विकासन्युज

फिल्डमै नभएको जग्गा बिक्री, ठग्नेको धन्दापनि अनेकौ

बुटवल । हुदै नभएको जग्गा बिक्री गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीनजना विरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ । नापी कार्यालय रुपन्देहीले फिल्डमा नभएको भन्दै रोकेको जग्गा विक्री गर्ने तीनजनाविरुद्ध मुद्दा दायर भएको हो । सिनपा ९ का रमेश कोइराला, विष्णुप्रसाद चौधरी र महेश केसीले जालसावी गरी जग्गा विक्री गरेको प्रहरीको दावी छ । उनीहरुले फिल्डमा नभएको र नापी कार्यालयले विक्री नगर्नू भनेको जग्गा बिक्री गरेको देखिएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्रबहादुर धानुकले बताए । अन्नपूर्ण पोस्टबाट ।

भूकम्पपछि रिबाउण्ड भएको घरजग्गा व्यापार फेरि सुस्तायो, बैंक ब्याजले व्यावसाय धरापमा

काठमाडौं। गत बर्षको भूकम्प र नाकावन्दीका कारण खस्किएको घरजग्गा व्यापार एकाएक उच्च विन्दुमा पुगर फेरी पुछारमा आएको छ। बैङ्कहरुले अनुत्पादक क्षेत्रमा लगानी धेरै गरेका कारण त्यसको असर मानिसको प्रत्यक्ष जीवनसँग जोडिएका धेरै क्षत्रमा परेको छ। बैंकिङ प्रणालीमा देखिएको तरलताको असर घरजग्गा, होटेल, पर्यटन, अटो लगायत अन्यक्षेत्रमा पर्न थालेको छ । बैंकहरुले मागेकै समयमा पैसा दिन नसक्दा निर्माणधीन ठूला होटलहरुको काम प्रभावित भएको छ भने व्यापारीहरले बैना गरेर राखेको जग्गाको किनवेच भएको छैन। र, यसले एकातिर उनीहरुको लक्ष्यमा वाधा पुगेको छ भने अर्कातिर बैङ्कमा पैसा कम भएर चर्को व्याज तिर्न हम्मे हम्मे परेको छ। व्यवसायीसँग पैसा नभएर एकातिर बैना कारोबारले जग्गाको भाउ बढेर हाउजिङ तथा अपार्टमेन्टका लागि जग्गा पाउन मुस्किल भएको छ भने अर्कातिर महँगोमा जग्गा लिँदा उपभोक्तालाई घर जग्गा महँगोमा बेच्नु पर्ने वाध्यता हुन्छ। भक्तपुरका एकजना जग्गा व्यवसायी अजय कार्कीका अनुसार तत्काल बैङ्कहरुले ऋण नदिए बल्लबल्ल जोडेको एउटा घर बेच्नुपर्ने अवस्था आउने र व्यवसायवाट नै हात झिक्नुपर्ने अवस्था रहेको छ। उपत्यकाका काँठ तथा सहरोन्मुख ठाउँहरमा साना घरहरुको माग वढ्न थालेपछि व्यवसायीहरुले जवरजस्ति भाउ वढाउन थालेका छन्। उनीहरुले वास्तविक किनवेच नगरी ‘कृत्रिम किनबेच’ पनि गर्ने गरेका कारण वास्तविक घरको धनी को हो भनेर समेत चिन्न गार्हो रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले गत असोजसम्म एक करोड रुपैयाँभन्दा कम मूल्यको घर तथा आवासमा एक खर्ब ५३ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन्। भूकम्पका कारण अघिल्लो वर्ष यो क्षेत्रको वृद्धिदर शुन्य दशमलब ८ प्रतिशत मात्रै थियो ।  सहरी क्षेत्रमा घरजग्गाको कारोबार बढेकोले यो क्षेत्रको वृद्धिदर सकारात्मक भएको हो । पछिल्लो समयमा सरकारले नगरपालिकाको घोषणा गरेकाले समेत घरजग्गा कारोबारमा सुधार आएको थियो तर अहिले बैङ्कले घरजग्गाका लागि ऋण दिन नै बन्द गरेका कारण व्यवसायी समस्यामा परेका हुन।

क्यापिटल मर्चेन्ट तथा फाइनान्सबाट ९ कराेड ४१ लाख ठगी गर्ने किरणकेशर नेपाल पक्राउ

काठमाडौँ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट ठगी गरी फरार रहेका मन्डिखाटारका किरणकेशर नेपाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले तीनवर्ष कैद र रु नौ करोड ४१ लाख ३७ हजार ७७४ जरिवाना ठहर भएकोमा उल्लेखित सजाय बेरुजु भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पानीपोखरीबाट पक्राउ गरेको हो । नेपालले २०६७ असार ३१ गते मण्डिखाटार काठमाडौँस्थित आफ्नो नामको आठ रोपनी जग्गाको अत्यधिक मूल्याङ्कन गराई धितो राखी हुँदै नभएको ‘सीता खाँडसरी चिनी मिल’ परियोजनाका लागि क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट उक्त फाइनान्स कम्पनीका पदाधिकारी समेतको मिलोमतोमा रु नौ करोड कर्जा लिई व्यावसायिक रुपले जग्गा कारोबारमा लगानी गरी दुरुपयोग गरेका थिए । फैसला कार्यान्वयनका लागि नेपाललाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि आज केन्द्रीय कारागार कार्यालय, सुन्धारामा पठाइएको छ । रासस

भूकम्पले भत्किएको २२ महिनापछि सिंहदरवार एक भाग निर्माण गर्न निर्माण समिति र सल्लाहार समिति गठन, कहिले बन्ला पूर्ण सिंहदरवार ?

काठमाडौं । भूकम्पले भत्किएको २२ महिनापछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिहदरवारको मुल भवनको पश्चिमतिरको भाग पुननिर्माण गर्न कार्यकारी सदस्य डा. हरिराम पराजुलीको सयोजकत्वमा समिति गठन गरेको छ । प्राधिकरणको मंगलवार बसेको कार्यकारी समितिको बैठकले सिहदरवारको पश्चिमतिरको भागको यथाशिघ्र प्रवलीकरण गरि पुननिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । समितिमा पुरातत्व बिभागका प्रतिनिधी, प्राधिकरणका सहसचिव, शहरी बिकास मन्त्रालयका सहसचिव, पुरातत्वविद्हरु रोहित रञ्जितकार, सन्तोष श्रेष्ठ र रविन्द्र पुरी सदस्य छन् । समितिले यथाशिघ्र सिहदरवारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुननिर्माणको काम अघि बढाउनेछ । उक्त समितिलाई आवश्यक सल्लाह र सुझाव दिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा विभिन्न पुरातत्वविद् संरक्षणविद्लगायत रहेको सल्लाहकार समिति गठन भएको छ । सल्लाहकार समितिसंग आवश्यक परामर्श र छलफल गरि पराजुली संयोजकत्वको समितिले आफ्नो अघि बढाउनेछ । ऐतिहासिक धरोहर तथा एशियाकै उत्कृष्ट नमुना डिजाइनमा बनेको उक्त भवनलाई पछिल्लो भुकम्पले क्षति पुरयाएको थियो ।

विदेशबाट फर्किएर उद्यमी बनेकालाई पुरस्कृत गरिने, पुरस्कारका लागि ३० भित्र अावेदन गर्न अह्रवान

काठमाडौं। तपार्ई वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बन्नु भएको छ भने तपाईलाई सरकारले पुरस्कार र सम्मान गर्ने कार्यक्रम ल्याएको छ । वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले एक जनालाई रु एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र छ जनालाई रु ५० हजारका दरले उद्यमी पुरस्कार प्रदान गर्ने भएको हो । मन्त्रालयले यसरी स्वदेशमा उद्यमी बनेकालाई ३० दिनभित्र श्रम तथा रोजगार मन्त्रालयको रोजगार समन्वय तथा तालिम शाखामा आवेदन हाल्न आह्वान गरेको छ । परेका आवेदनमध्येबाट उत्कृष्टलाई छान्न मन्त्रालयको रोजगार समन्वय तथा श्रम सम्बन्ध महाशाखाकी प्रमुख आभा श्रेष्ठ कर्णको संयोजकत्वमा वैदेशिक रोजगार विभागका महानिर्देशक, घरेलु तथा साना उद्योग विभागका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधि, मन्त्रालयका कानुन उपसचिव रहेको सिफारिस समिति गठन गरेको छ । विदेशमा रहँदा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई सदुपयोग गर्न राज्यले विशेष प्रोत्साहन गर्नु जरुरी देखिएकाले सरकारले पुरस्कारका लागि आह्वान गरेको महाशाखा प्रमुख कर्णले बताए । पुरस्कृत भएकाको अनुभव र सफलताको कथाबाट विदेशमा कार्यरत अन्य नेपालीलाई स्वदेश फर्किएर कामको योजना बनाउन तथा गैरकानुनी बसाइ अन्त्य गर्नसमेत भूमिका खेल्ने उनकाे भनाइ छ । उनले भने, “विदेश जाने सोच बनाएकालाई यहीँ केही गर्न सकिने रहेछ भन्ने तथा विदेशबाट फर्किएर आएकालाई स्वदेशमै अब केही गरौँ भन्ने दोहोरो सन्देश पुरस्कारले दिनेछ ।” विदेशबाट ल्याएको रकम घर, घडेरी किनेर सक्ने अहिलेको परीपाटीलाई तोड्न र सो रकमले उद्यमी बन्न सकिन्छ भन्ने सचेतनासमेत यसले फैलाउने मन्त्रालयकाे अपेक्षा रहेकाे छ । राष्ट्रिय रोजगार नीति, २०७१ मा उत्कृष्ट उद्यमीलाई रोजगारी सिर्जनाका आधारमा राज्यबाट पुरस्कृत गर्ने व्यवस्था बमोजिम अहिले मन्त्रालयले पहिलोपटक पुरस्कृत गर्न लागेको हो । विशेष कार्यक्रम गरी पुरस्कृत व्यक्तित्वको सम्मान गरिनुका साथै आगामी वर्षसमेत यसलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सो सम्बन्धमा ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ समेत बनाएको छ । उद्यमी पुरस्कारका लागि छनोट गर्दा १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिने कार्यविधिमा उल्लेख छ । यसअनुसार रोजगारी सिर्जना र पुँजी लगानीको अनुपातको २० अङ्क, स्थानीय साधन, स्रोत र प्रविधिको उपयोग २०, आयात प्रतिस्थापन/निर्यातमूलक उद्योग १०, अनुसन्धानमूलक वा आविष्कृत प्रविधिको प्रयोग १०, राज्यलाई तिरेको करको योगदान १०, दुर्गम एवम् विकट क्षेत्र वा गाउँघरमा उद्योग स्थापना व्यवसाय र सञ्चालन १०, महिला, मधेसी, आदिवासी, जनजाति, दलित, उपेक्षित र सीमान्तकृत वर्गलाई रोजगारी प्रदानका लागि १०, सामाजिक दायित्व बहन ५, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनका लागि ५ अङ्क तय गरिएको छ । रासस

नेशनल लाईफ इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । गत मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणले गरेको निर्णय अनुसार कम्पनीले एक शेयर बराबर एक शेयरको अनुपातमा १ करोड ३२ लाख ४८ हजार ६३७ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । सेयर निष्काशन गर्नको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि कम्पनीले एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको कम्पनी सचिव सुशेरप्रसाद खत्रीले जानकारी दिए । कम्पनीको जीवन बीमा कोष १६  अरब रुपैयाँ हाराहारीमा पुगेको छ । बीमितहरुलाई प्रतिष्पर्धात्मक एवम् आकर्षक बोनस दर प्रदान गरि रहेको यस कम्पनीले ग्राहक वर्गलाई थप सुविधा दिन नेपाल अधिराज्य भरि आफ्ना शाखा, उपशाखा र सम्पर्क कार्यालय मार्फत आधुनिक सेवा प्रदान गर्दै आएको छ । कम्पनी सचिव खत्रीका अनुसार कम्पनीले आ.व.२०७२÷०७३ मा कूल ३ अरब ८४ करोड बीमाशुल्क संकलन गरेको छ ।

फागुन २० देखि नेपाल फर्मा एक्स्पो, २ बर्षभित्रै औषधीमा आत्म निर्भर हुने घोषणा

काठमाडौं । आगामी फागुन २० गतेदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०१७ को आयोजना हुने भएको छ । नेपाल औषधी उत्पादक संघले आयोजना गर्ने एक्स्पो फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा नेपाल, भारत, चीन, अमेरिका, जर्मनी र जापानका १०८वटा स्टल रहने नेपाल औषधी उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले बताए । गुणस्तरियताबाट आत्मनिर्भरता तर्फ भन्ने नारासहित आयोजना गरिने एक्स्पोमा नेपालमा उत्पादित औषधी र त्यसको प्रबिधी प्रदर्शन गरिने अध्यक्ष घिमिरले बताए । मंगलबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा औषधी उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक दाहालले नेपाल ७७ प्रकारका औषधीमा आत्मनिर्भर रहेको बताउँदै आगामी २ बर्षभित्रै औषधीमा आत्मनिर्भर हुन सक्ने घोषणा गरे । सरकारले नेपालमै उत्पादन भएका औषधीहरुको आयातमा रोक लगाए आगामी २ बर्षभित्रै औषधीमा आत्मनिर्भर बनाउन सकिने बताएका हुन् । गत आर्थिक बर्षमा नेपालमा ३६ अर्ब २० करोडको औषधी कारोबार भएको उनले जानकारी दिएका थिए । सो मध्ये १६ अर्ब २० करोडको बजार नेपाली उत्पादनको रहेको र बाँकी २० अर्बको औषधी आयात भएको उनले बताएका थिए ।

सिद्धार्थ बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्ड अब काम नलाग्ने, नयाँ कार्ड ईएमभी चिप प्रयाेगमा ल्याउने जानकारी

काठमाडौं । तपाईसँग सिद्धार्थ बैंक डेबिट, क्रेडिट र प्रिपेड कार्ड छ ? छन् भने ती कार्ड अब काम लाग्ने छैनन् । ती कार्डकाे सट्टामा बैंकले नयाँ कार्ड ल्याउने जानकारी दिएकाे छ । सिद्धार्थ बैंकले यसअघि बिक्री वितरण गरेको डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी ईएमभी चिप कार्डका रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले अब उपरान्त ग्राहकहरुलाई ईएमभी चिप कार्ड उपलब्ध गराउनुका साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्ट्रीप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि ईएमभी चिप कार्डले प्रतिस्थापन गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । ‘विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रीप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले नयाँ ईएमभी चिप कार्ड  प्रविधि सञ्चालनमा ल्याएको’ मंगलबार जनाएको छ । ‘यस ईएमभी चिप कार्डले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा बैंक विश्वस्त छ’ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ८३ एटीएम, १ मोबाइल एटीएम र १५० भन्दा बढी पीओएस मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।