टीकापुर घट्नाका आरोपीहरुको मुद्धा फिर्ता लिने निर्णय विरुद्ध सर्वाेच्च अदालतमा रिट
काठमाडौं । कैलालीको टिकापुर घट्नाका आरोपीहरुको मुद्धा फिर्ता लिने सरकारको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर भएको छ । अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पू्र्व सचिव द्धारिकानाथ ढुंगेल र डा. जगदिश चन्द्र बरालले सर्वाेच्च अदालतमा उत्प्रेषण ,प्रतिषेधको रिट निवेदन दर्ता गरेका हुन । रिटमाथी भोली नै पेशी तोकिएको छ । सरकारले कैलालीको टिकापुरमा प्रहरी र नाबालकको हत्या आरोपमा मुद्धा दायर गरिएकोहरुको मुद्धा फिर्ता लिने निर्णय गरेको थियो ।
आइएमएसले मनायो २५औं ‘आइएमएस दिवस’
काठमाडौं । सामसङ स्मार्टफोन तथा कोरियन लक्जरी ब्राण्ड साङयङ मोटर्स्का आधिकारिक वितरक आइएमएस ग्रुपले आफ्नो २५औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले गत बैशाख २९ गतेका दिन नै वार्षिकोत्सवको अवसरमा २५औं आइएमएस दिवसको आयोजना गरेको थियो । होटल र्याडिशन, लाजिम्पाटमा ग्रुप चेयरम्यान दिपक मल्होत्रा, कम्पनीका प्रेसिडेन्ट तथा सिइओ. दिकेश मल्होत्रा तथा केही अन्य अतिथिहरु लगायत कम्पनीका ३५० भन्दा बढि कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम भएको थियो । यस २५औं माइलस्टोनको उपलक्ष्यमा कम्पनीले सबै कर्मचारीहरुलाई सौगात स्वरुप चाँदीको सिक्का समेत वितरण गरेको थियो । साथै कार्यक्रममा कर्मचारीहरुकै सहभागीतामा विभिन्न रमाइला ट्यालेन्ट शो, खेल, क्विज् तथा अन्य कार्यक्रमका साथै पुरस्कार वितरण पनि भएको थियो । छनौट गरिएका केही कर्मचारीहरुलाई विभिन्न मेडल तथा नगद उपहारहरुले “वर्षकै सर्वाेत्कृष्ट कर्मचारी”, “सर्वाेत्कृष्ट डिपार्टमेन्ट”, तथा “सबैभन्दा लामो सेवा अवधि” का रुपमा सम्मानीत पनि गरिएको थियो । आइएमएस ग्रुप विगत २४ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ जुन कम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ । हाल यस अन्तर्गत कुल १२ वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउनतथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ ।
यूनाइटेड मोदीको एक करोड १५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको एक करोड १५ लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । आइतबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । हाल कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ ।
सेयर आपूर्ति बढ्दा मूल्य दोहोरो अंकले घट्यो, एक सातामा नै ३ अर्ब रुपैयाँको सेयर थपियो
काठमाडौं । आइतबार नेप्से परिसूचक १६ दशमलब ६३ अंकले घटेर १६२७ दशमलब २४ अंकमा झरेको छ । सो दिन ६८ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार) को तुलनामा ७ करोड रुपैयाँले बढी हो । बजारमा सेयर आपूर्ति वृद्धि हुनु तर निक्षेप तथा कर्जाको व्याजदर नघट्नुले बजारमा गिरावट आएको जानकारहरु बताउँछन् । सरकार परिवर्तन र तराईका क्षेत्रीय दलहरुको बढ्दो असन्तुष्टि पनि बजार घट्नुको कारण मानिएको छ । गत साता मात्र नेपाल स्टक एक्सचेञ्जमा ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्यको सेयर सूचिकृत भएको छ । १४ वटा कम्पनीको हकप्रद सेयर, बोनस सेयर र साधारण सेयर गरी उक्त मात्रामा सेयर सूचिकृत भएको हो । सेयर आपूर्तिको क्रम बढ्दो रहेकोले मूल्यमा प्रेसर परेको बताईन्छ । बजार दोहोरो अंकले घट्दा पनि सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन एनबी इन्स्योरेन्स कम्पनी र बोटलर्स नेपाल(तराई) लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आइतबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः १२१० र ६६४४ रुपैयाँ रहेको छ । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट, हिमालयन डिस्टीलरी र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९७, ९.९७ र ९.९६ प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी जनता बैंक नेपालको सेयर मूल्य ६.२७ प्रतिशतले घटेको छ । बजारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । एकैदिन कम्पनीको ४ करोड १५ लाख रुपैयाँ माथिको सेयर किनबेच भएको छ । सो दिन इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १५२० रुपैयाँ रहेको छ । आइतबार कारोबार भएका दुई समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ६ समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंकको परिसूचक क्रमशः ४९, २२, १८ र १५ अंकले ओरालो लागेका छन् । उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ५४ र ०.८७ अंकले उकालो लागेका छन् ।
प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालद्धारा पदभार ग्रहण, जवाफदेही पत्रकारिताको विकासमा जोड
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैंठकले जेठ ४ गने बराललाई अध्यक्षमा नियुक्त गरेको हो । बरालले आज पदभार समालेका छन् । पदबहाली पछि बरालले स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजै काउन्सिलले नयाँ अध्यक्षको स्वागत गरेको छ । स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने बताए । प्रेस काउन्सिलका बोर्ड मेम्बर अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल अहिले नयाँ प्रविधि युक्त भएको बताए । काउन्सिलको विश्वसनियता र प्रभाव बढ्दै गएकोले उच्च ओहोदाका महानुभावहरु समेत उजुरीका गर्न काउन्सिल आउन थालेको बताए । प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछानेले जनशक्ति व्यवस्थापन गर्दै काउन्सिलको भूमिकालाई प्रभावकारी बनाउन जोड दिए ।
एसबिआई बैंकको ४० प्रतिशत हकप्रद सेयर खुला, कहाँ कहाँबाट आवेदन दिने ?
काठमाडौं । नेपाल एसबिआई बैंकले सर्वसाधारणको लागि ४० प्रतिशत(अर्थात १० बराबर ४ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गरेको छ । कम्पनीले जेठ ७ गते (आइतबार)देखि एक सय अंकित दरको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंको हात्तिसारमा रहेको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ् लिमिटेड र नागपोखरीमा रहेको एनएमबि क्यापिटल लिमिटेडबाट आवेदन भर्न सक्ने कम्पनीले जनाएको छ । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी असार ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १०३५ रुपैयाँमा कारोबार भएको थियो ।
बाँसको पेसा आम्दानीको भरपर्दो स्रोत
इटहरी । दक्षिणी भोजपुरको होमताङ, घोरेटारलगायतका किराँत समुदायले पछिल्लो समय डालो, नाङ्लो, थुन्से र डोको लगायतका सामग्री बुनेर प्रशस्त आम्दानी गरिरहेका छन् । अहिले तराईका अन्य समुदायमा पनि यो पोसा रोजीरोटीको मुख्य पेसा बनिरहेको छ । धेरै पहिले घरेलु समस्या टार्ने काममामात्र प्रयोग हुँदै आएको डोको, नाङ्लो , थुन्से, ढाकर, चाल्नो मान्द्रो भकारी चित्रालगायतका झुपडिदेखि महलसम्म आवश्यक बन्दै आएको छ । घरपरिवारका सदस्य मिलेर थोरै लगानीमा घरमा नै बसेर बसिबियाँलो मै बनाइने यस्ता सामानले औद्योगिक रुप लिएपछि व्यवसाय पनि फस्टाउँदो छ । किराँती अर्थात वान्तवा चाम्लिङ राईले उत्साहित बनेर गाउँघरमा नै ठूलो परिमाणमा बाँसका ती सामग्री उत्पादन गरी सुनसरीको बराह क्षेत्रसम्म बोकेर ल्याउने गरेकामा अहिले विदेशमा समेत यी सामान निर्यात हुन थालेको छ । धेरैले बाँसका सामग्री बनाएर प्रशस्त आन्दानी लिने गतिलो वैकल्पिक उद्योगका रुपमा यो पेसा अङ्गालेको स्थानीय व्यवसायी राजेन्द्र राईको भनाइ छ । इटहरीको हाटखोलामा थोक बिक्रेताका रुपमा नाङ्लो , डालो, मुडा र थुन्से लगायतका बाँसजन्य तयारी सामान रु १० लाखदेखि रु २० लाखसम्मको कारोबार गर्दै आएको व्यवसायी मोहन राईले बताए । वैदेशिक रोजागरमा गाउँ नै रित्तो बनाएर युवा विदेशिने क्रम तीव्र बनिरहेका बेला बाँसको यो पेसा भोजपुरमा नै सयौँको हाराहारीमा छ भने पूर्वी नेपालका तराईका जिल्लामा पनि यसको व्यवसाय विस्तार हुँदै आएको छ । रासस
स्वरोजगार लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै, जेठ १७ गते बुक क्लोज
काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले सर्वसाधारणकोलागि ५० प्रतिशत (२ः१) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी १० करोड ४९ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २६२० रुपैयाँमा कारोबार भइरहेको छ ।