विकासन्युज

श्रममन्त्री राय यादवले गरे बसाइँसराइको चार अभिलेख सार्वजनिक

काठमाडौं । नेपालमा बसाइँसराइ प्रवृत्ति, ढाँचा र संरचनासहित आप्रवासीहरुको आंकलन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा नेपाल सरकारको समन्वयमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) को प्राविधिक सहयोगमा उक्त अभिलेख सार्वजनिक गरिएको हो । सान्दर्भिक तथ्यांकहरु प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयोग पुर्याउने र बसाइँसराइलाई नेपालको विकास योजना मूल प्रवाहिकरण गर्ने उद्देश्यका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अभिलेख सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै श्रममन्त्री यादवले आप्रवासी श्रमिकको हक, अधिकार तथा सुरक्षित श्रम आप्रवासनलाई सरकारले ध्यानमा राखेर रोजगारको नीति अगाडी बढाउने जनाए । यस्ता छन् श्रममन्त्री यादवले प्रस्तुत गरेका अभिलेख श्रममन्त्री रामेश्वर राय यादवले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरका पहिलो पटक अभिलेख सार्वजनिक गरेका थिए । सो अभिलेख चारमा विभाजन गरिएको छ । उक्त अभिलेखको भाग एकमा नेपालमा बसाइँसराइको प्रवृत्तिबारे तथ्यांक र तिनको विश्लेषण गरिएको छ । भग दुईमा बसाइँसराइले सामाजिक, आर्थिक तथा विकासका मूख्य सूचकहरुमा पारेको असरको बारे चर्चा गर्नुको साथै विकासका मूख्य सूचकहरुमा पारेको असरबारे समावेश गरिएको छ । त्यस्तै बसाइँसराइलाई व्यवस्थित गर्ने शासकीय संरचना भाग तीनमा प्रस्तुत गरिएको छ भने अन्तिम तथा चार भागमा नीति निर्माताको लागि सुझाव समावेश गरिएको छ । कुनै निकाय छैन प्रवासबाट फर्किने श्रमिकको तथ्यांक नेपालमा प्रत्येक वर्ष रोजगारका लागि लाखौं युवा परदेशिने गरेका छन् भने धेरै जसो श्रमिक अदक्ष, अर्धदक्ष श्रमिक बाहिरिने गरेका छन् अतिनै कम संख्यामा मात्र वैदेशिक रोजगार सम्बन्धि हरेक क्रियाकलापलाई बुझेर जाने गरेका छन् । वैदेशिक रोजगार विभागले प्रत्येक वर्ष कति युवा वैदेशिक रोजगारमा गए भन्ने तथ्यांक त राख्छ तर कति युवा रोजगारबाट स्वदेश फर्किए भन्ने कुनै अभिलेख छैनन् । श्रमका लागि नै दैनिक एकहजार युवा खाडी मुलुकदेखि यूरोप, अमेरिका जस्ता विकसित मूलकमा जाने गर्छन् , तर कति श्रमिक फर्किए त भन्ने तथ्यांक न त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छ त न कुनै सरकारी निकायसँग नै । हालै मात्र प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मा मात्रै सन् २०१३ देखि हालसम्म ३८८ वैदेशिक रोजगारमा बाहिरिएका श्रमिकका परिवारले उजुरी गरेका थिए । उक्त अभिलेखमा आधारित भई ८१ मुलुकमा बसाइँसराइको तथ्यांक तयार गरेको पाइन्छ । यसमा सरकारी निकाय, नागरिक समाजसँग सम्बन्धित संस्थाहरु, ट्रेड युनियन, अनुसन्धानमुखी संस्था तथा विभिन्न चरणमा परामर्श गरी सो अभिलेख तयार पारिएको हो । सन् २०११ को तथ्यांकलाई हेर्ने हो भने नेपालमा करिब ५० प्रतिशत घरका एक व्यक्ति रोजगारका लागि प्रवासमा छन् ।

सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता, वार्षिक साढे ६ प्रतिशत ब्याज पाइने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । न्यूनतम मौज्दात ५० हजार रुपैयाँ रहेको यस खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज पाइने बैंकले जनाएको छ । १० लाख रुपैयाँसम्मको प्राणघातक रोग÷दुर्घटना÷दीर्घकालीन अशक्तताको बीमा आईएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको छ । सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निस्शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइनेछ । उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरेका हुन् । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

पाेखरा विमानस्थलबाट उडेका दुई हेलिकप्टर आकस्मिक अवतरण

कास्की ।  मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजे पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको हो। बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्’’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले ले भने । मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।

विकासन्युजकाे सम्पादकमा शिव सत्याल नियुक्त

काठमाडौं। विकासन्युज डटकमकाे  सम्पादकमा शिव सत्याल नियुक्त भएका छन् । उनले आजबाटै जिम्मेवारी समालेका हुन् । विगत १७ वर्षदेखि निरन्तर आर्थिक पत्रकारितामा सक्रिय सत्याल यसअघि शिलापत्रमा सहसम्पादक, क्लिकमाण्डूमा सम्पादक भएर अनलाइन पत्रकारितामा राम्रो अनुभव प्राप्त गरिसकेका छन्। उनले राजधानी दैनिक, सत्याग्रह साप्ताहिकलगायत छापा पत्रकारितामा पनि लामो समय काम गरेका छन् । सम्पादक सत्याललाई स्वागत गर्दै विकासन्युजका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले नयाँ सम्पादकको नेतृत्वमा विकासन्युज अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । साथै, सम्पादक सत्यालकाे नेतृत्वमा विकासन्युजले नयाँ उचाई प्राप्त गर्ने विश्वास विकास मिडियाले लिएको छ । सम्पादक सत्यालले छापा पत्रकारितादेखि डिजिटल पत्रकारितासम्मको अनुभव सुनाउँदै पाठकको चाहाना र देशको आवश्यकता अनुसार समाचार सामाग्री तयार गरिने बताए । स्पष्ट कार्यदिशा र सामूहिक कार्यमा विकासन्युजलाई अगाडि बढाउने विश्वास उनले गरेका छन्। ‘विकासन्युजको पाठक, यसको नेटवर्क, उपस्थिति, प्रभावलगायत हरेक सूचाङ्कहरुको वृद्धिदर राम्रो छ, यो वृद्धिदरलाई अझ उच्च बनाउन नयाँ सम्पादकको नेतृत्व सफल रहने विश्वास लिएको छु’ विकास मिडियाका प्रबन्ध निर्देशक पौडेलले भने ।

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना

काठमाडौं । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो । नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरेका छन् । व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताएकी छन् । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. मीनराज पाठकले जानकारी दिए। महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गरेका थिए । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ ।

एनआईसी एशियाकाे चमत्कारिक योजना अन्तर्गत बुद्धिरामले पाए १५ लाख रूपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत खाता योजना अन्तर्गत अर्घाखाँचीका बुद्धिराम भुसाललाई १५ लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले भुसाललाई बीमा रकम बापतको सो चेक हस्तान्तरण गरेको हो । चमत्कारिक बचत (डाइमण्ड) खातावाल बुद्धिराम भुसालूलाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावाललाई रोग पहिचान हुने बित्तिकै प्रदान उक्त रकम प्रदान गरिन्छ । बीमा वापतको १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन् । बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।

किसान पाइप प्रडक्टस् टोलीले गर्याे जापानमा ७ दिने औद्योगिक भ्रमण

काठमाडौं । किसान पाइप प्रडक्ट स्प्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् । जापानको ख्याती प्राप्त अन्तर्राष्ट्रिय ब्राण्ड “डुरास्ट्रिम सीपीभीसी” उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा किसान पाइप प्रडक्टस्ले नेपालमा किसान ब्राण्डको सीपीभीसी उत्पादन थालेपछि नेपाली टोलीजापानको औद्योगिक भ्रमणमा गएको हो । ७ दिन लामो अवलोकन भ्रमणमा उद्योग अवलोकन, डुरास्ट्रिम सीपीभीसी निर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्राण्डिङ, बजारिकरणबारे जानकारी लिएका थिए । नेपाली टोलीले डुरास्ट्रिम सीपीभीसीप्रडक्सन टिमसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा सेकिस्यु इसीपीभीसी (स्पेसियालिटी प्रडक्टस्)जनरल म्यानेजर योरीताकायामा उचीले आफ्ना प्रडक्टको बारेमा जानकारी दिएका थिए। उनले सेकिस्युइ सीपीभीसी विश्वमा नम्बर वान सीपीभीसी कम्पाउण्ड म्यानुफ्याक्चरर कम्पनी कसरी बन्यो भनेर प्रस्तुतिकरण गरेका थिए । भ्रमणको क्रममा नेपाली टोलीले सेकिस्युइको लामो इतिहास झल्कने संग्रहालयको पनि अवलोकन गरेका थिए। किसान पाइप प्रडक्टस्को तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइप प्रडक्टस्को बारेमा प्रस्तुतिकरण गरेका थिए । नेपाली टोलीले जापानी टिमलाई ढाका टोपी, ढाकाको खादा लगाएर थान्का उपहार प्रदान गरेका थिए । जापानिजहरुले नेपाली पोशाक र नेपाली थान्कालाई निकै मन पराउने गर्दछन् । भ्रमण टोलीमा सहभागी डिलरहरुले जापान भ्रमण निकै फलदायी भएको बताएका छन् । जापानी उत्पादनहरु गुणस्तरीय हुन्छ भन्ने कुरा पहिलैदेखि सुनेको तर कसरी गुणस्तरीय सामान बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजारिकरण गर्ने बन्ने बारेमा महत्वपूर्ण सिकाइ भएको उनीहरुले बताएका छन् । महेन्द्र नगरका वितरक तेज खड्काले डुरास्ट्रिम सीपीभीसी बनाउँदा सेकिस्युइले प्रयोग गरेको प्रविधिनि कै राम्रो भएको बताए । उच्चस्तरको प्रविधिले डुरास्ट्रिमको ताप वहन क्षमता अरु पाइपको तुलनामा तीन गुणा बढी रहेको उनले बताए । राप्तीका वितरक सुमन श्रेष्ठ डुरास्ट्रिम ब्राण्ड साँच्चिकै सबैभन्दा उत्कृष्ठ ब्राण्ड रहेको महसुस भएको बताए । उच्चस्तरको प्रविधिको प्रयोगसहित गुणस्तरीय उत्पादनमा सेकिस्युइ र किसान प्रडक्टस्बीच साझेदारमा उत्पादन शुरु भएकोमा उनी निकै उत्साहित देखिन्छन् । पोखराका ज्ञानेश्वरराज श्रेष्ठ किसान प्रडक्टस्ले जापानको उत्कृष्ट कम्पनीसँग साझेदारी गरी गुणस्तरीय उत्पादन बजारमा ल्याएकोले नेपालमा किसान सीपीभीसीले उपभोक्ताको विश्वास छिट्टै जित्ने उनले बताए । अवलोकन भ्रमणपछि किसान पाइप प्रडक्टस्का उत्पादनको गुणस्तर उपभोक्तालाई बुझाउन सजिलो हुने उनको भनाई छ । भ्रमण टोलीमा किसान पाइप प्रडक्टस्का अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रबन्ध निर्देशक अजयकुमार पाण्डे, सञ्चालकहरु भीमलाल पौडेल र राजेन्द्र माडवारी सहित ८ जना किसानका डिलर प्रतिनिधि सहभागी थिए ।

गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान

काठमाडौं । निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान भएको छ । पहिलो पटक सन् २०१६ मा आईएसओ चिन्ह प्राप्त यस कम्पनीको आईएसओ चिन्ह पुनः नवीकरण भएको हो । नवीकरणपछि नेपालका लागि आईएसओ चिन्ह वितरक नेसनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्ट नेपाल प्रालिका निर्देशक जनार्दन घिमिरे र अपरेशन म्यानेजर निर्भिक श्रेष्ठले संयुक्त रुपमा गोर्खा इको प्यानलका नायब महाप्रबन्धक सुरेश कवाँंलाई प्रमाणपत्र वितरण गरेका हुन् । आईएसओ चिन्ह प्रत्येक तीन तीन वर्षमा नवीकरण गर्नुपर्छ । पहिलो पटक आईएसओ चिन्ह प्राप्त गरी गुणस्तरलाई वृद्धि गर्दै लगेपछि मात्रै आईएसओ चिन्ह नवीकरण हुने प्रणाली छ । गोर्खा इको प्यानल भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी हो ।