नेपालीलाई शरण दिन नकिने अमेरिकी अदालतका फैसला
न्यूयोर्क । अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एउटा मुद्दामा अमेरिकाको पुनरावेदन अदालत (युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर द सेकेन्ड सर्किट)ले यस्तो फैसला गरेको हो । अमेरिकामा राजनीतिक शरण (एसाइलम) सम्बन्धी मुद्दाको अन्तिम छिनोफानो पुनरावेदन अदालतले गर्छ । अदालती फैसला नजिरका रुपमा स्थापित हुन्छ । कान्तिपुर दैनिकबाट ।
साउदीले कामदार र गोठलाहरुकाे मानव अधिकार हनन गरेकाे कतारकाे अाराेप
काठमाडौं । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ । कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको समितिका अध्यक्ष डा. अलिविन समैखा अल मर्रीले बताए । साउदीले जुन ५ गतेबाट कतारसँग कूटनीतिक सम्बन्ध विच्छेदसँगै नाकाबन्दी गरेपछि कतारी नागरिकलाई साउदी जान रोक लगाएको छ । साउदीमा भएका कतारीहरू आफ्नो मुलुक फर्किसकेका छन् । ‘साउदीको कूटनीतिक विच्छेद र नाकाबन्दीपछि साउदीमा रहेका धेरै आप्रवासी कामदार अलपत्र छन्,’ बुधबार कतारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरूलाई कतारमा आउन नदिइएको छैन ।’ कतारमा ऊँट र बाख्रा पालन तथा खेतीपाती गर्न ठाउँ निकै कम छ । कतारी नागरिकको साउदीमा खेतीपाती, उँmट, भेडाबाख्राको गोठ छ जसमा कतार पुगेका कामदारलाई उनीहरूले साउदीमा लिएर जाने गरेका छन् । साउदीले गत साता साउदी र कतारको सीमा आसपास भएका कामदार र ऊँटलाई भने डिपोर्ट गरिदिएको थियो । बोर्डरबाट निकै टाढा र भरुभूमिका भित्री भागहरूमा कार्यरत कामदार भने बिचल्लीमा छन् । ती कामदारलाई खानाको समेत अभाव भएको मुर्रीले जनाए । कान्तिपुर दैनिकबाट ।
आधा दर्जन च्यालन थप्दै डिसहोम, दशैंसम्ममा नयाँ च्यानल आइसक्ने
काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम)ले आफ्नै आधा दर्जन टीभी च्यानल थप गर्ने भएको छ । यसले हाइ डेफिनेशन (एचडी) च्यानल ल्याउन लागेको हो । दशैंसम्ममा मनोरञ्जनात्मक ६ वटा च्यानल ल्याउने तयारी भइरहेको डिसहोमका महाप्रवन्धक कल्याण अधिकारीकारीले जानकारी दिनुभयो । मल्टिपल टीभी नेटवर्कमार्फत थप टीभी च्यानल ल्याउन लागिएको हो । सञ्चार मन्त्रालयको यसको राजस्वसमेत तिरिसकिएको छ । यो कम्पनलिे भूभी, स्पोस्र्ट, इन्टरटेन्मेन्टे, म्युजीक च्यानल थपको आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । यसले बाँकी च्यानल भने संचानलको तयारी गर्दै अगाडि जाने जानकारी पनि दिएको छ । नेपालमा अाफ्नाे ३५ प्रतिशतसम्मकाे बजार हिस्सा बनाउन सफल याे टीभी च्यानलले अाफ्ना ग्राहकलाइ मनाेरन्जन दिन थप च्यानल ल्याउन लागेकाे बताएकाे छ । च्यानल सबै मनाेरन्जनात्मक हुने पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
एकै दिन पाँच करोडको दही विक्री, एकैदिन साढे २ लाख लिटर बिक्यो
काठमाडौं । उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ । असार १५ मा दहि र चिउरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । माग अघिक हुने गरेकोले ठूला उद्योगीलाई असार १५ भ्याइनभ्याइ हुने गरेको छ । असार १४ देखि नै आम उपभोक्ताले दहिको माग गर्ने गरेका छन् । माग बर्षेनी बढ्दै जाँदा कच्चा दूधको अभावमा माग पूरा गर्न गाह्रो परिरहेको उद्योगि व्यवसायीको भनाइ छ । अनौपचारिक रुमा भने दहिको कारोबार ६ करोड रुपैयाँ भन्दा बढीले भएका पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
सेयर बजारमा ब्रोकरको सिण्डिकेट, राज्यलले कर माग्दा बजार नै बन्द
काठमाडौं । नियमति कारोबारका लागि खुलेको सेयर बजारमा विहिबार भने कारोबार हुन सकेन । नेप्से बजार खुले पनि शेयर दलाल किनबेचमा संलग्न नहुँदा बिहीबार शेयर बजार कारोबार बन्द भएको हो । आन्तरिक राजस्व विभागले शेयर दलाल व्यवसायीलाई भ्याटमा दर्ता गर्न पत्राचार गरेको भन्दै बिहीबार शेयर कारोबार बन्द गरेका हुन् । आन्तरिक राजस्व विभागका विभिन्न कार्यालयले कर उठाउने पत्र पठाएको विरोधमा नेपाल स्टक दलाल संघको बिहीबार बिहान आपतकालिन बैठक बसेको थियो । बैठकले धितोपत्र कारोबार उैन २०६४ मा उल्लेख नभएको मूल्य अभिवृद्धि कर सरकारले लगाउन ताकेता गरेकाले बिहीबार सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको थियो । सरकारले ब्रोकर कमिशन मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न दिएको निर्देशनको अवज्ञा गर्दे कारोबार नै बन्द गरेका हुन । सरकारले भने १५ दिन भित्रै यस अघि नतिरेको सबै भ्याट र त्यसको जरिवाना, थप दस्तुरसहित तिर्न आग्रह गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।
चुणामणि शर्मासँग अख्तियारले माग्यो ३ अर्ब २ करोड धरौटी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन घर फरछ्यौट आयोगका सदस्य सविच तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मासँग ३ अर्ब २ करोड धरौटी मागेको छ । १२५ वटा फाइलको अध्ययन हुँदा ९ अर्ब १० करोड अनियमितता भएको देखिएको आयोगले जनाएको छ । तत्कालिन कर फरछ्यौट आयोगका तीन सदस्यलाई बराबर धरौटी मिलान गर्दा शर्माको भागमा ३ अर्ब २ करोड परेको हो । आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकाल भने अझै परार छन् । शर्माले ३ अर्ब २ करोड रुपैंयाँ धरौटी बुझाएमा तारेखमा छोड्न सकिने आयोगले जनाएको छ । अख्तियारले शर्मालाई जेठ १९ गते पक्राउ गरी हिरासतमा राखेको छ ।
नेपालमा अस्ट्रेलियाली लगानी आउने विश्वास
काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल-अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अस्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गरे । उनले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पुर्याएको सहयोगको सराहना पनि गरे । राजदूत बडले अस्ट्रेलियामा नेपालीको बसोबास बढेको उल्लेख गर्दै दुई देशबीच जनस्तरसम्म सम्बन्ध विकसित भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । यसैबीच मन्त्री महरासँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रतिनिधि पिप्पा ब्राडफोर्डले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा उनीहरुबीच नेपाल सरकारसँग भएको खाद्य कार्यक्रमसम्बन्धी सम्झौताका विषयमा छलफल भएको उपप्रधानमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए । रासस
माँदुर्गा फुड्सको अनमोलका उत्पादनहरु नेपाली बजारमा उपलब्ध
काठमाडौं । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यवसायीहरुद्वारा प्रबद्र्धित माँदुर्गा फुड्स प्रा. लि. ले आफ्ना उत्पादनहरु आटा, मैदा, सूजी र दलिया नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले उपभोक्ताको सहजताका लागि नेपालकै धेरै शाखाहरु भएका सुपरमार्केट भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ । आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा(५ केजी), मैदा(२ केजी), सुजी (१ केजी) र दलिया(१ केजी) नेपालभरिका अधिकांशपसलहरुमा समेत उपलब्ध छ । शुद्ध गहुँको दानालाई लेटेष्ट स्विस टेक्नोलोजि अर्थात अत्याधुनिक स्विस प्रविधीयुक्त फुल्लि अटोमेटेड प्लान्टबाट उत्पादन एवम् प्रशोधन गरिने भएकाले यस उद्योगबाट उत्पादित सम्पूर्ण उत्पादनहरु गुणस्तरीय साथै स्वस्थ कर समेत हुने कम्पनीले जानकारी गराएको छ ।