विकासन्युज

स्वदेशी लगानी र प्रविधिमै बुढिगण्डकी जलविद्युत आयोजना बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले १२०० मेगावाट क्षमताको जलासयुक्त बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानी र प्रबिधिमै निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वदेशी लगानीमै नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा आयोजना निर्माण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकपछि उर्जा मन्त्री कमल थापाले मन्त्रालयमा बिषेश पत्रकार सम्मेलन आयोजना गरेर बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने जिम्मेवारी प्राधिकरणलाई दिएको जानकारी गराएका हुन् । यहि कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरेको थियो । गत जेठ ९ गते प्रचण्ड नेतृत्वको मन्त्रि परिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । त्यसको भोली पल्ट अर्थात जेठ १० गते तत्कालिन उर्जा मन्त्री जनार्दन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भनेर लगाईको पुर्वाधार कर वापत १३ अर्ब रुपैंयाँ संकलन भएको छ । नेपाल आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतका अनुसार अक्टोबर महिनासम्ममा सो मात्रामा रकम संकलन भएको हो । सरकारले गत आवको बजेट मार्फत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रति लिटर पाँच रुपैंयाँ पुर्वाधार कर असुल्ने कार्यक्रम ल्याएको थियो । बुढीगण्डकी जलविद्युत आयोजनाका इञ्जिनियर कृष्ण बहादुर कार्कीका अनुसार आयोजना प्रभावितलाई ५ अर्ब रुपैंयाँ मुआब्जा वितरण गरिसकिएको छ । ‘८ हजार रोपनी जमिनका लागि ५ अर्ब रुपैंयाँ मुआब्जा वितरण भैसकेको छ, चालु आर्थिक बर्षको बजेटले ५ अर्ब रुपैंयाँ दिएको छ, सो रकमबाट पनि थप मुआब्जा वितरणको काम धमाधम अघि बढिरहेको छ’, आयोजनाका इञ्जिनियर कार्कीले विकासन्युजसँग भने । आयोजना प्रभावित धादिङ र गोरखा जिल्लाका बासिन्दालाई सो मात्रामा मुआब्जा वितरण गरिएको हो । आयोजनाले जमिनको मुआब्जाका लागि मात्रै ३३ अर्ब लाग्ने अनुमान गरेको छ । मुआब्जा, पुनस्थापना, पुननिर्माण र पुनर्बासका लागि मात्रै ५९ अर्ब रुपैंयाँ लाग्नेछ । २ खर्ब ६० अर्बको आयोजना स्वदेशी पुँजीमै बनाउन सकिने बताइन्छ ।

४५ प्रतिशत हकप्रद पछि रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको ४५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले शुक्रबार मात्रै यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य १७६ रुपैयाँ रहेको थियो ।

३ महिनामा आरबीआईलाई ९४ करोड डलर बिक्री

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपाल राष्ट्र बैंकले अमेरिकी डलर र युरो गरी रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई ९४ करोड रुपैयाँ बिक्री गरेको छ । चालु आवको असोजसम्म केन्द्रीय बैंकले ९० करोड डलर र ४ करोड रुपैयाँ युरो बिक्री गरी ९७ अर्ब ४९ करोड भारु खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९० करोड डलर र ९ करोड ५० लाख युरो बिक्री गरी १ खर्ब ७ अर्ब ५९ करोड भारु खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । भारतसंग भारुमा मात्र कारोबार हुने व्यवस्थाका कारण राष्ट्र बैंकले डलर बेचेर आरबीआईबाट भारु खरिद गर्दै आएको छ ।  

नेपाल विरुद्ध भारतको दलाई लामा कार्ड, वुद्ध भारतमा जन्मिएको प्रचार

काठमाडौं । निर्वासित चिनियाँ धर्म गुरु दलाई लामाले वुद्ध भारतमा जन्मिएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतलाई स्वतन्त्र बनाउने अभियानमा लागेपछि चीनबाट निर्वासित गरिएका दलाई लामाले वुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका हुन् ।(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ) चीनले लखेटेपछि १९५९ मा लामा भारतमै निर्वासित जिवन बिताईरहेका छन र उनलाई भारत तथा पश्चिमा मुलुकहरुले सहयोग गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा वुद्ध नेपालमै जन्मिएको बताएका थिए । तर मोदीले अन्य अन्तराष्ट्रिय मञ्चहरुमा भने वुद्ध भारतमै जन्मिएको दावी गर्दै आएका छन् । केहि दिन अघि भारतमै आयोजीत एक कार्यक्रममा लामाले वुद्ध नेपालमा जन्मिएको भन्ने तर्क हास्यास्पद भएको आरोेप समेत लगाएका छन् । ‘केहि नेपाली भन्छन वुद्ध लुम्बिनीमा जन्मिएका हुन र उनी नेपाली हुन् भारतीय होइनन्, त्यो वुद्धिहिन(नन सेन्स) हो, पौराणिक कालमा एउटै राज्य थियो, भारत बर्ष, त्यसैले वुद्ध भारतमा जन्मिएका हु’, लामाले भनेका छन् । लामाले वुद्ध नेपालमा नजन्मिएको भनिरहँदा एक जना भारतीयले उनलाई पछाडीबाट थप केहि सिकाईरहेको देखिन्छ । लामाले वुद्धलाई तिब्बति, चिनियाँ वा नेपाली नभएर भारतीय भएको दावी समेत गरेका छन् । भारतले स्वतन्त्र तिब्बतको कार्ड मार्फत चीनलाई तर्साउँदै आएको थियो । अब भने तिनै निर्वासित दलाई लामालाई उपयोग गरेर वुद्ध भारतमा जन्मिएको प्रचार सुरु गरेको छ । भारतीय संस्थापनले अन्तराष्ट्रिय मञ्चहरुमा वुद्ध भारतमा जन्मिएको प्रचार गरिरहँदा नेपालले त्यसको खण्डन गर्दै आएको थियो । तर वुद्ध धर्मका गुरु समेत रहेका दलाई लामाकै मुखबाट वुद्ध भारतमा जन्मिएको प्रचार गरेर भारतले नेपाल विरुद्ध दलाई लामा कार्ड फ्याकेको हो । वुद्ध भारतमा जन्मिएको भन्ने दलाई लामाको अभिव्यक्तिबारे समाजिक सञ्जालहरुमा व्यापक आलोचना भैरहँदा पनि नेपाल सरकारले भने अझै औपचारिक खण्डन गरेको छैन् ।

अग्निमोटो इन्कको ‘गस्टो आर एस’ स्कुटर नेपाली बजारमा, मूल्य १ लाख ६७ हजार पर्ने

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टुह्विलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ ‘गस्टो आर एस’ स्कुटर नेपाली बजारमा ल्याएको छ । यस स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ६७ हजार ५०० रुपैयाँ तोकिएको छ । महिन्द्रा गस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध रहेको छ । स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथ साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिनजसले ८ बीएचपीको पावर र ९ एनएमको पिक टर्ग दिन्छ । १२ इन्च टायरको सथामा १६५ एमएम को ग्राउन्ड क्लियरन्स जुनयस सेग्मेन्टमा धेरै हो । साथै, यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ । यसका साथै डिसप्ले प्यानलमा सरल तथा छिटो पहुचका लागी आर्कषक फन्ट स्टोरेज पनि राखिएको छ । गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, अझ धेरै सहज, अझ धेरै सुविधा र आकर्षक रुपमा प्रस्तुत गरिएको हुँदा यसको प्रवद्र्धन नै “एस्पाइर टु मोर” भनी गरिएको कम्पनीले जनाएको छ । विशेष गरि यस स्कुटर युवावर्गलाई लक्षित गरि प्रस्तुत गरिएको र सहजै मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

चर्पी सुधार्ने मुलुकहरुमध्ये नेपाल विश्वकै चौथो, भारत अझैं पुछारमा

काठमाडौं । नेपाल विश्वकै शौचालय सुधार गर्ने मुलुकहरुमध्ये चौथो स्थानमा परेको छ । वाटर एडले सार्वजनिक प्रतिवेदन अनुसार गरेको सन् २०१७ को शौचालय प्रतिवेदन अनुसार नेपाल सरसफाईमा सुधार ल्याउने उत्कृष्ट १० मुलुकहरुको सुचीमा परेको हो । सन् २००० मा खुला दिसापिसाब गर्ने मानिसहरुको संख्या ६५ प्रतिशत पुगेको थियो । सरसफाईमा तिव्र अगाडी बढ्दै गरेको सन् २०१५ मा खुला शौच गर्नेको संख्या ३० प्रतिशतमा झर्‍यो । सरकारको बलियो पहलकदमीका कारण सम्भव भएको वाटर एडको दाबी छ । सन् २०१५ को तथ्यांक अनुसार नेपालमा ८५ लाख मानिसहरु खुला शौच प्रयोग गर्छन् । खानेपानी तथा सरसफाई विभागका अनुसार हाल ९ प्रतिशत मानिसहरु शौचालयको प्रयोगबाट बञ्चित छन् । जसअनुसार २६ लाख मानिस खुला शौच गर्न बाध्य छन् । काठमाडौं उपत्यकामा ४६ हजार जनसंख्यामध्ये एउटामात्र सार्वजनिक शौचालय अपाङ्गमैत्री छ । आधारभुत शौचालय तथा सरसफाईको अभावमा वर्षमा करिब ७ सय जना बालबालिका झाडापखालाबाट पीडित छन् । विश्वका दश खराब सरसफाई भएको मुलुकमा अफ्रिकी मुलुकहरु परेका छन् । भारतमा करिब साढे ३५ करोड मानिस शौचालयबाट बञ्चित छन् । यसै तथ्यांकका आधार भारत शौचालयमा सबैभन्दा लामो लाइन भएको मुलुकमा अग्रस्थानमा परेको छ । लक्ष्य सरकारको दिगो विकासको लक्ष्य अनुसार सबैका लागि पानी र शौचालयको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिक्षित गर्नुपर्ने उल्लेख छ । त्यस्तै दिगो विकासको लक्ष्य अन्तर्गत आगामी २०३० सम्म ९९५ घरधुरीमा पानीको पहुँच पुर्याअउने र ९५ प्रतिशत घरधुरीमा पाइपलाइनबाट खानेपानीको सुविधा तथा सुधारिएको शौचालय पहुँचको व्यवस्था गर्ने लक्ष्य रहेको छ । वाटर एडका अनुसार काठमाडौं उपत्यकामा मात्र ८४ वटा सार्वजनिक शौचालय रहेको जसमध्ये ९ को अस्तित्व नरहेको, २५ वटा निर्माणाधिन अवस्थामा रहेका र १ वटा शौचालय मात्र अपाङ्गमैत्री रहेको छ । उपत्यकाका ४६ हजार जनसंख्याका एउटा मात्र सार्वजनिक शौचालय आपाङ्गमैत्री रहेको छ । त्यस्तै गुणस्तरहिन शौचालयका कारण वार्षिक करिब ७ सय बालबालिकाहरु झाडापखालाबाट संक्रमित हुने गरेका छन् । हाल उपत्यकाका शार्वजनिक शौचालयहरुको सरसफाईको अवस्था खराब रहेको र पानीको पनि अभाव रहेको छ । त्यस्तै सरसफाइका लागि साबुन, सरफ र अन्य सामग्री पनि नरहेको पाइएको छ । शौचालयमा फोहोर व्यवस्थापनका लागि स्यानिटरी बिनको व्यवस्था पनि छैन ।

अग्नि ग्रुपको चौथो क्षेत्रीय कार्यालय कोहोलपुरमा

काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो चौथो क्षेत्रीय शाखा कार्यालय कोहोलपुरमा शुभारम्भ गरेको छ । यस कार्यालयको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गरेका हुन् । उक्त शाखाको शुभारम्भ पछि पश्चिम क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउने छन् । यस अघि कम्पनीले विरगञ्ज, इटहरी, भैरहवामा जस्ता प्रमुख सहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ । हालै सञ्चालनमा ल्याइएको क्षेत्रीय कार्यालयले अग्निका डिलरहरुलाई मूलधारमा ल्याई गुणस्तरीय सेवाको साथ छुट्टै अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

विशाल बजार कम्पनीले खुलायो सीईओको जागिर, ७ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । कम्पनीले ७ दिनभित्र आवेदन दिन भनेको छ । अर्थशास्त्र, वाणिज्यशास्त्र र समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उतिर्ण वा क वर्गको वाणिज्य बैंकमा १० औं तहसम्म काम गरेकाले आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीले प्रशासन सहायक, लेखापाललगायत कनिष्ठ तहमा ६ जनाका लागि जागिर खुलाएको छ ।