भूकम्पपछिको पुनर्निर्माण चुस्त, प्रगति सुस्त
काठमाडौं २, माघ । यतिबेला १९९० साल माघ २ गते गएको महाभूकम्पको त्रासदी भोग्ने थोरै नेपाली मात्र जीवित छन्। बाँकीले त्यो त्रासदीपूर्ण दिनको इतिहास पढेका वा सुनेका मात्रै छन्। त्यही इतिहास स्मरण गराउन र नेपालीलाई भूकम्पबारे सचेत गराउन सरकारले केही वर्षदेखि हरेक वर्ष माघ २ गते भूकम्प दिवस मनाउँदै आएको छ। दिवस मनाउने काममा विशेषगरी गैरसरकारी संस्था सक्रिय देखिन्छन् र गृह मन्त्रालयले केही औपचारिक कार्यक्रम पनि गर्दै आएको छ। गतवर्षको विनाशकारी भूकम्पबाट क्षति पुगेका १४ जिल्लाका पाँच लाख ४७ हजार २२९ जनासँग पहिलो किस्ताको अनुदान सम्झौता भइसकेको छ। यीमध्ये चार लाख ७३ हजार ५५५ जनाले पहिलो किस्ताबापतको अनुदान पाइसकेका छन्। वि।सं। २०७२ को गोरखा भूकम्पपछि तत्कालीन सरकारले यो दिन अझ विशेष बनाउने निर्णय ग¥यो तर यो दिवस ठोस काम गरेरभन्दा तामझाममा नै बित्यो। सोही दिवस पारेर राष्ट्रप्रमुखबाट शिलान्यास र उद्घाटन भएका कार्यक्रमले एक वर्षमा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेन। रोकियो रानीपोखरी पुनर्निर्माण गतवर्ष माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गर्नुभएको काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु भए पनि विवादका कारण रोकिएको छ। काठमाडौँ महानगरपालिकाले निर्माणको ठेक्का दिएको कम्पनीले पुरातात्विक सम्पदा पुनर्निर्माणको मापदण्ड पूरा नगरेको भन्दै निर्माणमा रोक लगाएपछि अलपत्र परेको हो। विभिन्न विवादका कारण उक्त सम्पदा पुनः पुरातत्व विभाग आफैले पुनर्निर्माण गर्ने निर्णय गरेको छ तर एउटा कम्पनीलाई ठेक्कामा दिएर डेढ करोड रुपियाँ खर्च भइसकेको उक्त सम्पदा पुरातत्व विभागले जिम्मा लिए पनि प्रक्रियागत ढिलासुस्ती र बजेट निकासा हुन नसक्दा निर्माणको काम अगाडि बढ्न सकेको छैन। गत बिहीबारमात्र उक्त सम्पदाको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट एक करोड रुपियाँ निकासा भएको जानकारी दिँदै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अब छिट्टै परम्परागत प्रविधिबाटै उक्त सम्पदाको पुनर्निर्माण थालिने बताए। उक्त मन्दिरको जग सुरक्षित रहे नरहेको अध्ययन गरी सरोकारवाला सबैसँग छलफल गरेर मन्दिरको डिजाइनबारे निर्णय गरिने उनको भनाइ छ। रानीपोखरीको मन्दिरबाहेक पोखरी परिसरको निर्माणको जिम्मा महानगरपालिकाले लिएको छ तर त्यसमा पनि ठोस काम सुरु भएको छैन। बुङ्मतीमा सुस्त गतवर्षको माघ २ गते नै पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पुरानो नेवारी बस्ती बुङ्मतीलाई एकीकृत सघन बस्तीका रूपमा पुनर्निर्माण गर्न तामझामसहित उद्घाटन गरे। त्यसबेला बस्तीको प्रवेशद्वारमा यूएन ह्याविट्याटले राखिदिएको बृहत् गुरुयोजनाको फ्लेक्स बोर्ड अहिले फाटिसकेको छ। बस्ती विकासको ठोस काम भने अझै भएको छैन। श्रीलङ्काली सरकारको सहयोगमा बुङ्मतीमा नै रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण भने सुरु भएको छ। मन्दिर पुनर्निर्माण गर्दा पनि ठेकेदारले हेलचेक्र्याइँ गरेको भन्दै स्थानीयवासीले विरोध जनाएपछि मन्दिरको जग पुनः सच्याइएको स्थानीय बस्तराज शाक्यले बताए। आफ्नो घरको आँगनमा नै भएको मन्दिरको जग निर्माणमा नै गल्ती भएपछि स्थानीयवासीको दबाबमा सुधार गरेपछि मात्र आफू निदाउन सकेको बताउने ७६ वर्षीय शाक्यको आफ्नै घर भने कहिले बन्ने अत्तोपत्तो छैन। भूकम्पका कारण भत्किएको घरको तल्लो तलामात्र बाँकी राखेर सोही घरमा बस्दै आउनुभएका शाक्य स्थान अभावका कारण आफ्ना परिवार टोल बाहिरको अस्थायी टहरोमा बस्दै आएका हुन्। सोही टोलका विष्णुप्रसाद शाक्य पनि घर कसरी बनाउने भन्ने अन्योलमा छन्। जम्मा तीन पैसा क्षेत्रफलमा रहेको घर अबको सरकारी मापदण्ड अनुसार नबन्ने भएपछि अन्योलमा परेको बताए। सरकारले सुझाएको १७ वटा डिजाइनमध्ये उनका लागि कुनै पनि डिजाइन उपयुक्त सावित हुन सकेको छैन। सहरी विकास तथा भवन निर्माण विभागले त्यस्ता बस्तीका लागि थप डिजाइन ल्याउने भने पनि त्यो अझैसम्म आउन सकेको छैन। मापदण्डमा अलमल ऐतिहासिक सम्पदा क्षेत्रमा आवास निर्माणको मापदण्ड कस्तो हुने भन्ने निर्णय सरकारले हालसम्म नगरेका कारण बुङ्मती मात्र होइन, साँखु, टोखा, सिद्धिपुर जस्ता पुराना बस्तीको पुनर्निर्माण अन्योलमा परेको छ। अन्यत्रका लागि बनाइएको मापदण्ड पुराना र मौलिक संस्कृति बोकेका बस्तीमा लागू हुनसक्ने अवस्था नरहेको यूनएन ह्याविट्याटका प्रोग्राम म्यानेजर पीएस जोशी बताउनुहुन्छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने त्यस विषयमा सहरी विकास तथा भवन निर्माण विभागले अध्ययन गरिरहेको बताउँदै आएको छ। गोरखापत्र दैनिकबाट ।
शीतल निवासलाई विहेको चटारो, राष्ट्रपति र पूर्वराष्ट्रपति सोमबार नाता जोड्दै
काठमाडौं २, माघ । शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलार्इ जुराइएको छ । निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमा इन्गेजमेन्ट टिकाटालो भएको थियो । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही वर्षदेखि नै चलेको थियो । अध्ययनलगायत कारणले पछि सरेको हो । समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ । ‘विवाहको तयारी लगभग सकिएको छ,’ राष्ट्रपतिका जनसम्पर्क सचिव जीवछ साहले शनिबार कान्तिपुरलाई भने । सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा वैवाहिक कार्यक्रम राखिएको छ । कोसी हलको अघिल्तिरको खाली भागमा जग्गे तयार पारिएको छ । विवाह समारोह झकिझकाउ बनाउने काम भइसकेको छ । तर, स्रोतले दिएको जानकारीअनुसार वैवाहिक कार्यक्रमलाई भने संक्षिप्त र सामान्य नै बनाइएको छ । राष्ट्रपति भण्डारीले दुलाहा पक्षलाई पनि बढी तामझाम नगर्न सुझाव दिएको स्रोतले जानकारी दिए । सामाजिक व्यवहार सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती ल्याउन नहुने उल्लेख छ । राष्ट्रपतिका तर्फबाट पनि धेरै निम्तालु छैनन् । दुलाहा पक्षलाई पनि ५१ जनाभन्दा बढी जन्ती नल्याउन आग्रह गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षलाई कार्यक्रममा बोलाइएको छ । निम्तोपत्रमै कुनै नगद वा जिन्सी नल्याउन आग्रहसमेत गरिएको छ । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् । इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिएका छन् । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । विवाहकै पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारीले शनिबार बिहान नक्सालस्थित बालमन्दिरमा आश्रय लिएका बालबच्चालाई भोजन गराएकी थिइन् । उनीहरूलाई शीतल निवासमै बोलाइएको थियो । छोरी निशाकुसुम पनि साथै थिइन् । कान्तिपुर दैनिकबाट ।
शल्यक्रियामा लापरबाहीः बिरामीको पेटमै छाडियो फलामे औजार
हेल्थपोष्टको फाइल तस्बिर काठमाडौं २, माघ । सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन्। त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो । ‘तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोडले तान्दा फलाम निस्कियो । उनले घरका अन्य सदस्यलाई जानकारी गराएपछि उनीलगायत परिवारका सबै सदस्य शल्यक्रिया गर्दा फलामको टुक्रा पेटमै अड्किएको निष्कर्षमा पुगे । घटनाबारे सुनेपछि शल्यक्रिया गरेका मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठ यादवको घरमा पुगे । श्रेष्ठले सुरुमा घटनाबारे केही बोल्न नमाने पनि अन्ततः शल्यक्रियाको क्रममा यादवको पेटमा औजार छुटेको स्वीकारेका छन् । यादव परिवारले भने लापरबाही गर्ने श्रेष्ठमाथि कारबाही हुनु पर्ने माग राखेको छ । नयाँ पत्रिका दैनिकबाट ।
भारतीय नोटबन्दीका कारण सुन तस्करी बढ्दो, भारतीय बजारमा सुनको माग नेपालबाट तस्करी
काठमाडौं २, माघ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेको छ। त्यसैका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढिरहेको हो। नगद राख्न जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छ्न्। सोही कारण भारतीय बजारमा सुनको माग बढेसँगै नेपाल हुँदै त्यहाँ सुन तस्करी बढ्न थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवलले नोट प्रतिबन्धपछि भारतमा सुरक्षित धन सुनप्रति आकर्षण बढेका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढेको बताए। साथै नेपालमा भारु अभाव भएका कारण भुक्तानीका लागि नेपाली व्यवसायीले पनि सुन प्रयोग गर्न थालेको हुन सक्ने सिलवालले बताए। ‘ठूला दरका भारु छैनन्, साना नोट सटही पनि सहज छैन’ उनले भने, ‘भारु भुक्तानीका लगि सुन नै एकमात्र उत्तम उपय हुन सक्छ’ अहिले नेपली बजारमा पनि सुनको माग उच्च छ । अन्नपूर्ण पोस्टबाट ।
गुठी संस्थान अस्तव्यस्त, कमजोर व्यवस्थापनको कारणले अस्तव्यस्थ
काठमाडौं २, माघ धर्मसंस्कति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने, गुठीको जग्गाको संरक्षण गन, सांस्कृतिक र पुरातात्विक महत्वका मठ मन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने जग्गाको प्रशासान (व्यवस्थापन) गर्ने जस्ता महत्वपूर्ण काम गर्ने गुठी संस्थान पछिल्लो समय धराशयी हुदै गएको बताइएको छ । गुठी संस्थानका प्रमुख प्रशासक नारायाण चौधरीको व्यवस्थापन कमजोरीका कारण सञ्चालक सदस्य तथा कर्मचारीहरुलाई विश्वास लिने तथा समन्वय कायम गरी संस्थानको हितमा गर्नुपर्ने निर्णयहरु गर्न असक्षम भई संसथानलाई अस्तव्यस्त बनाएको कर्मचारीहरुले आरोप लगाउन थालेका छन् । साथै उनीहरुले संस्थानमा भएको अनियमितताबारे मन्त्रालयले कुनै ध्यान नदिएको आरोप समेत लगाएको छ । नेपाल समाचार पत्रमा दैनिकबाट ।
राजधानीमा ३ करोडको तरुल, ५ सय मेट्रिक टन तरुल आपूर्ति
काठमाडौं २, माघ । उपत्यकामा माघे संक्रान्तिको अवसरमा ५ सय मेट्रिक टन तरुल आपूर्ति भएको छ । शनिबारसम्ममा करीब ३ करोड रकम बराबरको विभिन्न तरुलको कारोबार भएको पाइएको छ । नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अनुसार सबैभन्दा बढी तरुलको कारोबार कालीमाटी बजारमा हुने गर्छ । ५ सय टनमध्ये कालीमाटी तरकारी बजारबाट मात्र २ सय टन आपूर्ति भएको छ । बल्खुमा ५० टन र बानेश्वरमा १ सय टन तरुल विक्री भएको छ । कारोबार दैनिकबाट ।
नागरिक लगानी कोषले ल्यायो‘सिआइटी मोवाइल एप’, स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट हेर्न मिल्ने
काठमाडौं, १ माघ । नागरिक लगानी कोषले सिआइटी मोवाइल एप सेवा सूरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन । सिआइटी मोवाइल एपको सेवा सुरु गर्दे सचिव खनालले यसले सेवाग्रहीको समय बचत र प्रशाशनिक झन्भट हटाएको धारणा राखे । उनले कोषका सेवाग्रहीले सचेत भएर एप्सको अधिक प्रयोग गर्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष महाश्रम शर्माले कोष सेवाग्रहीको सुझाव अनुसार चल्ने संस्था भएको जिकिर गरे । उनले भने, ‘सेवा ग्राही जति चनाखो भएर लाग्छन, हामी त्यतिकै चनाखौ हुन्छौ ।’ त्यसैगरी पश्चिमान्चल क्षेत्रिय प्रशाशक खगराज बरालले सूचना प्रबिधिको बर्तमान अवस्थामा कोषले आफुलाई पनि सोही रुपमा अघि बढानु सकारात्मक कार्य भएको धारणा राखे । उक्त अबसरमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले यो भन्दा अघि सिआइटी एसएमएस सेवा सुरु गरिसकेको बताउदै सिआटी मोवाइल एपको सेवाबाट कोषमा सहभागी सबै सेवाग्राहीले आफनो मोवाइलबाटै सबै जानकारी लिन सकिने धारणा राखे । कोषले आफनो सेवालाई सूचना मैत्री बनाउदै लगेको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने उनको भनाई थियो । कोषका सूचना अधिकृत उद्धव सिलवालले कोषले संचालन गर्ने बिभिन्न कार्यक्रमहरु कर्मचारी बचतबृद्धि स्विकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना,शसस्त्र प्रहरीे र नार्क सावधिक जीवन वीमा अन्तर्गत जम्मा भएको रकमको स्टेटमेन्ट र ऋण सापटि तथा बचत रकमको स्टेटमेन्ट सिआइटी मोवाईल एपमार्फत हेर्न सकिने ब्यवस्था मिलाएको जानकारी दिए ।
जसले बजारलाई प्रभावित पार्ने सूचना बनाउँछ उसैलाई ब्रोकरको लाइसेन्स दिन मिल्छ ?
प्रियराज रेग्मी-अध्यक्ष, स्टक ब्रोकर एसोसियसन अफ नेपाल पुस -माघको ठण्डीसँगै सेयर बजार संकुचित हुँदै गएको छ । तर बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषयमा चलेको बहसले भने बजार तताएको छ । गत साता स्टक ब्रोकर एसोसियसन अफ नेपालको बार्षिक साधारण सभामा यो विषयमाथी गर्मागरम बहस चल्यो । ब्रोकर कम्पनीहरुले नियामक समक्ष आफुहरुको अधिकार संकुचित पारेर बैंकलाई ब्रोकर लाइसेन्स दिन लागेको आरोप नै लगाए । स्टक ब्रोकर एसोसियनको दोश्रो कार्यकाल अध्यक्ष निर्वाचित प्रियराज रेग्मीलाई हामीले सोध्यौं बैंकलाई ब्रोकर लाइसेन्स दिन किन नहुने अनि ब्रोकर कम्पनीलाई थप के के अधिकार चाहिएको हो ? अध्यक्ष रेग्मीसँग गरिएको कुराकानी । बैंकलाई ब्रोकर लाइसेन्स दिन किन नहुने हो ? तपाईहरुको बिरोध किन ? दियो भने के समस्या हुन्छ ? बैंकलाई ब्रोकरको लाइसेन्स दिने की नदिने भन्ने कुरा बैंकले नै निर्णय गर्ने हो अरुले भनेर हुन्न । बैंकको मुख्य नियमनकारी निकायले बैंकलाई ब्रोकरको लाइसेन्स लिन मिल्छ भनेको छैन् । अर्काे कुरा भनेको कुनै पनि बैंकले मलाई ब्रोकर लाइसेन्स दिनुपर्यो भनेका छैनन् । केन्द्रिय बैंकले ब्रोकर लाइसेन्स दिँदा हुन्छ भनेको छैन् र बाणिज्य बैंकहरुले पनि चाहियो भनेका छैनन् । यदि बैंकले मागेको अवस्था र कानुनले दिएको अवस्थामा पनि यसका तीन चार वटा पक्षहरुको अध्ययन गरिनुपर्छ । हाम्रो पुँजी बजारको परिपक्कता, त्यसका खेलाडी, नियमनकारी निकायको क्षमता, कारोबारको प्रणाली तथा कारोबार हुने कम्पनीहरुको अवस्था पनि हेरिनु पर्छ । सेयर बजारमा ७० प्रतिशत वित्तिय संस्था छन् । १३ प्रतिशत इन्स्योरेन्स कम्पनी छन् । बैंककै म्युचुअल फण्ड पनि छन् । इन्स्योरेन्समा पनि बैंककै लगानी रहेको देखिन्छ । एउटै मान्छेले बैंक, इन्स्योरेन्स र सेयरमा पनि लगानी गरिरहेको छ । अन्तराष्ट्रिय रुपमै सेकेण्डरी मार्केटले उद्योगपति जन्माउँदैन् । यसले अर्थतन्त्रलाई चलायमान गर्ने मात्रै हो । दोश्रो बजारमा खरिद कर्ता र बिक्रेताका एक्सपेक्टेशनले बजारको मुल्य निर्धारण हुन्छ । हाम्रो क्यापिटल मार्केटमा धेरै बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्स कम्पनीकै हिस्सा छ । जसले सेयर बजारलाई प्रभावित पार्ने सूचना बनाउँछ उसैलाई सेयरको कारोबार गर्ने अधिकार दिने हो भने उसले साना लगानी कर्ताको हित गर्छ की गर्दैन् ? अहिले ब्रोकर कम्पनीका रुपमा हामी काम गरिरहेका छौं, बैंकलाई ब्रोकर कम्पनीको लाइसेन्स दिँदा भोली लगानी कर्ताले गरेको लगानीमा ह्रास आयो भने हामीले के काम गर्ने ? हामीलाई बैंकले लिने ब्रोकर लाइसेन्ससँग प्रतिष्पर्धा गर्न कुनै समस्या छैन् । बैंकले पनि सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्ने हो हामी सहजै प्रतिष्पर्धा गर्न सक्छौं । हामीले साँझ ६ सात बजेसम्म पनि अफिसमै बसेर काम गरिरहेका हुन्छौं । हामी बैंकले लिने ब्रोकर लाइसेन्ससँग प्रतिष्पर्धा गर्न तयार छौं । हामी क्षमता बढाउन, पुर्वाधार बढाउन पनि तयार छौं । तर लगानी कर्ताको हितमा काम गर्नुपर्नेछ, भोली लगानी कर्ता नै रहेनन भने हामीले के ब्रोकर गर्ने ? हामी प्रतिष्पर्धा गर्न डराएर होइन बजार र लागनी कर्ताको हितका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुहुन्न भनेका हौं । नेपाल स्टकले दुर्गम र सुगमको मोडालिटीमा ब्रोकरको शाखा विस्तार गर्ने भनेर प्रक्रिया अघि बढाएको थियो । धितो पत्र बोर्डले शाखा विस्तार ठिक हो की नयाँ ब्रोकरलाई लाइसेन्स दिन ठिक हो ? भन्ने प्रश्न गरेको हो । बोर्डले एउटा अध्ययन समिति बनाएर के ठिक हो रिपोर्ट बनाउन भनेको छ । तर बजार हल्ला धेरै भयो । नयाँ ब्रोकरलाई लाइसेन्स दिन भन्यो बोर्डले भनेर हल्ला गरियो । केन्द्रिय बैैंकले बैंकको लाइसेन्स रोकेको छ । बीमा समितिले नयाँ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स रोकेको छ । यहाँ चाही किन यस्तो ? बैंकले ब्रोकरको काम गर्दा लगानी कर्ताले पाउने सर्भिस र ब्रोकर कम्पनीले दिने सर्भिस कुन राम्रो हुन्छ ? पक्कै पनि बैंकको सहायक कम्पनीका रुपमा आउने ब्रोकर कम्पनीले भन्दा हामीले सञ्चालन गरेका कम्पनीले राम्रो सर्भिस दिन्छन् । हामी प्राइभेट कम्पनी मार्फत आफैं नाफा कमाउने गरि काम गर्छाै । आफ्नै निगरानीमा सेवा दिईरहेका हुन्छौं । तर बैंक र उसले सञ्चालन गरेका ब्रोकर कम्पनीका कर्मचारीबिच लामो दुरी रहन्छ । हामी त आफ्नै निगरानीमा कर्मचारीलाई खटाउँछौं । त्यसकारण हामीले नै राम्रो सर्भिस दिन्छौं । हामीसँग लामो अनुभवन पनि छ । दक्ष कर्मचारी पनि छन् । आज ब्रोकर कम्पनीहरुले के के सुबिधा दिईरहेका छन लगानी कर्तालाई ? हामीले नेपाल स्टकको प्ल्याट फर्ममा बिजनेश गर्ने हो । हामीले मात्रै प्रबिधी, दक्षता राखेर हुन्न । पुँजी कति बढाउनु पर्ने हो ? कस्तो प्रबिधी राख्ने हो ? जनशक्ति कस्तो चाहिने हो भन्नुस् तर हामीलाई बिशेषज्ञता हासिल गर्न दिनुस भनेर धितो पत्र बोर्डमा पटक पटक ज्ञापन पत्र बुझाईरहेका छौं । अहिले हाम्रो काम भनेको ग्राहकको अर्डर लिने र कारोबार गरिदिनेमै सिमित छ । हामी विश्वस्तरिय ब्रोकर कम्पनीका रुपमा काम गर्न चाहान्छौं । कर्मचारी थप्छौं, प्रबिधी बढाउँछौं र अरु सर्भिस पनि दिने अधिकार चाहियो भनिरहेका छौं । तर हामीलाई अहिलेसम्म ग्राहकलाई प्रभाव पार्ने कुनै पनि गतिबिधी गर्न पाइँदैन भनिएको छ । ब्रोकरहरु लगानी कर्तालाई के के नयाँ सर्भिस दिन चाहान्छन् ? हामीले लगानी व्यवस्थापन र परामर्श सेवा दिन चाहिरहेका छौं । हामीलाई अनुमति दिनु पर्यो । नियम बनाएर रिसर्च गर्न दिनु पर्यो । त्यस बापत हामी बोर्डलाई शुल्क पनि तिर्छाै । आफ्नो अनुसन्धानको रिपोर्ट थोरै शुल्क लिएर लगानी कर्तालाई उपलब्ध गराउँछौं । अहिले त फेसबुकमा लेखिएको स्टाटसका भरमा बजार प्रभावित भैरहेको हुन्छ । यसको नियमन कस्ले गर्ने ? एउटा लगानी कर्ताले ब्रोकर कम्पनीमा रिसर्च रिपोर्ट किनेर लगानी गर्न सक्छ । अर्काे भनेको पोर्ट फोलियो मेनेजमेन्ट गर्न चाहेका हौं । अर्काे भनेको बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरेर ब्रोकर कम्पनीबाटै लगानी कर्तालाई वित्तिय सुबिधा दिन चाहान्छौं । अर्को कुरा भनेको संसारका ठुला सेयर बजारमा ५० प्रतिशत भन्दा बढि खरिद बिक्रि ब्रोकरले नै गर्दै आएका छन् । हामीले पनि डिलरशिप गर्न चाहेका हौं । यसले बजारलाई स्थायी बनाउन पनि मदत नै गर्छ । हामी फुलफेज ब्रोकर बन्न चाहान्छौं तर अहिलेसम्म त हामी कमिसन ब्रोकर मात्रै बनिरहेका छौं । ब्रोकर कम्पनीलाई उपत्यका बाहिर शाखा खोल्ने र सेयर बजारलाई विस्तार गर्ने अभियान कहाँ पुग्यो ? उपत्यका बाहिर जहाँ जहाँ शाखा थिए ती राम्रैसँग चलेका छन् । थप शाखा विस्तारका लागि पुँजी वृद्धि, प्रबिधी र दक्ष जनशक्तिकोे व्यवस्थापन गरिनु पर्छ । अहिले अघि बढेको प्रक्रियामा बोर्डले नयाँ लाई लाइसेन्स दिने हो की शाखा विस्तार गर्ने भनेर सोधेको छ । हामीसँग धेरै पटक छलफल भएको छ । हामीले उपत्यका बाहिर जान तयार छौं भनेका छौं । कहाँ कहाँ जाने भन्ने बिषयमा पनि छलफल भएको छ । शाखा विस्तारका लागि बोर्ड र नेप्से दुबै सकारात्मक छन् । नेप्सेले नयाँ ब्रोकर थप्ने निर्णय गर्यो भने ब्रोकर एसोसियसनले के गर्छ ? राज्यले नै खुल्ला अर्थ निती अख्तियार गरेको छ । राज्यले ल्याएको कुरा मान्नु हाम्रा कर्तव्य हो । तर त्यसका लागि बजार र पुर्वाधार छ की छैन भनेर चाँही हेरिनु पर्छ भन्छौं । हामी आफैंले अहिलेको सेयर बजारलाई धान्छौं र गतिशिल बनाउँछौं भनिरहेका छौं । उपत्यका बाहिर पनि जनचेतना बढाउन सकियो भने बजार पक्कै पनि छ । तर देशको विकास गर्ने कुरा सेयरको कारोबार गराएर मात्रै चाँही हुन्न हैं । जहाँ जे कुराको सम्भाव्यता छ त्यहाँ त्यहि उद्यम सञ्चालन गर्ने हो । पुँजी भएको शहरमा सेयर बजार विस्तार गर्न सकिन्छ भन्ने देखिन्छ । आज ब्राञ्चलेस बैंकिङको व्यवस्था आइसक्यो । फेसबुकको कार्यालय अमेरिकामा छ तर हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ फेसबुक । हामीले सेयर बजारमा पनि प्रबिधी भित्र्याउने हो । नयाँ ब्रोकर थपेर वा शाखा विस्तार गरेर मात्रै पुँजी बजार विस्तार हुँदैन् । त्यसका लागि नेप्सेमा फुल अटोमेसन सिस्टम चाहिन्छ । त्यस्तो भयो भने हामी भौतिक रुपमा शाखा विस्तार गर्दै जानु नै पर्दैन् । नेप्सेको फुल फेजेज अटोमेसन सेवा नभएकाले नै आज सेयर बजारमा ५० प्रतिशत गुनासाहरु आईरहेका छन् । सेयर बजार किन घटेको हो ? हामी लाइसेन्सिङ बिजनेश गर्ने एजेन्सी हौं । बजार भनेको कारोबार बढ्दा इन्डेक्स बढ्छ अनि इन्डेक्स वृद्धि हुँदा कारोबार पनि बढ्छ । यसले बजारमा उर्जा दिन्छ । फेरी बजारलाई असर पर्ने गरिक अभिव्यक्ति दिन हामीलाई बन्देज लगाइएको छ । म्युचुअफ फण्ड नआउँदा आउनु पर्यो बजार स्थायी हुन्छ भन्थे, अहिले ब्रोकरले डिलरशिप चाहियो भन्दैछन् नी किन ? म्युचुअल फण्डले बजार घट्दा किन्ने र बढ्दा बेच्ने होइन् । म्युचुअल फण्डले त साना इकाइको पैसा संकलन गरेर लगानी गरिदिने मात्रै हो । म्युचुअल फण्डहरु संस्थागत लगानी कर्ता पनि होइनन् । हामी कहाँ संस्थागत लगानी कर्ता भैदिएको भए त बजार यसरी अप्राकृतिक रुपमा बढ्ने र घट्ने काम हुँदैनथ्यो । लगानी कर्तामा जनचेतना नबढाउँदासम्म बजार स्थायी हुन्न । पाँच करोडका कम्पनी पनि छन् नेप्सेमा । लघुवित्तको सेयरको मुल्यमा त्यसैले बढेको हो नी । पाँच करोडका कम्पनीलाई नेप्सेमा सूचिकृत गर्न दिने की नदिने भन्नेबारे सोच्नु आवश्यक छ । लघुवित्तको सेयर मुल्य जुनसुकैले जतिसुकै बेला बढाउन वा घटाउन सक्छ तर नेपाल इन्भेष्टमेन्ट बैंकको मुल्य कसैले बढाउन वा घटाउन सक्दैन् । धितोपत्र बोर्ड र नेप्सेको सम्बन्ध बिग्रीकाले बजारमा यथोचित विकास हुन नसकेको हो ? हाम्रो मान्यता भनेको नियामक बलियो र बजार सञ्चालक चलायमान र दक्ष हुनुपर्छ भन्ने हो ।बोर्ड र नेप्सेबिचको सम्बन्ध कस्तो छ भन्ने कुरा सबैलाई जानकारी छ मैले केहि भन्नै पर्दैन् । सेयर बजार भनेको पद्धतिमा चल्ने क्षेत्र हो । कतिपय कुरा हामीले नेप्सेसँग भन्नु पर्छ । नेप्सेले हाम्रा कुरा सुनेर त्यसको कार्यान्वयनका लागि बोर्डमा पठाउनु पर्छ । तर नेप्से र बोर्डबिच समन्वय नहुने वित्तिकै हाम्रा कुरा नेप्सेबाट बोर्डमा जाँदैन् । त्यसकारण हामी मारमा परेका छौं । शाखा विस्तार २०७० सालदेखि अड्किएको छ । अर्काे कुरा भनेको नेप्सेको स्ट्रक्चरमा समस्या छ । स्टक सरकारको मातहतमा छ । आफैं केहि गर्न सक्दैन् । बोर्ड पनि अर्थमन्त्रालयकै मातहतमा छ । बोर्डको सञ्चालक समितिको संरचना नै अनुपयुक्त छ । त्यो स्वायत्त जस्तो देखिन्न । नेप्सेको निजीकरण र उपयुक्त वैदेशिक साँझेदार भित्र्याएर फुल अटोमेशनमा लैजानु पर्छ नेप्सेलाई ।