विकासन्युज

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । व्यवसायी घराना ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । ल्यान्डमार्क हाउजिङ ठगीे आरोपमा ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिमाथि अनुसन्धान गरिरहेको प्रहरीले उनका दाजु पद्म ज्योतिलाई समेत पक्राउ आदेश दिएको हो । पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलाशले ज्योतिलाई पक्राउ गर्न आदेश दिएको जिल्ला अदालतले जानकारी दिए । प्रहरीले पद्म ज्योतिका भाइ डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई यसअघि नै पक्राउ गरिसकेको छ । पक्राउ परेका बाबु छोरी दुबैलाई कात्तिक २४ गते अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । ठगी प्रकरणमा ११ जनाविरुद्ध उजुरी परेको बुझिएको छ । अहिलेसम्म दुई जना प्रहरीको हिरासतमा छन् भने पद्म ज्योतिलाई पक्राउ पुर्जी काटिएको छ । उजुरी परेका अन्य व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए। ल्यान्डमार्क हाउजिङमा ज्योति समूह अन्तर्गतका विभिन्न कम्पनीको शेयर रहेको छ । सो वारेमा बुझ्न पद्म ज्योतिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले पक्राउ पूर्जी जारी गर्न अदालतसँग अनुमति मागेको थियो । सोही अनुरुप अदालतले अनुसन्धान गर्न बाटो खोलिदिएको हो । ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिको पक्राउप्रति नाडाको ध्यानाकर्षण रुप ज्योतिलाई ५ दिन थुनामा राख्न अदालतको आदेश, पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन उद्योगी रुप ज्योतिको गिरफ्तारी प्रति चेम्बरको आपत्ति ज्योति ग्रुपका मालिक रुप ज्योति पक्राउ      

कैलालीमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनगढीको कैलालीमा सुदूर पश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले गरेका हुन् । कार्यक्रममा भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताएका छन् । सुदुर पश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्दको अध्यक्षतामा भएको बैंकको सो कार्यक्रममा ५ नम्बर प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक आन्नद सुवेदीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउद, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

युथ रेडक्रस सर्कल एनसीसीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै, किन गर्ने रक्तदान ?

काठमाडौं । युथ रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पस(वाईआरसी एनसीसी) र मिनभवनको नेपाल रेडक्रस सोसाइटीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै छन् । जाडोको कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उद्देश्यले यी दुई संस्थाले यस कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रम आगामी बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म एनसीसीको प्राङ्गणमा हुँदै छ । विगतका दिनमा पनि गर्दै आएको र रगतको अभावलाई न्युनिकरण गर्न सहयोग मिल्ने विश्वासका साथ यस कार्यक्रम आयोजना गरिएको वाईआरसी एनसीसीका का. अध्यक्ष  कुशल बस्नेतले बताएका छन् । किन गर्ने त रक्तदान ? मानिसको रगत हरेक ३ महिनामा नष्ट भई खेर जाने गर्दछ । उक्त रगतलाई खेर जान नदिन रगत दान गर्दा फाइदा हुन्छ जसले कोही मानिसको जीवन बचाउनमा धेरै सहयोग गर्ने गर्छ । रगत विना कुनै प्राणी बाँच्न नसक्ने भएकाले उपचारको क्रममा रगत आवश्यक पर्ने बिरामीको ज्यान बचाउन, हालसम्म रगतको कुनै विकल्प नभएको र निरोगी भई जीवन यात्रा बाँच्न सहयोग पुग्ने भएकाले रक्तदान गर्न आवश्यक रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । “रगत कसलाई कतिखेर कति आवश्यक पर्नसक्छ थाहा हुँदैन । त्यसैले, आफु र आफन्तलाई आवश्यक पर्दा मात्र नभई अरुलाई आवश्यक पर्दा पनि रक्तदान गर्ने बानी बसाल्नु पर्छ । रगत दान गरी जीवनदान गरौं ।” बस्नेतले भने – “ब्लड ब्यांकमा रगतको अभाव भएपछि एनसीसीमा पाइन्छ भन्ने मानिसको मनस्थितिमा पर्दै आएको छ । जसले गर्दा यस्ता कार्यक्रम गर्नलाई थप हौसला बढ्दै गएको छ। र विगतका दिन जस्तै याे कार्यक्रम पनि सफलताकासाथ सम्पन्न हुनेमा म विश्वस्थ छु ।” के हुन्छ फाइदा ? रक्तदान गर्दा अरुलाई मात्र होइन आफूलाई पनि फाइदै फाइदा हुन्छ । जसले उच्च रक्तचाप, अनावश्यक मोटोपना, कोलेष्ट्रोल(खराब बोसो)लाई नियन्त्रण गर्नुका साथै हृदयघात जस्तो डरलाग्दो रोग हुनबाट बचाउँछ । त्यस्तै, शरीरमा आइरनको मात्रा सन्तुलित गरी कलेजो नियन्त्रणबाट जोगाउँछ । यति मात्र नभएर रक्तदान गर्दा नयाँ रिक्त सेलहरु पनि निर्माण हुन्छ । यसको मतलब सबैले गर्दा सबैलाई फाइदा हुन्छ भन्ने चाँहि होइन । १८ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिकाले रक्तदान गर्नुहुँदैन । त्यस्तै, ५० केजीभन्दा कम तौल भएका तथा गर्भवती महिलाहरुले रगत दान गर्नुहुँदैन । त्यसैगरी, मधुमेह, उच्च तथा न्युन रक्तचाप र उच्च कोलेष्ट्रोल हुनेहरु तथा दिर्घरोग सम्बन्धी ओषधि सेवन गरेकाहरुले रक्तदान गर्न नहुने स्वास्थ्य विज्ञहरु बताउँछन् । दान गरेको रगत आफ्नो शरीरमा कसरी आपूर्ति हुन्छ ? रक्तदान गर्दा हाम्रो शरीरमा रगत थोरै कम हुन्छ । थोरै कम भएको रगत साधारण प्रक्रियाले स्वतः आपूर्ति हुन्छ । त्यसैले, विशेष ध्यान दिइरहनु र विशेष खाना खान पनि आवश्यक पर्दैन । “म सेवा गर्छु” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रमको प्राविधिक सहयोगमा काठमाडौंको रक्त संचार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी रहेको छ । नेपाल रेडक्रस सोसाइटीको अभिन्न अंगको रुपमा रहेको वाईआरसी एनसीसीले विगतमा धेरै पटक विभिन्न विधा प्राप्त गरिसकेको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाको बार्षिकोत्सवको अवसरमा उक्त विधा प्राप्त गर्ने गरेको छ । रक्तसञ्चार सेवाले हरेक वर्ष सबैभन्दा बढी यस्ता कार्यक्रम आयोजना गर्ने तथा त्यस्ता कार्यक्रममा १०० जनाभन्दा बढीले रक्तदान गरेमा साेही अनुसारको विधा आयोजित संस्थालाई दिने गरेकाे छ । विगतका केही झलकहरु:

दरबारमार्गका होटलले ग्राहकलाई यसरी ठग्दैछन्, ३० रुपैयाँ पर्ने मिनरल वाटरको ७० रुपैयाँ !

काठमाडौं । एक लिटर मिनरल वाटर कति रुपैयाँमा किन्ने गर्नु भएको छ ? बोतलको २०, २५ रुपैयाँमा किनीरहनु भएको छ हैन ? तर, राजधानीको दरबारमार्गमा भने दिनदहाडै लूट भइरहेको छ, त्यहाँ  ३० रुपैयाँ मूल्य अंकित पानीको ७० रुपैयाँमा बिक्री वितरण हुने गरेको पाइएको छ । राजधानीको दरबारमार्गस्थित ‘हटब्रेड’ होटलमा रु. ३० अंकित मिनरल वाटरको ७० रुपैयाँसम्म तिर्नुपर्छ । एकातिर अंकित मूल्य भन्दा बढी लिने गरिएको छ भने पछिल्लो समय होटलहरुमा खाजा खाने ग्राहकहरुलाई ग्लासमा पानी दिनु भन्दा बोतलकै पानी दिइन्छ । यसरी बोतलको पानी दिंदै होटल सञ्चालहरुले लूट मच्चाएका हुन् । विकासन्यूज प्रतिनिधि रिपोर्टिङको शिलशिलामा दरबारमार्गका केही होटलमा पुग्दा ‘हट ब्रेड’ नामक होटलमा खाजा अर्डर गर्दा पानी दिइएन । उक्त होटलमा खाजा खाइसकेर पानी माग्दा मिनरल वाटरको बोतल दिइयो । सो वोतलको मूल्य नेपाली बजारमा ३० रुपैयाँ पर्ने स्टीकर टाँसिएको देखिन्थ्यो, तर होटल मालिकले रु. ७० रुपैयाँको बिल जोडेका थिए । दरबारमार्गका अरु होटल यस्ता छन् दरवार मार्गस्थित होटल अन्नपूर्णको विपरीत दिशामा रहेको ‘केक्स एण्ड बेक्स’ नामक होटलमा भने पानीको लागि छुट्टै पैसा बुझाउनु पर्दैन । खाजा खान जाने ग्राहकहरुलाई सो होटलमा छिर्दाको बखतमा नै गिलासमा पानी दिने गरेको पाइयो । द कफी सप दरबारमार्ग स्थित ‘द कफी सप’ खाजा खान आउने ग्राहकहरुसँग पानीको लागि भनेर छुटटै पैसा लिने गरेको पाइएन । पिजा हट होटल अन्नपूर्णसँगै जोडिएको अर्को चर्चित होटलको नाम हो पिजा हट । पिजा हटमा खाजा खान जाने ग्राहकहरुको लागि बोतलको मिनरल वाटर भन्दा पनि गिलासमा जारको पानी दिने गरिन्छ र पानीको छुट्टै पैसा तिर्नु पर्दैन । दरमारमार्गका होटल-रेष्टुरेण्टलाई चर्को मूल्य अशुल्ने छुट छैन होटलमा खाजा खाने ग्राहकहरुले स्वाभाविक रुपमा गिलासमा तथा बोतलमा पानी खाँदै आएको छन् । गिलासमा ल्याएर दिने पानीको पैसा तिर्नु पर्दैन भने बोतलमा ल्याएर दिने पानीको भने छुट्टै पैसा तिर्नु पर्छ । ग्राहकहरुले सामान्यतया गिलासको पानी मगाउने भन्दापनि होटल आफैँले ल्याएर दिनु पर्ने हो । कसैलाई मिनरल बाटर नै खान मन लागे भने मनाउन सक्नेछन् । विगतका दिनमा होटलहरुले ग्राहकहरुलाई सर्वप्रथम पानीले स्वागत गर्ने चलन छ । त्यही पानीको पैसा तिर्नु पर्ने र त्यो पनि बजार मूल्य भन्दा डबल तिर्नु पर्ने अवस्था चाँही ब्यापारीहरुको मनपरीतन्त्र हो भन्न सकिन्छ । दरबारमार्गका होटलहरु चर्को शुल्क सञ्चालित छन् भन्नेमा दुई मत नहोला । तर ती होटलहरुलाई ग्राहकहरुसँग बजार मूल्य भन्दा चर्को मूल्य अशुल्ने छुट पक्कै छैन । दरबारमार्गका होटल–रेष्टुरेन्टको अवस्था उदाहरण मात्र हो, यस्तै खालका वेथिति अन्यन्त्र पनि छन् । यसलाई सरकारी निकायहरुले अनुगमन र नियमन गर्न ढिला गर्नु हुन्न ।

अघोरी बाबाकी श्रीमति शारदा पाण्डे प्रहरी हिरासतमा, ठगी गरेको आरोप

काठमाडौँ । लाइफ ड्यामेज बाबा अर्थात अघोरी बाबाका रुपमा चिनिएका विजय केसीकी श्रीमति शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बौद्धले पाण्डेलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । पाण्डेलाई विवाह गरेपछि लाइफ ड्यामेज बाबाले लाइफ म्यानेज गरेको भन्दा सामाजिक सञ्जालमा चर्चा भएको थियो । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने केसी पनि सँगै गएको प्रहरी श्रोतले जनाएको छ । अघोरी बाबाले पाण्डेलाई विवाह गरेपछि लाइफ ओके भएको प्रतिक्रिया दिने गरेका थिए ।

एनएमबि बैंकको सञ्चालकमा सैंजु र श्रेष्ठ

काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा रवि शंकर सैंजु र सुनीती श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त संचालकमा दुई जनालाई नियुक्त गरेको हो । कम्पनीले रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि कोटेश्वरका सैंजु र नयाँ बानेश्वरका श्रेष्ठलाई नियुक्त गरेको हो । बैंकको सञ्चालक समितिको बैठक कात्तिक २४ गते बसेको थियो ।

लुफ्थान्सा ग्रुप, जर्मनी र किङ्स् कलेज, काठमाडौँको सहकार्यमा इम्प्याक्ट वीक कार्यशाला शुरु

काठमाडौँ । उद्यमशीलता र नविनतामा आधारित गैर-नाफामुखी कार्यक्रम इम्प्याक्ट वीक कार्यशाला सोमबारदेखि काठमाडौंमा संचालनमा आएकोछ । लफ्थान्सा ग्रुप, जर्मनी र किङस् कलेज, काठमाडौँको सहकार्यमा आयोजना भएको आठदिने कार्यशाला दुई चरणमा सञ्चालन हुनेछ । जसअन्तर्गत पहिलो चरणमा जर्मनीको प्रसिद्ध लुफ्थान्सा एअरलाइन्स ग्रुपका सातजना यूरोपेली प्रशिक्षकहरुले १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरुलाई ‘डिजाइन थिङ्कीङ’ विधिबारे प्रशिक्षण दिनेछन् । दोश्रो चरणमा ती प्रशिक्षण प्राप्त गर्ने १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरुले यूरोपेली प्रशिक्षकहरुको अनुगमनमा विभिन्न कलेज तथा पेशा वा उद्यम पृष्ठभूमीका अन्य १२० जना विद्यार्थी तथा प्रोफेसनलहरुलाई ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगद्धारा स्थानीय तथा राष्ट्रियस्तरमा जल्दाबल्दा चुनौतीहरुलाई कसरी समाधान गर्ने भन्ने बारे तालिम प्रदान गर्नेछन् । कार्यशालाको अन्त्यमा १८ जना विद्यार्थी तथा प्रोफेसनलहरुले कृषि, पर्यटन, यातायात, कला तथा सस्कृती र स्वास्थ्य तथा शिक्षा गरी छ वटा क्षेत्रहरुसँग सम्बन्धितसमस्याहरुको समाधानको लागि ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगद्धारा नविन उपायहरु प्रस्तुत गर्नेछन् । यसरी प्रस्ताव गरिने उपायहरु मध्ये तीनवटा उत्कृष्ट उपायहरु कार्यान्वयनको लागि उपहारस्वरुप आर्थिक सहायता प्रदान गरिनेछ । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि जर्मन राजदूत रोनाण्ड स्काफरले यस कार्यशालाले नेपालको प्रमुख औद्योगिक तथा सेवा क्षेत्रहरुको विद्यमान समस्या समाधानका लागि नवीन सोच तथा ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगलाई स्थापित गराउने विश्वास ब्यक्त गरे । काठमाडौँ महानगरपालिका शहरी विकास आयोजनाका उपाध्यक्ष सरोज बस्नेतले लुफ्थान्सा जस्तो प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए ।

शाओमीद्वारा रेडमी ८ र रेडमी ८ए सार्वजनिक, कति पर्छ मूल्य थाहा पाउनुहोस्

काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज दुई वटा नयाँ स्मार्टफोन रेडमी र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८, लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो, जसमा १२ एमपी डूअल क्यामेरा सेटअप रहेको छ । रेडमी ८ए, रेडमी ए सिरिजमा सबैभन्दा नयाँ फोन हो जसमा सम्पूर्ण विधामा सुधार गर्नुका साथै यसमा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ । दुवै फोनमा विशाल ५००० एमएएच ब्याट्री रहेको छ जसले गर्दा प्रयोगकर्ताले एकपटक चार्ज गरेपश्चिात कयौँ घण्टासम्म प्रयोग गर्न सक्नेछन् । शक्तिशाली क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट जस्ता विशेषताका साथ शाओमीले यो सेग्मेन्टमा पहिलो पटक दुवै स्मार्टफोनमा १८ वार्टको फास्ट चारजिङ्ग सपोर्ट गर्ने टाइप–सी यूएसबी ल्याएको छ । शाओमी अनवरत रुपमा गुणस्तरप्रति केन्द्रित रहेको छ । त्यसैले दुवै स्मार्टफोनलाई कर्निग गोरिला ग्लास ५ ले सुरक्षित राख्दछ र यसमा भएको एद्दष् न्यानो कोटिङ्गले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ । ६.२२ इन्च अथार्त १५.८ सीएम डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए मा १९ः९ एसपेक्ट रेसियो जस्ता विशेषता रहेको छ जसले समग्र रुपमा अदभुत अनुभव प्रदान गर्दछ । फाइन टेक्सचर प्याट्रनका साथ औरा वेभ ग्रीप डिजाइनले गर्दा यसलाई आकर्षक बनाउनुका साथै फिन्गरप्रिन्टको मार्कहरु पनि कम गर्दछ । रेडमी ८ए ले २ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ र थप ५१२ जीबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिन्छ । रेडमी ८ए मा प्रयोगकर्ताहरुको यो लाइनअपमै लोकप्रिय वायरलेस एफएम रहेको छ जसमा प्रयोगकर्ताले इयरफोन कनेक्ट नगरी एफएम रेडियो बजाउन सक्दछन् । रेडमी ८ए को सबैभन्दा महत्वपूर्ण अप्ग्रेड फ्रन्ट क्यामेरा हो । यसमा १२ एमपी सोनी सेन्सर रहेको छ जसले इमेज सेन्सर विशेषता भएको एक मात्र स्मार्टफोनको छवि प्रदान गर्दछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ रेडमी ८ र रेडमी ८ ए नेपालमा ल्याउन पाउँदा निकै खुसी भएको बताए । सनसेट रेड, ओसन ब्लू र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेडमी ८ ए २जीबी प्लस ३२ जीबी को मुल्य रु ११,९९९ र ३ जीबी प्लस ३२ जीबीको मुल्य रु १२,९९९ रहेको छ । ४ जीबी प्लस ६४ जीबी भेरियन्टकोे रेडमी ८ रु १४,९९९ मा ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा उपलब्ध हुनेछ ।