नेपाल बैंकको हकप्रद सेयर भर्ने म्याद अब ३ दिनमात्र बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १०० बराबर २३.७४ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीले १०० रुपैयाँ अंकित एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात जेठ १० गतेसम्म सो मात्राको हकप्रदका लागि आवेदन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले सुन्धाराको सिभिल क्यापिटल मार्केट र बैंकको रजिष्टर्ड(केन्द्रीय) कार्यालय लगायत अन्य शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लि रहेको छ ।
मेलम्ची बासीले मागे २५ प्रतिशत लेवी
काठमाडौं । मेलम्चीबासीले मेलम्चीको पानी प्रयोग गरेवापत काठमाडौं उपत्यकाबासीसँग २५ प्रतिशत लेवी मागेका छन् । उनीहरुले आफ्नो पर्यावरण प्रयोग गरेर राजधानीबासीको प्यास मेटिने भएकाले न्युनतम १३ प्रतिशतदेखि अधिकतम २५ प्रतिशतसम्म लेबी पाउनुपर्ने माग राखेका हुन् । मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने-मेलम्ची बासीले २५ प्रतिशतसम्म लेबीको दावी गरेका छन, यसमा राजनीतिक तहबाट समाधान खोजिनुपर्छ । उनले न्युनतम १३ देखि २५ प्रतिशतसम्म लेबी पाउनुपर्ने माग अघि सरेको स्विकार गर्दै लेबीका रुपमा नभएर सामाजिक उत्थान कार्यक्रममा रुपमा आयोजना प्रभावित क्षेत्रका स्थानियलाई सहयोग गरिरहने बताए । ‘लेबीका रुपमा रकम उपलब्ध गराउन सकिँदैन तर समाजिक उत्थान कार्यक्रमका रुपमा सहयोगलाई निरन्तरता दिन सकिन्छ’, कार्यकारी निर्देशक देवकोटाले भने । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक जिल्लाका साविकको १४ वटा गाबिसमा सामाजिक उत्थान कार्यक्रम सञ्चालन गरिरहेको छ । साविकका तिनै १४ वटा गाबिसमा बार्षिक ९ करोडको लागतमा सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्ने मनस्थिती आयोजनाले बनाएको छ ।
नेप्सेको वेभसाइटमा समस्या, सेयर कारोबार भने नियमित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेभसाइटमा समस्या उत्पन्न भएको छ । सिंहदरबारमा रहेको सरकारी डाटा सेन्टर(जिआइडिसी)मा समस्या उत्पन्न भएकाले वेभसाइट नचलेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजलाई जानकारी दिए । पराजुलीका अनुसार हाल नेप्से र सरकारी प्राबिधिक टोलीले समस्या पहिचान गरेर समाधानको प्रयास गरिरहेका छन् । यद्यपी सेयर कारोबार भने नरोकिएको उनले जानकारी दिए । ‘सेयर कारोबार रोकिएको छैन, हामी समस्या समाधानको प्रयास गरिरहेका छौं’, पराजुलीले भने । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि नेप्सेको सर्भरमा समस्या आएको बताउँदै चेक राफसाफ रोकिएको बताए । ‘सेयर कारोबार त भैरहेको छ तर सिडिएसको सर्भरमा पनि समस्या आएकाले चेक राफसाफ रोकिएको छ, समय थपिदिन्छौं भन्ने आश्वासन आएको छ ।’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने । ३ बजे हुनुपर्ने राफसाफ पछि धकेकिएको र थप समय उपलब्ध गराउने प्रतिवद्धता आएको उनले बताए ।
काठमाडौं महानगरमा एमालेका विद्या सुन्दर भारी मतले अगाडी, रञ्जु दर्शनालाई ११ हजार भोट
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा(एमाले)का उम्मेदवार विद्या सुन्दर शाक्यले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । ८८ हजार मत गणना सकिँदा शाक्यले २९ हजार ३६८ मत पाएका ल्याएर ९ हजारको अग्रता कायम गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले भने जम्मा २० हजार ३६८ मत ल्याएका छन् । विवेकशिल नेपाली दलकी रञ्जु दर्शनाले ११ हजार २५७ मत ल्याएर तेश्रो स्थान ओगटेकी छिन् भने साझा पार्टीका किशोर थापाले ८ हजार ५२३ मत ल्याएका छन् ।
गंगा र निरुको “मायाको देशै रमाइलो” बजारमा
काठमाडाैं । मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ । खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।ग्यालेक्सी म्युजिकले बिगत ५ बर्ष देखि निकै उट्कृष्ट गितहरु बजारमा ल्याउने क्रममा अर्को प्रस्तुती अहिले सम्मकै उत्कृष्ट उत्पान्दनको रुपमा हेर्न सकिने गीतको म्युजिक भिडियोमा मोडल सन्दिप र बर्षाको रहेको छ । उक्त गितको छायांकन देबराज आचार्यले गरेका छन् । अहिले सम्मकै उत्कृष्ट निर्देशन पक्षमा भिजेका चर्चित निर्देशक पुर्णिमा बुढा मगरको निर्देशन रहेको भिडियोमा धेरै फरकपन देख्न सकिन्छ । देबराज आचार्य पछिल्लो पटक छायांकनमा व्यस्त रहेका छायाँकारको रुपमा पनि हेर्न सकिन्छ जसको छायांकनमा तयार भएका धेरै म्यूजिक भिडियोहरु चर्चामा छन । सोहि छायाँकार देबराज आचार्यको छायांकनमा तयार भएको गीत आजबाट बजारमा आएको छ ।
प्राइम बैंक र एशियन लाईफबीच बैकासुरेन्स सेवा सम्झौता, प्राइम बैंकका ग्राहकलाई बीमा सेवा सहज
काठमाडौं । प्राइम कर्मशियल बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकासुरेन्स सेवा सञ्चालन गर्न सहकार्य गर्ने सम्झौता भएको छ । जीबन बीमा सेवालाई प्रभावकारी बनाउने र ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा जेठ ७ गते प्राइम कमर्शिलय बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धर र एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्तारक्षर गरेका छन् । बैकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको जीवन बीमा योजना तथा बीमा पोलिसीहरु खरिद गर्न सहजता प्रदान गरिनेछ । अब एशियन लाईफ इन्स्योरेन्स कम्पनीका बीमा योजना तथा बीमा सेवाहरु सजिलैसँग प्राइम कर्मशियल बैंकको नेपाल भरका ५५ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले बताए । हाल एशियन लाईफले २३ वटा शाखा र ७२ वटा उपशाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ । चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २०७३ चैत्र मसान्तसम्ममा जीवन बीमा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ । कम्पनीले ९ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ ।
५० लाख टीभी करको दायरा बाहिर, डिजिटल टीभीकाे विशेषता गुणस्तरीय सेवा र लाभ दुबै पाइने
काठमाडौं । अनामनगरकी विमला थापामगरले आफ्नो टीभीमा ३ हजार खर्च गरेर सेटटप बक्स जोडेकी छन् । श्रीमान दिनभर काममा जाने र आफू गृहणी भएकाले घरमा टीभी हरेरै दिन बिताउने गरेकी थापाले डिजिटल टीभी अनिवार्य हुन्छ भनेर नै आफूले सेटटप बक्स जोडेको बताइन् । उनका अनुसार अहिले टीभी हेर्दा कुनै झ्र्यार झुर्र पनि छैन, जतिबेला पनि टीभी क्लियर आउने र मन लागेको च्यानल छानिछानी हेर्न पाउने उनको बताइन् । उनी जस्तै राजधानीका लाखौ टीभी हेर्ने दर्शकले डिजिटल टीभीको लागि अनिवार्य सेटटप बक्स राखेर आफ्नो टीभीलाई डिजिटलमा रुपान्तरण गर्नुपर्ने सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । प्रवक्ता ढकालका अनुसार गत बैशाख १५ गतेदेखि नै काठमाडौ ललितपुर पोखरा महानगरपालिका तथा विराटनगर र वीरगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सबै एनालग सिष्टमका टीभी डिजिटल भइसकेका छन् । यी क्षेत्रमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा डिजिटल सिग्नलमा रूपान्तरण गर्न बाध्यकारी नीति अबलम्बन गरिएको छ । जसका कारण यी क्षेत्रमा मात्रै २० औ लाख उपभोत्ता सबैले टीभी हेर्न अनिवार्य सेटटप बक्स राख्नुपर्ने भएको छ । अन्य उपमहानगरपालिका र नगरपालिका क्षेत्रभित्र २०७४ कार्तिक १५ गतेसम्म र बाँकी रहेका नेपालका सम्प्रर्ण भू–भागमा २०७५ बैशाख १५ गतेसम्म डिडिटलमा जानुपर्ने मापदण्ड सरकारले तोकेको छ । सरकारको यो बाध्यकारी निर्णयसँगै परम्परागत किसिमको न्यून गुणस्तरिय सेवा पाइरहेका ग्राहकहरूले अब डिजिटल सेवा पाउने भएका छन् । यति मात्रै हैन हाल करीब ५० लाख टीभी करको दायरा बाहिर छन् । यी सबैलाई करको दायरमा ल्याउन पनि सरकारले टीभी सिग्नललाई अनिवार्य डिजिटल गरेको हो । यसको मतलवल हरेक ग्राहकले हेर्ने टीभीमा डिजीटल सिग्नल जाने भएको छ । हाल एनालग नै सिग्नलबाट टीभी हेरिहरको भएपनि सरकारले कुनै पनि बेला कट गर्न सक्ने पनि ढकालको भनाइ छ । सरकारले ल्याएको डिजिटल टीभीको व्यवस्थाले सरकार, उपभोक्ता, व्यवसायीसहित सबैलाई लाभ गर्ने भएपनि यसलाई व्यवहारिक रुपमा पूर्ण लागू गर्न भने अझै सयम लाग्ने नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष लक्ष्मीनारायण साहले बताए । उनका अनुसार अहिले करको दायराबाहिर रहेका टीभी पनि करको दायरमामा आउँछन् । व्यवसायीको व्यवसायको दायरामा पनि फराकिलो हुन्छ र ५० औ लाख टीभीले तिर्ने बार्षिक राजस्व पनि उल्लेख्य मात्रमा देखिने शाहको बुझाई छ । डिजिटल टीभीकाे विशेषाता गुणस्तरीय सेवा र लाभ दुबै पाइने डिजिटल टीभीकाे विशेषाता भनेकाे ग्राकहलाइ गुणस्तरीय सेवा र लाभ दुबै हाे । सरकार तथा व्यवासायीलाइ पनि लाभ हुनु हाे । हाल सबै केलव अपरेटर्स बार्षिक जम्मा १० करोड रुपैयाँ राजस्व तिर्ने गरेको छ । ६ वर्षदेखि डिजिटल टीभीको सेवा दिइरहेको डीस होम एक्लैले सबै कम्पनीले दिने भन्दा बढी राजस्व तिर्ने दाबी गरेको छ । बजार हिस्सा हेर्ने हो भने डिसहोमको जम्मा ३० प्रतिशत मात्रै रहेको छ । सरकारले तीनवटा महानगरपालिका र २ वटा नगरपालिकामा मात्रै अहिले यो डिजिटल टीभी अनिवार्य भनेपछि हामी त्यो भन्दा बाहिरका व्यवसायी पनि तयारी अवस्थामै छौं, साहले भने । सरकारले नेपालमा एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिसक्ने गरी राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा व्यवस्था गरिसकेको छ । सोही व्यवस्था अन्तर्गत तोकिएका क्षेत्रहरूमा एनालग सिग्नल पूर्ण रूपमा प्रतिबिन्धत र गैरकानुनी हुने उल्लेख छ । यो सँगै परम्परागत प्रविधिमा टेलिभिजन सिग्नल हेरिरहेका दर्शकले गुणस्तरीय किसिमको डिजिटल सेवा पाउने भएका छन् भने सरकारको राजस्वमा समेत उल्लेख्य रकम वृद्धि हुने ढकालको बुझाइ छ । केबल अपरेटरहरूले भ्याट विल नदिने, ग्राहकसंख्या कम देखाउने र भारतीय डिटिएच मार्फत् सिग्नल डाउनलोड गरी वितरण गर्ने कार्य पनि टीभी डिजिटल भएपनि पूर्ण रूपमा रोकिनेछ । त्यसो त नेपालमा करिब ५० लाख दर्शकले परम्परागत किसिमको केबल मार्फत् टेलिभिजन हेरेको तथ्यांक पाइन्छ । अधिकांश कम्पनीले औषतमा मासिक तीन सय रूपैयाँको औषतमा ग्राहकबाट शुल्क लिएको पाइन्छ । यसरी यो तथ्यांक केलाउँदा एक महिनामा केबल टेलिभिजनको बजार डेढ अर्बको हुने देखिन्छ भने एक वर्षमा करिब १८ अर्बको कारोबार हुन्छ । यस अनुसार सरकारको राजस्व करिब २३ करोडको हाराहारिमा हुनुपर्ने देखिन्छ । तर सरकारी तथ्यांक हेर्दा अहिलेको राजस्व संकलन यसको तुलनामा न्यून देखिन्छ । यसले गर्दा केबल सेवा डिजिटलाईजेशनमा जाँदा ग्राहक र सरकारलाई फाइदा हुने देखिन्छ भने केबल व्यवसायीले पनि गुणस्तरीय सेवा दिन सक्नुका साथै कारोबार पारदर्शी हुने पनि उल्लेख छ । सरकार, व्यवसायी र ग्राहकलाइ पनि लाभ टीभी डिजिटलमा जाँदा सरकारले नियमित अनुगमन गर्न सक्ने, ग्राहक संख्या थाहा पाउने र राजस्वको दायरा बढ्छ । व्यवसायीको पनि व्यवसायको आकार बढ्छ । सरकारी नियम पालना गर्न सहज हुन्छ भने टीटभीका दर्शकले पनि सफा पिक्चर र गुणस्तरीय आवाजमा टीभी हेर्न पाउँछन् । ग्राहकले एचडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडीजस्ता मल्टिपल हाइ ब्यान्डविथमा टीभी हेर्न पाउँछन । यस प्रविधिमा अनलाइन प्रयोगबाट टिभीबाटै म्यासेज आदान प्रदान, युट्यूव लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम्स, अनलाइन सपिङ लगायतका कार्य गर्न सक्ने भएकोले डिजिटल टीभी सस्तो पर्छ । मासिक पैसा भुत्तानीमा पनि एउटा घरमा कुनै ग्राहकले सिंगल टीभी हेर्दा कम्तिमा २९२ देखि ३ सय, ३५०, ५ सय हुँदै ९ सय रुपैयाँसम्मका प्याकेज लिन सक्छन् । एकभन्दा बढीले सेयर गरेको अवस्थामा टीभी हेर्न सस्तो र गुणस्तरीय सेवा पाइन्छ । यसका लागि बजारमा रहेका डीस होस, क्लियर टीभी, स्काई टीभी, सिम टीभीलगायतका सेवा प्रदायकको आआफ्नै प्याकेज रहेको छ । ग्राहकले जुनसुकै कम्पनीको पनि सेवा प्रयोग गर्न सक्छन् ।
मैलुङ खोला जलिवद्युत आयोजना प्रभावितलाई ३ लाख ६८ हजार कित्ता साधारण सेयर, जेठ १७ देखि आवेदन खुला
काठमाडौं । मैलुङ खोला जलिवद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित ३ लाख ६८ हजार १४४ कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो जलिवद्युत कम्पनीले रसुवामा निर्माण हुने उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर निष्कासन गरेको छ । यो कम्पनीले हाकु गाविस डाडाँगाउ गाविस र राम्चे गाविसका वासिन्दालार्य १ लाख ८४ हजार ७२ कित्ता र बाँकी १ लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाको लागि सेयर निस्काशन गरेको छ । आगामी जेठ १७ गतेबाट आवेदन दिन सकिने यो कम्पनीको सेयर निष्कासन छिटोमा जेठ ३१ र ढिलोमा असार १५ मा बन्द हुने भएको छ । न्युनतम ५० कित्ता देखि अधिकतम १८ सय ४० कित्ता सम्म सेयर आवेदन दिन पाइने पनि उल्लेख छ । यसको सेयरको आवेदन रसुवाको जनता बैंक, प्रभु बैंक, आइसीएफसी फाइनान्स, हिमालयन बैंक र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।