आईएमईको दशैं लक्षित “आईएमई हात हुँदैन खाली” योजना शुरु
काठमाडौं, २ असोज । आईएमई लिमिटेडले नेपालीको महान चाड दशैंलाई लक्षित गर्दै सेवाग्राहीमाझ “आईएमई हात हुँदैन खाली” नामक योजना शुरु भएको छ । । कम्पनीका अनुसार उक्त योजना यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागु हुने छ । एक महिना गर्न लागिएको सो योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ । यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास आईएमईले लिएको छ ।
सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नुवाकोटमा
काठमाडौं, २ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्लाको नजरामण्डप गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । आइतबार यु. के. एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा बैंकले सो स्थानमा उक्त सेवाको सञ्चालन गरेको छ । देशका विभिन्न दुर्गमस्थलमका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका बैंकले भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँनको सो सेवा विस्तार गरेको बताएको छ । उक्त कार्यक्रममा स्थानीय व्यवसायी विष्णु प्रसाद भण्डारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकका अनुसार शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बनेको महशुस भएको बैंकले जनाएको छ ।
एनसेलले दियो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत स्कुटर तथा अन्य उपहारहरु
काठमाडौं, २ असोज । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ । सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो । उक्त स्कुटर शनिवार एनसेलले पोखरामा आयोजना गरेको एनसेल मेलाको अवसर पारी कम्पनीको गण्डकी रिजनल टिमले प्रदान गरेको थियो । अन्य विभिन्न विधामा आफुलाई उपहारका लागि योग्य सावित गर्ने रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माईक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल ईन्भर्टर र फोर ईन वान प्रिन्टर जस्ता उपहारहरु प्रदान गरिएको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर हुन् । यस भन्दा अधि मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले यस योजना अन्र्तगत मोटर साईकल उपहार पाएका थिए ।
सेयर बजारमा करिब साढे २ अर्बको कारोबार, परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौं, २ असोज । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १० दशमलब ६९ अंकले घटेर १८०४ दशमलब ६९ अंकमा पुगेको छ । परिसूचक घटेपनि बजारमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४२ कम्पनीको २४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट बैंकको सबैभन्दा बढी एक अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको १५ करोड ८८ लाख रुपैयाँको सेयर करोबार भएको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको ६ करोड रुपैयाँ र नविल बैंकको करिब ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । किसान माइक्रो फाइनान्स वित्तिय संस्था, सिन्धु विकास बैंक र मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सोही दिन नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । आइतबार तीन समूहको परिसूचक ओरालो लागेका छन् भने ४ समूहको परिसूचक उकालो लागेको छ र एक उत्पादनमूलक समूहको परिसूच स्थिर रहेको छ । बीमा, बैंकिङ् र फाइनान्स समूहको क्रमशः ८७, १८ र 0.७२ अंकले ओरालो लागेको छ । होटल, हाइड्रोपावर, अन्य समूह र विकास बैंक समूहको परिसूचक क्रमशः २१, १३, ९ र ३ अंकले उकालो लागेका छन् ।
दूधको अभावले जाजरकोटको आठ डेरी बन्द
जाजरकोट, २ असोज । दूधको उत्पादनमा कमी आएपछि जिल्लाका आठ ठाउँमा रहेका दूध डेरी बन्द भएका छन् । वनजङ्गल मासिँदै जाँदा मानिसले पशुपालन व्यवसाय छाड्दै गएपछि डेरीमा दूधको अभाव भएको हो । धेरैजसो युवा वर्ग कमाइका लागि विदेश र केही भएका भारत पलाएन भएपछि पशुपालन व्यवसाय गर्नेको अभाव पनि उत्पादन घट्नुको अर्को कारण हो । सरकारी अनुदानमा सञ्चालनमा रहेको थलह, दशेरा, पाँचकाटिया, मार्क, मनघाट, रिम्ना, बोहरा र साल्मालगायतका गाविसमा सञ्चालनमा रहेका डेरी अहिले बन्द अवस्थामा रहेका छन् । सदरमुकाममा रहेको एकमात्र डेरी सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । पहिले एकै घरमा चारभन्दा बढी भैँसी पाल्ने गरेको भए पनि अहिले मुस्किलले एउटामात्र भैँसी पालेको पाइएको छ । पहिले घर नजिकै प्रशस्त घाँस पाइने गथ्र्यो अहिले दिनभरि लगाएर बल्ल बल्ल घाँस पाइने गरेको सक्ला–१ का जयबहादुर खत्रीले बताए। पहिला घाँस पाइने ठाउँमा अहिले घर जग्गा निर्माण भएको उनले उल्लेख गरे। रासस
यातायात व्यवस्थापन समितिले तोक्यो पक्की र कच्ची सडकको भाडादर
बैतडी, २ असोज । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले जिल्लाका पक्की तथा कच्ची सडकका भाडादर निर्धारण गरेको छ । कच्ची सडकमा यातायात सञ्चालन गर्न इच्छुक व्यवसायीलाई प्रचलित ऐन कानुनअनुसार अस्थायी अनुमतिपत्र दिने र समितिले तोकेअनुसार भाडा मात्रै लिन पाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले यही असोज ७ गतेभित्र कच्ची सवारी साधन सञ्चालन गर्ने व्यवसायीलाई सबारी अनुमतिपत्र लिन पनि आग्रह गरेको छ । बैठकले कच्ची सडकका लागि प्रतिकिलोमिटर रुपैयाँ ७ः५०।– र पक्की सडककका लागि भने प्रतिकिलोमिटर तीन रुपैयाँ भाडा दर निर्धारण गरेको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिए । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले गरेको निर्णय तत्काल लागू हुने बताइएको छ । यसका साथै असोज ७ गतेपछि अनिवार्य रुपमा यात्रुलाई यात्रा स्थान तथा टिकट रकम उल्लेख गरिएको टिकट दिनुपर्ने र प्रत्येक सबारी साधनमा भाडादर सूची टाँस्न लगाउने निर्णय समेत भएको छ । रासस
लोभेलको हाईड्रो मिट २०१६ सम्पन्न
काठमाडौं, २ असोज । ईलेक्ट्रो मेकानिकल उत्पादन तथा बिक्रि बितरणका लागि विश्व प्रसिद्ध लोभेल ईनर्जी ईण्डियाको आयोजना काठमाडौंमा हाईड्रो मिट २०१६ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपालका ख्यातिप्राप्त हाईड्रो पावर सञ्चालक, प्रबद्र्धक, लगानीकर्ता बैंकर तथा परामर्शदाताहरुको सहभागी थिए । हाईड्रो पावर परियोजनाका लागि आवश्यक पर्ने इलेक्ट्रोमेकानिकल प्रणालीका अतिरिक्त बिद्युत प्रसारण र परियोजना निर्माणमा आवश्वक अन्य सेवाहरु प्रदान गर्नका लागि लोभेल ईनर्जीको तर्फबाट प्रदान गर्न सकिने सेवा सुबिधाहरुको बारेमा सम्बद्ध पक्षहरुलाई जानकारी दिइएको थियो । लोभेल ईनर्जीसंग बिभिन्न देशमा जलबिद्युत उत्पादन तथा परियोजना तयार गर्ने क्षेत्रमा ४ दशक भन्दा लामो अनुभव रहेको छ । लोभेलले भारत, इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, युगाण्डा, जापान, लाओस, टर्की र आर्मेनिया लगायत विश्वका बिभिन्न मुलुकहरुमा कम्पनिले जल बिद्युत परियोजनाहरु सम्पन्न गरिसकेको छ र केहि निर्माणका चरणमा छन् ।लोभेल ईनर्जीद्धारा उत्पादित फ्रान्सिस, पेल्टन, कप्लान र एक्सेल लो लगायत बिभिन्न टर्वाईन प्रस्तुत गर्दै कम्पनिका कार्यकारी निर्देशक गौतम करले ठुला तथा साना सबैखाले जलविद्युत परियोजनाहरुमा लोभेल ईनर्जीका ईलेक्ट्रो मेकानिकल उत्पादनहरु उपयुक्त रहेको बताए । कार्यक्रममा लोभेल ईनर्जीको आधिकारीक स्थानिय प्रतिनीधि मरुन ट्रेडिंगका कार्यकारी निर्देशक मुक्तिनाथ शर्माले नेपालको जलबिद्युत उत्पादन तथा बिकासका लागि आवश्यकताहरुको अध्ययन गर्ने बताए ।
पोखरा–बागलुङ सडक सञ्चालन
पर्वत, २ असोज । गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ । कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको थियो । बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक डिभिजन कार्यालय बागलुङबाट आएको डोजर र सुरक्षाकर्मीको पहलमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएकोे जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । सडक खुलेपछि धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका साधन गन्तव्यतर्फ लागेका छन् भने अन्यबाट धौलागिरितर्फ आएका रात्रिसेवाका सवारी साधन पनि छुटेका छन् । रासस