नोबल हस्पिटलसँगको सहकार्यमा ब्रिटिस कलेजमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का विद्यार्थीहरुले कलेज परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले काठमाडौँमा रगत अभाव बढेको समाचार सार्वजनिक भएपछि उक्त कार्यक्रमको आयोजना गरेका हुन् । ‘द ब्रिटिस कलेज’मा सामाजिक उत्तरदायित्वको रुपमा स्थापना गरिएको विद्यार्थीहरुको ‘सामाजिक उत्तरदायित्व क्लब’ले गरेको सो कार्यक्रममा ६० जना व्यक्तिले रक्तदान गरेका थिए । नोबल हस्पिटलसँगको सहकार्यमा द ब्रिटिस कलेज ‘सामाजिक उत्तरदायित्व क्लब’ले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र अन्य रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा कलेजका निर्देशक महेन्द्र कँडेलले विद्यार्थीहरुले विशुद्ध शैक्षिक ज्ञानमात्र नलिई सामाजिक उत्तरदायित्व समेत बोक्नुपर्ने बताए । “विद्यार्थीहरुले पढाइका साथसाथै सामाजिक र परोपकारी कामहरुमा पनि आफूलाई क्रियाशील गराउँदैं लैजानुपर्छ,” उनले भने,“त्यसका लागि कलेजले पनि सहयोगी भूमिका खेलिरहेको छ ।” द ब्रिटिस कलेज थापाथली बेलायती विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट अफ इङ्ग्ल्याण्डको सम्बन्धनमा बीएस्सी कम्प्युटिङ, बीबीए, एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबीए एक्जुकेटिभ लगायतका कोर्स सञ्चालन गरिरहेको छ । आगामी वर्षदेखि एमएस्सी इन्फरमेसन म्यानेज्मेन्ट र एमबिए पनि सञ्चालन गर्ने लक्ष्य लिइएको छ । हाल ब्रिटिस कलेजमा १२ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा, दुई हजार व्यक्तिले रोजगारी पाउने
नवलपरासी। चिनियाँ र नेपाली लगानीकर्ताले ५२ अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब ३६ अर्ब रुपैयाँ लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको रहेको छ । उद्योगले दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको छ । सो उद्योगबाट करिब दुई हजार व्यक्तिले रोजगारी पाउने छन् । उद्योगले एक सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निमार्णको काम थालेको हो । थप एक सय ५० बिघा जग्गा खरिद प्रक्रिया अघि बढाएको उद्योगले जनाएको छ । उदोगले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी (प्लास्टर र गारोमा प्रयोग हुने) सिमेन्ट उत्पादन गर्ने छ । रासस
‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट’ शनिबारदेखि हुने, बिजेतालाई एक थान हुन्डाई गाडी प्रदान
काठमाडौं । नेपालको लागी हुण्डार्ईगाडीको एक मात्रअधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१७’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट जिनिएगल्स डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउदो शनिबार हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबलफोल्ड फर्म्याटमा र ३/४ ह्यान्डीक्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १०० गल्फर्सहरुले प्रतिस्पधा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर, फष्ट रनर-अप, सेकेण्ड रनर-अप, बेष्ट ग्रस, लेडिज विनर, सिनिएर विनर(६० वर्ष उमेरमाथिको), जूनियर विनर(१७वर्ष उमेरमुनीको) हुन्डाई वनरर्स क्याटेगोरी विनर, लङगेष्ट ड्राइभ, क्लोजेस्ट टू द पिन, मष्ट विर्र्डास क्याटेगोरीमा विजेता घोषित गरिने कम्पनीले जनाएको छ । यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान हुन्डाई ग्राण्ड आई१० गाडी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
रिलायबल डेभलपमेन्ट बैंकद्धारा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय रद्ध
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने पुर्व निर्णय रद्ध गरेको छ । बैंकको बुधबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय रद्ध गरेको हो । गत असार १७ गतेको १० औं बार्षिक साधारणले पारित गरेको हकप्रद सेयरको निर्णय उल्टाउँदै बैंकले ग्लोबल आइएमई बैंकसँग मर्जमा जाने निर्णय गरेको हो । साधारण सभाले लगानी कर्तालाई २८ दशमलब १४ प्रतिशत बोनस दिएर एक्वायरमा जाने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण्ण बाबु लोहनीले विकासन्युजलाई जानकारी दिए । हकप्रद सेयर जारी नगरि ग्लोबल आइएमई बैंकसँग एक्वायरमा जाने सम्झौतामा हस्ताक्षर गरेपछि बैंकका लगानी कर्ताले धितोपत्र बोर्डमा उजुरी हालेका थिए । लगानी कर्ताको उजुरीपछि बोर्डले अक्वायर प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । बोर्डको सो निर्देशनपछि रिलायबल र ग्लोबल आईएमईबीचको सम्झौता कार्यान्वन हुन सकेको थिएन ।रिलायवलसँगको सम्झौतापछि ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकसँग एक्वायर गर्ने सहमति गरेकोमा सबै प्रक्रिया पुरा गरी फागुन १ गते आइतबारदेखि एकिकृत कारोबार गरिसकेको छ । रिलायबलको चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको छ । नेप्सेमा सूचिकृत पब्लिक कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट गरेर त्यसलाई अर्को साधारणसभाले उल्ट्याउन लागिएको यो पहिलो घट्ना हो ।
नयाँ माध्यमिक परीक्षा एसइईको तयारी पूरा, परीक्षा बिहीबार बिहान ८ बजेदेखि
भक्तपुर। देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ शुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, एकहजार नौसय २३ केन्द्राध्यक्ष, दुईहजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए । परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ । विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पुर्याई सकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए । उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सहयोग गर्न पनि सबैसँग आग्रह गरेका छन् । परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटिनेछन् । परीक्षामा अमर्यादित काम गर्ने एवम् गराउनेलाई कडा कारबाही गरिने जनाइएको छ ।
ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज हुने, पूँजी २ अर्ब रुपैयाँ नाघ्ने
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा मर्ज हुने भएका छन् । मंगलबार सम्पन्न ओमको बिशेष साधारणसभाले कम्पनीको उक्त मर्जरमा जाने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले यी दुई कम्पनी मर्जपछि १० बराबर ३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैैकले हकप्रद सेयर र चालु आ.ब.को मुनाफाबाट बोनस सेयर जारी गरि बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ पुर्याउने भएको छ । पौष मसान्तको वित्तीय विवरण अनुसार बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड रुपैयाँ र कर्जा १३ अर्ब २७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । मनास्लु विकास बैंकले पनि चैत्र १ गते नै मर्जरको स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न गरेको छ ।
नेप्से परिसूचक ९ अंकले उक्लियो, सबै समूहका परिसूचक हरिया
काठमाडौं । बुधबार नेप्से परिसूचक ९ दशमलब ४ अंकले उकालो लागेर १३५६ दशमलब १३ अंकमा पुगेको छ । बजारमा ३६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ८ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक ६२ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा, होटल, बैंक र विकास बैंक समूहका परिसूचक क्रमशः ३७, १४, ७ र ०.८८ अंकले उकालो लागेका छन् । कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक लि. प्रमोटर सेयरको करिब ६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा सो बैंकको कारोबार रकम करिब १५ करोड रुपैयाँ घटेको छ । बुधबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५७७ रुपैयाँ रहेको छ ।
कुमारी बैंकले चैत ९ गते साधारणसभा बोलायो, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । कुमारी बैंकले आगामी चैत ९ गते कम्पनीको १६औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको २१ प्रतिशत(अर्थात ५६ करोड ६८ लाख रुपैयाँ) बोनस दिने विशेष प्रस्ताव लैजाँदै छ । साथै, कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाईनान्स, महाकालि विकास बैंक र काँक्रेविहार विकास बैंकलाई प्राप्ति(एक्विजिशन) गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने भएको छ । त्यस्तै, सभामा यी ४ वटा बैंक प्राप्ति पश्चात कायम हुने पूँजीमा थप एक अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने विषयमा छलफल गर्ने कम्पनीले जनाएको छ ।