विकासन्युज

गभर्नरलाई सांसदको प्रश्न-कर्जा सिमा ११ प्रतिशत नाघ्दा के हेरेर बस्नु भो ?

काठमाडौं । ‘२० प्रतिशत प्रक्षेपित कर्जा वृद्धिदर ३१ प्रतिशतसम्म पुग्दा के हेरेर बस्नुभयो, बैंकहरुले रातारात ५० प्रतिशतसम्म व्याजदर बढाए, तपाई के हेरेर बस्नु भो ?’, मंगलबारको अर्थ समिति बैठकमा सांसद रेवती रमण भण्डारीले गभर्नर डा. चिरञ्जीवी नेपाललाई प्रश्न गरे । उनले बचत खातामा ब्याज दर नबढेको, तरलता अभाव समाधानको अवस्थामा पुगिसक्दा पनि ब्याजदर नघटेको लगायतका प्रश्न उठाए । भण्डारीपछि आफ्ना धारणा राख्दै अर्का सांसद ल्यारक्याल लामाले अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्ने बैंकमाथी अनुसन्धान गरेर कारवाही हुनुपर्ने बताए । बैंकहरुले साधारण निक्षेप कर्तामाथी लुट मच्चाईरहेको आरोप पनि लगाए । अर्का सांसद शक्ति बस्नेतले बैंकहरुले १३ प्रतिशतसम्र्म स्प्रेड दर पुर्याएर बचत कर्तामाथी अन्याय गरेको बताए । सांसद ओमदेवी मल्लले पनि एकै महिनामा पटक पटक ब्याजदर बढाएर बैंकहरुले आतंक मच्चाईरहेको बताईन् ।‘एक महिनामा कति पटक ब्याज बढाउन पाइने व्यवस्था छ, यहाँ त बैंकहरुले दुई तीन पटक ब्याजदर बढाएको सूचना पठाउँछन, गभर्नर साब हामीलाई जवाफ चाहियो’, मल्लले भनिन् । सांसद सिपी मैनालीले पनि बैंकहरुको जथाभावी रोक्न नेपाल राष्ट्र बैंक असफल भएकोमा चिन्ता व्यक्त गरे । अर्का सांसद तथा सिभिल बैंकका लगानी कर्ता इच्छाराज तामाङले घर जग्गामा कर्जा रोक्ने केन्द्रिय बैंकको निर्णय ठिक नभएको बताए । सांसदहरुले दर्जनौं प्रश्न गरिहँदा गभर्नर डा. नेपाल भने मुसुमुसु हासेर सुनिरहेका थिए । सभापति प्रकाश ज्वालाले गभर्नरलाई जवाफको अवसर दिएनन् । अर्थ समितिले न्युन तरतलता तथा अधिक तरलताको दिर्घकालिन समाधानका लागि अध्ययन गर्न उप समिति बनाएको छ । उप समितिमा रेवतीरमण भण्डारी, सीपी मैनाली, ल्यारक्याल लामा, ओमदेवी मल्ल लगायतका संदस्य रहेका छन् । उपसमितिले एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने समय पाएको छ ।

पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्ने, जिल्लाका ७५ प्रतिशतलाई खानेपानीको पहुँचमा पुर्याइने

कालीकोट । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गरेका छन् । खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा यहाँ आइपुगेका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पहुँचमा ल्याइने बताएका छन् । खानेपानीका क्षेत्रमा जिल्लामा भएको विगतको समीक्षा, प्रगति र भावी दिनका लागि गर्नुपर्ने रणनीति तयार गर्ने जिल्लामा पहिलो पटक सम्मेलन गर्न लागिएको हो । मन्त्री सिंहले जिल्ला सदरमुकाम मान्ममा बनेको खानेपानी ट्यांकी पनि उद्घाटन गरे । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष चित्र सिंहका अनुसार जिल्लामा खानेपानीका क्षेत्रमा काम गर्ने विभिन्न निकायको पहलमा जिल्लाका ७५ प्रतिशत बासिन्दालाई खानेपानीको पहुँचमा पुर्याइने योजना छ । रासस

लेखा समितिले भन्यो-पाँच बर्षभित्रै फास्ट ट्रयाकमा गाडी गुडाउनु

काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले आगामी पाँच बर्षभित्रै काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलर भौतिक पुर्वाधार तथा यातायात सचिव धन बहादुर तामाङलाई बोलाएर समितिले आगामी पाँच बर्षभित्रै फास्ट ट्रयाकमा गाडी गुडाउने व्यवस्था गर्न निर्देशन दिएको हो । समितिले चालु आर्थिक बर्षभित्रै डिपिआरको छिनोफानो गरेर टेण्डर गरिसक्न पनि भनेको छ । आगामी आवदेखि निर्माण आरम्भ गरेर पाँच बर्षभित्र सम्पन्न गर्न भनेको हो । सरकारले फास्ट ट्रयाकको निर्माण इपिसी मोडलमा गर्ने निर्णय गरिसकेको छ । सो मार्गलाई पब्लिक एक्सप्रेस हाइवेका रुपमा निर्माण गर्ने निर्णय पनि सरकारले गरिसकेको छ । ७६ दशमलब ४ किलोमिटर लामो फास्ट ट्रयाकका लागि सरकारले चालु आवमा १० अर्ब बजेट विनियोजन गरेको छ । ७० किलोमिटरको मुआब्जा समेत वितरण भैसकेको छ । ललितपुर क्षेत्रमा पर्ने ६ दशमलब ४ किलोमिटरको मुआब्जामा स्थानिय बासिन्दा चित्त बुझाएका छैनन् । सरकारले भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआरको स्वामित्व ग्रहण गरेर आवश्यक संसोधन सहित निर्माण प्रक्रियाका लागि ग्लोबल टेण्डर आव्हान गर्ने बताएको छ ।

विकास निर्माणलाई आचार संहिताले नछेक्ने, रेड बुकमा समावेश भएका आयोजनाले थप बजेट पाउने

काठमाडौं । निर्वाचन आचार संहिता लागु भएपछि पनि विकासे कार्यक्रमको बजेट निकाशा नरोकिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को वार्षिक विकासे कार्यक्रम ‘रेड बुक’ मा समावेश भएका आयोजनहरू अगाडि बढाउन नरोक्न गरी आचार संहिता लागु गर्न लागिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए । विकासे कार्यक्रमको बजेट  रोक्दा आयोजना निर्माण कार्य ढिला हुन गई यसको असर  दीर्घकालसम्म पर्ने भएकाले विकास निर्माणको गति नरोक्न यस्तो व्यवस्था सहितको आचार संहिताको व्यवस्था गर्न लागिएको हो । निर्वाचन आचार संहिता जारी गर्ने तयारी भएको केन्द्रबाट कार्यक्रम स्वीकृत भइसकेका त्यस्ता आयोजनाहरू स्थानीय निकायको निर्वाचनमा असर नपर्ने भएकाले ती कार्यक्रमहरूलाई अगाडि बढाउन दिने गरी आचार संहिता आउन लागेको हो । ‘रेड बुक’मा समावेश भएका आयोजनाको बजेट रोक्दा पुँजीगत खर्चनै रोकिने र विकास निर्माणको काम ठप्प हुने भएकाले त्यस्ता आयोजनालाई आचार संहिताले नवाध्ने तयारी भएको हो । तर, आयोगले गाउँपालिका र नगरपालिकाका कार्यक्रमलाई भने कठाइ गर्ने छ । निर्वाचन आयोगले बुधबारदेखि लागु हुने गरी स्थानीय तह निर्वाचनका लागि आचार संहिता जारी गर्ने तयारी गरेको छ । निर्वाचन मिति घोषण भइसकेपछि स्थानीय निर्वाचनलाई प्रभाव पर्ने गरी नयाँ कार्यक्रम समावेश गर्न मिल्दैन । स्वीकृत अर्थात रेड बुकमा समावेश भएका कार्यक्रमहरूलाई रोक्ने गरी भने आचार सहिता नआउने आयोगले स्पष्ट पारेको छ । निर्वाचन आयोग स्थानीय निकायको कर्मचारीको सरुवा बढुवा तथा नयाँ भर्ना स्थानीय निकायमा हुने विकास निर्माणको काममा भने थप बजेट दिन मिल्दैन । नयाँ कार्यक्रम बजेटमा समावेश नभएका विषयलाई भने निर्वाचन नभएसम्मका लागि अख्तियारी दिन रोक लाग्ने छ । निर्वाचन आयोगले आचार संहिता लगाएर थप बजेट तथा कार्यक्रम स्वीकृत गर्न रोक्छ भन्ने डरले विकासे कार्यक्रम भएका मन्त्रालयहरूले धमाधम अर्थ मन्त्रालयबाट थप बजेट स्वीकृत र कार्यक्रम समावेश गराउने कार्यलाई सोमबारसम्म पनि निरन्तरता दिएका छ । हिजो विदाको दिन परेपनि अर्थ मन्त्रालय तथा अन्य विकासे बजेट थप बजेट स्वीकृत गराउने कार्य गरेका थिए । आचार संहिता कस्तो आउँछ भन्ने थाहा नभएको अर्थ सचिव शान्तराज सुवेदीले बताए । ‘विकास निर्माणको गति नरोकियोस् भन्नका लागि रेड बुकमा समावेश भएका आयोजनाहरूलाई थप बजेट स्वीकृत गरिएको हो । आचार संहिताले कस्तो व्यवस्था गर्छ र यसबाट आउन सक्ने समस्या समाधानको लागि हामीले सडक, सिंचाईँ र खानेपानीका आयोजनाहरुलाई स्रोत सुनिश्चित गर्ने कार्यलाई तिव्रता दिएका छौ । यस्ता आयोजनालाई फागुन दुई सातामै अर्बौ रुपैयाँ थप बजेट स्वीकृत भई सकेको छ । स्थानीय निर्वाचनका लागि समेत प्रभावित पार्ने किसिमबाट बजेट माग आएको छ । यस्ता कार्यक्रममा भने बजेट दिन मिल्दैन । सरकारले आचार संहिता लगाउन आलटाल गरिरहेका कारण आयोगलाई समस्या परेको छ । निर्वाचन घोषणा भएको दिन नै आचार सहिता लगाउने पर्नेमा निर्वाच हुन करिब डेढ महिना बाँकी रहँदा समेत लगाउन सकेको छैन । सरकारले बजेटको प्राथमिकतामा परेका आयोजनामा रकम अभाव हुन नदिन चैत देखि रकम खर्च गर्न नसकेका आयोजनाहरूको बजेट स्थानान्तरण गरेर भएपछि पुँजीगत खर्च बढाउने तयारी गरेको छ ।

मंगलबारको सेयर कारोबारमा सुधार हुँदा नेप्से परिसूचक दोहोरो अंकले ओरालो

काठमाडौं । मंगलबारको नेप्सेमा सेयर कारोबारमा सुधार देखिए पनि नेप्से परिसूचक भने दोहोरो अंकले झरेको छ । परिसूचक १३ दशमलब ७२ अंकले घटेर १२९९.२९ अंकमा बन्द भएको छ । सो दिनको बजारमा ५४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा करिब २९ करोड रुपैयाँ बढी हो । बजारमा सबैभन्दा बढी नेपाल बङ्लादेश बैंकको ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ रहेको छ । मंगलबार १३२ कम्पनीको १२ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबार बीमा समूहको परिसूच क ११४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ्, विकास बैंक र अन्य समूहको परिसूचक क्रमशः ५०, १३, ९ र ४ अंकले ओरालो लागेका छन् । हाइड्रो समूह ४ अंकले उकालो लागेको छ भने उत्पादनमुलक समूह स्थिर रहेको छ ।

हाम्रै जीवनकालमा रूपान्तरण गर्न बीबीसी छाेडेर नयाँ पाटीमा

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदित नै छ। त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो। हाम्रो उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हो। देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा “अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने” अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्‍याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई हो। त्यसका लागि एउटा समूह लामो समयदेखि वैचारिक र रणनीतिक मन्थनमा सक्रिय थियो। सो समूहले अब आफ्नो गृहकार्यलाई कार्यरूपमा परिणत गर्ने आत्मविश्वास हासिल गरेको छ। तसर्थ मैले बिबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएको छु। बिबीसीसँगको लामो आबद्धता, मेरो लेखन तथा परोपकारी अभियानका क्रममा मैले देशभित्र र बाहिर आमनेपालीबाट पाएको विश्वास, स्नेह र सहयोगलाई म सधैं सम्झिरहने छु। त्यसका लागि मैले जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त नै हुनेछ भने म मेरा सहकर्मी र बिबीसीप्रति पनि सदा आभारी रहिरहने छु। मैले शुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ। कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिकरूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन्। तर विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ। हामी छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं। कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ-संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं। विगतका भएका यस्ता वैकल्पिक प्रयास, तिनका कमजोरी र विफलताबारे हामी अनभिज्ञ छैनौं। तिनबाट हामीले पाठ सिकेका छौं – तर्सिएका छैनौं। साथसाथै, हामी अधिकांश पेशागत राजनीतिक पृष्ठभूमिबाट नआएकोले यो यात्रा राजनीतिक पृष्ठभूमिबाट आएकाहरूका लागि भन्दा बढी असहज हुनेछ भन्नेमा हामीलाई कुनै भ्रम छैन। तर सुसूचित तयारीका साथ एउटा प्रतिबद्ध समूहले राजनीतिमा इमान्दार, दूरदृष्टिपूर्ण, सशक्त र राष्ट्रव्यापी हस्तक्षेप नगरी कुनै पनि देशको समष्टिगत रूपान्तरण सम्भव भएको छैन। हामी तयार भयौं – गाउँ-गाउँ, बस्ती-बस्तीमा, अनि विदेशका नगर तथा शहरहरूमा तपाईं पनि तयार रहन हामी हार्दिक आह्वान गर्दछौं। तत्कालका लागि भने देशका हरेक टोल-टोलमा कम्तिमा ७ जना वा संभव भए त्यो भन्दा बढी संख्याको समूह निर्माणका लागि जुट्न हामी विनम्र आग्रह गर्दछौं, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ। विदेशमा बस्ने नेपालीहरूको साथ र सहयोगका लागि हामी विशेष व्यवस्था गर्नेछौं र उनीहरूलाई विदेशका नगर तथा शहरहरूमा ‘सदभाव समूह’हरू निर्माण कार्य तत्काल अगाडि बढाउन हामी हार्दिक अपिल गर्दछौं। संसारमा हामीभन्दा ज्यादै नै प्रतिकूल अवस्थामा रहेका देशले पनि १० देखि २० वर्षको बीचमा राजनीतिक स्थिरता प्राप्त गर्न र विकासलाई तीव्र गति दिन सकेका छन् भने हामीले नसक्ने कुरै छैन। हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०/१२ जना सांसदलाई संसद्‌मा पठाएर “राजनीति” गर्नका लागि होइन – यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन। यस यात्रामा हामीलाई तपाईंको आशीर्वाद र सहयोग प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौं भने तपाईंलाई हाम्रो सहयोग अवश्य मिल्ने नै छ। यो असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो! ताकि, हाम्रा सन्ततिले बुढा बाउ-आमालाई नेपालमा छोडेर आयआर्जन, अलिकति सहज जीवनयापन र वृत्ति विकासका लागि विदेशिनु नपरोस्, बरू तिनले यो देशमा विदेशीलाई समेत रोजगारी दिन सकून्। मिश्रले जारी गरेको प्रेसविज्ञप्तिबाट

सनराइज बैंकको नयाँ शाखा झापाको दमकमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा झापा जिल्लाको दमकमा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रूपमा गरेका छन् । यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउन सक्षम हुुुुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ । हाल सनराइज बैंकले ६८ वटा शाखा र ७३ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ । यो दमक शाखा संगै विराटनगरदेखि पूर्व नेपालको क्षेत्रमा बैंकको १२ वटा शाखाहरुले ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

नेरुडे लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, फागुन ३० गते बुक क्लोज

काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले एक सय अंकित मूल्य बराबरको ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । सो प्रयोजनको लागि आगामी फागुन ३० गते कम्पनीको बुक क्लोज हुने छ । बैंकले सो मात्राको हकप्रद निष्कासन गर्न कमलपोखरीमा रहेको एनसिएम मर्चेन्ट बैंकिङ्लाई जिम्मा दिएको छ ।