विकासन्युज

एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति प्रदान

काठमाडौ । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ । यस ‘पहिलो सिम’ योजना अन्तर्गत, एनसेलले तयारी कक्षा संचालन गर्ने १६ वटा ब्रिज कोर्स इन्स्टिट्युटहरुका ३/३ जना उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ । आफ्नो प्रतिबद्धता अनुरुप, एनसेलले योग्यता पुगेका अरु थप विद्यार्थीहरुलाई पनि यो योजना रहुञ्जेल आंशिक छात्रवृत्ति प्रदान गर्दै जानेछ । ब्रिज कोर्स इन्स्टिट्युटहरुले विभिन्न समयमा लिएको आन्तरिक परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरु आंशिक छात्रवृतिका लागि छानिएका हुन् । २०७३ सालका एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै एनसेलले ‘पहिलो सिम’ योजना अन्र्तगत उत्कृष्ट विद्यार्थी छनोट तथा छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न ब्रिज कोर्स इन्स्टिट्युटहरुसँग सहकार्य गरेको छ । एनसेलका अनुसार, आंशिक छात्रवृत्ति माध्यामिक शिक्षा पछिको उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षामा सहभागी भईरहेका विद्यार्थीहरुको मिहेनतको फल हो । ‘पहिलो सिम’ योजना अन्र्तगत परीक्षार्थीहरुले लिएको सिमले उनीहरुको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै आफ्ना साथीभाई तथा परिवारसँग सम्पर्कमा रहि रहन मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ । असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्छन् र माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्छन् ।

हिमालयन बैंकको सहयोगमा मैतीदेवी मन्दिरमा ८ वटा सीसीटीभी क्यामरा

काठमाडौं । हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक सम्पदाहरुको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सि.सि टी.भी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण उपलब्ध गराएको छ । बुधबार बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सि. सि. टी. भी. सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्ने बताईएको छ । मारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दहाल, बैंकका सञ्चालकहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा मैतीदेवी क्षेत्र प्रबन्ध समितिका अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो । समारोहमा मन्तव्य ब्यक्त गर्दै अध्यक्ष श्रेष्ठले सि. सि. टी. भी. जडान भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले यसअघि पनि बैंक तथा व्यक्तिगत एवं पारिवारिक सहयोगमा मैतीदेवी मन्दिरमा तोरण एवं ढलोटका २ सिंह प्रतिमाहरु स्थापना गरिसकेको जानकारी दिए । यसैगरि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको बताए ।

कन्चन डेभलपमेन्ट बैंकको १० लाख कित्ता हकप्रद निष्कासन, १० कित्ता हुनेले ३ कित्ता पाउने

काठमाडौं । कन्चन डेभपलमेन्ट बैंकले १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले ३४ करोड ६५ लाखको चुक्ता पुँजीमाा १० करोड ३९ लाख बृद्धि गर्ने गरी हकप्रद सेयर जारी गरेको हो । यो बैंकले यही गत जेठ ३१ गतेसम्म कारोबार गरेको सेयरधनीले मात्रै हकप्रद किन्न पाउने गरी सूचना जारी गरेको छ । यो बैंकले १० कित्ता हुनेलाई नयाँ ३ कित्ता सेयर (१०ः ३)को अनुपातमा हकप्रद सार्वजनिक गरेको हो । यसको सेयर आवेदन यही असार ३० गतेबाट भदौ १ गतेभित्र दिइसक्नुपर्ने छ । यसको आवेदन दिन कन्चनका सबै शाखा, ग्लोवल आइएमई बैंकको काठमाडौं बाहिरको तोकिएको शाखाबाट मात्रै आवेदन दिन पाइने छ । यसको विक्र प्रवन्धक ग्लोवल आइएमई लिमिटेड हो ।

सप्तकोशी डेभलपमेन्टले जारी गर्यो २७ लाख कित्ता हकप्रद, असार ३० देखि आवेदन खुला

काठमाडौं । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ कित्ता बराबार अर्को १ दशमलव ३ कित्ता अर्थात (१ः१.३)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । यो बैंकले यही असार १४ गतेभित्र सेयर कारोबार गरेर शेयरधनीले हकप्रद किन्न पाउने जानकारी दिएको छ । यो बैंकले निकाले एक सय रुपैयाँ प्रतिकित्ता यो हकप्रद सेयरको यही असार ३० देखि भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । यसको आवेदन दिन बैंकका कार्यालय, एनएमबी क्यापिटल लिमिटेड र एमएमबी बैंकका तोकिएको शाखाबाट आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

ज्योति विकास बैंकले ३३ लाख कित्ता सेयर लिलामीमा बेच्दै, असार २८ भित्रै प्रस्ताव दिनुपर्ने

काठमाडौं । ज्योति विकास बैैंकले साधारणतर्फ र संस्थापकको गरी ३३ लाख ७७ हजार ५ सय ८ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ । यो बैंकले संस्थापकतर्फको २८ लाख १२ हजार ३३६ कित्ता र साधारणतर्फको ५ लाख ६५ हजार १७१ कित्ता सेयरको लिलामी गर्दै छ । यो बैंकले यही असार २१ देखि २८ भित्र गोप्य शिलवन्दी पेश गर्न पनि आग्रह गरेको छ । यसको सेयर लिन कम्तिमा एक सय रुपैयाँमा गोप्य शिलबन्दीबाट प्रस्ताव पेश गर्नुपर्ने छ । यो बैंकले गत बैशाख २८ देखि जेठ ३१ सम्म खुला गरेको हकप्रद सेयरबाट विक्री नभएका सेयरको लिलामी गर्न लागेको हो । यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

८८ फाइनान्स ३३ मा झरे, मर्जर सहमति अनुसार गए १५ वटा मात्रै हुने

काठमाडौं । वित्तीय बजारमाा प्रतिस्पर्धा गर्न नसकेपछि फाइनान्स कम्पनीले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् । राष्ट्र बैंकले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि फाइनान्स कम्पनीहरु यो बाटो लागेको हुन् । मुलुकभर २ वर्षअघिसम्म ८८ वटा फाइनान्स कम्पनी थिए । अहिले झरेर ३३ वटामा आइपुगेका छन् । यसमध्येको धेरैजसो कम्पनीले मर्जर वा एक्विजिसनमा जाने निर्णय गरिसकेका छन् । अहिलेसम्म मर्जर र एक्विजिशनमा जाने निर्णय गरेका फाइनान्स कम्पनी त्यस अनुसार गए १५ वटामा झर्ने देखिन्छ । नागरिक दैनिकबाट ।

स्थानीय तहले आन्तरिक ऋण उठाउन पाउने

काठमाडौं । केन्द्र सरकारले उठाउँदै आएको आन्तरिक ऋण अब स्थानीय तहले पनि उठाउने पाउने भएका छन् । सरकारले कानूनी व्यवस्था गरेरै यो सुविधा दिएको हो । स्थानीय तहलाई दिने ससर्त तथा निसर्त अनुदान, स्थानीय तहको आन्तरिक आय र प्राकृतिक स्रोतबापतको रोयल्टीभन्दा थप बजेट आवश्यक परे आन्तरिक ऋण उठाउन पाउने व्यवसथा हुन लागेको हो । सरकारले केही समयअघि व्यवस्थापिका संसद्मा पेश गरेको अन्तर सरकारी वित्त व्यवस्थापन सम्वन्धमा बनेको विधेयकको मस्यौदामा स्थानीय तहले पनि आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था गरेको छ । कान्तिपुर दैनिकबाट ।

स्वीकृती नलिएका अवैध खानी प्रहरी सेटिङमा, स्थानीयको गुनासो सुन्ने कोही भएन

ललितपुर । लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चलछन् । तर प्रहरीले तिनलाई देख्दैनन् । अवैध खानी र क्रसर उद्योगहरु टीका भैरव प्रहरी चौकीबाट ५ सय मिटरको दुरीमा छन् । बुरुन्चुली क्षेत्रमा सञ्चालित क्रसरहरुको आवाज चौकीमा पनि सुनिन्छ । विना स्वीकृति चलिरहेका यी उद्योगहरु रोक्न न चापागाँउ प्रहरीले प्रयास गरेको छ । न त टीकाभैरव प्रहरीले नै । यी दुई बृत्त र चौकीमात्रै होइन, महानगरिय प्रहरी परिसर जावलाखेल, जिल्ला खानी अनुगमन समिति पनि उस्तै मौन छन् । सेटिङमा खानी तथा क्रसर सञ्चालन भइरहेकोले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीयको आरोप छ । कान्तिपुर दैनिकबाट ।