विकासन्युज

सुजुकीद्धारा अरुण ईन्टरकण्टिनेन्टल उत्कृष्ट वितरक घोषित, आठ विधामा सर्वोत्कृष्ट

काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गको अटोमोटिभ डिभिजन अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीद्धारा सम्मानित गरिएको छ । अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी रिजनल डिस्ट्रिब्यूट कन्फरेन्स- अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियामा उक्त उपाधीद्धारा सम्मानित गरिएको हो । सेप्टेम्बर २५ देखि २७ सम्म आयोजित उक्त सम्मेलन मार्फत गत आर्थिक बर्षमा कम्पनीद्धारा गरिएको उत्कृष्ट कार्य प्रदर्शनीका लागि सो सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । विक्रि, सेवा तथा पार्ट्स पर्फरमेन्सका लागि सम्मेलनकै सर्वाधिक उपाधी हातपार्न सफल कम्पनीका रुपमा अरुण ईन्टरकण्टिनेन्टलले ८ भिन्न विद्यामा उपाधी हात पारेको थियो । कम्पनीले ‘एक्सिलेन्ट डिस्ट्रिब्यूटर अवार्ड’, ‘हाइयस्ट सेल्स ईन २०१६’,‘हाइयस्ट रिपेयर अर्डर ग्रोथ २०१६’, ‘हाइयस्ट पार्ट सेल्स पर यूआईओ ईन २०१६’, ‘हाइयस्ट सेल्स ग्रोथ ईन २०१६’, ‘हाइयस्ट एक्सेसरिज सेल्स पर भेहिकल ईन २०१६’, ‘हाइयस्ट सर्भिस मार्केट सेयर ईन २०१६’ र ‘च्याम्पियन्स अफ च्याम्पियन्स एवार्ड’ हात पारेको हो । वैश्विक मञ्च मैयी उपाधी पाउँदा निकै गौरवको महशुस भएको बताउँदै समग्र समुह तथा वितरकले गरेको निरन्तर मिहेनतको पहिचान तथा सम्मानका रुपमा यसलाई लिएको सिजी मोटोक्रोप र सिजी एनएक्सटिजिइएनका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘यो सफलताका लागि हामी हाम्रा आदर्णीय उपभोक्ता तथा समस्त सरोकारवालाप्रति कृतज्ञ छौँ’ साथै ‘यसले आफू लगायत कम्पनीलाई नै नेपाली अटो उद्योगमा सुजुकीका सवारी साधनलाई थप उचाईमा लाने हौसला समेत प्राप्त भएको छ’ उनले भने । अल्टो, अल्टो के१०, वेगनआर, सिलेरो, स्विफ्ट, ईग्निस, बलेनो, डिजायर, ब्रेजा, एसक्रस, सियाज, ओम्नी भ्यान, ओम्नी कार्गो, र्ईको र सुपर क्यारी लगायत मोडलका साथ नेपाली बजारमै सर्वाधिक फराकिलो पोर्टफोलियो भएको कम्पनीका रुपमा नेपालकै अग्रणी कार विक्रेता भएको कम्पनीको दावी छ ।

सेयर बजारमा ४० करोडको कारोबार, सबैभन्दा बढी चिलिमे हाइड्रोको

काठमाडौं । बिहीबारको सेयर बजारमा ४० करोड ४८ लाख रुपैयाँ बराबरको  कारोबार भएको छ । बजारमा १५४ कम्पनीको ८ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ७ करोड २० लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीले हालै आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार कम्पनीको सेयर कारोबारमा वृद्धि भएको बुझिन्छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८३८ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंक, स्ट्याण्डार्ड चार्टर्ड बैंक र नेपाल बैंकको पनि एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४ अंकले बढेर १५१० अंकमा पुगेको छ । बजारमा तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ कम्पनीको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा अन्य समूहको परिसूचक ३० अंकले उकालो लागेको छ । त्यस्तै, बीमा समूहको परिसूचक २१ अंकले ओरालो लागेको छ ।

मञ्जुश्री फाइनान्सको बिक्री प्रबन्धकमा एस क्यापिटल नियुक्त

काठमाडौं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल नियुक्त भएको छ । मञ्जुश्री फाइनान्सले रु.१०० अंकित दरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीको असोज २५ गते सम्पन्न विशेष साधारण सभाले साविक सर्वसाधारण सेयरधनीहरुलाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखाबाट कारोबार शुरु

काठमाडौं । गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोबार शुरु गरेको छ । यस दुई शाखा सहित बैकको हाल ५७ वटा शाखा कार्यालय भएका छन् । बैंकका सबै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एएसबिए, एटिएम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैंकले आ.व. २०७३/७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । सोही अवधीसम्म निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ, कर्जा तर्फ १६ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।  

सुजल फूड्सद्धारा ‘चोकोफन बाल-बाटिका’ उद्घाटन, बालबालिकालाई खुशी र मुस्कान बाँड्ने

काठमाडौं । सुजल फूड्स प्रा.लिले बाल संरक्षण गृह काठमाडौंको सिफलमा एक समारोहकाबीच “चोकोफनबाल–बाटिका” नामक खेल मैदान उद्घाटन गरेको छ । यस “चोकोफनबाल-बाटिका” द्धारा यस कम्पनीकोबाल संरक्षण गृहमा आश्रित बाल-बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने कम्पनीले जनाएको छ । “चोकोफनबाल-बाटिका”बाल संरक्षण गृहहाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । यसक्रममा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी-च्याउ र पिङ् खेल मैदानमा जडान गरिएको छ । त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल-बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ । खेल मैदानमा बाल-बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दुबो रोपिएको छ । खेल तथा अन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनिबाल-बालिकाहरुको सुरक्षा मैत्रीहोस् भनेर विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । खेलकुद बाल-बालिकाहरुको शारिरिक तथा मानसिक विकासको लागि अपरिहार्य छ । यस खेल मैदानबाट बाल संरक्षण गृहमा आश्रित बाल-बालिकाहरुले सिधै लाभ लिनुका साथै उनीहरुको विकासमा फाइदा जनक हुन्छ भनेर विश्वास गर्न सकिन्छ । चोकोफनबाल-बालिकाहरु माझ सबैभन्दा लोकप्रिय छ । यसर्थ, चोकोफनको संस्थागत सामाजिक उत्तरदायित्व बाल-बालिकाहरुको विकासप्रति केन्द्रित छ । कम्पनीले  निकट भविष्यमा यस्तो खेलमैदानको निर्माण बालमन्दिरका अन्य शाखामा पनि विस्तार गर्ने लक्ष्य लिएका छ । साथै , कम्पनीले गर्ने सामाजिक कार्यहरु दीर्घकालीन र स्थायी हुनुपर्छ भन्ने विश्वास लिएको छ । त्यसैगरी, कम्पनीले  हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वबालबालिका सम्बन्धित क्षेत्रहरु जस्तै बाल-शिक्षा, बाल-स्वास्थ्य, बाल-पोषण र वातावरणमा पनि विस्तार गर्ने लक्ष्य लिएको बताएको छ । सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनले वर्षौ देखि नेपालीहरुको मन जित्दै आएको छ । यसलाई सन् १९९९ मा पहिलो पटक बजारमा ल्याइएको हो । लक्ष्मी ग्रुप अन्तर्गतको भातृ संस्था सुजल फू्ड्सले विगत चार दशकदेखि उच्च गुणस्तरको चकलेटहरुको उत्पादन गर्दै आएकोले यस कम्पनि देशकै नं. १ कन्फेक्स्नरी कम्पनी बन्न सफल भएको छ । यस कम्पनीले अन्तराष्ट्रिय स्तरको वेफर, टफी, बबलगम्तथा स्टिक गम्उत्पादन गर्दै आएको छ । यस कम्पनीको स्वामित्वमा रहेको प्रतिष्ठित ब्राण्डहरुः चोकोफन, क्रेभ, रसिलो कयान्डी, फ्रेसो, क्यान्डीम्यान, आदिले लाखौंको मन जित्दै आएको कम्पनीले जनाएको छ ।

आँखुखोला जलविद्युतको ८ करोडको आईपीओ आउँदै, पुससम्ममा निष्कासन गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आउदो २ महिनाभित्र सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दालाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ पुससम्म निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउन बाँकी रहेकाले ढिलोमा पुससम्म आईपीओ निष्कासन गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल पनेरुले बताए । बोर्डले तिहार लगतै स्वीकृति दिने उनले जानकारी दिए । धितोपत्र बोर्डको आउँदो बोर्ड बैठकमा आँखुखोलालाई आईपीओ निष्कासन गर्न दिने प्रस्तावलाई स्वीकृति गर्ने जानकारी पाएको उनले बताए । कम्पनीले ०७३ भदौमा आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । १० प्रतिशत आईपीओ निष्कासन भएपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ आउने उनले जानकारी दिए । यो वर्षभित्र आईपीओ निष्कासन सक्ने योजना कम्पनीको छ । कम्पनीमा २५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले धादिङमा ८.४ मेगावाट क्षमताको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । आयोजना ०७० भदौदेखि सञ्चालनमा आएको हो । आयोजनाबाट वार्षिक ४ करोड ६४ लाख युनिट बिजुली उत्पादन हुन्छ ।  

बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने

बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द गर्न मागसमेत गरेका छन् । परम्परा रोक्न गाउँले नै पुगे प्रशासन अहिले आएर स्थानीयस्तरमै यसको विरोधमा आवाज उठ्न थालेको छ । विगत पाँच पुस्तादेखि चल्दै आएको उक्त परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द वा परिमार्जन गर्न माग गरेका छन् । स्थानीयले यो परम्परा बन्द गर्न माग गर्दै मंगलबार विभिन्न सरोकार भएकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, मेलौली नगरपालिका र अन्तरपार्टी महिला सञ्जाललाई ज्ञापनपत्र बुझाइएको हो । यो परम्पराले समाजमा गरिब र दलित समुदायमाथि आर्थिक भार परेको, लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले यसलाई रोक्न माग गरेका हुन् । छोरा हुँदा हरेक वर्ष तडकभडकका साथ खसी काट्दा छोरीमाथि विभेद हुने भएकाले यो परम्पराले लैङ्गिक विभेद निम्त्याएको स्थानीय जनकराज भट्टले बताए । “छोरी भए दुःख्मनाउ गर्ने तर छोरा भए पर्वकैरुपमा हरेक वर्ष तिहारमा गाउँमा दर्जनभन्दा बढी खसी काटिन्छन्”– उनले भने, “यसले छोरीमाथि विभेद भएकाले हामीले रोक्ने प्रयास गरेका हौँ ।” अचम्मको कुरा के भने, दलित परिवारमा पनि पहिलो सन्तान भए हरेक वर्ष तिहारको औँसीमा खसी काट्नुपर्छ । तर, त्यो खसी दलित समुदायलाई होइन, गैरदलितले मात्रै बाँडेर खाने चलन छ । यसले जातीय विभेद पनि बढाएको ज्ञापनपत्रमा उल्लेख छ । “यो परम्पराले समाजमा द्वन्द्व हुने र जातीय विभेदलाई बढावा दिएको छ”– स्थानीय भीम भट्टले भने । प्रशासनलाई ज्ञापनपत्र मेलौली नगरपालिका वडा नं ९ असुर गाउँका ७१ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले यो रुढीवादी परम्परा रोक्न आवश्यक पहल गरिदिन प्रशासनलाई अनुरोध गरेका छन् । त्यहाँका युवाले प्रमुख जिल्ला अधिकारीलाई यस्तो प्रथाले समाजमा विकृति फैलाएको भन्दै बन्द गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । अहिलेको २१औँ शताब्दीमा पनि लैङ्गिक विभेद, छुवाछुतले सामाजिक द्वन्द्व बढ्दै जाने तथा नेपालको संविधानमा महिला तथा बालबालिका अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, नीति तथा घोषणाकाविरुद्घ रहेकाले यसको अन्त्य गर्नुपर्ने स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय, बैतडीमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस्तै, छोरा र छोरीमा विभेद हुनेगरी पहिलो छोरा जन्मने घरले मात्र खसी काटी खुवाउने हुनाले यो परम्पराले लैङ्गिक विभेद बढेको कुरा बेलाबेलामा उठ्दै आएको र सो सार्वजनिकस्थलमा दलितलाई छुवाछुतको दृष्टिले हेरिने यस्ता कूरीतिले दलित र गैरदलितबीच द्वन्द्व सिर्जना हुनेसमेत ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यस्ता प्रथाले समाजमा विकृति फैलाउने हुँदा यस्ता संस्कारलाई हटाउनुपर्ने बताए । “सामाजिक विभेदलाई बढावा दिने परम्पराविरुद्ध नागरिक सचेत भएको देख्दा खुसी लाग्यो”– प्रजिअ जोशीले भने, “यस्ता कुसंस्कार हटाउन प्रशासन तयार छ ।” समाजमा रहेका यस्ता कुसंस्कारले विकृति ल्याउने भन्दै सरोकार भएका सबैले चिन्तासमेत व्यक्त गरेका छन् । रासस

युनियन हाइड्रोपावरले ६ करोड ३३ लाखको आईपीओ निष्कासन गर्ने

काठमाडौं । मिदिमखोला साना जलविद्युत आयोजनाको प्रवद्र्धक युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको युनियनका अध्यक्ष किरण मल्लले बताए । उनका अनुसार युनियनले ६ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ३३ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्ने उनले जानकारी दिए । हाल कम्पनीले ३ मेगाावटको आयोजना निर्माण गरिरहेको छ । आउदो १ महिनामा आयोजनाबाट बिजुली उत्पादन हुने मल्लले बताए ।