विकासन्युज

विश्व मुटु दिवसका अवसरमा अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ‘स्वस्थ्य मुटु सुरक्षितभविष्य’ भन्ने नाराका साथलायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लवअफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो । मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरुका लागि विभिन्नल्याव परीक्षणमा छुट दिएको छ । इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गरिएकोअल्का अस्पतालले जनाएको छ । मुटुरोग सम्बन्धिनिःशुल्क स्वास्थ्यशिविरमाचिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्कगरिएको अल्का अस्पतालकाप्रमुखकार्यकारी अधिकृत(सिइओ) दिलिप थापाले बताए । उनका अनुसार निःशुल्क शिविरमा जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिएको छ ।शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेखे छ । धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

अटो एभ प्रालिले मनायो दशौँ वार्षिकोत्सव, कर्मचारी र ग्राहक सम्मानित

काठमाडौँ । सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टरको रुपमा स्थापित अटो एभ प्रालिले शनिबार दशौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा लामो समयदेखि कार्यरत कर्मचारीका साथै विशिष्ट ग्राहकहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा अटो एभलाई शुभकामना प्रदान गर्दै प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले अटो एभको व्यवसाय देशभर व्यवसाय देशभर फैलियोस् भन्ने कामना गरे । उनले अटोमोबाइल व्यवसायले प्रदान गर्ने राजस्वका कारण नै सरकार सञ्चालन गर्न सहज भएको बताउँदै अटोमोबाइल व्यवसायीहरुलाई समेत राज्यले सम्मान गर्ने वातावरण बनाउनु पर्ने बताए । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नाडाका सचिव अनुप बराल र अन्य विभिन्न महानुभावहरुले वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्नुका साथै भविष्यमा समेत सफलताको शुभकामना प्रदान गरे । सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पका आफ्टर सेल्स सर्भिसका डीजीएम श्याम श्रेष्ठले अटो एभमा हाल मासिक रुपमा औसत ४ सय गाडी सर्भिसिङ हुने गरेको बताउदै यसको सबै श्रेय अटो एभको व्यवस्थापन र कर्मचारीहरुलाई जाने बताए । अटो एभले ९१ प्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिदै उनले यहाँ उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स देखि लिएर विभिन्न इक्विपमेन्ट मात्र नभएर दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको धारणा ब्यक्त गरे । अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले ग्राहक र मेकानिक्सहरुको साथ सहयोगले नै दशौं वार्षिकोत्सव मनाउन सफल भएको बताउदै सबैलाई धन्यवाद ज्ञापन गरे । अटो एभका डाइरेक्टर दीपेन्द्र डंगोलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा अटो एभमा लामो समय देखि कार्यरत टेक्निसियनका साथै मूल्यवान ग्राहकहरुलाई सम्मान गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोल र अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले अनाथहरुको सेवाका लागि कार्यरत प्रणवानन्द आश्रमलाई २१ हजार १ रुपैयाँको चेक हस्तान्तरण गरे ।

हिमालय एअरलाइन्सको नयाँ ब्राण्ड सार्वजनिक, दुईवटा ए३१९ जहाज भित्र्याउने

काठमाडौँ । हिमालय एअरलाइन्स्ले हिमालको चुचुरोमा उड्दै गरे चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान नयाँ बनाएको छ । हिमालयको निर्देशक सिद्धान्तः सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको जनाएको छ । रोयल सिंगी होटलमा आइतबार सम्पन्न पत्रकार सम्मेलनमा एअरलाइन्सले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो । रणनीतिक योजना संगै एअरलाइन्सको नयाँ संस्थागत लोगो सार्वजनिक भएको हो । सन् २०१४ मा स्थापना भएदेखि नै हिमालय एयरलाइन्सले व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ । एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । आबुधावी, दमाम र दोहालाई नेपालसँग जोड्दै एअरलाइन्स्ले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ । दुई महिना अघि सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्स्ले यो रुटमा सेवा सञ्चालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ । हिमालय एअरलाइन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस्् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरे । एअरलाइन्सले नयाँ लोगो सार्वजनिक गरेसँगै यसको व्याख्या र संस्थाको प्रगतीलाई ब्रान्ड तथा सर्भिस डिपार्टमेन्टकी प्रमुख उज्ज्वला दलीले प्रस्तुत गरेकी थिइन् । आफ्नो नयाँ ब्राण्ड पहिचान सहित हिमालय एअरलाइन्स् निकट भविष्यमा दुईवटा ए३१९ जहाज भित्र्याउने क्रममा रहेको छ । यस्तो छ नयाँ लोगो हिमालय एअरलाइन्स्को नयाँ लोगोले ‘हिमालय’ मा भएको तीनवटा अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चीललाई चित्रित गर्दछ । चील हिमालय श्रृंखलामा पाइने पंक्षी हो र यसलाई दृढता र साहसको प्रतिक मानिन्छ जसले हिमालय एअरलाइन्स्को धेरै उचाईमा उड्न सक्ने साखलाई संकेत गर्दछ । त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एअरलाइन्स्को नाम र स्थान व्याख्या गर्दछ । त्यसैगरी, लोगोमा प्रयोग भएको निलो, सेतो र सुन्तला रंगहरुको संयोजनले ‘एकीकृत र मेलमिलाप’ को भावलाई प्रतिनिधित्व गर्दछ । निलो रंगले आकाशलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो भद्र, शिष्ट र विश्वसनीयता । सेतो रंगले हिउले भरिएको पहाडलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो पवित्र, शान्ति र पारदर्शिता । त्यसैगरी सुन्तला रंगले जनता र उत्पादकत्वलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो शुभ, सक्रिय र प्रगति । यो संयोजनले हिमालय एअरलाइन्सको संस्थागत मूल्य मान्यतालाई वास्तविक रुपमा प्रतिबिम्बित गर्दछ ।

दशैँको दश दिन मात्रै खुला रहने जलेश्वरको त्रिशूली देवी मन्दिर आजदेखि खोलियो

जलेश्वर । बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष केवल दशैँको दश दिन मात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । दशैँभरिका लागि मात्रै खुला रहने यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैन । तर दशैँमा पुजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात रहेको छ भने यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दशैँभरिमा त्रिशूली देवी मन्दिरमा हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरुले पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ, त्यसैले दशैँभरि त्रिशूली देवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा एक पटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ ।  रासस

स्याङ्जाको आमा बहुउद्देश्यीय सहकारीले गरिमा रेमिट सञ्चालन गर्ने

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँ पालिकास्थित आमा बहुउ२ेश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्झौता भएको छ । असोज १० गते गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आमा बहुउ२ेश्यीय सहकारी संस्थालि.को तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि आमा बहुउ२ेश्यीय सहकारी संस्था लि.बाट गरिमा रेमिट मार्फत रकम पठाउन र भुक्तानी गर्न सकिने भएको गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले जनाएका छन् ।

मुक्तिनाथका ग्राहकलाई केजे देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र केजे देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले केजे देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुखसुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरका प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरे । यो सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

इन्भेष्टमेण्ट बैंकले शुरु गर्यो आफ्नै पेमेन्ट गेटवे, अनलाइन कारोबारमा २५ प्रतिशतसम्म क्यास ब्याक

काठमाडौँ । घटस्थापनाको अवसर पारेर नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले डेबिड/क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूका लागि सबैभन्दा सुरक्षित र सरल अनलाइन कारोबारका सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नै पेमेन्ट गेटवे आरम्भ गरेको छ । यो पेमेन्ट गेटवेले व्यापारिक भुक्तानी पोर्टल(वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय(रियल टाइम)मा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्दछ । प्रयोगकर्ताहरूका लागि प्रणालीमाथि विश्वसनीय सुनिश्चिता कायम गर्न उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिहरूबाट कारोबारका डाटाहरू सुरक्षित बनाइएको छ । अब व्यापारिहरूले विश्वभरि नै आफ्ना वस्तु तथा सेवा बिक्री गर्नसक्छन् भने कार्डवाहकहरूले इ–कर्मश साइटहरूबाट सातै दिन चौबीसै घण्टा सुरक्षित रुपमा अनलाइनबाट वस्तु तथा सेवा किनमेल गर्न सक्छन् । नेपाल इभेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो दक्षतामा आधारित कार्यसम्पादनलाई चुस्तदुरुस्त, स्थिर तथा विश्वसनीय प्रणाली विकास गरी नेपाली बैंकिङलाई विश्वव्यापी मानका लैजाने उद्देश्य राख्दै आएको छ । जसका लागि यो पेमेन्ट गेटवेले एक फड्को मार्ने बैंकको दाबी छ । बैंकले यो सेवा आरम्भ गरेको अवसरमा छानिएका बिक्रेताहरूमा लागू हुने गरी अनलाइन कारोवारमा २५ प्रतिशतसम्म नगद फिर्ता (क्यास ब्याक) अफर घोषणा गरेको छ ।

पेप्सी कम्पनीका श्रमिकहरू नौ बुँदे मागसहित उत्रिए आन्दोलनमा, तालाबन्दी गर्ने चेतावनी

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महिनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरुले अन्तिम पटकका लागि भन्दै यही असोज १४ गतेसम्म विगतमा भएका निर्णय कार्यान्वयन गर्न अन्तिम पटकको अल्टिमेटम दिएका छन् । चरणबद्ध आन्दोलन शुरु गरेका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन् । श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलनमा जान बाध्य भएको आन्दोलनरत सामूहिक सौदाबाजी समितिका संयोजक रमेश गौतमले बताए । “पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन, दुई वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले सप्लायर कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ” उनले भने । नियुक्तिपत्र बिनै काममा राखिएको भन्दै श्रमिकले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तपत्र दिएर मात्र काममा राख्न माग गर्दै आएका छन् । “विगत पाँच महिनादेखि नै यहाँ कार्यरत हामी श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन पनि गरेको छ” श्रम ऐनबमोजिम कम्पनीमा गठित सौदाबाजी समितिका संयोजक गौतमले भने । श्रमिक राख्दा स्थानीयवासीलाई ग्राहयता पनि नदिइएको उनको गुनासो छ । निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधै नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका माग राखेका छन् । श्रमिकको श्रम शोषण गर्ने, अमानवीय व्यवहार गर्ने तथा कुनै पनि बेला निष्काशन गर्ने कार्यले श्रमिक प्रताडित भएको उनको भनाइ छ । कम्पनीको व्यवस्थापन पक्षले श्रमिकका माग सम्बोधनमा आलटाल गर्दै आएपछि विभिन्न समयमा राजनीतिक दल, सांंसद, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सङ्घको पहलमा पटक–पटक माग सम्बोधनका लागि श्रमिक र कम्पनीबीच सहमति भएको थियो । कम्पनीले सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै राजनीतिक दलहरुले श्रमिकको आन्दोलनमा ऐक्बद्धता जनाउँदै चरणबद्ध आन्दोलनप्रति समर्थन जनाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बुद्धन अलीले बताए । नेपाली काङ्ग्रेसका जिल्ला सचिव विक्रम यादवले श्रमिकको समस्या समाधानका लागि श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा साथ दिँदै यही असोज १४ गते परासीमा विरोध प्रर्दशनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र सुनुवाइ नभए असोज १७ गते कम्पनीमै अनिश्चितकालका लागि तालाबन्दी गर्ने निर्णय भएको जानकारी दिए । राजपाका जिल्ला संयोजक मुकुरजी गिरीले सर्वपक्षीय रूपमा पटक–पटक सहमति हुँदा पनि उद्योग प्रशासनले निर्णय कार्यान्वयनमा आलटाल गर्नु विडम्बना भएको बताए । समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष अमिरुल्लाह मियाँले श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा सबै राजनीतिक दलले साथ दिने निर्णय भएको जानकारी दिएका छन् । उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत रहेका छन् । आन्दोलनमा उत्रने नेपाली श्रमिकलाई निष्काशन गर्दै कम्पनीले अहिले भारतबाट कामदार ल्याएर काममा लगाएको छ । रासस