एनबीआई र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र एनएमबि बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबरको रकम आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
ओरियन्टल होटलले १८ प्रतिशत बोनस दिने, कात्तिक ९ गतेदेखि बुक क्लोज
काठमाडौं । ओरियन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई कम्पनीको २०औं वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । कम्पनीको साधारण सभा आगामी कात्तिक २३ गते हुुने भएको छ । सो प्रयोजनको लागि कात्तिक ९ देखि कात्तिक २३ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड १७ लाख रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ९३ करोड ४२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ रहेको थियो ।
२५ सय भूकम्प पीडित परिवारलाई एकिकृत बस्तीमा सारिने, घडेरी किन्न ५० करोड
काठमाडौं । भूकम्प पीडित २५ सय परिवारलाई एकिकृत बस्तीमा स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बस्ती स्थानान्तरण गरिनुपर्ने निष्कर्ष निकालेका २५ सय परिवारका लागि एकिकृत बस्ती विकासको प्रक्रिया अघि बढाइएको हो । एकिकृत बस्ती विकासका लागि घडेरी खरिद गर्न प्राधिकरणले प्रति परिवार अधिकतम २ लाखका दरले ५० करोड रुपैंयाँ बजेट समेत विनियोजन गरिसकेको छ । ‘भूकम्प प्रभावित १० जिल्लाका १५७० परिवारलाई स्थानान्तरण गर्नुपर्ने रिपोर्ट तयार भैसकेको छ, यस्तो संख्या २५ सय पुग्ने देखेका छौं, आफैं घडेरी किन्नेले अधिकतम २ लाख पाउँछन नत्र सरकारले नै एकिकृत बस्तीका लागि जमिन उपलब्ध गराउँछ’, पुननिर्माण प्राधिकरणका नापी शाखा प्रमुख कमल घिमिरेले विकासन्युजसँग भने । नुवाकोटमा मात्रै ३५० परिवारलाई पुरानो बासस्थानबाट सार्नुपर्ने देखिएको छ भने रसुवामा स्थानान्तरण गर्नुपर्ने पीडितहरुको तथ्यांकबारे धमाधम अध्ययन भैरहेको छ । प्राधिकरणले न्युनतम १० परिवारका लागि एकिकृत बस्ती विकास गर्न सकिने अवधारणामा काम सुरु गरेको छ । त्यसका लागि १० परिवार भूकम्प पीडितले आफैं पनि २ लाख रुपैंयाँ अनुदान लिएर संयुक्त आवास निर्माणका लागि एकिकृत जमिन खरिद गर्न सक्नेछन् । नुवाकोटे आफैं जुटे एकिकृत बस्ती बनाउन नुवाकोटको उर्लेनीका ७० परिवारले एकिकृत बस्ती निर्माणका लागि जमिन खरिदको प्रक्रिया अघि बढाएका छन् । ‘उर्लेनीमा ७० परिवारले एकिकृत बस्तीका लागि ३० रोपनी जमिन खरिद गर्ने भनेका थिए तर केहि जमिन उपयुक्त देखेनौं’, प्राधिकरणको नापी शाखा प्रमुख घिमिरले भने । प्राधिकरणले २ महिनाको समय स्वेच्छिक स्थानान्तरणका लागि दिएको छ । त्यसपछि भने प्राधिकरणले स्थानान्तरणको प्रक्रिया आफैं आरम्भ गर्नेछ ।
गरिब घटाउने दिवसः पेट भरि खान नपाउने नेपालीको संख्या २१.६ प्रतिशत
काठमाडौं । आज संसारभर गरिबी निवारण दिवस मनाइँदैछ । गरिबी घटाउने उदेश्यले सन १९९३ अक्टोबर १७ तारिखदेखि गरिवी निवारण दिवस मनाउन थालिएको थियो । नेपालले पनि चौथो पटक गरिबी निवारण दिवस मनाउन लागेको हो । हाल नेपालमा २१.६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको सरकारी तथ्यांक छ । निरपेक्ष गरिबीको रेखामुनी हुनु भनेको खान र लाउन समेत नपाउने अवस्था हो । नेपालले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकका रुपमा स्तरोन्नति हुनका लागि गरिबी निवारणको बिषेश कार्यक्रम अघि सार्न लागेको छ । मध्यम आय भएको मुलुकका रुपमा स्तरोन्नति हुनका लागि ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने बताईन्छ ।
अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र हकप्रद सेयर लिलामी हुदै, कात्तिक २३ गते अन्तिम मिति
काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । बैंकको बिक्री नभएको २ लाख ५९ हजार २४९ कित्ता हकप्रद लिलाम गर्न लागेको हो । जसअनुसार संस्थापक सेयर १ लाख ८७ हजार ६७८ र सार्वसाधारण समूहको ७१ हजार ५७१ कित्ता रहेको छ । हकप्रद खरिदको बोलपत्र पेश गर्ने अन्तिम मिति कात्तिक २३ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
ओरियन्टल होटलले प्रिमियम मूल्यमा एफपीओ ल्याउदै
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले पुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । आउदो कात्तिक २३ गते हुने २० औं वार्षिक साधारणसभामा पुँजी बढाउन एफपीओ निष्कासन अनुमतिका लागि प्रस्ताव लैजाने भएको छ । साधारणसभाबाट पारित भएपछि एफपीओ निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । ओरियन्टलले काठमाडौंमा र्याडिसन होटल सञ्चालन गरिरहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षमा गरेको नाफाबाट १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । यस्तै कम्पनीमा संस्थापक सेयर हिस्सा ५५ र साधारण सेयरधनीको ४५ प्रतिशत हुने गरी लगानी संरचना तयार गरिने भएको छ । कम्पनीको चुक्तापुँजी हाल ७९ करोड १७ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ छ । कम्पनीको बजार पुँजीकरण ७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
एनआरएनएका अध्यक्षमा भवन भट्ट भारी मतले बिजयी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा व्यवसायी भवन भट्ट विजयी भएका छन् । भट्ट भारी मतअन्तर सहित निर्वा्चित भएका हुन । मंगलबार बिहान आएको मत परिणामअनुसार भट्टले १ हजार १९७ मत पाएका छन् । उनकी प्रतिद्वन्द्वी जमुना घले गुरुङले ५८४ मत पाइन । अधिकांश पदमा भट्ट प्यानलकै उम्मेद्वार बिजयी बनेका छन। नवनिर्वाचित अध्यक्ष भटट्ले चुनावी हारजितलाई आफुले स्वभाविक रुपमा लिएको र अब संस्थालाई एकढिक्का बनाएर लैजाने बताए । भट्टले संघमा एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। निर्वाचनले आगामी २ वर्षका लागि एनआरएको अध्यक्षसहित ३८ पदमा नेतृत्व चयन गरेको हो । कुल १ हजार ८५४ मतदातामध्ये १ हजार ७८८ मतदानमा सहभागी भएका थिए । संघको २ खुला उपाध्यक्ष पदमा कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) क्रमशः १ हजार ३० र ६४४ मतसहित निर्वा्चित भए। खुला उपाध्यक्ष पदमा चिरञ्जीवी थापा (जापान), खगेन्द्र क्षेत्री (अमेरिका), रविना थापा (अमेरिका) तथा सोनाम लामा (अमेरिका) प्रतिस्पर्धी भएका थिए । महिला उपाध्यक्षमा सपिला राजभण्डारी (रसिया) विजयी भइन । महासचिवमा डा. बद्री केसी (रसिया) निर्वाचित भए । आगामी कार्यकालका लागि दुई सचिव पदमा डबरबहादुर क्षेत्री (ओमन) र जानकी गुरुङ (बेल्जियम) निर्वा्चित हुनुभएको छन् । अध्यक्ष भट्टले जापानमा रेष्टराँ व्यवसाय गरेका भटट्ले नेपालमा होटल, वायुसेवा, सञ्चार, मदिरा र शिक्षा क्षेत्रमा लगानी गरेका छन् । उनी टीबीआई ग्रुपका अध्यक्ष समेत हुन् ।
एलआईसीको ब्राण्ड एम्बासडरमा विमल घर्ती मगर
काठमाडौं । लाइफ इन्स्योरन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी ) ले ब्राण्ड एम्बासडरमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्ती मगरलाई नियुक्त गरेको छ । कम्पनीले सोमबार आयोजित कार्यक्रममा नयाँ ब्राण्ड एम्बासडर घर्ती मगरलाई लिएर बनाइएको विज्ञापन औपचारिक रुपमा सार्वजनिक गरेको छ । कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले इलाम, दमक, इटहरी, नयाँ बानेश्वर, कलङ्की, बनेपा, नुवाकोट, बैतडी र पाल्पामा अनलाइन मार्फत ९ वटा शाखा कार्यलयको उद्घाटन गरेका छन् । कम्पनीको कुल ४३ शाखाहरु हुने भएका छन् ।