विकासन्युज

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै जाने उद्देश्यका साथ इन्स्योरेन्सले आफ्नो १०६औं शाखा अर्घाखाँचीमा विस्तार गरी सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । उक्त नयाँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेले संयुक्त रुपमा गरेका हुन् । कम्पनीले अर्घाखाँची लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा शुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धि जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले यहि मंसिर २७ गते देखि उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । बीमा समितिका अध्यक्ष चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दैसमाजमा छरिएर रहेको स-सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पुँजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योगदान पुर्याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने बताएका छन् ।

देवः विकास बैंकको नयाँ शाखा बहादुरगञ्जमा

काठमाडौं । देवः विकास बैंकले बहादुरगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबीच कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले उक्त शाखाको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि रजत प्रताप शाहले कृष्णनगर क्षेत्रको आर्थिक विकासमा बैकसँग हातेमालो गरी स्थानीय श्रोत परिचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी क्यासलेस कारोबारलाई बढाउन देवः भिसा कार्डको प्रयोग गर्दा ३ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउन लागेको जानकारी दिएका छन् । साथै, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आन्तरिक पर्यटनको प्रबद्र्धनका लागि सेवाग्राहीहरुलाई निःशुल्क भिसा डेविट कार्ड र ई बैंकिङ्ग सेवा उपलब्ध गराइने जानकारी दिएका छन् ।

ल्यापटक किन्दा यस्ता कुरामा दिनुहोस् ध्यान

काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको पहुँच दैनिक बढ्दै गएको छ । प्रविधि भन्ने बित्तिकै हामी विज्ञानका सुक्ष्मदेखि बृहत किसिमका आविष्कार सम्झी हाल्छौं । विगत देखि हालसम्म विज्ञानको आविष्कारमा महत्वपूर्ण हिस्सा कम्प्युटर तथा ल्यापटपले ओगट्दै आएको छ । नविनतम प्रविधिमध्ये कम्प्युटर तथा ल्यापटप घर, कार्यालय, अस्पताल, शिक्षण संस्था हरेक क्षेत्रमा प्रयोग हुँदै आएको पाइन्छ । तर, हालसम्म पनि कस्तो किसिमको कुन ब्राण्डको कम्प्युटर किन्ने भन्ने विषयमा ग्राहकहरूलाई छनोट गर्न त्यति सजिलो छैन । कम्प्युटर अहिले अत्यावश्यक प्रविधि हो । यद्यपि यो खरिद गर्नको लागि भने केही आधारहरू चाहिन्छ । सामान्यतया कम्प्युटर किन्न जाने मान्छेले आफूले कस्तो कम्प्यूटर रोज्ने भन्ने विषयमा केही अनुसन्धान त पक्कै गर्छन् । पछिल्लो समय नाम चलेका ब्राण्डमा ल्यापटप तथा कम्प्युटरहरूमा ग्राहकको ध्यान तानिएको हुन्छ । यति हुँदा हुँदै पनि ग्राहकले यस विषयमा ध्यान पुर्याउन सकिरहेका हुँदैनन् । ल्यापटप किन्दा ग्राहकहरूले केही कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ । ल्यापटप किन्दा ग्राहकहरूले ¥याम, हाडडिक्स, ग्राफिक्सको बारेमा जान्न आवश्यक हुन्छ । यस्तै, प्रोसेसर स्किन साइज व्याट्रीको अवस्थाको बारेमा जानकारी हासिल गर्न जरुरी हुन्छ । कसरी पहिचान गर्ने राम्रो कम्प्युटर ? पहिला उइन्डोजको आइकनमा रन लेखेर ओपन गर्ने । डिएक्सडीआईएजी टाइप गर्ने । रनमा गएर एमएस इनफो थर्टी टु टाइप गर्ने र कम्प्युटरको अवस्थाको बारेमा जानकारी लिने । केही महत्वपूर्ण टिप्सहरु प्रोसेसर सकेसम्म नयाँ जेनेरेसनको लिनु पर्छ । ¥याम कम्तीमा पनि ४ जीवीको हुनुपर्छ । साथै, ८ जिबी ¥याम भएको कम्प्युटरको स्पिड राम्रो मानिन्छ । अहिलेको प्रविधि युक्त युगमा हार्ड डिक्स लिँदा एसएसडी दिनु राम्रो हुन्छ । एचडीडी हार्ड डिक्स पुरानो भएपनि नेपालमा अझै बिक्री भइरहेको पाइन्छ । नयाँ हार्ड डिक्स लिन ग्राहक आफै सचेत हुन आवश्यक हुन्छ । २ जिबी ग्राफिक्स भएमा राम्रो मानिन्छ । ल्यापटपको स्किन ठूलो छ भने त्यसालाई राम्रो मानिदैन । नेपालमा १५.६ को स्किन चल्तीमा छ भने १४ स्ट्याण्डर्डलाई सुरक्षित मान्न सकिन्छ । कम्प्युटर र इन्टरनेट एक अर्काका अभिन्न अंग जस्तै भएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता ६७ प्रतिशत रहेका छन् ।

मुक्तिनाथ विकास बैंकको १८% लाभांश पारित, सञ्चालक समितिमा ५ जना चयन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रस्तावित १८.५३ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले शेयरधनीलाई १७.६० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९३ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । सभाले बैंकको नयाँ सञ्चालक समिति पनि गठन गरेको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रको चयन भएका छन् ।

उपभोक्ता ठगिने क्रम बढेसँगै अनलाइन सपिङलाई कानुनी दायरामा ल्याउँदै सरकार

काठमाडौं । समय परिवर्तन भएसँगै हाम्रो समान किन्ने वा बेच्ने प्रक्रिया पनि फरक हुँदै गहिरहेको छ । आजभोलि इन्टरनेटको माध्यमबाट सोसल मिडियाहरुको प्रयोग गरेर वेवसाइटहरु बनाइ समान खरिद भैइरहेको छ । अनलाइन सपिङमा विद्युतीय सामग्री, लुगाफाटा, भाडा, फर्निचर, औषधि र कस्मेटिक्स लगायतका बस्तुहरु सस्तोमा भनेर सजिलै विज्ञापन गरेकाे देख्न सकिन्छ । यसरी झुठो र भ्रमपूर्ण विज्ञापन गरी व्यापारिक कारोबार भइरहेको छ । यस्ता प्रविधिमार्फत हुने व्यापारिक कारोबारबाट धेरै उपभोक्ता ठगिएको गुनासो गर्दै आइरहेका छन् । सोसल मिडियाको प्रयोग गरी अनलाइन सपिङबाट समान किन्दा ठगियाे भनेर उजुरु गरे पनि कारवाही गर्ने कानुन छैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले यस्ता व्यवसायलाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गर्न लागिएकाे बताए । सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६ मार्फत विद्युत र वेवसाइडमार्फत हुने व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन लागेको हो । इन्टरनेटमार्फत वेवसाइट र समाजिक सञ्जालमार्फत सञ्चालन गर्दै आएका छन् । वस्तुको गलत विवरण राखेर बिक्री गर्ने, गुणस्तरहिन सामान बिक्री गर्ने, बढी मूल्य लिने, कबोल गरेअनुसार बिक्रीपछिको सेवा उपलब्ध नगराउने, समयमा वस्तुको डेलिभरी नदिने जस्ता कार्य याे व्यवसायबाट हुँदै आएकाे छ । कानुन निर्माण भए पछि अनलाइन सपिङ वेबसाइट र एप्लिकेसनमार्फत आफूखुसी व्यापारिक कारोबार गर्न पाइने छैन । कानुनले विद्युतीय व्यापार गर्ने वेबसाइट, एप्लिकेसन, विज्ञापन, कानुनले रोक लगाएका र मानव स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने वस्तु तथा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको वस्तुको विज्ञापन तथा बिक्रीलाई रोक्ने छ ।

एनबीआईको सीईओमा लम्साल नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्यूट(एनबीआई) लिमिटेडको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले मंसिर ३० गतेदेखि लागु हुने गरी लम्साललाई एनबीआईको सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् । उनले यसअघि सानिमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लि. लगायतका बैंकको प्रमूख कार्यकारी अधिकृतको रुपमा कार्य गरी दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव प्राप्त गरेका छन् । पछिल्लो समय जनता बैंक नेपालको सीईओ कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउँदै आएका थिए । नवनियुक्त सीईओको नियुक्तीसँगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पुर्याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउन सफल हुने अपेक्षा गरीएको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा बाघचाललाई समावेश गर्न माग

काठमाडाैं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ । नेपालका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै पार्टीले त्यसका लागि सहयोग गर्न तयार रहेको जनाएको छ । पार्टीका खेलकुद विभाग संयोजक प्रवीण बस्नेतले विज्ञप्ति जारी गर्दै नेपालका मौलिक खेललाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरेर मौलिक खेलको पुनःजागरण गर्नुपर्ने उल्लेख गरेका छन् । पार्टीले १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्न सफल भएकामा नेपाली खेलाडीलाई बधाई दिएको छ । साग खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलगायत सबै सरोकार भएका खेलकुद पदाधिकारी, खेलाडी, सुरक्षा निकायलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ । साग खेलकुदमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा खेलसम्बन्धी भौतिक सामग्री तथा पूर्वाधार व्यवस्थापन र नेपालको खेल क्षेत्रको विकासका निम्ति दीर्घकालीन योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराइएको संयोजक बस्नेतले बताए । नेपालमा अझै पनि खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावरण निर्माण गर्न नसकिएको वास्तविकतालाई स्वीकार गर्दै आवश्यक नीति निर्माण गर्न पनि पार्टीले माग गरेको छ ।

काम गर्न भन्दा पनि पढ्ने मानिसकताले बेलायत गए सफल विद्यार्थी बन्न सकिन्छः उद्धव खड्का

उच्च शिक्षा अध्ययनको लागि विश्वमै अमेरिका पछि रुचाईएको शैक्षिक गन्तव्य मध्ये एक हो बेलायत। नेपालको सन्दर्भमा पनि अष्ट्रेलिया पछि विद्यार्थीहरुको प्राथमिकता बेलायत र अमेरिका रहेको देखिन्छ । प्रत्येक वर्ष ५ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू बेलायतमा अध्ययनको लागि भर्ना हुने गर्छन् । बेलायत, अष्ट्रेलिया, न्युजल्याण्ड, आईरल्याण्ड, क्यानाडा, भारत लगायतका देशमा विद्यार्थी पठाउँदै आएको हव इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक उद्धव खड्कासँग बेलायत जाने विद्यार्थीहरुले के के कुरामा बढी ध्यानदिनुपर्छ भनेर कुराकानी गरेका छौं ।  विद्यार्थीहरुले बेलायत किन रोज्ने ? आधुनिक शिक्षाको सुरु भएको नै बेलायतबाट हो । धेरै पहिलाबाट नै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाईमा बेलायत पर्ने गरेको छ। पहिला जति पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरु बाहिर पढ्नको लागि जान्थे, उनीहरु सबै प्राय बेलायत नै जान्थे । बेलायतको शिक्षा प्रणाली एकदमै उत्कृष्ट छ, पुरानो छ र विश्वव्यापी मान्यता प्राप्त रहेको छ। बेलायतको डिग्री भन्ने बित्तिकै लामो कुरा हुँदैन। मैले बेलायतको विश्वविद्यालयबाट एमबीए गरेको हुँ भन्नु नै काफी हुने छ। बेलायतमा एक नेपाली विद्यार्थीलाई पढ्न र बस्न खर्च कति लाग्छ ? ट्युसन शुल्क अन्य देश जस्तै अष्ट्रेलियाको दाँजोमा बेलायतको सस्तो रहेको छ। बेलायतमा पढिसकेपछि विद्यार्थीहरुलाई २ वर्षको कार्य अनुमति भिसा दिने नियम बनाउने तयारीमा छ जुन निकै राम्रो पक्ष हो। विद्यार्थी भिसा भनेको टियर ४ भिसा हो जसलाई टियर २ भिसा अर्थात ‘वोर्क परमिट भिसा’ मा परिवर्तन गर्ने केही मापदण्डहरु छन् र त्यो पुरा गर्नै पर्छ तर त्यसको प्रावधान पनि छ। विद्यार्थीको पढाई खर्च उसले रोजेको विश्वविद्यालय अनुसार फरक पर्दछ। सामान्यत बेलायतमा नेपाली विद्यार्थीलाई स्नातक तह वा त्यसभन्दा माथिको कोर्ष गर्नको लागि वार्षिक खर्च ८ हजार देखि १२ हजार पाउन्डसम्म लाग्छ । यस्तै, औसतमा एउटा नेपाली विद्यार्थीको पढाई खर्च वार्षिक १२ हजार पाउन्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुन्छ। पढिरहेको समयमा विद्यार्थीहरुलाई बेलायतमा काम गर्ने प्रावधान छ कि छैन ? पढिरहेको समयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्ने प्रावधान रहेको छ । उनीहरुले पढाईको समयमा हप्तामा २० घण्टा काम गर्न पाउने छन्। यस्तै कलेजहरु बिदाको समयमा हप्ताको ३६ घण्टासम्म काम गर्ने प्रावधान रहेको छ । विद्यार्थीहरुको पे-स्केल न्यूनतम ८ पाउन्ड देखि १२ पाउण्ड रहेको देखिन्छ। बेलायतमा विद्यार्थीले कति अवधिको भिसा पाउँछन् ? यो विद्यार्थीले रोजेको कोर्समा भरपर्छ । बेलायत सरकारले २०२१ मा दीक्षित हुने विद्यार्थीहरुलाई थप २ वर्षको वोर्क पर्मिट भिसा दिने भनेर भन्दै आए पनि यस कुराको पूर्ण निर्णय भने हुनसकेको छैन । हाल ब्रेक्जिटको कारणले सरकार फेरि चुनावमा गएको छ । त्यसैले यो कार्यान्वयनमा थोरै समस्या आएको छ । नयाँ सरकारले नियम लागू नगर्ने हो कि भन्ने दुविधा हो । त्यसकारण पनि हामी विद्यार्थीहरुलाई बारम्बार यस विषयमा ध्यान दिन भन्दै आएका छौं। यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरालाई बुझ्न थप एक दुई महिना कुर्नुपर्ने हुन्छ। विद्यार्थीहरुले बेलायत जानुभन्दा अगाडि कस्ताे सोच लिएर जानुपर्छ? हामीले पढ्नको लागि पठाउने हो ।  विद्यार्थीहरुले पढ्छु भनेर जानुपर्छ, काम गर्न जाने हो भने नगए हुन्छ । तर पढाई सकेपछि करियर, कमाई र रोजगार एकदम राम्रो छ। त्यसैले पढ्नको लागि जाने सोचका साथ हरेक विद्यार्थी जानुपर्छ। कमसेकम आफ्नो आर्थिक पाटोको योजना बनाएर जानुहोस् । पार्ट टाईम काम गरेर पढ्छु भन्नेलाई गार्हो छ यद्यपी पार्ट टाईम कामले विद्यार्थीलाई बसोबासमा केही हदसम्म मद्दत भने पुर्याउँछ। तर त्यसमै भर परेर जाने हो र पहिलो वर्षको खर्चहरु पनि ऋण लिएर जाने र गईसकेपछि जे पर्ला पर्ला भनेर सोच्नेहरु बेलायत नजादा हुन्छ। हामी त्यस्तो विद्यार्थीहरुलाई जान प्रोत्साहन पनि गर्दैनौं। तर पढिसकेपछि भविष्य उज्यालो छ। त्यसैले लगानी त गर्नुपर्यो नि । लगानी गरेपछि प्रतिफल आउँछ र यो एकदम सुरक्षित लगानी हो। बेलायत, अष्ट्रेलिया, न्युजल्याण्ड जस्ता देशहरुले त भनेकै छन् कि तिमीहरु पढ, २ वर्ष काम गर तर यो कुरा विद्यार्थीहरुलाई बुझ्न मुस्किल भईरहेको छ । हामीलाई पनि उनीहरुलाई बुझाउन मुस्किल भईरहेको छ। त्यसैले पनि हब इन्टरनेशनल एजुकेशनले यस विषयमा ‘हामी शिक्षाको लागी पठाउँछौं’ भन्ने नाराको साथ जनचेतनाको कार्यक्रम आयोजना गर्दै छ।  हव इन्टरनेशनल एजुकेशनले कहाँ कहाँबाट शैक्षिक परामर्श सेवा दिइरहेको छ ?  २००६ मा स्थापित हब ईन्टरनेशनल एजुकेसन कम्पनीले हाल संसारभरका अंग्रेजी भाषा बोलिने देश अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजल्याण्ड, आईरल्याण्ड, क्यानडा र भारतमा विद्यार्थी पठाउँदै आएको छ । हामी जुन कुरा गर्छौ त्यसमा हामी एकदमै राम्रो छौं। हाम्रो यस क्षेत्रमा १३ वर्षको अनुभव रहेको छ । यो क्षेत्रमा मेरो करिब २० वर्षको अनुभव छ। हामीले सबै देशका राम्रा विश्वविद्यालयहरुलाई प्रतिनिधित्व गर्दै आएका छौं । हामीले काठमाडौंको बागबजारसहित ललितपुरको कुमारीपाटी, पोखरा, चितवन, दमक शाखा कार्यलयहरुबाट शैक्षिक परामर्श सेवा दिँदै आएका छौं । यस्तै विदेशमा अष्ट्रेलियाको पर्थ, फिलिपिन्स, श्रीलंका, पाकिस्तान, भारतमा यसको शाखा कार्यालय संचालनमा छ र भियतनाममा पनि यसले आफ्नो शाखा कार्यालय सुरु गर्दै छ। भाषा परिक्षणका आएएलटिएस, स्याट, जि म्याट, जिआरई पढाउने व्यवस्था हबले गरेको छ।