लुफ्थान्सा ग्रुप, जर्मनी र किङ्स् कलेज, काठमाडौँको सहकार्यमा इम्प्याक्ट वीक कार्यशाला शुरु

<p>काठमाडौँ । उद्यमशीलता र नविनतामा आधारित गैर-नाफामुखी कार्यक्रम इम्प्याक्ट वीक कार्यशाला सोमबारदेखि काठमाडौंमा संचालनमा आएकोछ । लफ्थान्सा ग्रुप, जर्मनी र किङस् कलेज, काठमाडौँको सहकार्यमा आयोजना भएको आठदिने कार्यशाला दुई चरणमा सञ्चालन हुनेछ । जसअन्तर्गत पहिलो चरणमा जर्मनीको प्रसिद्ध लुफ्थान्सा एअरलाइन्स ग्रुपका सातजना यूरोपेली प्रशिक्षकहरुले १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरुलाई ‘डिजाइन थिङ्कीङ’ विधिबारे प्रशिक्षण दिनेछन् [&hellip;]</p>


काठमाडौँ । उद्यमशीलता र नविनतामा आधारित गैर-नाफामुखी कार्यक्रम इम्प्याक्ट वीक कार्यशाला सोमबारदेखि काठमाडौंमा संचालनमा आएकोछ । लफ्थान्सा ग्रुप, जर्मनी र किङस् कलेज, काठमाडौँको सहकार्यमा आयोजना भएको आठदिने कार्यशाला दुई चरणमा सञ्चालन हुनेछ । जसअन्तर्गत पहिलो चरणमा जर्मनीको प्रसिद्ध लुफ्थान्सा एअरलाइन्स ग्रुपका सातजना यूरोपेली प्रशिक्षकहरुले १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरुलाई ‘डिजाइन थिङ्कीङ’ विधिबारे प्रशिक्षण दिनेछन् ।

दोश्रो चरणमा ती प्रशिक्षण प्राप्त गर्ने १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरुले यूरोपेली प्रशिक्षकहरुको अनुगमनमा विभिन्न कलेज तथा पेशा वा उद्यम पृष्ठभूमीका अन्य १२० जना विद्यार्थी तथा प्रोफेसनलहरुलाई ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगद्धारा स्थानीय तथा राष्ट्रियस्तरमा जल्दाबल्दा चुनौतीहरुलाई कसरी समाधान गर्ने भन्ने बारे तालिम प्रदान गर्नेछन् ।

कार्यशालाको अन्त्यमा १८ जना विद्यार्थी तथा प्रोफेसनलहरुले कृषि, पर्यटन, यातायात, कला तथा सस्कृती र स्वास्थ्य तथा शिक्षा गरी छ वटा क्षेत्रहरुसँग सम्बन्धितसमस्याहरुको समाधानको लागि ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगद्धारा नविन उपायहरु प्रस्तुत गर्नेछन् । यसरी प्रस्ताव गरिने उपायहरु मध्ये तीनवटा उत्कृष्ट उपायहरु कार्यान्वयनको लागि उपहारस्वरुप आर्थिक सहायता प्रदान गरिनेछ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि जर्मन राजदूत रोनाण्ड स्काफरले यस कार्यशालाले नेपालको प्रमुख औद्योगिक तथा सेवा क्षेत्रहरुको विद्यमान समस्या समाधानका लागि नवीन सोच तथा ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगलाई स्थापित गराउने विश्वास ब्यक्त गरे । काठमाडौँ महानगरपालिका शहरी विकास आयोजनाका उपाध्यक्ष सरोज बस्नेतले लुफ्थान्सा जस्तो प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए ।

Share News