सिप्रदिद्धारा मोबाइल सर्भिस भ्यान सन्चालनमा, स्पेयर पार्ट्सहरु तुरुन्त उपलब्ध गराउने
काठमाडौं । नेपालका लागि टाटा हिटाचीको अधिक्रित बिक्रेता सिप्रदि अर्थमुभर्स प्रालीले मोबाइल सर्भिस भ्यान सन्चालानमा ल्याएको छ । सोमबार आयोजित एककार्यक्रममा सिप्रदि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्सहरु पनि तुरुन्त उपलब्ध गराउनेछ । उपभोक्ताले टाटा हिटाचीका इस्काभेटर रह्विल इकुप्मेन्टहरु बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोहि स्थानमा गएर मर्मत गर्नेछ । यो भ्यानले अहिलेलाई काठ्मान्डू भ्याली भित्र,धादिङ्ग, नुवाकोट, बनेपा र अन्य बाग्मती क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्नेछ भने भबिष्यमा सो सेवालाई बिस्तार गर्दै देशका सम्पुर्ण भागहरुमा पुर्यार्इने कम्पनिको योजना रहेको छ । “उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यका साथ उक्त भ्यान सन्चालनमा ल्याइएको हो,”राजनबाबु श्रेष्ठले भने । यस अघि सिप्रदिले टाटाका गाडीहरुको मर्मतको लागि मोबाइल सर्भिस भ्यान सन्चालनमा ल्याइसकेको छ। बिगत ३५ बर्षदेखि अटोमोबाइल सेवा प्रदान गर्दै आएको सबैभन्दा ठुलो कम्पनी र सबैभन्दा बढि कर तिर्न सफल कम्पनी सिप्रदिले नेपालमा टाटाका कमर्सियल र प्यासेन्जर भेइकल, टाटाका स्पेयर पार्ट्स, एक्साइड ब्याट्ट्रि, म्याक लुब्रिकेन्ट्स, मिस्लिन टायर र टाटाहिटाचिका कन्सट्रक्सन इक्विप्मेन्टहरु बिक्रि गर्दै आएको छ ।
सामसुङ ग्यालेक्सी जे७ म्याक्स नेपाली बजारमा, मूल्य २८ हजार २९० रुपैयाँ मात्र
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे७ म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जेसिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जितभई जे७ म्याक्सका रुपमा प्रस्तुत गरिएको छ । यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्य क्षमताका लागि ४ जिबी र्यामतथा ३२ जिबी मेमोरि तथा अन्य उत्कृष्ट विशेषता रहेका छन् । आइएमबिज, सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले “सामसुङ कम्पनीले आम उपभोक्तहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले ग्यालेक्सी जे७ म्याक्स मोबाइल बजारमा ल्याएका हौं । यसमा भएका अद्वितीय विशेषता सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी र्यामतथा ३२ जिबी रोम मेमोरि तथा नबीनतम फिचरहरु जस्तै एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्टग्लो र एडेप्टिभ वाइफाई जस्ता सुविधाहरुले गर्दा यो डिभाइसले अग्रणी स्थान प्राप्त गर्ने छ” भन्ने कुरा उल्लेख गरेका छन् । क्यामराःकम उज्ज्यालोमा पनि चहकिलो र उत्कृष्ट फोट खिच्न सकिने जे७ म्याक्समा १३ एमपीको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ१.९को लेन्स लगाइएको छ भने ब्याक क्यामरामा एफ१.७ लेन्सको साथै फ्ल्यास पनि रहेको छ । यस्तो विशेष सुविधायस अघि सामसुङका अग्रणी मोबाइलहरुमा मात्र उपलब्ध रहदै आएका थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थमा पनि उत्कृष्ट फोटो तथा सेल्फि खिच्न सक्दछ । उत्कृष्ट कार्यक्षमता ग्यालेक्सी जे७ म्याक्समा भएको १.६जिएचजेड ओक्टा-काेर प्रोसेर, फोरजीबी र्यामले निर्बाद रुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्दछ । यसमा भएको ब्याट्रिले विना रुकावट निरन्तर कार्य गर्दछ । ज्यादा टिकाउहुने ब्याट्रिले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको छ । ठूलो स्क्रिन र सुधारिएको सुरक्षा जे७ म्याक्समा एफएभडी स्क्रिन रहेको छ जसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर प्रिन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाइ सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाणिकरण सुरक्षा रहेका छन् । युटिलिटिएवम् सर्भिसेज यसमा भएको एडेप्टिभ वाइफाई जुन बाइफाइ रेन्जभित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्जबाहिर रहदाँआफै निष्कृय हुन्छ । यो विशेषताले गर्दा मोबाइल डाटा बचत हुन जान्छ । जे७म्याक्स मोबाइलमा भएको डियूल म्यासेन्जर फिचरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिन्छ र दुई भिन्न भिन्न एकाउन्टबाट लगिन गरी च्याट गर्न पनि सकिन्छ । अर्को सुविधाभनेको इन्स्टा स्विचिङहो यो नयाँ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न सकिन्छ । कम्पनीका अनुसार हालको अफर अन्तर्गत जे७ म्याक्स सेट २८ हजार २९० रुपैयाँमा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जे७ म्याक्स मोबाइल अगष्ट १ देखि रिटेल स्टोरमार्फत् उपलब्ध हुँदै आएका छन् ।
नबिल बैंकद्धारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले आफ्नो ३३ औं वार्षिक उत्सवको अवसर पारेर मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकले विभिन्न सामाजिक कृयाकलापहरु आयोजना गरी वातावरण संरक्षण र हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले साउन २१ गते उक्त स्थानमा सो कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय जनताहरुलाई सुविधाको लागि एउटा सानो चौतारी निर्माण गर्ने र बृक्षरोपण गरिएको क्षेत्रलाई फलामे तारको वार लगाई सुरक्षित गर्ने कामको शुरुवात स्वरुप बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले चौतारीको शिलान्यास गरेका थिए । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला, वातावरण आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परको छ ।
लुम्बिनी विकास बैंकको शाखा स्थानान्तरण
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा कार्यालयलाई सोही जिल्लाको बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण भएको छ । बैंकले ग्राहकवर्गलाई थप सहज एवम् सरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस भन्ने हेतुले सम्पुर्ण भौतिक पुर्वाधार युक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको हो । उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले गरे । बैंकको हाल कायम रहेको बृहत शाखा सञ्जालको माध्यमद्वारा सरल तथा गुणस्तरीय बैंकिङ्ग सेवाबाट ग्राहकहरु थप लाभान्वित हुने पराजुलीले बताए । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस्, मोबाइल बैंकिङ, रेमिटेन्स,लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल ५१ वटा शाखा सञ्जालहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
भरतपुरमा चुनाव जित्ने यस्तो थियो माओवादीको तयारी, ‘प्रचण्ड टोल सुधार समिति’लाई एक करोड ५० लाख
काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस गठबन्धनले निर्वाचन जितेको छ । मताधारमा तेश्रो स्थानमा रहेको माओवादी केन्द्रकी प्रमुख उम्मेदवार रेणु दाहालले काँग्रेसँगको गठबन्धनमा निर्वाचन जितिन् । वडा नम्बर १९ मा मत पत्र च्यातेपछि गरिएको पुनः मतदानले दाहालको विजयलाई सुनिश्चित गरेको स्पष्टै देखिन्छ । मत पत्र च्यातेर पुनः मतदान गराउँदै आफु विजयी हुने योजना अनुसार नै माओवादीले मत पत्र च्यातेको आरोप लागिरहेको छ । तर माओवादीले भरतपुरमा निर्वाचन जित्न काँग्रेससँग तालमेल र मत पत्र च्यात्ने योजना मात्रै बनाएको थिएन् । उसले प्रचण्ड प्रधानमन्त्री हुँदा देखि नै भरतपुरलाई आफ्नो पकड क्षेत्र बनाउने भरमग्दुर प्रयास गरेको थियो । निर्वाचन क्षेत्र नम्बर ४ पर्ने भरतपुरम महागरपालिकामा प्रचण्ड सरकारले ‘प्रचण्ड टोल सुधार समिति’का लागि भन्दै एक करोड ५० लाख रुपैंयाँ रकमान्तर गरेको देखिन्छ जुन निर्वाचन कै पुर्व सन्ध्यामा भएको थियो अर्थ मन्त्रालयबाट प्राप्त विवरण अनुसार प्रचण्ड सरकारले पहिलो चरणको निर्वाचन अघि नै चितवन जिल्लालाई केन्द्रित गरेर ८७ करोड रुपैंयाँ रकमान्तर गरेको थियो । सो रकममध्ये १७ करोड ६३ लाख रुपैंयाँ भरतपुर महानगरपालिका भित्र मात्रै उपलब्ध गराइएको थियो । प्रचण्डले आगामी संसदिय निर्वाचनमा अहिलेको चितवन क्षेत्र नम्बर ४ बाटै उम्मेदवार दिने तयारीका साथ प्रधानमन्त्री हुँदा यथेष्ठ बजेट रकमान्तर गरेका हुन् । उनले छोरी रेणु दाहाललाई महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएर आफ्ना लागि जनमत बुझ्ने प्रयास गरेका हुन् ।
एकैदिन दुई कम्पनीले पाए हकप्रद सेयर निष्कासन गर्न अनुमति, क-कसले पाए?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिन दुई कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । सुमिट माइक्रोफाइनान्सले शतप्रतिशत(१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डको अनुमति अनुसार बैंकले ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ७ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत(२ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १९ करोड २२ लाख ८१ हजार २५० रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।
ग्रामीण विकास बैंकलाई एफपीओ निष्कासन गर्न अनुमति, प्रतिकित्ता मूल्य १०० रुपैयाँ मात्र
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले सोमबार ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले जारी गर्न लागेको एफपीओमा कुनै प्रिमियम मूल्य जोडेको छैन । इच्छुक आवेदकले कम्पनीको सो मात्राको एफपीओ १०० रुपैयाँमा नै भर्न पाउने छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४३ रुपैयाँ रहेको छ ।
निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिन सकिन्छ-गृहमन्त्री
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिने विषयमा छलफल गर्न सकिने बताएका छन् । प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ का सन्दर्भमा प्राप्त संशोधनबारे व्यवस्थापिका-संसद्को राज्य व्यवस्था समितिको सोमबारको बैठकको छलफलमा गृहमन्त्री शर्माले भने, “हाल आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था भएकामा सरकारको परामर्शमा आयोगले मिति तय गर्न नसकिने भन्ने होइन, दुबै उस्तै हो तर सुरक्षाको तयारीका विषयलाई ध्यानमा राखेर सरकारले मिति तोक्ने व्यवस्था गरिएको हो । आयोगको भूमिकालाई कम गर्ने उद्देश्य होइन ।” उनले सरकारले सकेसम्म प्रदेशसभाको निर्वाचन एकै चरणमा गराउने सोचमा रहेको पनि स्पष्ट गरे । मन्त्री शर्माले सो संशोधन विधेयकमा प्राप्त महिला सहभागिताको सुनिश्चितता र समावेशी, समानुपातिक प्रतिनिधित्व सम्बन्धमा पनि छलफल गरेर निष्कर्ष निकाल्न सकिने उल्लेख गरे । संविधानअनुसार आगामी माघ ७ गतेभित्र प्रदेशसभा र संघीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्नेछ । मन्त्री शर्माले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन सरकार सकारात्मक रहेको र कसैलाई मत दिन्न ९नो भोट० भन्ने अधिकारका सम्बन्धमा सर्वोच्च अदालतको फैसलाका आधारमा समावेश गरिएको जानकारी दिए । विधेयकमाथि विभिन्न ३५ दफामा सांसद्हरुले संशोधन प्रस्ताव गरेका थिए। संशोधनमा बराबर मतप्राप्त भएको अवस्थामा प्रथा, आलोपाला वा पुनः निर्वाचन वा के गर्ने उम्मेदवारको योग्यता, निर्वाचन खर्च, पिछडिएको क्षेत्रको पहिचान कसरी गर्ने, मत सीमा, महिला र दलित समुदायलाई प्रत्यक्ष निर्वाचनमा पनि चक्रिय प्रणालीका आधारमा उम्मेदवारी दिलाउनु पर्ने लगायत छन् । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई हुनुपर्ने बताउँदै त्यस्तो अधिकार प्राप्त नभए आयोगको स्वायत्ततामा प्रश्न उठ्ने दाबी गरे । उनले निर्वाचनको समग्र खर्च कम गराउन पूर्ण समानुपातिक प्रणाली अपनाउन सकिने जनाउँदै विदेशमा रहेका नेपालीको मताधिकारबारे कानुनी व्यवस्था हुन नसकेको उल्लेख गरेका छन् । विधेयकमाथिको थप छलफलका लागि समितिको अर्को बैठक यहीँ साउन २५ गते बुधबार ११ बजे तोकिएको सभापति दिलबहादुर घर्तीले जानकारी गराइन । रासस