गरिमा विकास बैंकले संचालन गर्यो अनलाइन खाता
काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था शुरु गरेको छ । यससँगै अब संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्धारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहने सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हूने गरी रकम पठाउन समेत सक्नेछन् । कसरी खोल्ने ? गरिमा विकास बैंकको वेवसाइटमा जाने र अनलाइन अकाउन्ट ओपनिङलाई क्लिक गर्ने । उपयुक्त खाताको प्रकार छनोट गर्न(एप्लाई नाउ)मा क्लिक गर्ने । अनुरोध बमोजिम आफ्नो बिवरण भरी कागजात अपलोड गर्ने त्यसपछि इमेलमा आउने जानकारीको आधारमा सुविधा उपयोग गर्न सकिन्छ । गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शाखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।
किया सोनेटको पहिलो तस्बिर सार्वजनिक, कम्प्याक्ट एसयुभी सेग्मेन्टमा थप्यो नयाँ गतिशीलता
नयाँ दिल्ली । किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो । यसको ताजा बाहिरी डिजाइनले व्यापक प्रशंसा पाएको थियो । सार्वजनिक गरिएको नयाँ तस्बिरका साथ सोनेटले आगामी हिउँदमा बजारमा आउँदा डिजाइनको नयाँ मानक स्थापना गर्नुका साथै कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको छ । किया सोनेटले चित्ताकर्षक डिजाइनलाई प्रिमियम र ताजा अपिलसँग एकाकार गर्दै उक्त ब्रान्डको डिएनएलाई जोड दिएको छ । कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा कियाको परिचायक डिजाइन विशेषताहरु, सशक्त दृश्य प्रभावका लागि त्रिआयामिक ज्यामितीय ‘स्टेपवेल’ जालिका साथ विख्यात बाघको नाक जस्तो जालि लगायतको सम्मिश्रण छ । कियाको परिचालक जालिमा भारत प्रभावित प्रभाव प्रदर्शन हुँदा सोनेटको आक्रामक मुद्राले यसको विषम अपिल प्रकट गरेको छ । ‘नयाँ किया सोनेटका साथ कम्प्याक्ट एसयुभीमा धेरै ठूला बाहनमा मात्र पाइने एउटा सशक्त र मजबुत विशेषता दिने हाम्रो आकांक्षा थियो । यसलाई ध्यानमा राखेर हामीले गजबको एसयुभीमा हुनुपर्ने भनी हामीले विश्वास गरेको विशिष्ट स्पोर्टी भाव, निश्चित मुद्रा र गतिशील रुपरेखा अनुसार डिजाइन गरेका छौं । हामीले नयाँ किया सोनेटको सबै पक्षमा कुनै सम्झौता नगरी ध्यान दिनुका साथै भारतमा हाम्रा डिजाइनरले फेला पार्न सक्ने उत्कृष्ट सांस्कृतिक सम्पदाबाट प्रभािवत रङ र मेटेरियल छनोट गरेका छौं,’ किया मोटर कर्पोरेसनको किया डिजाइन सेन्टरका प्रमुख तथा सिनियर भाइस प्रेसिडेन्ट करिम हबिबले भने । ‘समग्रमा हामी नयाँ किया सोनेट हाम्रा युवाहरुका लागि लोभलाग्दो विशेषतासहितको शानदार एसयुभी हुनेछ भन्ने विश्वास गर्दछौं ।’ सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो । नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्ने र छिट्टै यसको ग्लोबल प्रिमियर हुने बताइएको छ । त्यसपछि आगामी पर्वको छेकोमा भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम छ । किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार हो । द पावर टू सरप्राइज ब्रान्ड स्लोगनका साथ किया मोटर इन्डिया, सेल्टोसको हालसालै गरिएको सार्वजनिकीकरण र कार्निभलमा देखिएको अतुलनीय स्वामित्व अनुभव प्रस्तुत गर्दै ग्राहकको अतृप्त आवश्यकता र चाहना पहिचान एवं परिपूर्तिका लागि प्रयासरत छ । लन्च हुँदा सोनेट चित्ताकर्षक डिजाइनका कारणले मात्र नभएर अति उत्तम निर्माण गुणस्तर, यो वर्गको नेतृत्वदायी विशेषता, कनेक्टिभिटीको नविनता, पावरट्रेनको छनोट र बृहत् सुरक्षा उपकरणका कारण प्रख्यात हुनेछ । किया मोटर्स कर्पोरेसनबारे किया मोटर्स युवा मनका लागि विश्वस्तरीय बाहन निर्माता हो । सन् १९४४ मा स्थापित कियाले अहिले वार्षिक ३० लाख गाडी विश्वका १९० मुलुकमा बिक्री गर्छ । संसारभर ५२ हजारलाई रोजगारी दिएको कियाको वार्षिक रेभेन्यू ५० अर्ब अमेरिकी डलर छ भने ६ वटा मुलुकमा यसका उत्पादन प्लान्ट छन् । किया अब विस्तारै विद्युतीय बाहन उत्पादनतर्फ जाँदै गरेको कम्पनी हो, जसले विश्वभरको सहरी सहरी मोबिलिटी सेवाका चुनौती सामना गर्न मद्दत गर्नेछ । द पावर टू सरप्राइज भन्ने कियाको ब्रान्ड स्लोगनले अपेक्षाभन्दा परको प्रचलित र प्रभावशाली अनुभवबाट विश्वलाई चकित पार्ने यसको विश्वव्यापी प्रतिबद्धताको प्रतिनिधित्व गर्छ ।
३०.५ प्रतिशत बजार हिस्सासहित नेपाल लाइफ अगाडि, नयाँ पुस्ताबाट यूनियनकाे फड्काे
काठमाडौ । गत आर्थिक वर्षमा प्रथम बीमा शुल्क तथा नविकरण बीमाशुल्क दुवैमा नेपाल लाईफले अग्रता कायम गरेको छ । २० वटा जीवन कम्पनी मध्ये कुल बीमा शुल्ककाे ३० दशमलव ५ प्रतिशत बजार हिस्सा नेपाल लाइफकाे छ । बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ मा पनि जीवन बीमा कम्पनीहरुमध्ये अधिकांश सूचकमा नेपाल लाइफ अग्रस्थानमा छ । नेपाल लाइफले प्रथम बीमाशुल्क १० अर्ब १६ करोड रुपैयाँ र नविकरण बीमाशुल्क १८ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको नयाँ बीमाशुल्क ३४ अर्ब ४८ करोड रुपैयाँ छ भने नविकरण बीमाशुल्क ५७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । दुबै गरी जीवन बीमा कम्पनीहरूले ९२ अर्ब ४५ कराेड रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । राष्ट्रिय बीमा संस्थानको प्रथम बीमाशुल्क ९२ करोड रुपैयाँ छ भने नविकरण बीमाशुल्क ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको प्रथम बीमाशुल्क २ अर्ब ३५ करोड रुपैयाँ छ भने नविकरण शुल्क ६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । एलआईसी नेपालको प्रथम बीमाशुल्क ४ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ११ अर्ब १५ करोड रुपैयाँ रहेको छ । मेट लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ३० करोड रहेको छ भने नविकरण बीमाशुल्क २ अर्ब ८५ करोड रहेको छ । एसियन लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ६० करोड रहेको छ भने नविकरण बीमाशुल्क २ अर्ब ९२ करोड रुपैयाँ रहको छ । एशियन, सूर्या, गुराँस र प्राइम एक पटक खुलेका कम्पनी हुन् । ती चार कम्पनी मध्ये एशियन लाइफ अगाडि रहेकाे छ । सूर्या लाइफको प्रथम बीमाशुल्क १ अर्ब १३ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ५४ करोड रुपैयाँ रहको छ । गुराँश लाइफको प्रथम बीमाशुल्क ७८ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ३७ करोड रहेको छ । प्राइम लाइफको प्रथम बीमाशुल्क १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । आइएमइ लाइफको प्रथम बीमाशुल्क ७८ करोड रहेको छ भने नविकरण बीमाशुल्क ५५ करोड रहेको छ । युनियन लाइफको प्रथम बीमाशुल्क २ अर्ब ८६ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । नयाँ पुस्ताकाे कम्पनीकाे यूनियन लाइफले फड्काे मारेकाे छ । ज्योति लाइफको प्रथम बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ६४ करोड रुपैयाँ रहेको छ । सन नेपाल लाइफको प्रथम बीमाशुल्क ५७ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४८ करोड रहेको छ । रिलायन्स लाइफको प्रथम बीमाशुल्क ९१ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४७ करोड रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफको प्रथम बीमाशुल्क १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४० करोड रुपैयाँ रहेको छ । सिटिजन लाइफको प्रथम बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ६० करोड रुपैयाँ रहेको छ । सानिमा लाइफको प्रथम बीमाशुल्क ५५ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क २७ कराेड रुपैयाँ रहेको छ । प्रभु लाइफको प्रथम बीमाशुल्क ८९ करोड रुपैयाँ रहको छ भने नविकरण बीमाशुल्क २८ करोड रुपैयाँ रहेको छ । महालक्ष्मी लाइफको प्रथम बीमाशुल्क ८० करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ५ करोड रुपैयाँ रहेको छ ।
‘न्यानो नानी’ परियोजनालाई ज्योति विकास बैंककाे सहयोग, सेयर कारोबारको लागि शुरू गर्याे नयाँ सुविधा
काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने भएके छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष”मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको हो। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा उक्त निर्णय गरेको हो । विकास बैंकले श्रावण ९ गते शुक्रबारको दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ। साे अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन् । अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुंदै ग्राहकवर्ग, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २ प्रतिशत छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए । १२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ। कार्यक्रमका विशिष्ट अतिथि हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१औं एटीएमको पनि डिजिटल उद्घाटन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा ग्राहकलाई सेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डि पि सेवा” सुचारु गरेको छ। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ। सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ। सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए । हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१ अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।
गाडीमा ट्राफिकको क्रस चेक, यात्रुबाट बढी भाडा लिनेलाई धमाधम कारबाही गरिँदै
काठमाडौं । यात्रुहरुसँग बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई आज ट्राफिक कारवाही गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । त्यस्तै, तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका १ हजार १ सय ५२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइ वुझाई पनि गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेर ५० प्रतिशत भन्दा बढी यात्रु राख्ने विरुद्ध कारवाही चलाएको जानकारी दिए । “यात्रु ठगीका घटना रोक्नका साथै कोरोना संक्रमण रोकथामको लागि सामाजिक दुरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाईजर लगाएको नलगाएको र ५० प्रतिशत मात्र यात्रु राखेरनराखेको अनुगमन गर्नेविशेष अभियान चलाएको हो, उनले भने “ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराईएको छ ।” प्रहरीले आफै यात्रु बनि निगरानी गरेर तथा गाडीबाट ओर्लिएका यात्रुसँग जानकारी लिएर उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ। यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको छ। महाशाखाले सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरीचलाएको सुचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी गराउनु हुन पनि अनुरोध गरेको छ ।
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज ११ का ८५ वृर्षिया वृद्धको शुक्रबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतक निमोनिया र मुटुरोगबाट पीडित थिए । कोभिड पोेजेटिभ देखिएपछि ८ गते अस्पताल भर्ना भएकी वृद्धको आज निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा काठमाडौं उपत्यकाका मात्रै १० जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ । शुक्रबार थप १ सय ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । शुक्रबार ३ हजार ९ सय ८७ पिसिआर परीक्षण भएका छन् ।
‘परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार भइरहेको छ’
काठमाडाैं । नेपाली कांग्रेसले सरकारले परिक्षणको दायरा घटाएर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्धारा गठित कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताए । कोभिड-१९ संक्रमण नियन्त्रणमा सरकारले गरेको काम सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक महतले सरकारले लकडाउन अन्त्य गर्न हठात निर्णय गरी भ्रामक प्रचार गरेको बताएका हुन् । सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप समेत लगाए । राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले हठातमा लकडाउन खोलेको स्पष्ट भएको महतले बताए । उनले आर्थिक सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताएका छन् । पछिल्लो समय वीरगञ्ज, राजविराज लगायतका ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिएको स्पस्ट हुने महतले बताए । समुदायमा फैलन सक्ने संक्रमणको नियन्त्रणका लागि सकरारले परीक्षण गर्ने, ट्रेसिङ गर्ने, उपचार र स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको सेवा र सुविधामा बढाउने काममा सरकार कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरे । सरकारले होल्डिङ सेन्टर र क्वारेन्टाइनको मापदण्ड अनुरुप सञ्चालन गर्न गम्भिर नभएको बताए । लकडाउनबाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रको समस्या समाधानमा नीतिगत घोषणा गरेको पनि कार्यान्वयनमा चासो नदेखाएको उनले बताए । लकडाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने तर्फ सरकार गम्भीर नभएको बताए ।
काठमाडौँमा थप १० जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रिवि शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो।