ढकतराजु परीक्षण नहुँदा उपभोक्ता ठगिँदै, कम तौलने बनाउँदा पनि उपभोक्ता बेखवर
काठमाडौं २०, असोज । तरकारी तथा फलफूल नापतौलका सामाग्री नियमित परीक्षण नहुँदा उपभोक्ता ठगिने गरेका छन् । व्यापारीका नापतौल मेसिन वर्षैंदेखि गुणस्तर मापन नहुँदा उपभोक्ता सजिलै ठगिएका हुन् । काभ्रेजिल्लाको प्रमखु व्यापारिक केन्द्र बनेपा, पनौती, धुलिखेलका चोक, अरनिको र बीपी राजमार्गका आसपासमा करिब दुई सयभन्दा बढी व्यापारीबाट उपभोक्ता ठगिँदै आएका छन् । एक किलो फलफूल र तरकारी किन्दा एक सयदेखि दुई सय ग्रामसम्म तौल कम हुने गरेको उपभोक्ताको गुनासो छ । वर्षैदेखि खिईसकेको ढकतराजुले सामान जोख्दा तौल कम हुने भएपनि बाध्यतावश किन्नपरेको उपभोक्ताको भनाइ छ । कतिपय व्यापारीलाई ढकतराजु वार्षीक परीक्षण गर्नुपनर्छ भन्ने समेत थाहा छैन । अन्नपूर्ण पोष्टबाट ।
ग्यास सिलिन्डरको मूल्य घट्यो, ३५० सम्म घटाएर प्रतिसिलिण्डर २ हजार बनाए
काठमाडौं २०, असोज । ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही उद्योगीले मूल्य घटाएका हुन् । ग्यास बिक्रेता संघ काठमाडौंका तथ्यांक अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीनसय रुपैयाँसम्म मूल्य घटाएका हुन् । बिक्रेता संघका अनुसार सबैभन्दा बढी नमस्ते, सगर र त्रिवेणीले मूल्य घटाएका छन् । नमस्ते ग्यासले २३ सय ५० रुपैयाँ लिदैं आएकोमा असोजबाट २ हजार रुपैयाँमा बिक्री गरेको छ । २३ सय रुपैयाँमा बिक्री गर्दै आएको सगरले २ हजार, २३ सय रुपैयाँमा बिक्री गर्दै आएको त्रिवेणीले २ हजार, २३ सय पर्ने नारायणीको सिलिन्डर २१ सय ५०, रुपैयाँमा बिक्री भएको संघले जनाएको छ । त्यस्तै त्रिशुल, सुर्य, एचपी, तारा, गीता ग्यासले पनि २३ सय बाट घटाएर २१ सय मूल्य कायम गरेका छन् । उद्योगीले धरौटीको नाममा मूल्य लिए पनि सर्वसाधारणले धरौटी रकम फिर्ता पाएका छैनन् । कान्तिपुर दैनिकबाट ।
एनसेलले दियो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत प्रेमकृष्ण श्रेष्ठलाई बाइक
काठमाडौं, १९ असोज । एनसेलले ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेमकृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ । श्रेष्ठलाई एनसेलको बाग्मती सेल्स टिमले एक कार्यक्रम माझ सो बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड प्रा.लि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो । यस अघि यो योजना अन्र्तगत मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेजका संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।
फष्ट माईक्रोफाइनान्सको १५ प्रतिशत बोनस सेयर पास, ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडाैं, १९ असाेज । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा सम्पन्न यस माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर दिने संस्थाको प्रस्ताव पारित गरेको छ । साथै, माइक्रो फाइनान्सले २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । त्यसै गरी सभाले सर्वसाधरण सेयर धनीहरुका तर्फबाट सञ्चालक पदमा युवराज क्षेत्री, बामदेव गौली र गोर्खाज फाइनान्स लि।लाई निर्विरोध निर्वाचित गरेको छ । फाइनान्सको तर्फबाट एक सञ्चालन आउने छन् ।
हुन्डाईको ‘फ्रि चेक अप क्याप’ योजना, असोज २० गतेदेखि शुरु
काठमाडौं, १९ असोज । नेपालको लागी हुन्डाई गाडीको एक मात्र अधिक्रित बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लिले ‘हुन्डाइ हाइवे असुरेन्स’– हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याप आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानमा हुन्डाइ गाडीको फ्रि चेक अप क्याप स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरु सँग मनाउने उद्देश्यले हुन्डाई गाडिमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको आयोजकले बताएका छन् । यस फ्रि चेक अपमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडिको फ्रि चेक अप क्याप गराउनुको साथै आवश्यक लुब्रिक्यान्ट तथा कुलल्यान्टको मात्रा कम भएमा निस्शुल्क थप व्यवस्था गरिदिने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत कम्पनीले राजमार्गका बिभिन्न स्थानबिर्तामोड(काँकरभित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), डालीमा रिसोर्ट पार्किंङ (कुरिनटार), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) फ्रि चेक अप पोइन्टको स्थापना गरीएको छ । यसका साथै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटरसम्म रोडसाइड असिसट्यान्टको पनि व्यवस्था गरिने कम्पनीले जनाएको छ । कार्यक्रम असोज २० देखी २२ गते सम्म बिहान १० बजे देखी साझ ६ बजे सम्म सञ्चालन हुनेछ ।
हिमालयन बैंकद्धारा करिव ६ हजार भूकम्प पीडितलाई अनुदान वितरण
काठमाडौं, १९ असोज । हिमालयन बैंकले मंगलबार सम्म ५ हजार ५६५ जना भूकम्प पीडितलाई नीजि आवास पुनःनिर्माण अनुदान वितरण गरेको छ । बैंकले २०७३ जेष्ठमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग गत वर्षको भूकम्पमा क्षति भएका निजि आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्ने सम्झौता वमोजिम बैंकको उपत्यका बाहिरका ७ वटा जिल्ला शाखाहरुमा १३ हजार ९१७ वटा लाभग्राहीहरुको खाता खोलिसकेको छ । बैंकमा हालसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ३९ करोड ५ लाख ५० हजार रुपैयाँ प्राप्त भई ७ हजार ८११ वटा खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । बैंकमा खोलिएको खाता मध्येबाट हालसम्म ५ हजार ५६५ जना लाभग्राहीहरुले रकम बुझिसकेका छन् । बैंकले सकेसम्म छिटो भन्दा छिटो अनुदान वितरण गर्न सम्बन्धित जिल्ला विकास समिति तथा गा.वि.स. सचिवहरुसँग समन्वय गरी हरेक दिन विहान १० बजे देखि ४ बजे सम्म राहत वितरण गर्ने छ । साथै, यसै महिना देखि विदाको दिनमा पनि राहत वितरण गर्ने बैंकले जनाएको छ । बैंकले भूकम्प प्रभावित जिल्लामा नुवाकोटको बट्टार, रसुवाको वेत्रावती, धादिङ्गको धादिङ्गवेंशी, मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, सिन्धुपाल्चोकको वाह्रविसे तथा गोर्खा जिल्लाको गोर्खा नगरपालिकामा रहेका शाखाहरुबाट अनुदान वितरण गरिरहेको छ ।
लक्ष्मी बैंकको ५५औँ शाखा बागलुङ्गमा
काठमाडौं, १९ असोज । लक्ष्मी बैंकले आफ्नो ५५ औँ शाखा बागलुङ्गमा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरु माझ बैंकिङ् सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा मार्फत सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी बैंकले व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ । बैंकले अब ५५ शाखा, २ विस्तार काउन्टर र ७५ एटिएमबाट ग्राहकलाई सुबिधा दिने भएको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४८ अर्व १५ करोड रुपैयाँ निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि समयमा बैंकले करिब ११५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बुधबार पनि बढ्यो सेयर बजार, नेप्से परिसूचकले नाघ्यो १८००
काठमाडौं, १९ असोज । यो साता सेयर बजार लगातार बढिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ८ दशमलब १० अंकले बढेर १८०६ दशमलब ६० अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १३२ कम्पनीको १० लाख कित्ता सेयर ९२ करोड ८४३ लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकममा भने गिरावट भएको छ । बुधबार बजारमा बैंक अफ काठमाडौं लुम्विनीको सबैभन्दा बढी २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य ७८७ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, सेवा विकास बैंक, कुमारी बैंक र ज्योति विकास बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरका लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सो दिन उत्पादनमूलक, हाइड्रोपावर र बीमा समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक उकालो लागेका छन् । होटल, बैंकिङ्, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ५८, १३, ४.८३, ४.६१ र २ अंकले बढेका छन् ।