विकासन्युज

नासा सेक्युरिटिजले तीन दिन कारोबार गर्न नपाउने

काठमाडौं । नासा सेक्युरिटिजले तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त सेक्युरिटिजले कारोबार राफसाफमा लापर्वाही गरेकाले सामेबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको छ । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी बुधबार(असार २१ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाउने निर्णय गरेको हो ।

बैंक अफ काठमाण्डूका सिइओ श्रेष्ठद्धारा राजीनामा, को बन्ला नयाँ सिइओ ?

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिसँग खटपट परेपछि श्रेष्ठले राजीनामा गरेका हुन् । बैंकको व्यवसाय विस्तारमा उल्लेख्य सुधार नगरेको भन्दै सञ्चालक समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । चार बर्षे कार्यकालका लागि श्रेष्ठले गत असारमा मात्रै कार्यभार सम्हालेका थिए । श्रेष्ठले राजीनामा गरेसँगै सोभनदेव पन्त, अनिल केसरी शाह, किशोर महर्जन, तुलसी गौतम, उपेन्द्र पौडेल र सुमन जोशी र उज्वलराज राजभण्डारीलाई नयाँ कार्यकारी प्रमुखको दावेदार मानिएको छ । उनीहरु आ आफ्नो तर्फबाट प्रमुख कार्यकारी अधिकृत बन्नका लागि लबिङ गरिरहेको श्रोतले बतायो । यो पनि बढ्नुहोस् : प्रमुख कार्यकारी अधिकृत फेर्ने विषयमा बैंक अफ काठमाण्डूमा खटपट

कन्काई विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २३१ रुपैयाँ मात्र

काठमाडौं । सोमबार कन्काई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २१४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २३१ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहने छ ।

उपत्यकामा बिजुलीको तार अन्डर ग्राउन्ड गरिने, एडीबीले १५ अर्ब ऋण सहयोग गर्ने

काठमाडौं । विद्युत् प्रसारण क्षमता बृद्धि गर्न एशियाली विकास बैंक(एडीबी)ले करिब १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । काठमाडौँ उपत्यकाको विद्युतीय क्षमता विस्तार, सुधार तथा विद्युतीय तारलाई भुमिगत गरी सहरी सौन्दर्य बढाउन बैंकले सो रकम ऋण स्वरुप उपलब्ध गराउन लागेको हो । गत बिहीबार बैंक सञ्चालक समितिको बैठकले सो ऋण सहयोग उपलब्ध गराउने निर्णय गरेको बैकको वेवसाइटमा उल्लेख गरिएको छ । आम नेपालीलाई प्रभावकारी एवम् दीगो ऊर्जा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्यअनुसार विद्युत् वितरण प्रणालीलाई प्रभावकारी बनाउन बैंकले सहयोग गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । सो रकम काठमाडौँ उपत्यकाको विशेष गरी नेपाल विद्युत् प्राधिकरणको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गत विद्युतीय संरचना भूमिगत गर्ने कार्यका लागि सो रकम खर्च गरिने छ । यस अघिनै प्राधिकरणले नमुना परियोजनाका रुपमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको सम्पूर्ण विद्युतीय संरचनालाई भूमिगत गर्ने कार्य अगाडि बढाएको छ । सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ पहिलो चरणमा ती दुई स्थानबाट विद्युत्का तार भूमिगत गर्न लागिएको हो । दिगो विकास लक्ष्यको महत्वपूर्ण कार्यसूचीका रुपमा रहेको सबैका लागि दिगो ऊर्जा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्यका साथ बैंकले सो रकम उपलब्ध गराएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तले जानकारी दिनु भयो । विद्यमान प्रसारण प्रणालीको सुधार गर्दै काठमाडौँ उपत्यकामा थप विद्युत् आयातका लागि मार्ग प्रसस्त गर्न, प्रसारण लाइनको क्षमता विस्तार एवम् विकास गर्दै वितरण प्रणाली गर्नु जरुरी भइसकेको छ । परियोजना अन्तर्गत वितरण प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान गर्दै प्राविधिक एवम् व्यावसायिक चुहावटलाई नियन्त्रण गर्नसमेत सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, प्रसारण प्रणालीको क्षमता विस्तार एवम् वितरण प्रणालीको सुधारले प्राधिकरणको वितरण केन्द्रको कार्य सञ्चालन एवम् व्यावसायिक दक्षताको अभिवृद्धिका लागि समेत सहयोग पुग्नेछ । प्राधिकरणले सञ्चालनमा ल्याउन लागेको स्मार्ट ग्रीड तथा अत्याधुनिक वितरण प्रणालीले व्यावसायिक दक्षताको समेत विकास गर्ने सो रकम खर्च गरिने मन्त्रालयले जानकारी दिएको छ । केही वर्षभित्र महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने भएकाले पनि प्रसारण लाइनको विकास र विस्तार महत्वपूर्ण हुने देखिएको छ । अबको एक वर्षभित्र स्वदेशी लगानीमा निर्माण भइरहेको चार सय ५६ मेगावाटको माथिल्लो तामा कोशी जलविद्यु्त् आयोजनाबाट विद्युत् उत्पादन भइसक्ने छ भने दार्चुलामा निर्माण भइरहेको ३० मेगावाटको चमेलिया र मकवानपुरमा निर्माधिन १४ मेगावाटको कुलेखानी तेस्रोलेपनि आगामी पुस भित्र विद्युत् उत्पादन गरिसक्ने छन् । सरकारले आगामी आर्थिक वर्ष २०७४/a७५ को अन्त्यसम्म ८ सय मेगावाट विद्युत् उत्पादन क्षमता थप्ने लक्ष्य निर्धारण गरेको छ । हाल भएको ९६१.१५ मेगावाटलाई वृद्धि गरेर एक हजार सात सय ६१ मेगावाट विद्युत् पुर्याउने योजना बनाएको हो । उत्पादित विद्युत्लाई व्यवस्थित गर्न तथा राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पनि धेरै रकम खर्च हुने भएकाले सो सम्बन्धि संरचना तयार पार्न सरकारले यस्तो किसिमका परियोजनालाई प्राथमिकतामा राखेको हो ।    

अब उपत्यकाका ३५० बस बिसौनीमा युरोपको जस्तै ‘स्मार्ट स्ट्रिट साइन बोर्ड’

काठमाडौं । उपत्यकाका ३५० वटा बस बिसौनीमा युरोपको जस्तै ‘स्मार्ट स्ट्रिट साइन बोर्ड’ जडान हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले यात्रुहरुको सुबिधाका लागि त्यस्ता स्मार्ट स्ट्रिट साइन बोर्ड जडान गर्न लागेको हो । स्मार्ट स्ट्रिट साइन बोर्डमा बस बिसौनीको नाम, गाडी जाने ठाउँहरु र भाडा दर समेत उल्लेख गरिएको हुनेछ । ‘आफु जाने सवारी साधन कहाँबाट लाग्छ भन्ने समेत यात्रुले जानकारी पाउने अवस्था छैन, नयाँ यात्रुका लागि राजधानीको सार्वजनिक यातायात साह्रै कष्ठकर बनिरहेको छ, त्यसैले अब स्मार्ट स्ट्रिट साइन बोर्ड जडान गर्न लागेका हौं’, महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले भने । स्मार्ट स्ट्रिट साइन बोर्डका लागि सोलार सिस्टम जडान गरिनेछ । सोही सोलारले साइनबोर्डका लागि उर्जा उपलब्ध गराउनेछ भने रात परेपछि वत्ति समेत बाल्नेछ । लामाका अनुसार काठमाडौं मह अगाडीको सडकबाट मात्रै ८६ वटा गन्तव्यका लागि सवारी साधन छुट्छन् । तर कुन ठाँको सवारी साधन कुन विन्दुबाट छुट्न भन्ने जानकारी दिने कुनै व्यवस्था छैन् । ‘कुन ठाउँबाट कहाँ जाने सवारी साधन लाग्छ भन्नेबारे जानकारी दिने व्यवस्था नभएकाले यात्रुले सास्ती भोग्दै आएको देखेर स्मार्ट स्ट्रिट साइन बोर्ड जडान प्रक्रिया अघि बढाएका हौं’, लामाले भने । महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेहरुको डिजिटल रेकर्ड राख्ने प्रबिधी पनि जडान गर्दैछ । त्यसका लागि २ करोड ५० करोडको नयाँ सर्भर ल्याउने काम अघि बढाईसकेको छ । त्यस बाहेक उपत्यकाका बिभिन्न चोकमा १० वटा नयाँ सीसी टीभी समेत जडान हुँदैछ ।

माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि

काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले १० कित्ता बराबर १.२ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । भदौं ७ गतेसम्म आवेदन दिन सकिने हकप्रद सेयरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । बैंकले आफ्ना देशभरका शाखा र एनएमबी क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीद्वारा संकटलाई अवसरमा बदल्न आग्रह

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उद्यमी व्यवसायीहरूले संकटलाई अवसरमा रुपान्तरण गर्न सक्नु पर्ने बताए । श्रीलंकाका उद्यमी व्यवसायीको छाता संगठन सिलोन चेम्बर अफ कमर्सको १७८औं बार्षिक साधारण सभा सम्बोधन गर्दै अध्यक्ष चौधरीले लगानीकर्ताका लागि संकट अवसर रहेको धारणा राखेका छन् । ‘जति बेला एलटिटिईले कोलम्बो एयरपोर्टमा विमानहरू ध्वस्तपारेको थियो, त्यही समयमा म श्रीलंकाप्रवेश गरेको थिएँ’, अध्यक्ष चौधरीले भने, ‘श्रीलंकाको राजनीतिक संकटलाई कारण देखाएर यहाँ लगानी नगरेको भए सायद मैले धेरै महत्वपूर्ण कुराहरु गुमाउने थिएँ ।’ सिजीकर्प ग्लोबलले श्रीलंकामाताज समुद्र लगायतका प्रख्यात होटलहरूमा लगानी गरेको छ । अध्यक्ष चौधरीले नेपालको माओवादी द्वन्द्वको समयमा नवलपरासीमा सिजी इन्डस्ट्रियल पार्क स्थापना गरेको, उत्तरपूर्वी भारतमा उल्फाले द्वन्द्व मच्चाइरहँदा वाईवाईको बजार प्रवर्धन गरेको र अफ्रिकामा जारी द्वन्द्वकाबीच लगानी विस्तार गरिरहेको आफ्नो अनुभव श्रीलंकाली लगानीकर्तासँग बाँडेका छन् । ‘लगानीको अनुकुल वातावरण तयार होला र लगानी विस्तार गरौंलाभनेर प्रतिक्षा गरेको भए चौधरी ग्रुुपअहिले मल्टिन्यासनल कम्पनीहुन संभव थिएन’, अध्यक्ष चौधरीले भने, ‘एकजनाउद्यमीले प्रतिकुल अवस्थालाई पनि अनुकुलतामा परिणत गर्न सक्छ र त्यसो गर्न सम्भव छ ।’ अध्यक्ष चौधरीले विजनेशका परम्परागत सोंचहरू असान्दर्भिक भएको विश्लेषण गर्दै नयाँ विजनेश सोंचहरुले विश्वमा राज गर्न थालेको बताए । परम्परागत सोंचबाट सञ्चालित विजनेशहरू कुनै पनि बेला असान्दर्भिक हुन सक्ने तर्फ सचेत गराउँदै अध्यक्ष चौधरीले समयानुकुल आफ्ना विजनेशलाई अपडेट गर्न नसक्ने हो भने नोकिया, ब्ल्याकबेरी वाकोडाकको जस्तै नियती भोग्नु पर्ने धारणा राखे । सूचना प्रविधिका क्षेत्रमाभइरहेको तिब्र विकासबाट दक्षिण एसियाली युवाहरुले लाभ लिन सक्नुपर्ने सुझाव उनले बताए । अहिले विश्वमा सूचना प्रविधीमा आधारित विजनेशहरुबाट धेरै युवाहरूले आफुलाई अर्बपति क्लबमा प्रवेश गराईरहेका छन् । अध्यक्ष चौधरीले नेपाली अर्थतन्त्रमा सन्तोषजनक सुधार आएको जानकारी दिदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानीगर्न पनि ध्यानाकर्षण गरेका छन् । आर्थिक बृद्धिदर उच्च रहेको, लोडसेडिङको समस्या नरहेको, पूर्वाधार विकासमा नेपालले फड्को मारिरहेको जानकारी दिँदै उनले नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेको बताए ।

लक्ष्मी बैंकको नयाँ शाखा सल्यानको सल्लीबजारमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज सल्यानको सल्लीबजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । यस अनुसार, लक्ष्मी बैंकको शाखा संजाल अब ६९, ३ हस्पिटल सेवा काउन्टर, ८७ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ ।