विकासन्युज

जमुनाह–हिल्सा द्रुतमार्ग निर्माणका लागि बाँकेवासीको चासो

काठमाडा‌ै‌ । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका अवसरमा जमुनाह–हिल्सा द्रुुतमार्ग निर्माणका लागि बाँकेका उद्योगी व्यवसायीले चासो देखाएका छन् । उक्त द्रुतमार्ग निर्माणका लागि पहिलो चरणको सम्भाव्यता अध्ययन गरिसकेकाले पनि यहाँका व्यवसायी यस विषयमा सम्झौता हुनेमा आशावादी भएका छन् । पश्चिमको विकासका लागि जमुनाहदेखि हिल्सासम्मको द्रुतमार्गको सम्झौता हुनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष आदेश अग्रवाल बताए। उक्त द्रुतमार्ग निर्माणसँगै नेपालगञ्जको भविष्यसमेत उज्ज्वल हुने उल्लेख गर्दै उनले भने, “वास्तवमा सरकारले पश्चिमलाई हेला नगरेको हो भने जमुनाह–हिल्सा द्रुतमार्गको सम्झौता गर्नुपर्दछ ।” कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा यो द्रुतमार्गलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेकाले पनि यहाँका व्यवसायी सम्झौता हुनेमा बढी आशावादी भएका हुन् । होटल व्यवसायी महासङ्घका अध्यक्ष भीमलाल कँडेल उक्त द्रुतमार्ग निर्माणका लागि सम्झौता भए कर्णाली प्रदेशसँगै नेपालगञ्जको आर्थिक कारोवार बढ्ने बताए । “अहिले नेपालगञ्जका कार्यालय प्रदेश राजधानी बुटवलमा सारिएकाले व्यावसायिकरुपमा नेपालगञ्ज सुनसानजस्तै भएको छ तर उक्त द्रुतमार्ग सञ्चालनमा आयो भने नेपालगञ्ज फेरि ब्युझिनेछ ।” उक्त दुु्रतमार्गको प्रारम्भिक अध्ययन पूरा भइसकेको छ । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे इञ्जिनीयरिङ कम्पनी ९सीआइइसी० को प्राविधिक टोलीले चार महीना लगाएर प्रारम्भिक अध्ययन गरेको थियो । सो दु्रतमार्ग निर्माण भए त्रिदेशीय सडक सञ्जाल जोडिनाका साथै भारत र चीनसँग पनि सडकमार्ग विस्तार हुनेछ । रासस

देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग

काठमाडाै‌ । विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ । सीमा जोडिएको रसुवा र नुवाकोटको मात्र होइन, सिङ्गो देशले केरुङ–काठमाडौँ रेलमार्ग सञ्चालनको परिकल्पना गरिरहेको छ । काठमाडौँबाट पोखरा–लुम्बिनी हुँदै भारतसम्म रेलमार्ग जोड्ने सरकारको दीर्घकालीन लक्ष्य छ । रेलमार्ग निर्माण भएमा चीनसँगको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य वृद्धि हुने निश्चित छ । मल्लकालमा शुरु भएको रसुवागढीबाट केरुङसम्म २३ किलोमिटरको दूरी पर्छ । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौँ हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक छ । चीनको ‘बेल्ट एण्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपालले सहमति जनाइसकेकाले भावी दिनमा सहकार्यको दायरा फराकिलो हुने देखिँदा त्यसबाट नाका जोडिएको जिल्लाले प्रत्यक्ष लाभ लिन सक्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको शनिबार र आइतबार हुने राजकीय भ्रमणका अवसरमा रेलमार्ग निर्माणको कार्यसूची उच्च प्राथमिकतामा छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा यही असोज २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउँदै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञबिचकाे बैठकमा रेलमार्गको लगानीको ढाँचा, सुरुङसहित बेत्रावती रसुवागढी दोहोरो मार्गको सडक निर्माण, टोखा छहरे सुरुङ निर्माण, विद्युत् र कनेक्टिभिटीसहित अन्य विभिन्न नाकाको सञ्चालनलगायतका विषयमा चिनियाँ पक्षसँग वार्ता हुने जानकारी दिइएको थियो । केरुङ–काठमाडौँ रेलमार्ग बन्नुपर्ने कुनै पनि दलको आपत्ति छैन तर यसको सम्पूर्ण लगानी ऋणमा नेपालले गरेमा त्यसको भार थेग्न सक्छ कि सक्दैन भन्ने बहस जारी छ । भूकम्पपछि यो नाका व्यवस्थित नभए पनि हाल जेनतेन चलेको छ । यस्तो स्थितिमा पनि वार्षिक आठ अर्ब रुपैयाँ राजस्व सङ्कलन यो नाकाले गरेको छ । हाल गल्छी बेत्रावती स्याफ्रुबेँसी रसुवागढीको १६ किलोमिटरको नयाँ बाटोमा ११ वटा नयाँ पुल बन्दैछन् बेत्रावती धुन्चे हुँदै रसुवागढी जाने पुरानो बाटो पनि नियमित छैन । एकीकृत भन्सार निर्माणका क्रममा छ भने सुक्खा बन्दरगाह निर्माणका लागि मुअब्जा वितरण शुरु भएको छ । रसुवाका सांसद मोहन आचार्यले नाकाको व्यवस्थापन र सडकको स्तरोन्नति आवश्यक भएको र आफूहरुले त्यसका चिनियाँ सहयोगमा अपेक्षा गरेको जनाउँदै भन्सार क्वारेन्टाइनको स्थापना हुनुपर्ने बताए। उनले नेपालबाट कृषि उपजका सामान निर्यातको अवस्था हुन सकेमा व्यापार घाटा घट्ने जनाए । रसुवाका पूर्वसांसद जनार्दन ढकालले राष्ट्रपति सीको भ्रमणले आपसी सम्बन्ध प्रगाढ हुनाका साथै सो नाका व्यवस्थित भई रेलमार्ग निर्माण भएमा उक्त नाका रसुवा, नुवाकोटका लागि मात्र नभई देशकै समृद्धिको ‘लाइफलाइन’ बन्न सक्ने प्रतिक्रिया दिनुभयो । नेकपाका नेता ढकालले भन्नुभयो, “रेलमार्ग बनाउँदा हामी धेरै ऋणमा पर्छौं, थिचिन्छौँ भन्ने कुरा होइन । यसले कालान्तरमा भारतसँग पनि सम्पर्क जोड्ने भएकाले आर्थिक समृद्धिमा प्रत्यक्ष टेवा दिन सक्नेछ ।”  चीनको ‘नेशनल रेल्वे अथोरिटीले’ केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गत मङ्सिर २४ गते नेपाल सरकारलाई बुझाएको थियो । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन ‍(डिपिआर) र लगानीको ढाँचाका सम्बन्धमा दुई देशबीच छलफल हुँदैछ । चिनियाँ टोलीले काठमाडौँ–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ । केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । प्रधानमन्त्री ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । रसुवागढी नाकाबाट हाल स्याउ, अदुवा, लसुन, जुत्ता चप्पल, तयारी पोशाक, बच्चाका खेलौना, विद्युत् तथा सिँगारका सामग्री आदि नेपाल आयात तथा नेपालबाट कारागारमा निर्मित बुनेका मुढा, चाउचाउ, बिस्कुट, कृषि उपज आदि निर्यात हुँदै आएको छ । टिमुरेस्थित व्यापारी सुनाम वाङ्जी तामाङ नाकाको व्यवस्थित सञ्चालन भएमा व्यापारिक कारोवार सहज भई व्यापार बढ्ने भन्दै रसुवाका नागरिक क्षेत्रका अगुवा बाबुलाल तामाङ पनि नाकासम्मको सडकको स्तरोन्नति मुख्य सवाल भएको बताए । बेत्रावतीस्थित समाजसेवी चन्द्रशेखर लम्सालले राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र रसुवामा विद्यालय, खानेपानी, बिजुली, सिँचाइका क्षेत्रमा समेत सहयोग अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे । रसुवागढी नेपाल र चीन सिमानामा रसुवा जिल्लाको साविक टिमुरे गाविसमा अवस्थित डेढ शताब्दी पुरानो ऐतिहासिक गढी मानिन्छ । उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी शुरू हुने दोभानमा विसं १०१२ मा रसुवागढी निर्माण भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यही गढीको नामबाट रसुवा जिल्लाको नामकरण भएको हो । दुई पक्षबीच युद्ध हुँदा बहादुर शाहको समयमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताका लागि यही बाटो हुँदै आएका चिनियाँ फौज नेपाल आएको थियो । पछि जङ्गबहादुरको पालामा भएको नेपाल–भोट युद्धमा नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए । दुवै पक्षबीच पछि समझदारी भएको थियो । लिच्छवीकालमा अंशुबर्माको शासनकालमा उहाँकी छोरी भृकुटी यही नाका हुँदै घर माइती गर्ने गरेको पाइन्छ । भृकुटीले तिब्बती राजा स्रङ्चङ गम्पोसँग विवाह गरेकी थिइन् । विसं २०७२ मा दक्षिणी छिमेकी भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा अघोषित नाकाबन्दी गरेपछि चीनबाट रसुवागढी नाकाबाट नुवाकोट हुँदै काठमाडौँसम्म पेट्रोलियम पदार्थ ल्याउने विषयमा दुईपक्षीय छलफल भएको थियो । रासस

क्यालिफोर्नियामा डढेलोको कारण दशौ हजार मानिस विस्थापित

लस एन्जेलस । दक्षिणी क्यालिफोर्नियामा शुक्रवार लागेको डढेलोको कारण १० लाख व्यक्ति विस्थापित भएका छन् । दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ । शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ । यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको बताइएको छ । यस आगलागीमा ५० बर्षीय एक व्यक्तिको हृदयघातबाट मृत्यु् भएको आगलागी नियन्त्रणका एक अधिकारीले जानकारी दिएका छन् । यस डढेलोबाट कोही व्यक्ति घाइते भएका तत्काल समाचार प्राप्त भएको छैन् । तर अधिकारीहरूले त्यस क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका छन् । रासस/एएफपी

सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवक्र्स’को सम्झौता

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्र्स’ निर्माणका लागि छनोट भएको जानकारी दिए । निर्माण कम्पनीले १५ महीनामा ‘हेडवक्र्स’को काम सक्ने गरी समय दिइएको उनले बताए । ‘हेडवक्र्स’ निर्माणको लागत रु एक अर्ब दुई करोड हुनेछ । कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम शुरु गर्ने गरी ठेक्का सम्झौता भएको छ । इटालियन निर्माण कम्पनी सिएमसीले गत वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो । सुरुङको बाँकी कामका लागि भने रु ७५ करोडमा सम्झौता भएको छ । राजधानीमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ । रासस

सञ्चालन हुन सकेनन सुदूरपश्चिमका सात विमानस्थल, सरकारले प्रयास नगरेकाे गुनासाे

अमरगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका महासचिव खेमराज अवस्थीले जानकारी दिए। सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् । दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल, अछमको कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको विमानस्थलमा हवाई सेवा नियमित हुने सकेकोे छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायु सेवा नीगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ । सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरेपनि हालसम्म उडान हुन सकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल पुनः सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरेपनि हालसम्म कार्यान्वयन भएको छैन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल विमानस्थल र सुदूरपश्चिमका सबै विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउने योजनामा प्रदेश सरकार लागि रहेको बताएको छ । सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुन नसकेको पर्यटन पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमर भट्टराईले जानकारी दिए । उनले भने, “नेपालकै सुन्दर ठाउँ खप्तड, बडीमालिका, अपी, साइपाल, मानसरोवर धार्मिक पर्यटन क्षेत्रमा हालसम्म न्यून मात्रामा विदेशी पर्यटक आएका छन्, जबसम्म बन्द विमानस्थल पुनः सञ्चालन हुँदैनन्, तबसम्म पर्यटन विकास हुन सक्दैन ।”  रासस

चक्रपथ भित्र ठूला सवारी प्रवेशमा रोक; पुराना र थाेत्रा साना गाडी पनि चलाउन नपाइने

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सवारी सहज बनाउने ट्राफिक प्रहरीले असोज २५ र २६ गते ठूला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश रोक लगाएको छ । त्यस्तै, सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका थोत्रा सवारी साधनहरू नचलाईदिन सर्वसाधारणलाई अनुरोध गरेको छ । राष्ट्रपतिको राजकिय भ्रमणका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आम उपत्यकाबासीमा विशेष अनुरोध गर्दै मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गरिदिन भनेको छ । त्यस्तै, अनावश्यक सवारी साधन प्रयोग नगरिदिन हुन, अनावश्यक हर्नको प्रयोग नगर्न, ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न र सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरिदिनहुन अनुरोध गरेको छ ।

सहकारीले मात्र बेच्याे दुई करोड रुपैयाँको खसीबोका

काठमाडौं । बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब दुई करोड रुपैयाँको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् । यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ९० लाख ४१ हजार मूल्यका एक हजार ५३० खसीबोका बिक्री गरेको हो । सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट सङ्कलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गरिएको जानकारी दिएका छन् । सहकारीले उत्पादन गरेका खसीबोका थोरै मात्र जिल्लामा खपत भएको र अन्य सबै जिल्ला बाहिर एवम् राजधानी पठाइएको हो । सहकारीले यस वर्ष करीब तीन हजार पाँच सय खसीबोका बिक्री गर्ने लक्ष्य राखेको छ । यस्तै लमही नगरपालिका ८ सतबरियामा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ४५ लाख ४४ हजार मूल्य बराबरको खसीबोका दशैँमा बिक्री गरेको छ । सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका ८ सय ७६ खसीबोका दशैँमा बिक्री गरिएको छ । यस वर्ष करीब दुई हजार ८ सय खसीबोका सहकारीले बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष पुनम घर्तीले जानकारी दिए । यस्तै दीपन सहकारी संस्थाले पनि ८ सय ७६ खसीबोका २८ लाख ९६ हजार रुपैयाँमा बिक्री गरेको छ । घोराही उपमहानगरपालिका १३ मा रहेको ज्यामिरे महिला सहकारीले पनि ४ सय ६७ खसीबोका १४ लाख ८ सय ९ रुपैयाँमा बिक्री गरेको छ । समुन्नति सामाजिक उद्यमी महिला सहकारीले ८९६ खसीबोका रु १५ लाख ५६ हजारमा बिक्री गरेको छ । सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका सहकारीका सहजकर्तामार्फत घरघरमा पुगेर उनीहरुकै अगाडि तौलिएर बेच्ने गरिएको सहकारी सहजकर्ता पावती बस्नेतले जानकारी दिए । महिलालाई उत्पादन र उद्यमसँग जोड्ने उद्देश्यले दाङसहित प्युठान र सल्यानमा पनि ग्रामीण महिला उत्थान केन्द्रले महिला सहकारी संस्था स्थापना गरेको थियो । केन्द्रद्वारा सञ्चालित पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसान परियोजनाका कार्यक्रम संयोजक भीमकान्त चौधरीले तीन जिल्लाका १२ सहकारीले दशैँमा मात्रै आठ हजार ८५० खसीबोका बिक्री गरेका थिए । दाङका छ, प्युठानका तीन र सल्यानका तीन सहकारीले रु तीन करोड मूल्य बरावरको खसीबोका बिक्री गरेका छन् । ती तीन जिल्लामा दुई करोड ९८ लाख ४६ हजार ९ सय ८१ रुपैयाँ बराबरको खसीबोका बिक्री गरिएको छ । ती सहकारीमा आबद्ध महिलाले यस वर्ष करीब २० हजार ३३४ खसीबोका उत्पादन गर्ने लक्ष्य लिएका छन् । अहिले जिल्लामा करीब दर्जन बढी महिला उद्यमी सहकारी संस्थाले सहकारी सदस्यमार्फत खसीबोका, कुखुरा, हाँस र दूध उत्पादनको काम गरिरहेका छन् । महिला उत्थान केन्द्रको मातहतमा रहेका ती सहकारी एउटामा कम्तीमा ५०० देखि एक हजारसम्म सदस्य छन् । उनीहरु उत्पादनको काममा सक्रिय छन् । तिनै सहकारीले अहिले जिल्लामा खसीबोकाको माग धानी राजधानीसम्म पठाउने काम गरिरहेका छन् । सहकारीमा महिलाले २५ किलोभन्दा माथि जिउँदो खसी रु ५३५ प्रतिकिलो, २० देखि २५ किलोसम्मको रु ५१० प्रतिकिलो र बोका २० किलोदेखि माथि रु ५१० प्रतिकिलोमा घरैबाट बिक्री गरेका थिए । रासस

अबको ५ दिन बिदा भए पनि बैंकको काउन्टर बन्द नहुने

काठमाडौं । शनिबार नियमित सार्वजनिक बिदा र आइतबार चिनियाँ राष्ट्रपतिको सम्मानको लागि बिदा दिइएको भए पनि सो अवधिमा बैंकका काउन्टरहरु भने बन्द नहुने भएका छन् । त्रैमासिक रुपमा राजश्व दाखिला गर्ने समय भएका कारण असोज मसान्तसम्म राजश्व बुझाउने प्रयोजनका लागि राजश्व काउन्टरहरु खुला हुने भएको हो । बैंकले असोज, पुस, चैत र असार महिनाको २५ गतेदेखि मसान्तसम्म राजश्व खाता सञ्चालन गर्न नपाउनेगरी गरेको व्यवस्था बैंक तथा वित्तीय संस्थाहरुलाई जानकारी गराएको हो । राजश्व काउन्टरहरु खुला भए पनि बैंकका अन्य कारोबारहरुका लागि भने अनिवार्य गरिएको छैन । [pdf id=175056]