकहरुले कात्तिकको पहिलो साता व्याजदर वृद्धि गरेको सूचना पत्रपत्रिकामा प्रकाशित गरेको छन् । अधिकांशले मुद्दति बचतमा ७ प्रतिशत व्याजदर तोकेका छन् । बैंकहरुले प्राथमिकताका ग्राहकलाई सार्वजनिक गरेको सूचनामा भन्दा १ प्रतिशतसम्म थप व्याज दिन सक्ने राष्ट्र बैंकको नियम छ । सामान्यतय वाणिज्य बैंकले भन्दा विकास बैंकहरुले निक्षेपकर्तालाई बढी व्याज दिन्छन् । त्यस्तै विकास बैंकले भन्दा वित्त कम्पनीले बढी र वित्त कम्पनीले भन्दा बचत तथा ऋण सहकारी संस्थाले बढी व्याज दिन्छ । विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछानेको अनुसार अन्तर बैंक व्याजदर ४ प्रतिशत नाघेको छ । जबकी एक वर्ष पहिले अन्तरबैंक व्याजदर १ प्रतिशतभन्दा कम थियो । बैंक तथा वित्तीय संस्थाको सेयर पुँजी वृद्धिसँगै लगानी वृद्धिमा परेको चापले बजारमा विगतमा रहेको अधिक तरलता हट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अधिक तरलताको समस्या समाधान भएको छ । निक्षेपकर्ताले उचित व्याज दर पाउने थालेका छन् । वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी अधिक हुँदा निक्षेपकर्ता मर्कामा परेका थिए । बैंकले कम व्याज दिँदा वित्तीय क्षेत्रमा जम्मा हुनुपर्छ बचत अनौपचारिक क्षेत्रमा गएको थियो । ‘बैंकले बढी व्याज अपर गरेपछि निक्षेप संकलन बढ्छ, बैंकमा लगानी योग्य पुँजी जम्मा हुन्छ । औपचारिक क्षेत्रमा लगानी बढ्छ । त्यसले समग्र आर्थिक वृद्धिमा सहयोग पुग्छ’ थापाले विकासन्युजसँग भने । बैंक तथा वित्तीय क्षेत्रमा २०६६/६७ सालमा जस्तै लिक्विडिटि क्रन्च (लगानी योग्य पुँजीको हाहाकार) हुने हो कि भन्ने आशंका देखिएको छ । तर त्यस्तो अवस्था नआउने थापा बताउँदछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले राख्र्ने पर्ने अनिवार्य रकम बाहेक अझै थप ३५ अर्ब रुपैयाँ लगानी योग्य अवस्थामा छ । बैंकहरुले निक्षेपको व्याज बढाएपछि निक्षेप वृद्धि हुन्छ । यतिबेला व्यक्तिगत निक्षेपकर्ताले भन्दा संस्थागत निक्षेपकर्ताले बढी व्याज पाउन थालेका छन् । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलका अनुसार कोषले वाणिज्य बैंकमा निक्षेप राख्दा कम्तिमा ८ प्रशित व्याज पाउन थालेको छ । ‘८ देखि ८ दशमलव २५ प्रतिशतसम्म व्याज चलेको छ’ विकासन्युजसँग कुरा गर्दै पोखरेलले भने । राष्ट बैंकका अनुसार चालु आर्थिकको प्रथम दुई महिनामा कर्जा लगानी ३ प्रतिशतले विस्तार भएको छ भने निक्षेप करिव १ प्रतिशतले विस्तार भएको छ । यो क्रम अझै केही महिना रहने हो भने बचतकर्ताले मुद्रस्फिति दर भन्दा बढी व्याज दर पाउनेछन् । राष्ट्र बैंकका अनुसार भदौंमा उपभोक्ता मुद्रास्फिति दर ७ दशमलव ९ प्रतिशतमा झरेको छ । ५ वर्षअघि वार्षिक मुद्रास्फिति दर १४ प्रतिशतसम्म पुगेकोमा क्रमशः घट्दै गएको छ । यद्यमी गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा कम रहदा मुद्रास्फिति करिव ९ प्रतिशत रहेको छ । सामान्यतय आर्थिक वृद्धिदर भन्दा मुद्रस्फिति दर कम हुनुपर्छ । भारतमा मै पनि पछिल्लो समय आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा रहदा उपभोक्त मुद्रास्फिति ४ प्रतिशतको हाराहारीमा छ ।
सिन्धु विकास बैंकले १६ प्रतिशत लाभांश दिने
काठमाडौं, ७ कात्तिक । सिन्धु विकास बैंकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत बोनस सेयर र शुन्य दशलब ८८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकका लगानी कर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् । १२ करोड चुक्ता पुँजी भएको सिन्धु विकास बैंकले गत आर्थिक बर्षमा २ करोड ७२ लाख नाफा कमाएको थियो ।
आईएमई हात हुँदैन खाली योजनाको विजेता शेर्पा र श्रेष्ठ
काठमाडौं, ७ कात्तिक । आईएमई लिमिटेडको हात हुँदैन खानी योजनाको तेश्रो र चौथो हप्ताका विजेता घोषणा गरिएको छ । दशैं तथा तिहारका अवसरमा कम्पनीले अघि सारेको प्रवद्र्धनात्मक योजनाको तेश्रो हप्ताको विजेता मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ चौथो हप्ताका विजेता बन्न सफल भएका हुन् । शेर्पाले मलेसियाबाट नेपाली रुपैयाँ २०, ६०९ र श्रेष्ठले २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्नेछन् । आइमएमइले असोज १ गतेदेखि असोज ३० गतेसम्म “आईएमई हात हुँदैन खाली” योजना सञ्चालन गरेको थियो । नेपालमा १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राहीलाई यसमा समावेश गरिएको थियो । आईएमईले उपभोक्तालाई टि सर्ट तथा दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराएको थियो ।
साइन रेसुङगा र मुक्तिनाथले पाए बोनस सेयरको स्विकृति, २१ प्रतिशत लाभांश दिँदै भार्गव
काठमाडौं, ७ कात्तिक । साइन रेसुङगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकलाई बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्विकृती दिएको छ । राष्ट्र बैंकले आइतबार दुबै बैंकको बोर्ड बैठकले प्रस्ताव गरे बमोजिमको बोनस सेयर वितरण गर्न अनुमति दिएको हो । साइन रेसुङगा बैंकको सञ्चालक समिति बैठकले २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो भने मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । ८६ करोड ८४ लाख चुक्ता पुँजी रहेको साइन रेसुङगा डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७२/७३ मा २७ करोड नाफा कमाएको थियो । ८३ करोड ८४ लाख चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले गत आवमा ३५ करोड ८८ लाख रुपैंयाँ नाफा कमाएको थियो । यसैबिच भार्गव विकास बैंकले २१ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ६ गते सम्पन्न बैंक सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र एक दशमलब शुन्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । १२ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ करोड ५८ लाख रुपैंयाँ नाफा कमाएको थियो ।
सनराइज बैंकको नाफा ११४ प्रतिशतले बढ्यो, वार्षिक नाफा १ अर्ब नाघ्ने
काठमाडौं ७, कात्तिक । सनराइज बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा २५ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४ प्रतिशतले बढेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा ११ करोड ७८ लाख २ हजार रुपैयाँ खुद नाफा कामएको थियो । यस बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा कुल ९५ करोड १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । पहिलो त्रैमासको नाफाका आधारमा यस बैंकले चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गर्ने देखिएको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । सनराइज बैंकले असोज मसान्तसम्ममा बैंकले ५४ अर्ब निक्षेप संकलन गरेको छ भने ४६ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको लगानी ७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात २ दशमलव ६९ बाट घटेर १ दशमलव ६९ प्रतिशतमा आइपुगेको छ । बैंककको निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ७८ दशमालव ७२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार १९ दशलव १० रुपैयाँ रहेको छ । यो बैंकको प्रति सेयर कारोबार न्यनुतम ६२० रुपैयाँ रहेको छ ।
औद्योगिक व्यवसाय सम्बन्धि विधयेक खारेज गर्न ट्रेड युनियन काँग्रेसको माग
खिलानाथ दाहाल काठमाडौं, ७ कात्तिक । नेपाल ट्रेड युनियन काँग्रेसले संसदबाट पारित औद्योगिक व्यवसाय सम्बन्धि कानूनलाई संशोधन गर्न बनेको विद्येयक तत्काल खारेज नभए आन्दोलन गर्ने निर्णय गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्दै संसदले पारित गरेको विधेयकमा गरेको हडताल गर्न नपाउने र नो वर्क नो पे सम्बन्धि ब्यवस्थाले श्रमिकको ट्रेड युनियन अधिकार सम्बन्धि मौलिक अधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनको आधारभूत महासन्धीहरु हनन् भएको जनाएको छ । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले यो ऐन जस्ताको तस्तै प्रमाणीकरण भई लागू भएमा नेपालको ट्रेड युनियन आन्दोलन धारासायी हुने भएकोले कडा आन्दोलनको बिकल्प नरहेको बताए । महासचिव महेन्द्र प्रसाद यादबले पारित ऐन नेपालको संविधान विपरित र राजनीतिक दलले गरेको प्रतिबद्धता विपरित आएको भन्दै तत्काल सच्याउन माग गरे । उनले यसको विरोधमा कडा भन्दा कडा आन्दोलन गर्ने र अन्र्तराष्ट्रिय श्रम संगठनमा मुद्धा दायर गर्ने पनि बताए । पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन काँग्रेसको आगामी महाधिवेशन २०७४ साल भाद्र महिनामा गर्ने, नेपालको संविधानमा उल्लेख भए बमोजिम नेपाल ट्रेड युनियन काँग्रेसलाई पनि ७ वटा प्रदेशमा रुपान्तरण गर्ने निर्णय गरेको जानकारी गराए । यसैगरी बैठकले महासंघका सदस्यहरु विरामी भएमा, मृत्यु भएमा, प्रसुति भएमा तथा प्रकृति बिपत्तिमा परेमा आर्थिक सहयोग उपलब्ध गराउन श्रमिक कल्याणकारी कोषमा १ करोड रुपैयाँको व्यवस्था गर्ने निर्णय गरको छ । बैठकले अध्यक्ष खिलानाथ दाहाल, महासचिव महेन्द्र प्रसाद यादब र कोषाध्यक्ष योगेन्द्र कुमार कँवरद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ । सरकार उद्योगपति र श्रमिक प्रतिनिधी बिच सहमति भई घोषणा गरिएको श्रमिकको न्यूनतम ज्यालाको कार्यान्वयन गर्न, संबैधानिक राष्ट्रिय श्रम आयोग गठन गर्न, प्रभागकारी श्रम निरिक्षण प्रणालीको व्यवस्था गर्न, सार्वजनिक सेवा, वित्तीय क्षेत्र र निजामती सेवामा थप गरिएको २५ प्रतिशत पारिश्रमिकको रकममा समानता कायम गर्न सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णय गरेको उनले बताए । याे पनि बढ्नुहाेस, औद्योगिक व्यवसाय ऐन फिर्ता गराउन राष्ट्रपति समक्ष एमालेको लविङ, राष्ट्रपतिले लालमोहर लगाए सडक संघर्षमा जाने