विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेशनल कलेज अन्तगर्तको क्वेस्ट सोसल क्लबका बिधार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सहकार्यमा क्वेस्ट इन्टरनेशनल कलेज अन्तरगतको क्वेस्ट सोसल क्लबका बिधार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई कार्यक्रम र कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच कार्यक्रम गरिएको छ । साथै, बैंकले अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकालाई आवश्यक समाग्री सहयोग प्रदान गरेको जनाएको छ ।

मुक्तिनाथद्वारा अटीजम केयरलाई १ लाख सहयोग प्रदान

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख रुपैँयाको चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारीअधिकृत समीरशेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्षसरु अधिकारीलाई हस्तान्तरण गरेका हुन् । अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।

लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्वारा सांगीतिक कार्यक्रम आयोजना

काठमाडौँ । लक्ष्मी बैंक र लक्ष्मी केयर्सले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगीतिक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली गीतसंगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवम् संगीतकारहरुको उपस्थिति रहेको थियो । कोष स्थापनाको लागि आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने जनाइएको छ । यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवम् शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ ।

नेपाल दालमोठ उत्पादक संघको अध्यक्षमा नारायण कार्की चयन

काठमाडौँ । नेपाल दालमोठ उत्पादक संघको १४औँ साधारण सभा शनिबार सिद्धार्थ कटेज तीनकुने काठमाण्डौमा सम्पन्न भएको छ । उक्त सभाले नयाँ कार्य समिति चयन भएको छ । साधारण सभाले अध्यक्षमा नारायण कार्की, उपाध्यक्षमा रमेशचन्द कसौधन, सचिवमा विनयकुमार पौडेल र कोषाध्यक्षमा राजिव मथिकर्मी चयन भएका छन् । सदस्यहरुमा नरेश मल्ल, संजिवकुमार ठाकुर, सरस्वती घिमिरे चयन भएका हुन् । भबिश्यमा देशको आन्तरिक माग बमोजिमको गुणस्तरीय दालमोठ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने कार्यमा नवगठित समिति लागि पर्नेसंघका सचिव पौडेलले जानकारी गराए ।

टिभीएसको ह्विली बिट्स कन्सर्ट भोलि जनकपुरमा हुने

काठमाडौं । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लिले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावलीको पावन अवसरमा ग्राहकहरुलाइ लक्षित गरी “ टिभी एस दशैको दौड” भन्ने स्किम लागु गरेको सबैलाई अवगत नै छ । यही उपलक्ष्यमा जगदम्बा मोटर्स प्रा.लि. नेपालको मुख्य मुख्य सहरमा टिभिएस ह्वीली बिट्स नामको कार्यक्रम गर्न लागेको छ । त्यस कार्यक्रममा राष्टिय बाइक राइडरको स्टन्ट शो प्रस्तुत हुनेछ भने बिभिन्न गीतहरुमा नृत्य साथै राष्टिय तथा स्थानीय कलाकारको कमेडी पनि प्रस्तुत हुनेछ । जुन कार्यक्रमबाट हालै नेपाली बजारमा भित्रिएका दुइ नया बाइक आर टि आर १६० २ भी र रेडीएन ११० को लन्च पनि हुनेछ । यस कार्यक्रमको सुरुवात सांस्कृतिक तथा धार्मिक र पयर्टकीय क्षेत्र जनकपुरबाट भोलि भाद्र ३१ गते जनकपुरको रामचोकमा दिउसो २ बजे टिभीएसको ह्विली बिट्स कन्सर्ट हुनेछ । साथै, टिभीएसको कन्सर्ट, नृत्य, गायन र अन्य मनोरन्जनात्मक कार्यक्रम हुनेछ , यस कार्यक्रम हेर्न को लागि कुनैं शुल्क लाग्ने छैन । साथमा लोकप्रिय राष्टिय कलाकारका साथै स्थानीय कलाकारको पनि सहभागी हुने कुरा जगदम्बा मोटर्सको मार्केटिङ म्यान्जेर नवराज कोइरालाले बताएका छन् ।

प्राइमलाइफद्वारा अर्घाखाँचीमा नयाँ अभिकर्तालाई तालिम

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स क. लि.ले अर्घाखाँचीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । बीमा कम्पनिहरुको नियामक निकाय बीमा समीतिद्धारा स्वीकृत प्रदान गरीएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानबाट उपस्थीत नयाँ अभिकर्ताहरुलाई प्रदान गरिएको हो । बीमाको पहुँच पुर्याउन घरघरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ भन्ने उद्देश्य सहित कम्पनीले उक्त तालिम भदौ २६, २७ र २८ गते ३ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन गरेको थियो । उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षणमा सम्पन्न भएको थियो भने कम्पनिका एजेन्सी मेनेजरहरुले पनि प्रशिक्षण र सहजीकरण गरेका थिए ।

इभेण्ट सोलुसनकाे आयोजनामा दशैं तिहार लक्षित ‘स्टक क्लियरेन्स मेला’ हुँदै, असोज १ देखि शुरु

काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला शुरु हुने भएको हो । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । यसरी, ‘अफरै अफरको ब्यापारिक मेला शपिङ गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् । इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताएका छन् । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।

टेकुमा खुल्यो मोटरहेडको शोरुम, दशैंको अवसरमा छुट

काठमाडौं । टेकुमा मोटरहेड मोटरसाईकलको  ७ औं शोरुम खुलेको छ । मोटरहेडले दशैँमा बाइक किन्नेलाई छुट पनि दिने भएको छ । मोटरहेड मोटरसाइकलको नेपालको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले सोमबार शोरुमको उद्घाटन गरेका छन् । मोटरहेडले नेपालमा ५ वटा मोडलका मोटरसाइकलहरु बिक्री गर्दै आइरहेको छ । यो कम्पनीले नेपालमा बिक्री गरिरहेको बाइकको ६ गेयरको छ । नेपालमा बिक्री भइरहेको सो ब्रान्डका बाइकहरु १४९ सिसि देखि २२३ सिसिसम्मका छन् । कम्पनीले बाइकको मूल्यू २ लाख ७८ हजार देखि ४ लाख ५० हजार तोकेको छ । यी वाइकहरुमध्ये एम एच १५० मा ५ गियर रहेको छ भने बाँकी सवैमा ६ गियर रहेको छ । अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यी बाइकहरुलाई चाइनिज कम्पनी फ्यूगो पावर्सले एसेम्वल गरेको हो । मोटरहेडका सम्पूर्ण मोडलहरुमा एल्युमिनियम मिसाइएको मेटल बढी भएको हुनाले खिया लाग्ने समस्या हुँदैन । त्यसैगरी यी मोडलहरु अफरोड बाइक हुन् तरपनि यिनीहरुको टायर पिच सडकलाई पनि हुने गरि तयार पारिएको छ । टेक्कन २५० सिसिको बाइकको मूल्य ३ लाख ७५ हजार, स्पोर्ट २५ सिसिको बाइकको मूल्य ३ लाख ६५ हजार, स्क्र्याम्ब्लर २५० सिसिको बाइकको मूल्य ४ लाख ५० हजार एम एच २०० सिसि बाइकको मूल्य ३ लाख ७२ हजार र एम एच १५० सिसिको बाइकको मूल्य २ लाख ७८ हजार तोकेको छ । एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष घिमिरेले ग्राहकलाई दशैंको अफरस्वरुप स्क्र्याच मार्फत ५ देखि २५ हजारसम्म नगद छुटको व्यवस्था रहेको बताए ।