विकासन्युज

निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आजसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाकर्मी परिचालन गरेको प्रवक्ता खत्रीले बताए । जिल्लामा पोखरा–९ स्थित साझा वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विस्फोट, सोही ठाउँमा रहेको प्रदेशसभा क्षेत्र नं २ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापाको घर नजिक बम राखिएको र न्यूरोडमा प्रतिनिधिसभामा नेकपा (एमाले)का क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्माको गाडीमा आगजनीबाहेक आजसम्म स्थिति सामान्य रहेको बताइएको छ । रासस

नेपाल बङ्गलादेश बैंकको थप चार शाखा सञ्चालनमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ५१ औं, ५२ औं, ५३ औं र ५४ औं (अर्थात थप चार) शाखा संचालनमा ल्याएको छ । बैंकले जुम्लाको सिन्जाबाट, धनकुटाको भेडेटार, साङ्गुरीगढी तथा तेह्रथुमको छत्तरबाट, रसङ्खुवासभा, पाँचखपन बाट नयाँ शाखाहरुको औपचारिक शुभारम्भ गरेको छ । उक्त शाखा सुभारम्भ कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बैंकका नायव महाप्रबन्धक सुरेन्द्र भुषणको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्वमा उद्घाटन गरिएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भेडेटार, साङ्गुरीगढी परिसरमा एटिएम सेवा पनि थप गरेको जानकारी गराएका छन् । यी ४ थप शाखाहरु सहित बैंकले ५४ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४८ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बताएको छ ।

भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान, साताको ६ दिन हुने

काठमाडौं । भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत-काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं-कुवेत सिधा उडानबाट नेपाल-कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस

ग्लोबल आईएमई बैंक र एक्सिस बैंकबीच रेमिट्यान्स कारोबार शुरु

काठमाडौं । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच रेमिट्यान्स कारोबार शुरु भएको छ । उक्त व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हालै दुई सुंस्था बीच हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात भारत स्थित एक्सिस बैंकका शाखाहरु मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६००० भन्दा बढि तथा बेष्ट रेमिटका ४००० भन्दाबढि एजेन्ट मार्फत सजिलै प्राप्त गर्न सकिने छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकको २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

टाइमले सार्वजनिक गर्‍यो ‘२०१७ का १० शक्तिशाली व्यक्ति’, ट्रम्पदेखि किम जोङसम्म बने वर्ष व्यक्ति

टुडे । टाइम म्यागजिनले सन् २०१७ का उत्कृष्ट १० वर्ष व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पछिल्लो वर्ष समाचारलाई प्रभावित पार्ने व्यक्तित्वहरुलाई सूचीकृत गर्दै टाइमले १० जनाको नाम सार्वजनिक गरेको हो । विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुचीमा परेका छन् । गत वर्ष पनि उनी यो सूचीमा पर्न सफल भएका थिए । दुई साता अघि मात्र ट्रम्पले उक्त पदावीका लागि टाइमको प्रस्ताव अस्विकार गर्ने घोषणा गरेका थिए । यद्यपी टाइमले यो कुरा झुटो भएको दाबी गरेको छ । यो म्यागजिनले अर्का उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई पनि सूचिकृत गरेको छ । ट्रम्पले उनलाई ‘सानो रकेट म्यान’ को उपनाम दिएका थिए । उनले लगातारको मिसाइल परिक्षणपछि विश्वयुद्धको भय फैलिएको छ । यो सूचीमा एमेजनका सिईओ जेफ बेजोस पनि परेका छन् । यो वर्षका विश्वकै धनीको सूचीमा परेका उनले संसारमै खुद्रा कारोबारमा राज गरेका छन् । त्यस्तै ३२ वर्षे साउदी अरबका राजकुमार मोहम्मद बीन सलमान पनि यो सूचीमा परेका छन् । अर्को तर्फ चीनका राष्ट्रपति सि जिनपिङ पनि सूचीकृत भएका छन् । उनलाई चीनमा दोस्रोपटक पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल दिइएको छ र कम्युनिष्ट पार्टीको विधानमा नै उनलाई मुलुकको शताब्दीकै शक्तीशाली राष्ट्रपतीका रुपमा अभिलेख गरिएको छ ।

गोल्डस्टार जुत्ताद्वारा “धन्यवाद” वैज्ञापनिक सन्देश प्रस्तुत

काठमाडौँ । प्रख्यातगोल्डस्टार जुत्ताको उत्पादक, बजार व्यवस्थापक, तथा वितरक कम्पनी किरन सु म्यानुफ्याक्चरर्सले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै वैज्ञापनिक सन्देश प्रस्तुत गरेको छ । विगत ३ दशकदेखि नेपाल र नेपालीलाई सुविधा पु¥याउँदै आएको गोल्डस्टार नेपालको सर्वाधिक रुचाइएको जुत्ता बनाउन सहयोग गर्ने आफ्ना ग्राहक वर्ग, बिक्रेताहरू, वितरकहरू, तथा शुभचिन्तकहरूलाई अथक विश्वास र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै विज्ञापन सन्देश प्रस्तुत गरेको हो । किरन सु म्यानुफ्याक्चरर्सकी बजार व्यवस्थापन निर्देशक विदुषी राणाले भन्छिन्–“गुणस्तर र बलियो उत्पादनलाई सुलभ मूल्यमा बजारमा ल्याउनु नै गोल्ड स्टारको प्रमुख ध्येय हो । विगत ३ दशकदेखि हाम्रो यहीप्रयासमा सहयोग पुर्याउँदै आउनुभएका सम्पूर्णको माया र विश्वासले हामीलाई भविष्यमा पनि हाम्रो उद्देश्य पूरा गर्ने उर्जा दिएको छ । हामी नेपालभित्र र नेपाल बाहिर रहेका ती सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइलाई धन्यवाद दिन्छौँ जसले हरेक पाइला, हरेक कदममा हामीलाई समर्थन गर्नुभएको छ ।” नेपाली पहिचानसँगै नै समानान्तर रहेको गोल्डस्टारले नेपाली पनलाई पनि उजागर गरेको छ । नेपाली ग्राहकहरूकै लागि विशेष निर्माण गरिएको गोल्डस्टारले हरेक पटक नयाँ जुत्ता बजारमा प्रस्तुत गर्दा नेपाली युवा र युवाहरूको चाहनालाई मध्यनजर गरेको छ । अबका आगामी दिनहरूमा पनि गोल्डस्टारले अन्तर्रा्ष्ट्रिय तौरतरिका र युवाहरूको चाहनालाई ध्यानमा राखी नयाँजुत्ताहरू ल्याउने प्रतिबद्धता जाहेर गरेको छ ।

दिक्तेल-भोजपुर सिधा यातायात सञ्चालन

खोटाङ । सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ । वर्षादको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सञ्चालन गरिएको हो । करिब ९१ किलोमिटर लम्बाइ रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ः१५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताए । गत वर्षदेखि सिधा यातायात शुरु भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ । हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडकखण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा कालोपत्रको काम पनि तीव्र गतिमा भइरहेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रको काम थालिएको सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने, गिट्टीढुङ्गा फोर्नेलगायत काम भइरहेको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए । करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर कालोपत्रको काम गरिएको छ । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने बताइएको छ । रासस

एक्सेल डेभलपमेन्ट बैंकको २० औं शाखा झापाको गौरादहमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २० औं शाखा झापा जिल्लाको गौरादह नगरपालिका अन्तर्गत गौरादह बजारमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन मंगलवार एक कार्यक्रमकाबीच प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख रोहितकुमार शाह र बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् । उक्त गौरादह बजारमा ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात एबीबीएस, एसएमएस, आइपीएस (अन्तरबैंक भुक्तानी प्रणाली), अनलाइन क्लियरिङ तथा मोवाईल वैंकिगं, रेमिटान्स सेवा लगायतका अधिकांश वैंकि¨ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय, गौरादहबाट प्रदान गरिने छ । कार्यक्रमको सञ्चालन यस बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।