विकासन्युज

कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई स्वास्थ्य बीमा दाबी वापत रु. ४० लाख भुक्तानी

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी ८ जना घातक रोगका सञ्चयकर्ताहरुलाई करिव रु. ४० लाख बराबरको औषधोपचार खर्च प्रदान गरिएको छ । यसरी बीमा दावी रकम प्राप्त गर्ने सञ्चय कर्ताहरुमा शिवजी गुरुङ्ग, शान्ता थापा देउला, राधा देबी भट्टराई, नरेन्द्र कुमार श्रेष्ठ, शान्तबहादुर देउला, सावित्री आचार्य, शान्तबहादुर भुजेल र लेखनाथ खतिवडा रहेका छन् । कार्यक्रममा वक्ताको रुपमा विरामी सञ्चयकर्ताको तर्फबाट शिवजी गुरुङ्गले सञ्चय कोष र बीमा कम्पनी बीच भएको यस प्रकारको बीमाले आम सञ्चयकर्ताहरुलाई निकै नै राहत मिलेको अनुभव सुनाइन् । सञ्चय कोषका सह प्रशासक राजेन्द्र काफ्लेले कम्पनिलाई अझ कटिबद्ध भई कार्य गर्न सुझाए । कम्पनीको तर्फबाट प्रतिक्रिया राख्दै प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले केही प्राविधिक तथा प्रशासनिक कठिनाईका बावजुत कम्पनीले बीमा दावी भूक्तानी प्रकृयालाई यहांसम्म ल्याईपुर्याईएको तथा आगामी दिनहरुमा अझ सशक्त ढङ्गबाट दावी प्रकृया अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रम कम्पनीका मुख्य ब्यवस्थापक सुवास कोईरालाले सञ्चालन गरेका थिए । राष्ट्रिय बीमा कम्पनी लि. र कर्मचारी सञ्चय कोष बीच सञ्चयकर्ताहरुको रु. १ लाख बराबरको औषधोपचार तथा रु. १० लाख बराबरको घातक रोगको उपचारको लागि बीमा गर्ने सम्वन्धमा २०७५ साल कार्तिक २८ गते सम्पन्न भएको समझदारीको आधारमा ०७५ मंसिर १ गते देखि लागू हुने गरि बीमालेख जारी गरेको छ । हालसम्म ८५३ जना सञ्चयकर्ता विरामी हरुका लागि रु. तीन करोड ८८ लाख बराबरको बीमा दावी भूक्तानी समेत गरिसकेको बताइएको छ ।

कार्यदल गठन गर्न निर्माण व्यवसायीको आग्रह

काठमाडौँ । निर्माण व्यवसायीहरुले निर्माण व्यवसायलाई व्यवस्थित र दिर्घकालीन रुपमा सम्बोधन गर्नका लागि एक उच्चस्तरीय अधिकार प्राप्त कार्यदल गठन गर्न आग्रह गरेका छन् । निर्माण व्यवसायी संगठनले सोमबार राजधानीमा आयोजना गरेको भौतिक पूर्वाधारको विकास र नेपाली निर्माणमा व्यवसायीको अवस्था विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरुले निर्माण व्यवसायका विविध समस्या र चुनौतीहरुलाई सम्बोधन गर्नका लागि उच्च स्तरीय अधिकार प्राप्त कार्यदल बनाई अध्ययन तथा व्यापक छलफलको आधारमा विस्तृत कार्ययोजना तयार गर्नु पर्ने बताएका हुन् । देशभर १५ हजार भन्दा बढी साना र ठूला निर्माण व्यवसायी रहेको बताउँदै उनीहरुले विभिन्न वर्गका व्यवस्थाबीच तालमेल मिलाउनु पर्ने दस्तावेजमा उल्लेख गरिएको छ ।

अण्डाको मूल्य तथा बजारिकरणमा सरकारले ध्यान नदिएको उत्पादकको गुनासो

काठमाडौं । देशमा उत्पादन हुने अण्डाको बजारिकरण तथा मूल्य निर्धारणमा सरकारले ध्यान नदिएको हुँदा उत्पादकको अपत्ति जनाएका छन् । नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भनियता पनि उपयुक्त बजार र मूल्यका कारण अझैपछि समस्या भईरहेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । पशु सेवा विभाग तथा नेपाल अण्डा उत्पादक संघको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै नेपाल अण्डा उत्पादक संघका अध्यक्ष केसीले भने ‘यदि सरकारले उत्पादकको माग एवं बजारको अवस्थालाई ध्यानमा राखि छिटोभन्दा छिटो बजारिकरण गरि समाजमा रहेको समस्यालाई सरकारले निर्मूल गर्नका ध्यान दिनु पर्ने र आगामी दिनमा समाधान नभए सडकमा उत्तिर्न पनि सक्ने बताए । पशु सेवा विभागका महानिर्देशक बंशी शर्माले अण्डा उत्पादक लागत निर्धारण र बजारिकरण लगायतका समस्यामा गम्भिर रहेको बताउँदै तत्काल कार्यदल गठन गरी प्रतिवेदनका आधारमा समस्या हल गर्ने बताए। विभागले अण्डाको मूल्य निर्धारण नगर्ने भन्दै त्यस्का लागि सम्वन्धीत मन्त्रालय र वाणिज्य मन्त्रालयसँग सहकार्य गर्ने जानकारी दिए । विभागले धान, उखु र दुधको बाहेक अन्य मूल्य तोक्न नपाउने हुँदा उत्पादक आफु लागत मूल्य अनुसार मूल्य निर्धारण गर्नु पर्ने पशु सेवा विभागका महानिर्देशक शर्माले भने । अध्यक्ष केसीले भने ‘अण्डाको उत्पादन र खपत अवस्थ कति हो, कति लागत लाग्छ त्यो तथ्यांक पशु सेवा विभागले अझैपछि समावेश नगरेको र त्यसका आधारमा उत्पादक किसानलाई प्रोत्साहन गर्नुपर्छ’ उनले भने, ‘लागतका आधारमा उचित मूल्य, बजारीकरण र अहिलेसम्म यो क्षेत्रमा सरकारले कुनै नीतिगत कुराहरु स्पष्ट पार्न सकेन ।’ अण्डा उत्पादक किसान र पोल्ट्री क्षेत्रका समस्याका बारेमा सरकार गम्भिर नभए सडक आन्दोलन गर्ने चेतावनी दिए । अहिले दाना र उत्पादन लागत बढेपनि अण्डाको मूल्य नबढ्दा किसान र व्यापारी यो पेशाबाट नै पलायन हुने अवस्था रहेको उनको भनाइ थियो । त्यस्तै राष्ट्रिय किसान आयोगकाे विज्ञ तथा केन्द्रिय सदस्य डा. उदयचन्द्र ठाकुरले कृषि क्षेत्रमा नेपाल संवृद्ध भई नसकेको र आगामी दिनमा आत्मनिर्भर हुने क्रम जारी रहेको बताए । कुन क्षेत्रमा कति उत्पादन तथा लगानी गर्नु पर्ने हो भन्ने विषयलाई ध्यानमा राखि क्षेत्रगत रुपमा अगाडी बढ्दा छिट्टै लक्ष्यमा पुग्ने जानकारी दिए । उनका अनुसार, विगत ३ बर्षअघि अण्डाको बजार मूल्य १५ रुपैयाँ थियो भने दानाको प्रतिकेजी मूल्य ३६ रुपैयाँ थियो । हाल दानाको मूल्य ५६ रुपैयाँ पुगेको र अण्डाको बजार मूल्य प्रतिगोटा ११ रुपैयाँ २ पैसा रहेको छ । तीनबर्षअघि अण्डा उत्पादक किसानले प्रतिटा अण्डा उत्पादन लागत १२ रुपैयाँ पाउने गरेपनि अहिले दाना र उत्पादन लागत बढ्दा प्रतिगोटा ८ रुपैयाँ मात्र मूल्य पाएको अध्यक्ष केसीले बताए । विभागले अण्डाको मूल्य निर्धारण नगर्ने भन्दै त्यस्का लागि सम्वन्धित मन्त्रालय र वाणिज्य मन्त्रालयसँग समन्वयन गर्ने जनाएकाे छ ।

सेञ्चुरी बैंकले मकवानपुरको बज्रबाराहीमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले मकवानपुरको थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागी थियो । सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले शुरु गरिरहेको जनाएको छ ।

मनास्लुमा लाग्न थाल्याे आरोहीको ओइरो, उठ्याे करिब ४ करोड

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् । यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि आजसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए । सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् । त्यस्तै, धौलागिरि हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति पाएका छन् । नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस याममा हिमाल आरोहणबाट हालसम्म रु तीन करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए । आरोही दशैँ र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ । रासस

सिटिजन्स बैंकको १०१औँ शाखारहित बैंकिङ्ग सेवा सिन्धुलीको खाल्टेमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा भदौ २७ गतेबाट १०१ ओैँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी किर्तिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । उक्त सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवम् बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । सोहि अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षाजगतमा टेवा पुर्याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ ।

प्राधिकरणकाे नौ रणनीतिक प्रसारण लाइन चालू आवमा सक्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका नौ प्रसारण लाइन चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने भएको छ । निर्माणाधीन आयोजनामा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनका लागि महत्वपूर्ण मानिएका ती आयोजनाको कामको गति युद्धस्तरमा अगाडि बढेको जानकारी दिँदै प्राधिकरणले ऊर्जा क्षेत्रले थप सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ । रुग्ण आयोजना निर्माण सम्पन्न गरेपछि प्रसारण लाइनको निर्माण, विस्तार, संस्थागत सुशासन र विद्युत् चुहावट नियन्त्रणमा लागेको तथ्य पेश गर्दै प्राधिकरणले चालू आर्थिक वर्षमा थप हुने विद्युत्को व्यवस्थापनका लागि योजनाबद्ध तवरले लागिपरेको जनाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालू आवमा सम्पन्न हुने प्रसारण लाइनमा सिङ्गटी–लामो साँघु प्रसारण लाइन रहेको छ । कूल १३२ केभी क्षमताको सो प्रसारण लाइनमा देखिएको समस्या समाधान गरी चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै, वनको जग्गा प्रयोग तथा रुख काट्ने समस्याबाट आजित भएको सोलु करिडोर प्रसारण लाइन तोकिएको समयमा पूरा गर्ने लक्ष्य राखिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो प्रसारण लाइनमा देखिएको समस्या साधनका लागि आफैं लाग्ने प्रतिबद्धता देखाएकाले आयोजना चालू आवमा नै सकिने प्राधिकरणको विश्वास रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन् । उदयपुरमा वन क्षेत्रको जग्गा प्रयोगमा सबैभन्दा बढी समस्या देखिएको सो आयोजना चालू आवभित्रै जसरी भएपनि सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । ऊर्जा उद्यमीसँग भएको विद्युत् खरिद सम्झौताअनुसार प्रसारण लाइनका कारण उत्पादित विद्युत् खेर गएको अवस्थामा ४५ प्रतिशत हर्जना तिर्नुपर्ने शर्त रहेकाले पनि समस्या समाधान गरेर प्रसारण लाइन सम्पन्न गर्नैपर्ने दबाबमा प्राधिकरण छ । यस्तैगरी, प्राधिरकणले चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेका प्रसारण लाइनमा दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर–बर्दघाट, मस्र्याङ्दी–काठमाडौँ, चिलिमे–त्रिशूली, समुन्द्रटार–त्रिशूली थ्री बी केन्द्र, कोशी करिडोरको इनरुवा–तुम्लिङटार खण्ड रहेको छ । अधिकांश प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको माग सम्बोधन तथा प्रसारण लाइनको क्षेत्र परिवर्तनलगायतका मागका कारण समस्यामा परेको छ । आर्थिक वर्ष २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको सञ्जाल दुई हजार ९११ सर्किट किलोमिटर पुगेको छ । गत आवमा मात्रै ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको थियो । लामो समयदेखि रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ गरी कूल ३७ रुग्ण आयोजना आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । सरकारले निर्माणाधीन प्रसारण लाइन निर्माणलाई तोकिएको समयमा पूरा गर्न देखिएका सबै प्रकारका समस्या समाधानका लागि प्राधिकरणलाई स्पष्ट मार्गनिर्देशन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा देखिएका समस्या स्थलगत रुपमा नै गएर समाधान गर्न कार्यकारी निर्देशक लगायतका कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन् । मन्त्री पुनः प्राधिकरण सञ्चालक समितिको अध्यक्ष छन् । मन्त्रालयको स्पष्ट निर्देशन र सरकारले लिएको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र रहेकाले प्रसारण लाइन निर्माणलाई प्राधिरकणले रणनीतिक महत्वमा राखेको छ । सोही लक्ष्यअनुसार आगामी २०७९ भित्र सबै नेपालीलाई विद्युत् सेवा पुर्याउन प्रसारण लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । भारतर्फ नियमित विद्युत् निर्यात प्राधिकरणले भारतबाट विद्युत् खरिद मात्रै गरेको छैन । नियमित रुपमा विद्युत् निर्यात गरिरहेको छ । दैनिक ४० देखि ४५ मेगावाट विद्युत् विहार निर्यात भइरहेको छ । उनले भने, “उताबाट पनि औपचारिक रुपमा माग भई आएकाले हाल दैनिकजसो नै ४० देखि ४५ मेगावाट विद्युत् निर्यात भइरहेको छ ।” प्राधिकरणले गत साउनको अन्तिम साता २५० मेगावाट भारत पठाई इनर्जी बैंकिङको अभ्यास गरेको थियो । कार्यकारी निर्देशक घिसिङले भारतबाट विद्युत् आयात गर्ने मात्रै नभई निर्यात भइरहेको जानकारी दिँदै चालू आर्थिक वर्षको अन्त्यसम्म त्यसको मात्रा बढ्ने बताए । हाल रक्सौल–परवानीपुर प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ । प्राधिरकणले कटैया कुशाहा १३२ केभी दोस्रो सर्किट र रक्सोल परवानीपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र विहारबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार गरिएको छ । रासस

आठ दिनदेखि घटेको घट्यै शेयर बजार, आठ दिनदेखि ७० अंकको गिरावट, किन घटदैछ बजार ?

काठमाडौं । आठ दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ७० अंक भन्दा बढीले घटेको छ । भदौ १८ गतेदेखि सोमबारसम्म आइपुग्दा परिसूचक निरन्तर रुपमा घट्दै ११९४.७७ अंकबाट घटेर ११२३.८४ अंकमा झरेको हो । सोमबार मात्रै परिसूचकमा १६.१८ अंकको गिरावट देखिएको छ । आइतबार यो १७.८७ अंकले को थियो । सोमबारको कारोबारमा कुल ३४ करोड ३९ लाख रुपैंयाको शेयर कारोबार भएको छ । कारोबार भएका कुल ११ उपसूचक मध्ये ट्रेडिङ बाहेक सबै उपसूचकमा गिरावट आएको छ । हाल बजारमा तीव्र गिरावट हुनुमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका कार्यान्वयनमा आउने तयारी हुनु र बजारका जिम्मेवार अधिकारीहरुबाटै कालो धन सम्बन्धी अभिव्यक्ति आउनुलाई लिइएको छ ।