पुर्ननिर्माण प्राधिकरणको एक बर्षः कहाँ पुग्यो पुर्ननिर्माण ?
भूकम्पको मारमा परेका भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेका छन् । जसमा पुस ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेका छन् भने ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनर्निर्माण गर्ने वातावरण तयार भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लापछि हामीले भूकम्पबाट प्रभावित र कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढेको छ । भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३ सय ११ घर निर्माण भएको जानकारी प्राप्त भएको छ भने १७ हजार १ सय ४४ घरको पुनर्निर्माण जारी छ । घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा २ लाख ४ हजार १ सय ७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएका छन् । जसमध्ये प्राधिकरणको केन्द्रमा १ लाख ७ हजार गुनासा प्राप्त भैसकेका छन् । केन्द्रमा प्राप्त मध्ये पनि ७९ हजार ३ सय २२ वटा गुनासाहरुको पुनरावलोकन भएको छ, जुन नयाँ अनुदान कार्यविधि पारित हुनासाथ प्रकाशन गरिने छ । पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत लगायत पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्न भएको छ भने ६९ वटा सम्पदाको पुनर्निर्माण कार्य जारी छ । चालू आर्थिक वर्ष २०७३/०७४ भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । यस्तै २०० वटा स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १६९ वटा स्वास्थ्य केन्दको पुनर्निर्माण कार्य जारी छ । चालू आर्थिक वर्षभित्रै २६८ वटा स्वास्थ्य केन्द्र तथा संस्थाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । त्यसैगरी ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भएको छ भने २२८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा छन् । चालू आर्थिक वर्षभित्रै केन्द्र र जिल्ला तहका स्थायी एवम् प्रिफ्रेब्रिकेटेड गरी ५०७ वटा भवन पुनर्निर्माण गर्र्ने लक्ष्य छ । शैक्षिक संस्थातर्फ २०० वटा विद्यालयको पुनर्निर्माण भएको छ भने १२०० विद्यालय पुनर्निर्माणको प्रक्रियामा छन् । २०७४ साल कार्तिकभित्र २३ सय विद्यालयहरुको मर्मत सम्भार एवम् पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । भूकम्पबाट क्षति भएका खानेपानी आयोजना मध्ये २९७ वटाको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ भने ९६१ आयोजनाहरुको पुनर्निर्माण भइरहेको छ । यस्तैगरी सडक, जलविद्युत, उद्योग, जीवीकोर्पाजन लगायतका क्षेत्रहरुमा पनि समानन्तर रुपमा कामहरु भइरहेका छन् । ‘अझ राम्रो र बलियो बनाऔं’ भन्ने अवधारणामा आधारित हुँदै एकीकृत सघन बस्तीहरुको विकासमा स्थानीय समुदायलाई प्रोत्साहित गर्नका निम्ति त्यस्ता बस्तीहरुको पूर्वाधार विकास सरकारले गरिदिने निर्णय भएको छ, जस अन्तर्गत यस आर्थिक वर्ष भित्रै कम्तिमा २५ वटा बस्तीहरुको योजना तयारी गर्ने गरी कार्य अघि बढाइएको छ । काठमाडौं उपत्यकाभित्रका सात वटै विश्वसम्पदा क्षेत्रहरु र गोरखा एवं नुवाकोट दरबार क्षेत्रको वृहत्तर विकासका निम्ति गुरुयोजना तयारी कार्य अघि बढाइएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय र विशेषज्ञहरुले भूकम्पबाट भएको हाम्रो क्षतिको अवस्था र वर्तमान संक्रमणकालिन परिवेश समेतका आधारमा मूल्यांकन गर्दै प्राधिकरण गठन भएदेखि एक वर्षको अवधिको कामलाई सन्तोषजनक रुपमा अघि बढेको भनी थप सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । हामीले मुलुकमा जारी राजनीतिक संक्रमण र त्यसले पारेको चौतर्फी असरसँग अलग गरेर हेर्न मिल्दैन । तरपनि भूकम्प पीडित जनतालाई छिटो सेवा सुविधा उपलब्ध गराउने लक्ष्य प्राप्तिका निम्ति हाम्रा अगाडि देखा परेका समस्या र चुनौतीहरुलाई एक पछि अर्काे गरी समाधान गर्दै अघि बढेका छौं । हामीले नयाँ संस्थागत संरचना तयार पारी जनशक्ति परिचालन गर्नुका साथै पुनर्निर्माणमा जनतालाई प्राविधिक सहयोग उपलब्ध गराउन इन्जिनियरहरुलाई गाँउ–गाउँमा परिचालन गरेका छौं । विभिन्न सरकारी निकाय, दातृ निकाय, साझेदार संस्था लगायतको संलग्नतामा नीति तथा कार्यविधिहरु तयार पारी कार्यान्वयनमा ल्याएका छौं । सर्वेक्षण गरेर भूकम्प पीडित जनतालाई बैंकिङ प्रणालीमार्फत अनुदान उपलब्ध गराएका छौ । विभिन्न राजनीतिक दल, साझेदार संस्था, स्थानीय समुदायलाई विश्वासमा लिएर काम गरेका छौं । भूकम्पबाट प्रभावित जिल्लाहरुमा भौगोलिक विकटता छ । त्यहाँ निर्माण सामग्री उपलब्ध गराउन सजिलो छैन । स्थानीय तहमा पुनर्निर्माणको अभियानलाई तीव्रता दिने र स्वामित्व लिने स्थानीय निकायहरु जनप्रतिनिधिबिहिन छन् । त्यसको विकल्पमा हामीले पुनर्निर्माण सामुदायिक समिति गठन गरी जनपरिचालन गर्ने वातावरण तयार पारेका छौं । समस्या र चुनौतीको भूमरीमा फसेको देशमा एक वर्षमा हामीले जुन उपलब्धी हासिल गरेका छौै, त्यसको स्वामित्व लिँदै, देखा परेका कमजोरी, समस्या र चुनौतीका बारे समीक्षा गरी प्राधिकरण र पुनर्निर्माणमा संलग्न सबै निकाय अघि बढ्न आवश्यक छ । भूकम्प पीडित घरधनीलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने गरी अनुदान वितरण सम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृतिको क्रममा छ । भूकम्प प्रतिरोधी घर निर्माण गरे दोस्रो र तेस्रो रकम पाउने निश्चित छ । अतः अनुदान सम्झौता गरी अनुदान रकम प्राप्त गरिसकेका भूकम्प पीडित घरधनीहरुलाई अब अरुले घर बनाइदिन्छ भन्ने भ्रममा नपरी घर पुनर्निर्माणलाई दु्रत गतिमा अघि बढाउन हार्दिक आग्रह गर्दछौं । त्यसैगरी पुनर्निर्माणको स्वामित्व लिन, जनतालाई पुनर्निर्माणमा लाग्नका लागि उत्प्रेरित गर्न र पुनर्निर्माणको कार्यलाई अघि बढाई सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, समाजका सबै तह र क्षेत्रलाई हार्दिक अनुरोध गर्न चाहन्छौं ।( प्राधिकरण गठनको एक बर्ष पुरा भएको अवसरमा आयोजीत पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले व्यक्त गरेको विचार)
नारायणगढ- मुग्लिन सडकमा पर्यटक बस नरोकिने, अन्य सवारी साधन चल्नमा रोक
चितवन, १० पुस । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरेका छन् । चितवनका पर्यटन व्यवसायीले बिहान ११ देखि ३ बजेसम्मको मुख्य समयमा उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक अन्यत्र गएकाले यो समयमा पर्यटक बसलाई नरोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए । पर्यटन व्यवसायी सुमन घिमिरेले सडक रोकिँदा हात्ती महोत्सवसमेत आएकाले यहाँ ठूलो समस्या परेको बताए । चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरीको निगरानीमा हरियो प्लेटका पर्यटक बसलाई पठाउन थालिएको बताए । सडक साँघुरो भएर निर्माणमा असर परेकाले बन्द गरेरै सडक निर्माण गर्नुपर्ने अवस्था आएको जनाउँदै बन्द गरेरै काम थालिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिएका छन् । यो अवरोध कम्तीमा पनि चार महिना जारी रहने उनले बताए । यही पुस ७ गतेदेखि बिहान ११ देखि अपराह्न ३ बजेसम्म सडक बन्द गरेर काम थालिएको छ । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले सूचनामार्फत चालकलाई आग्रह गरेको छ । रासस
घरजग्गा कारोबार ५ गुणा बढीले वृद्धि, बाहिरी चक्रपथ आसपासका क्षेत्रमा अझै चाप बढी
काठमाडौं, १० पुस । विगत केही वर्षयता सुस्ताएको घरजग्गा कारोबार पुनः बढ्न थालेको छ । २०६४/६५ मा एकदमै उच्च विन्दुमा पुगेको घरजग्गा कारोबार त्यसपछिका वर्षमा वर्ष सुस्ताएको थियो । त्यसयता भूकम्प गएको एकवर्ष पछि फेरि घरजग्गा कारोबार मौलाउन थालेको हो । घरजग्गा कारोबारबाट २०६७/६८ मा राज्यले २९ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालू आवको पहिलो महिना साउन महिनामै एक अर्ब ६५ करोड राजस्व संकलन भएको छ । यसरी एक महिनामै एक वर्षभरिको राजस्व त्यो पनि ५ गुणाभन्दा बढीले उठ्नु भनेको कारोबार बढ्नु नै हो । मंसिरसम्म घरजग्गा दस्तुरबाटमात्र ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने अन्य समेत जोड्दा सो राजस्व बढेर ६ अर्ब ३५ करोड पुगेको छ । सरकारले चालू आवमा १४ अर्ब ४ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । राजस्व बढी उठ्नु भनेको घरजग्गाको कारोबार बढी हुनु हो । पछिल्लो समय भूकम्प यता आम नेपाली सुविधा सम्पन्न क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दै गएकोले पनि आवास निर्माणका लागि जग्गाको कारोबार बढी हुने गरेको भुमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले बताए । ‘यसका साथै अहिले आम नेपाली विदेश जाने र विदेशको कमाइबाट सहज स्थानमा आवास निर्माण गर्ने क्रममा घरजग्गाको कारोबार बढेको हो,’ उनले भने । अहिले महिना दिनमै जग्गाको भाउ आनाको एक लाखका दरले बढ्न थालेको जग्गा कारोबारीहरु बताउँछन् । अझ बाहिरी चक्रपथ बन्ने भएपछि चक्रपथले छोएको क्षेत्रको आसपासमा जग्गाको भाउ चर्किदै गएको जग्गा कारोबारीहरुले बताएका छन् । भूकम्प अघिसम्म महिनामा एक/दुई जना फाटफुट जग्गा खोज्न आउने गरेकोमा अहिले दिनमै ८/१० जना समेत जग्गा हेर्न र भाउ बुझ्न आउने गरेको कीर्तिपुरका गंगाराम महतले बताए । ‘जग्गा खोज्न आउने मानिसहरुलाई कहाँसम्म वाहिरी चक्रपथले छुन्छ, त्यसको आसपासको जग्गा उनीहरुको रोजाइमा परेको छ,’ उनले भने ‘त्यतिमात्रै होइन भिरालो तथा वागमती किनारको जमिनमा समेत पैसा हाल्नेको कम छैन । ‘राम्रो ठाउँको अर्थात पक्की/कच्ची सडक नजिकको मूल्य त एक वर्षमै झण्डै दोब्बर हुन थालिसकेको कारोबारीले बताएका छन् । अहिले २०/२५ रोपनी लिएर सामुहिक आवास निर्माणका लागि पनि जग्गा खोज्न विभिन्न समूह आउने गरेको अर्का जग्गा कारोबारी अमृत केसीले बताए । कीर्तिपुरमामात्रै होइन पछिल्लो समय प्राय उपत्यकाका सबै स्थानमा घरजग्गाको कारोबार दिनप्रतिदिन बढ्दै गएको छ । भित्री स्थानमा समेत जग्गाको भाउ र खरिदकर्ता दुबै बढेको पाइएको छ । बैना पट्टा गर्न पाए पास भनेको विस्तारै गर्ने सोचमा खदिकर्ता भएपनि जग्गा धनी भने साता/दश दिनमै बढ्को मूल्यले अझै ‘पर्ख र हेर’को सोचमा रहेको स्थानिय रामबाबु कार्कीले बताए । खदिरकर्ताको चाप बढेपछि तत्काल जग्गा विक्री गरिहाल्नु भन्दा पनि केही समय पर्खिने सोचमा आफू पुगेको उनको भनाइ छ । थानकोट, सितापाइला, बाजालु, नेपालटार, बुढालिनकण्ठ, बौद्ध जोरपाटी, भक्तपुरका तथा ललितपुरका विभिन्न स्थानमा घरजग्गा खदिर कर्ता बढ्दै गएको छ । देशका प्रमुख सहर विराटनगर, बीरगञ्ज, पोखरा,भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरलगायताका स्थानमा जग्गाको भाउ आँकासिादो अवस्था रहेको एक जग्गा कारोबारीले बताए । उपत्यकामा कतिपय यस्ता घरजग्गा कारोबारीहरुले जग्गा किन्ने घर बनाउने र केही समयमै ५ देखि १० लाखसम्म नाफा लिएर घर विक्री गर्नेको संख्या कम छैन । त्यतिमात्रै कहाँ होर सस्तोमा घर किन्ने र पछि त्यसलाई डेन्टिङ पेन्टिङ गरेर विक्री गर्ने व्यक्तिगत कारोबारी पनि विस्तार हुँदै गएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट आवास तथा घरनिर्माणका लागि सहजै सस्तो व्याजमा ऋण पाउने भएकोले पनि घरजग्गाको कारोबार बढ्दै गएको नेपाल बैकर्स एशोसिएशनका निवर्तमान अध्यक्ष उपेन्द्र पौड्यालले बताए । ‘उनीहरुले भविष्यसम्म अर्थात कर्जा अवधिसम्म ऋण तिर्ने बलिया आधारहरु भएमा मात्र ऋण दिने हो,’ उनले भने ‘घरजग्गामा लगानी गर्दा हाम्रो ऋण नडुब्ने र आवास तथा जग्गा खदिरका लागि लिएको ऋण आमनागरिकले पहिलो प्राथमिकतामा राखेर समयमै तिर्ने भएकाले पनि बैंकहरुले यसमा लगानी बढाएको पौड्यालले बताए । घरजग्गा किनबेच उच्च विन्दुमा पुगेपनि राष्ट्र बैंक भने यस सम्बन्धी कुनै नयाँ योजना तथा कार्यक्रम ल्याउने सोचमा पुगेको छैन । घरजग्ग्गा धितो राखेर लिने ऋणको मार्जिन ल्याडिङ ६० प्रतिशतबाट ५० प्रतिशतमा मौद्रिक नीतिबाटै झारिसकेको छ ।
नेपाल एसबिआई बैंकको एफपिओ आजबाट खुला, पुस १३ गतेसम्म आवदेन दिन पाइने
काठमाडौं, १० पुस । नेपाल एसबिआई बैंकको थप नयाँ साधारण सेयर (एफपीओ) आजबाट बिक्री खुला भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको ६७ हजार ७ सय ६७ कित्ता सेयरको बिक्री खुला गरेको हो । यस कम्पनीले सर्वसाधारणको लागि ६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर निश्काशन गरेको छ । प्रिमियम मूल्य सहित बैंकको एफपीओको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । उक्त सेयर पुस १० गतेदेखि छिटोमा १३ गतेसम्म र ढिलोमा पुस २४ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । काठमाडौंको केशरमहलमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । सो मात्राको एफपीओको लागि इच्छुक लगानीकर्ताले एनएमबी बैंकिङ् लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ् लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत तोकिएको मितिमा आवदेन दिन सक्नेछन् ।
तोसिबाको नयाँ एलइडी टिभी सार्वजनिक, मूल्य २४ हजारदेखि एक लाख १० हजार रुपैयाँ
काठमाडौं, १० पुस । चौधरी समूहको ईओएल प्रालीद्धारा तोसिबाको एलईडी टिभी र रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक भएको छ । तोसिबाको एल ५६ सिरिज, एल ३६ सिरिज र एल २६ सिरिज गरि तीन नयाँ एलईडी टिभी बजारमा सार्वजनिक भएको हो । कम्पनीका अनुसार एल ५६ सिरिजको टिभीमा इन्टर्नल मेमोरी प्रयोग बिनै सबै एप्सहरु कोल्ड सर्भरमा स्टोर हुनेछन् । त्यस्तै, एल ३६ र एल २६ सिरिजमा फाईभ स्टार सुरक्षा, २० वाट साउण्ड आउटपुट रहेको छ । साथै, मोबाईललाई टिभीमा कनेक्ट गरेर मोबाईलको फङ्सनहरु टिभीमा चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी टिभीहरु वातावरण सुहाउँदो रहेको छ । साथै, यी तीनै एलईडी टिभी तोसिबाको फाईभस्टार सुरक्षा, उच्च गुणस्तरको पिक्चर र साउण्ड प्रविधि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजारमा टिभी २४ ईन्च देखि ५५ ईन्च सम्मका रहेका छन् । नेपाली बजारमा उक्त टिभीको मूल्य २४ हजार रुपैयाँ देखि एक लाख १० हजार रुपैयाँ सम्म पर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले एलइडी टिभीका साथै वाशिङमेसिन र रेफ्रिजेरेटर पनि बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार तोसिबाको घरायसी सामानले थोरै बिजुलीको खपत गर्दछ । साथै, तोसिबाका सबै सामानमा एक वर्षको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ ।
टोयोटाको नयाँ शोरुम अब कुपण्डोलमा, विभिन्न मोडलका गाडिहरु खरिद गर्न सकिने
काठमाडौं, १० पुस । टोयोटा गाडीका नेपालका लागि एक मात्र आधिकारिक वितरक युनाइटेड टेडर्स सिण्डिकेटले नयाँ शोरुम ललितपुरको कुपण्डोलमा संचालन गरेको छ । टोयोटा गाडि बिक्री गर्दै आएको इष्टलिंक मोर्टस प्रालिले टोयोटाको गाडिहरुको नयाँ शोरुम शनिबारदेखि संचालनमा ल्याएको हो । शोरुमको उद्घाटन भ्वइथका प्रेसिडेन्ट शुरज बैद्य र प्रबन्ध निर्देशक रितु सिंह बैद्यले संयुक्त रुपमा गरेका हुन् । नयाँ शाखामा टोयोटाका विभिन्न मोडलहरुका गाडिहरु खरिद गर्न सकिनेछ । कम्पनीले नयाँ शाखा स्थापना गरेको उपलक्ष्यमा टोयोटा गाडि खरिदकर्ताहरुका लागि विशेष सुविधा तथा अफरहरु पनि दिने बताएको छ । साथै, उक्त अवसरमा नयाँ गाडी खरिद गर्ने ७ जना ग्राहकलाई साँचो हस्तान्त्रण गरेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकको चाहनालाई मध्येनजर गर्दै शोरुम विस्तार गरेको हो । कम्पनीका अनुसार यस शोरुमबाट ग्राहकले प्राडो, र्याफो, हाइलक्स लगायतसबै किसिमका टोयोटा उत्पादनहरु खरिद गर्न सक्ने छन् ।
चन्द्रागिरि आर्थिक विकासको कोशेढुङ्गा- टाङ्गलियाङ्ग ची
काठमाडौं, १० पुस । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’ का सचिव टाङ्गलियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका हुन् । उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका इन्जिनियर फागजुन लगायत दूई दर्जन चिनियाँ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारहरुको वारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक सम्वृद्धि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रले गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।’ चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिव चीले ‘चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने विश्वास व्यक्त गरेका छन् । ’ यसअघि चेन्दुका मेयर समेत रहेका टाङ्गलियाङ्ग ची काठमाडौं महानगरपालिका र चीनको सिचुवान प्रान्तको सदरमुकाम चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्न गत शुक्रबार नेपाल भ्रमणमा आएका थिए ।
पाँच वटा रेल सञ्जाल विस्तार गर्दै नेपाल, बर्दिबासमा यसरी बन्दैछ मेची-महाकाली विद्युतीय रेल
काठमाडौं, १० पुस । नेपालले दिर्घकालिन रणनीति अन्तर्गत पाँच वटा रेल वे सञ्जाल विस्तारको काम अघि बढाइरहेको छ । यसरी निर्माण हुने रेल वे सञ्जालहरुमा क्रस बोर्डर रेल वे कनेक्टीभीटीदेखि मेची–महाकाली विद्युतिय रेल मार्ग र उपत्यकामा मेट्रो रेल सञ्जाल समेत पर्छन् । मेची महाकाली रेल मार्गको बर्दिबास-लालबन्दी खण्डमा धमाधम निर्माण भैरहेको रेल मार्ग फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको रेल विभागले उपत्यकामा मेट्रो रेल, तराई मेची महाकाली विद्युतिय रेल वे, भारतसँग जोडिने बिभिन्न ५ नाकामा क्रस बोर्डर कनेक्टीभीटी रेल वे प्रोजेक्ट, काठमाडौं–पोखारा–लुम्बिनी विद्युतिय रेल मार्ग र रसुवागढी–काठमाडौं रेल मार्ग पर्छन् । ‘हामीले नेपालमा आधुनिक रेल सञ्जाल विस्तारको योजनासहित बिभिन्न पाँच वटा रेल वे नेटवर्क निर्माणमा जुटेका छौं, मेची–महाकाली रेल मार्ग निर्माणको काम थालिसकिएको छ भने अन्य नेटवर्कका लागि विभिन्न चरणमा अध्ययनहरु भैरहेका छन्’, रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट उनका अनुसार मेची महाकाली रेल वे नेटवर्क अनुमानित ९४५ किलोमिटरको हुनेछ । जसको बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरटमा अहिले धमाधम निर्माण कार्य भैरहेको छ । त्यस बाहेक भारतसँग जोडिने पाँच वटा क्रस बोर्डर रेल वेको काम भैरहेको पनि जानकारी दिए । जस अनुसार मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर, जयनगरदेखि जनकपुरहुँदै बर्दिबाससम्मको ६९ किलोमिटर, जोगबनीदेखि बिराटनगरसम्मके १३ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क रहेको छ । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट यस बाहेक काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न भएर केहि बर्ष पहिले नै रिपोर्ट आइसकेको छ । काठमाडौं–पोखरा रेल मार्गको पनि सम्भाव्यता अध्ययनको रिपोर्ट ६ महिना पहिले नै तयार भैसकेको छ । त्यस्तै, विभागले काठमाडौं–बिरगञ्ज रेल रेल मार्गको सम्भाव्यता अध्ययनका लागि ३१ दिने समय सिमा तोकेर ग्लोबल टेण्डर आव्हान गरेको छ । काठमाडौं–रसुवागढी रेल मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको लागि विभागले १० करोड बजेट छुट्याएको छ । सोही बजेटबाट सम्भाव्यता अध्ययनका लागि टेण्डर आव्हान गर्ने सोँचमा विभाग पुगेको आचार्यले बताए । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायका अनुसार नेपालले निर्माण गर्न लागेको रेल वे नेटवर्कले युरोप र चिनियाँ रेल वे नेटवर्कसम्म पहुँच पुर्याउँछ ।‘हामीले बनाउन लागेको रेल वे नेटवर्कले ट्रान्स एसियन रेल नेटवर्क हुँदै युरोप र चीन जोड्नेदेखि लिएर रसियाले बनाएको साइबेरियन रेल वेसम्म पुग्न सकिन्छ ।’ नेपालले आफ्ना सम्पुर्ण रेललाई आधुनिक प्रबिधीको स्ट्याण्डर्ड गेजमा निर्माण गर्न लागेको छ ।‘हामीले बनाउने रेल स्ट्याण्र्ड गेजको हुनेछ, जुन भारतको भन्दा आधुनिक हो ।’, महानिर्देशक आचार्यले भने । यी हुन सम्भाव्यता अध्ययन सम्पन्न भएका रेल वे मेची–महाकाली ९४५ किलोमिटर काठमाडौं–पोखारा १८७ किलोमिटर मेची–महाकाली(आँबु खैरेनी लिंक) ७२ किलोमिटर मेची–महाकाली(उत्तर दक्षिण लिंक) ११३ किलोमिटर निजगढ–हेटौँडा–भरतपुर १३५ किलोमिटर डिपिआर तयार भएको रेल वे बर्दिबास–सिमरा–बिरगञ्ज १३६ किलोमिटर सिमरा–तम्सरिया १२७ किलोमिटर तम्सरिया–बुटवल–लुम्बिनी लिंक १०९ किलोमिटर