काठमाडौं मरिएट होटलमा ‘अरबियन सूक’ आयोजना
काठमाडौं । काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरबियन सूक” आयोजना गरिरहेको छ । जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्ने मरिएट होटलले जनाएको छ । मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरिरहेको छ । यो इभेन्ट अतिथि शेफ मिना अयूब र काठमाडौं मेरिएट होटलको कार्यकारी शेफ सञ्जीव रञ्जनको सृजना हो । जसले अतिथिहरुलाई मिडल इस्टका विभिन्न शहरहरुको अनुभव प्रदान गर्ने पर्फेक्ट मेन्यू पेश गरिरहेका छन् । अतिथिहरुले लाइभ किचनको अनुभव गर्नुका साथै शेफहरुसँग कुराकानी गर्ने अवसर पाउने छन् । यो इभेन्ट नोभेम्बर १६ तारिकसम्म काठमाडौं मेरिएट होटलको ठमेल किचनमा ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म अतिथिहरुका लागि खुल्ला रहेको छ । होटलले अतिथिहरुलाई पहिले नै रिजर्भेसन गर्न अनुरोध गरेको छ ।
एनसेलका १४ सुपर सेलरलाई सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मेसिन वितरण
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्रा विक्रेताहरुले एक कार्यक्रममाझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मेसिन पाएका छन् । रिजन डेरी (बसपार्क), ओम साई रामकम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम.के स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताहरुले यस योजनाअन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन् । यी पिओएस/खुद्राबिक्रेताले यो योजनाको ‘गोल्ड’ समूह अन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन् । सिल्भर समूह अन्तर्गतचार खुद्राबिक्रेताहरु राना स्टोर (मिलन टोल), एन.बि.टी मोबाइलमर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै न्यू कन्काई स्टोर (नयाँबानेश्वर) र सरस्वतीखाद्य स्टोर (भैंसेपाटी) ले १—१ थानल्यापजित्न सफल भएका छन् । यसै समूह अन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ्ग मेसिन जितेका छन् । यस योजना अन्तर्गत यी १४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्त रुपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका हुन् । एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्ने जनाएको छ । एनसेलको यस योजनाले खुद्रा बिक्रेताहरुलाई उत्साह प्रदान गरेको र आफुहरु एनसेलसँग आवद्घ हुन पाएकोमा निकै खुसी रहेको पुरस्कार पाएका खुद्रा बिक्रेताहरुले बताए । एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजनागत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुस २०७६ सम्म संचालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ । यस योजनाअन्तर्गत खुद्राबिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुहमध्यकुनै एक समूहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् । बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मेशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।
सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सघाउने परिसंघको प्रतिबद्धता
काठमाडौँ । नेपाल उद्योग परिसंघले सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट आएको ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यक्रमको कार्यान्वयनमा पुनः प्रतिवद्धता जनाएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित अन्तक्र्रियामा परिसंघले योजना कार्यान्वयन तहमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने जानकारी गराएको हो । परिसंघका अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझावपनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पेश गरे । परिसंघले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, विदेशीकामदारको प्रश्न, दोहोरो कर तथाकोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा रोजगारदातातथाश्रमिकहरुका सुझावहरु समेटेर प्रतिवेदनतयार गरेको थियो । अध्यक्ष मोरले परिसंघका सुझावहरु कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा ग्यारेण्टी हुँदा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताए । सो अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रमलाई आकर्षक र प्रतिफलमुखी बनाउँदै जान सरकार तयार रहेको बताउ । नेपालको सन्र्दभमा सामाजिक सुरक्षा नयाँ कार्यक्रम भएकाले यसमा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि मन्त्री विष्टले व्यक्त गरे । सो अवसरमा मन्त्रालयका सचिव विनोद केसी, सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले सुरक्षा कोष कार्यान्वयमा देखिएका व्यवहारिक कठिनाइ समाधानबारे भएका पहलबारे जानकारी गराएका थिए । अन्तक्र्रियामा परिसंघका उपाध्यक्षहरु विष्णु अग्रवाल, सुलभ अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारदा लगायत उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।
गोर्खाज फाईनान्सले मनायो २५ औं बार्षिकोत्सव
काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको २५ औँ बार्षिकोत्सव एक कार्यक्रम गरी मनाइएको छ । २०५१ साल कात्तिक २४ गते स्थापना भएको फाइनान्स कम्पनीको यो रजत जयन्ती हो । काठमाडौँ फाइनान्सको नाम र २ करोड चुक्ता पूँजीबाट सुरु भएको संस्थाको हाल आएर ८६.७९ करोड चुक्ता पूँजी पुगेको छ । काठमाडाँै फाइनान्स र गोर्खा बिकास बैंक एक आपसमा गाभिएर २०७२ साल चैत्र २८ गते गोर्खाज फाइनान्स लिमिटेड भएको हो । सो कार्यक्रममा फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेतिदेवी प्राविलाई सहयोग स्वरुप पचाँस हजार रुपैयाँको चेक हस्तान्तरण गरे । भीमसेन गोला माविलाई पैतिस हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले अब गोर्खाज फाइनान्स लिमिटेड फाइनान्स कम्पनीहरुमा उत्कृष्ट फाइनान्स कम्पनी बनाउने प्रतिबद्धता जनाए ।
एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३०% छुट
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ । बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउने छन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।
ग्लोबल आइएमईको नयाँ शाखा बन्दीपुरमा, १५० पुग्यो शाखा संख्या
काठमाडौँ । ग्लोबल आइएमई बैंकले सोमबार तनहूँ जिल्लाको बन्दीपुर गाँउपालिका वडा नं. २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १५०पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ । बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलनतथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा१९४शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
महालक्ष्मीले सुर्खेतको विद्यालयमा जडान गर्यो पानी प्रशोधन उपकरण
काठमाडौँ । महालक्ष्मी विकास बैंक सुर्खेत शाखाले आइतबार विरेन्द्रनगर नपा–३ मा स्थित हरिडिल भूमि माध्यमिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ । बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो । त्यसैगरी, आइतबार नै बैंकको पालुङ शाखालेबज्रबाराही माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका १०+२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो ।
ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिको पक्राउप्रति नाडाको ध्यानाकर्षण
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले संस्थाका पूर्व अध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति तथा उनका पुत्री सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरिएको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाइएको छट । संस्थाका महासचिव सुनिल रिजालले सोमबार विज्ञप्ति प्रकाशित गरी ज्योतिको गिरफ्तारी प्रति ध्यानाकर्षण जनाएको हो । विज्ञप्तिमा उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवम् आर्थिक कारोबारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व उपचार खोजी विवादको समाधान गर्ने बैकल्पिक मार्ग हुँदा हुँदै पनि गम्भीर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको उल्लेख छ । ‘दुई पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई अदालतमा धरौटी रकम समेत राखिसकिएको अवस्थामा निजहरुलाई थुनेर अनुसन्धान गर्नु पर्ने अवस्था देखिदैन, छिटो टुंगोमा पुग्न सकिने लेनदेनको विषयबस्तुमा समेत थुनछेक लम्ब्याउने मनसाय देखिंदा अहिले समग्र व्यवसायिक क्षेत्र सशंकित भएको अवस्था छ’–नाडाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।